विश्व बैंकद्वारा नेपालका लागि ८० मिलियन डलर बराबरको ऋण स्वीकृत


काठमाडौं- विश्व बैंकले नेपालको वित्तीय क्षेत्रलाई सुदृढ बनाउने प्रयोजनका लागि ८० मिलियन अमेरिकी डलर ऋण स्वीकृत गरेको छ ।

बैंकको मंगलबार बसेको बोर्ड बैठकले ८० मिलियन अमेरिकी ऋण स्वीकृत गरेको हो । यो रकम नेपाल सरकारले वित्तीय क्षेत्रलाई सुदृढ बनाउनका लागि नीति निर्माणमा खर्च गर्नुपर्ने छ ।

यो रकमले नेपालको वित्तीय क्षेत्रलाई बलियो बनाउन, विविधीकरण गर्न र सुधार गर्न सहयोग गर्ने विश्व बैंकको विश्वास रहेको बताइएको छ ।

विश्व बैंकले प्रदान गर्ने ऋणबाट नेपालको बैंक तथा वित्तीय क्षेत्रलाई नियमन गर्न, महामारी जोखिम व्यवस्थापन लगायत क्षेत्रलाई सुधार गर्ने विश्व बैंकबाट जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया