पपुवान्युगिनीविरुद्ध बलिङ गर्दै नेपाल, करण केसीले लिए पहिलो विकेट
युएई – आइसिसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत युएई र पपुवा न्युगिनीविरूद्धको त्रिकोणात्मक सिरिजमा पपुवा न्युगिनीविरूद्ध नेपालले (आज) पहिले बलिङ गर्दै १ विकेट लिइसकेको छ ।
दुबई अन्तर्राष्ट्रिय मैदानमा सुरु भएको खेलमा नेपालका लागि करण केसीले पहिलो विकेट लिएका हुन् । अहिले खेलको ताजास्थितिमा पपुवान्युगिनीले ५ ओभरमा १ विकेट गुमाएर २३ रन बनाएको छ ।
नेपालले टस जितेर बलिङ रोजेको हो।
नेपालले टिममा दुई परिवर्तन गरेको छ। आसिफ शेख टिममा फर्कदा भीम सार्कीले पनि मौका पाएका छन्। अघिल्लो खेल खेलेका ज्ञानेन्द्र मल्ल र विक्रम शोव टिममा छैनन्।
नेपाल टिममा सन्दीप लामिछाने (कप्तानं, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख, आरिफ शेख, करण केसी, विनोद भण्डारी, रोहित पौडेल, सोमपाल कामी, भीमा सार्की, पवन सर्राफ रहेका छन् ।
युएईमा भइरहेको सिरिजको सुरूवाती तीनमध्ये नेपालले एक खेलमा जित र दुई खेलमा हार बेहोर्यो। नेपालले पहिलो खेलमा पपुवा न्युगिनीमाथि २ विकेटको जित निकालेको थियो।