अफगानिस्तानमा तालिबानी सरकारले छात्रालाई पनि विद्यालय जान दिने


एजेन्सी-  अफगानिस्तानको तालिबान सरकारले छात्रालाई पनि विद्यालय जान दिने निर्णय गरेको छ। सत्ता सम्हालेपछि छात्रालाई अध्ययन अध्यापनका लागि शैक्षिक संस्था जान नदिने तालिबान सरकारको निर्णयको सर्वत्र आलोचना भएको थियो।

उनीहरुले महिलालाई रोजगारीसमेत गर्न प्रतिवन्ध लगाएका थिए। तर सर्वत्र आलोचना भएपछि उनीहरुले त्यस निर्णय फिर्ता लिइएको बताएका छन्। आलोचना, आग्रह र दवावका कारण महिला अधिकारको पुनर्बहाली गर्ने तालिवान सरकारको निर्णयप्रति संयुक्त राष्ट्रसंघले धन्यवाद ज्ञापन गरेको छ।राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले विद्यालयमा छात्रालाई अध्ययन अध्यापन गर्ने दिने तालिवान सरकारको निर्णयको स्वागत गरेका छन्।

अर्को हप्तादेखि छात्रसँगै छात्रालाई पनि विद्यालय जान दिने निर्णय सुनेर आफू हर्षित भएको उनले बताएका छन्। तालिवान सरकारले यही मार्च २२ देखि छात्रालाई विद्यालय जान दिने निर्णय कार्यान्वन गर्ने अधिकारीले जनाएका छन्।   तालिवान सरकारको यस निर्णयलाई महासचिव गुटेरेसले “महत्वपूर्ण र स्वागतयोग्य” रहेको उल्लेख गरेका छन्।

छात्रसँगै छात्रालाई पनि शिक्षाको अधिकार दिएपछि उनीहरुको अन्य सुरक्षाको विषयमा पनि तालिवान सरकारको ध्यान पुग्ने उनले अपेक्षा व्यक्त गरेका छन्। बालिकालाई पढ्न दिने तालिबान सरकारको निर्णयको अन्य अन्तर्राष्ट्रिय निकाय तथा मानव अधिकारवादी संघ संगठनले पनि स्वागत गरेका छन्।

प्रतिक्रिया