मेयरमा उठ्न एसएसपीबाट राजीनामा


काठमाडौं – नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) गोविन्द शाहले राजिनामा दिएका छन्। प्रहरीबाट राजिनामा दिएर शाह राजनीतिमा होमिएका हुन्।

एसएसपीबाट राजीनामा दिएका साह आउँदो वैशाख ३० गतेका लागि तय स्थानीय चुनावमा उठ्नको लागि प्रहरी सेवाबाट अलगिएका हुन्।  जागिर अवधि एक वर्ष बाँकी रहँदा उनले राजीनामा दिएका हुन्।

उनी धनुषाको विदेह नगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने तयारीमा जुटेका छन्। यतिबेला उनी आफ्नो निर्वाचन क्षेत्रमै रहेर चुनावी तयारीमा जुटिरहेका छन्।

शाहले नेपाली कांग्रेसको तर्फबाट मेयरमा उम्मेदवारी दिने तयारी भएको बताइएकाे छ। सोही अनुसार शाहले एसएसपीबाट राजिनामा दिएको स्रोतले बतायो।

प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार एसएसपी साहले दिएको राजीनमा गत फागुन १० गते स्वीकृत समेत भइसकेको छ। शाह २०४९ चैतमा प्रहरी निरीक्षकको रुपमा नेपाल प्रहरीमा प्रवेश गरेका थिए। शाहले २९ वर्ष प्रहरी सेवामा काम गरे।

प्रतिक्रिया