प्रधानमन्त्री देउवासँग नागरिकता विधेयकका सम्बन्धमा छलफल


काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवासँग गृहमन्त्री बालकृष्ण खाँण र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दीलेन्द्रप्रसाद बडूले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक अगाडि बढाउने विषयमा छलफल गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा गृहमन्त्री खाँणले यही फागुन २३ र २५ गते मन्त्रालयमा प्रतिनिधिसभा सदस्यहरुसँग भएको छलफलबारे जानकारी गराएका थिए । छलफलमा उनीहरुले राजनीतिक दलका नेताहरूले राखेका धारणाबारे प्रधानमन्त्री देउवालाई ‘ब्रिफिङ’ गरेका थिए ।

उक्त छलफलमा प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले पारित गरेको प्रतिवेदन र विधेयकलाई अब कसरी अगाडि बढाउने भन्ने विषयमा कुराकानी भएको जनाइएको छ ।

नागरिकता विधेयक नहुँदा नागरिकता वितरणमा समस्या देखिएको भन्दै सरकारले राजनीतिक दलबीचको सहमतिमा उक्त विधेयक प्रतिनिधिसभामा प्रस्तुत गर्ने तयारी गरिरहेको छ ।

प्रतिक्रिया