भीआइपीले हिरासत छलेर अस्पताल भर्ना हुने प्रवृत्ति रोक्न तीन बुँदे मापदण्ड


काठमाडौं- विभिन्न अभियोगमा पक्राउ परेका भीआइपीहरु प्रहरी हिरासत छलेर अस्पताल बस्न थालेपछि गृह मन्त्रालयले तीन बुँदे मापदण्ड जारी गरेको छ । आज (सोमबार) गृहले जारी गरेको मापदण्डअनुसार अभियुक्तले अब अस्पताल बस्नका लागि शारीरिक एवम् मानसिक रुपमा अस्वस्थ रहेको हुनुपर्ने छ ।

शारीरिक एवं मानसिक रुपमा अस्वस्थ भएको अवस्था, दीर्घरोगीहरु जस्तैः उच्च रक्तचाप, मधुमेहलगायत नियन्त्रण नभएर अस्पतालमै बसेर उपचार गर्नुपर्ने अवस्थामा अस्पताल लग्नुपर्ने, अस्पताल लग्नुपर्ने विकल्पको रुपमा हिरासतमा नै सरकारी असपताल अथवा नेपाल मेडिकल काउन्सिल दर्ता चिकित्सकले परीक्षण गरेर अस्पताल राख्नु पर्ने-नपर्ने सम्बन्धमा निर्देशन दिइएकाे छ  ।

अस्पतालमा अब्जरभेसनका लागि ४८ घण्टाभन्दा बढी राख्नु परेमा उपयुक्त कारण खुलाउनु पर्ने निर्देशनमा उल्लेख छ ।

गृहको आग्रहअनुसार अध्ययन गर्न मेडिकल काउन्सिलले सदस्य डा. विश्वराज दवाडीको संयोजकत्वमा ९ सदस्यीय समिति बनाएको थियो। समितिले आइतबार बुझाएको प्रतिवेदनका आधारमा गृह मन्त्रालयले तीन बुँदे निर्णय गरेको हो ।

प्रतिक्रिया