कागजपत्र
आज नवरात्रको सातौँ दिन, कालरात्रीको पूजा-आराधना गरिँदै
काठमाडाैं, ३१ असाेज । आज नवरात्राको सातौं दिन अर्थात महासप्तमी । आज कालरात्रीको पुजा आराधाना गरि बडा दशैं मनाइदैँछ।
हिन्दू पौराणिक मान्यताअनुसार, माता दुर्गाका नौ रूपहरूमध्ये कालरात्रीलाई सबैभन्दा उग्र र भयानक रूप मानिन्छ। पौराणिक कथाका अनुसार एक समय रक्तबीज नामक असुरले स्वर्ग र पृथ्वीमा ठूलो हाहाकार मच्चायो। उसका शरीरबाट खनिएका रक्त थोपाबाट हजारौं रक्तबीजहरू पैदा हुने वरदान पाएका कारण देवताहरू समेत पराजित भएका थिए।
जब देवताहरू र संसारलाई जोगाउन अन्य कुनै उपाय लागेन, तब माता दुर्गाले आफ्नो तेजबाट ‘कालरात्री’ स्वरूपलाई उत्पन्न गरिन्। माता कालरात्रीले आफ्नो विशाल र भयानक रूप धारण गरी रक्तबीजका सबै सेना र स्वयं रक्तबीजको संहार गरिन्। उनले रक्तबीजको रगत जमिनमा खस्न नदिई आफ्नै मुखमा लिने गरेर त्यस राक्षसको अन्त्य गरेकी थिइन्। साेही दिनकाे सम्झनामा कालारात्रीकाे पुजा आराधाना गरिन्छ । हिन्दू पौराणिक मान्यताअनुसार माता कालरात्रीको वाहन गधा (खर) हो।
माता कालरात्रीलाई भय, अज्ञान र नकारात्मक शक्तिको नाश गर्ने देवीका रूपमा श्रद्धापूर्वक पूजा गरिन्छ। उनको आराधनाले साधकलाई साहस, आत्मबल र सङ्कटको सामना गर्ने शक्ति प्राप्त हुने धार्मिक विश्वास छ। हिन्दू पौराणिक मान्यताअनुसार नवरात्रको सातौँ दिन (महासप्तमी) का दिन माता कालरात्रीको विधिपूर्वक पूजा-आराधना गरिन्छ। उहाँको कृपा प्राप्त गर्न र भय, संकट तथा नकारात्मक ऊर्जा नाश गर्न विभिन्न मन्त्रहरूको जप गरिन्छ।
माता कालरात्रीको मुख्य मन्त्र यस प्रकार छन्:
मूल मन्त्र (ध्यान मन्त्र)
ॐ ऐं ह्रीं क्लीं कालरात्र्यै नमः॥
देवी स्तुति / प्रार्थना मन्त्र
एक बाण वज्र ध्रुव घोण्टा भक्ताभयदानकरम्।
नराशी च शिवरात्रिं कालरात्रिं नमाम्यहम्॥
देवी कवच मन्त्र
वाम पादोल्लसल्लोह लताकण्टक भूषणा।
वर्धन्मूर्धध्वजा कृष्णा कालरात्रि भयङ्करी॥
पूजाको समयमा जप गर्ने साधारण मन्त्र:
या देवी सर्वभूतेषु माँ कालरात्रि रूपेण संस्थिता।
नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः॥
नवरात्रको सातौँ दिन यी मन्त्रहरूको श्रद्धापूर्वक जप गर्नाले माता कालरात्री प्रसन्न भई भक्तजनलाई अभयदान, सुख, शान्ति र सबै प्रकारका डर तथा विघ्नबाधाहरूबाट मुक्ति प्रदान गर्नुहुन्छ भन्ने जनविश्वास छ। साथै, यस दिन फूलपाती भित्र्याउने परम्पराले दसैँको धार्मिक र सांस्कृतिक महत्वलाई अझ विशेष बनाउँछ।
धार्मिक विश्वासअनुसार माता कालरात्रीको स्मरण र उपासना गर्नाले जीवनका सम्पूर्ण भय, संकट, बाधा-अवरोध र नकारात्मक ऊर्जाको नाश भई भक्तजनमा अभय र सिद्धिको प्राप्ति हुन्छ।
The post आज नवरात्रको सातौँ दिन, कालरात्रीको पूजा-आराधना गरिँदै appeared first on कागजपत्र.
