कागज किन्न नसकेपछि विद्यालय तहको वार्षिक परीक्षा स्थगित


काठमाडाैं – कागज किन्न नसकेपछि श्रीलङ्कामा विद्यालय तहको वार्षिक परीक्षा अनिश्चित कालका लागि स्थगित भएको छ ।

परीक्षा सञ्चालनको लागि आवश्यक पर्ने कागज खरिद गर्न सरकारसँग पर्याप्त डलर नभएकोले झण्डै ४५ लाख जना विद्यार्थी सहभागी हुने वार्षिक परीक्षा स्थगित गरिएको श्रीलङ्काका शिक्षा अधिकारीहरुलाई उदृत गर्दै अल जजिराले जनाएको छ ।

यो परीक्षा विद्यार्थीलाई माथिल्लो कक्षामा बढुवा अर्थात स्तरोन्नती गर्ने वा नगर्ने भन्ने निरन्तर मूल्यांकन प्रक्रियाको एउटा अंश हो । परीक्षा आउँदो सोमबारदेखि हुने तय भएको थियो ।

श्रीलङ्काले सन् १९४८ मा स्वतन्त्र भएयताकै सबैभन्दा खराब आर्थिक संकट भोगिरहेको छ । विदेशी मुद्रा सञ्चितीको अभावले श्रीलङ्कामा खाद्यान्न, इन्धन र औषधिको समेत अभाव भैरहेको छ । एजेन्सी

प्रतिक्रिया