नदीमा नुहाउने क्रममा तीन बालबालिका बेपत्ता


सुर्खेत – नदीमा नुहाउने क्रममा सुर्खेतमा तीन बालबालिका बेपत्ता भएका छन् । भेरिगंगा नगरपालिका-११ रामघाटस्थित भेरी नदीमा नुहाउने क्रममा शनिबार अपराह्न तीन बालबालिका बेपत्ता भएको प्रहरीले जनाएको छ ।

बेपत्ता हुनेमा भेरीगंगा नगरपालिका-११ का १० वर्षीय गंगा खड्का, ८ वर्षीय कृष्णा सिजाली र १० वर्षीय दिनेश बुढा रहेका छन् । उनीहरुको खोजीकार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

प्रतिक्रिया