आज दशैंको छैटौं दिन, कात्यायनीदेवीको पूजा–आराधना गरेर मनाइँदै
काठमाडौं – आज बडा दशैंको छैटौं दिन, हिन्दूधर्मालम्बीहरूले कात्यायनीदेवीको पूजा–आराधना गरेर मनाउँदैछन् ।
कात्यायनी देवीलाई हिन्दू धर्मग्रन्थमा साहसको प्रतीक मानिन्छ । यज्ञ–यज्ञादि, दानलगायत पुण्यकर्म तथा शुभकार्यमा आसुर वृत्तिका राक्षसहररूबाट हुने बिध्न–बाधा रोक्न देवी कात्यायनीको यस लोकमा आगमन भएकाे धार्मिक वचन छ ।
हाम्रो अगाडि घटित हुनै सबै घटनालाई हामी प्रपञ्च नामले चिन्दछौं । यो ब्रह्माण्डमा भएका सबै वस्तुहरु हामीले देख्न सकिने स्वभावको हुँदैन । जुन कुरा हामी देख्न सक्दैनौं, इन्द्रीयहरुले अनुभव गर्न सक्दैनौं र हाम्रो कल्पनाभन्दा धेरै बाहिर विशाल स्वरुपको छ । त्यो अदृश्य जगतको शासनसत्ता  यिनै  कात्यायनी देवीले चलाउने विश्वास गरिन्छ । कात्यायनीको हामीले देख्ने स्वरुप सोही अदृष्य जगतलाई जनाउने सूचक हो । त्यसैले कात्यायनीलाई दिव्यताको अतिगुप्त रहस्यहरुको प्रतीक मान्ने गरिन्छ ।
क्रोध पनि कुनै समय सकारात्मक बलको प्रतीक हुन्छ । कुनै समय यही क्रोध नकारात्मक आसुरी शक्तिको प्रतीक बन्ने गर्दछ । यी दुईमा एकदमै गहिरो भेद पाईन्छ । क्रोध केवल नकारात्मक गुण या शक्ति होईन । सकारात्मकताका साथ देखिएको क्रोध बुद्धिमत्तासँग जोडिएको हुन्छ । सकारात्मक क्रोध एक प्रौढ बुद्धिबाट उत्पन्न हुन्छ । क्रोध यदि अज्ञान र अन्यायकोप्रति छ भने यसले सकारात्मकतालाई सञ्चार गराउने गर्दछ । अतः यहि सकारात्मक क्रोध जुन अज्ञान र अन्यायकोप्रति रहेको हुन्छ । त्यो नै देवी कात्यायनीको विशेषता हो ।
हामीले समय समयमा प्राकृतिक प्रकोपको सामना गर्ने गरेका छौं । ती सबै प्राकृतिक बिपत्तिहरुको सम्बन्ध कात्यायनी देवीसँग जोडिएको हुन्छ । उनी क्रोधको त्यो रुपकी प्रतीक हुन् । जो सृष्टिमा सृजनता, सत्य र धर्मको स्थापना गर्दछिन् । दिव्य कात्यायनी रूपले यो सूक्ष्म जगतमा नकारात्मकताको विनाश  गरेर धर्मको स्थापना गर्न मद्दत गर्दछ । भनिन्छ, ज्ञानीको क्रोध पनि हितकर र उपयोगी हुन्छ । जबकि अज्ञानीको प्रेम समेत हानिप्रद हुनसक्छ । यसप्रकार देवी कात्यायनी क्रोधकी त्यो रुप हुन् । जसले सबै प्रकारको नकारात्मकतालाई समाप्त गरेर सकारात्मक ऊर्जाको सञ्चार गर्दछ।
कात्यायनी देवीको पौराणिक कहानी
महर्षि कात्यायनको तपस्याबाट प्रसन्न भएर आदिशक्तिले उनको पुत्रीको रुपमा जन्म लिएकोले ती देवीको नाम नै कात्यायनी राखिएको हो । कात्यायनीको उपासनाबाट यस लोकमा स्थित भएर पनि अलौकिक तेज एवं प्रभावबाट युक्त हुँदै रोग, शोक, सन्ताप, भय आदि सर्वथा विनष्ट हुने धार्मिक विश्वास छ ।
देवी कात्यायनीसँग जोडिएको कथा अनुसार कुनै समय एक कत नाम गरेका प्रसिद्ध ऋषि थिए । उनको पुत्र ऋषि कात्य नामले प्रसिद्ध थिए । उनकै नामबाट प्रसिद्ध कात्य गोत्रबाट नै विश्वप्रसिद्ध ऋषि कात्यायन उत्पन्न भएका थिए । ऋषि कात्यायनले भगवती पराम्बराको उपासना गर्दै कठिन तपस्या समेत गरेका थिए । उनको इच्छा थियो भगवतीले आफ्नो घरमा पुत्रीको रुपमा जन्म लिऊन् । भगवतीले उनको यो प्रार्थना स्वीकार गरिन् ।
केही समयपछि जब महिषासुर नामक राक्षसको अत्याचार बढ्दै गयो । त्यतिबेला नै त्रिदेवले आफ्नो आफ्नो तेज र प्रतापको अंश दिएर ती देवीको उत्पत्ति गरेका थिए । अश्विन कृष्ण चतुर्दशीको दिन कात्यायनकी पुत्रीको रुपमा देवीको जन्म भएको थियो । ऋषि कात्यायनले आश्विन शुक्ल सप्तमी, अष्टमी र नवमीको तीन दिनसम्म भगवती पराम्बराको विधिपूर्वक पूजा गरेका थिए । सोही पूजाको प्रसाद खाएर दशमीको दिन कात्यायन देवीले महिसासुरमाथि विजय हाँसिल गरेको पौराणिक कहानीमा उल्लेख छ ।
कात्यायनी स्वरूपको पूजा विधि
सर्वप्रथम कलश र त्यसमा उपस्थित देवी देवताको पूजा गर्नुपर्दछ । फेरि देवीको परिवारमा शामेल देवी देवताहरुको पूजा गर्नुपर्दछ । यसको पूजापश्चात् देवी कात्यायनीको पूजा गर्ने गरिन्छ । पूजाको विधि शुरू गरेपछि हातमा फूल लिएर देवीलाई प्रणाम गरेर देवीको मन्त्रको ध्यान गर्नुपर्दछ ।
कात्यायनीको ध्यान मन्त्र
वन्दे वांछित मनोरथार्थ चन्द्रार्घकृत शेखराम्।
सिंहरूढ़ा चतुर्भुजा कात्यायनी यशस्वनीम्॥
स्वर्णाआज्ञा चक्र स्थितां षष्टम दुर्गा त्रिनेत्राम्।
वराभीत करां षगपदधरां कात्यायनसुतां भजामि॥
पटाम्बर परिधानां स्मेरमुखी नानालंकार भूषिताम्।
मंजीर, हार, केयूर, किंकिणि रत्नकुण्डल मण्डिताम्॥
प्रसन्नवदना पञ्वाधरां कांतकपोला तुंग कुचाम्।
कमनीयां लावण्यां त्रिवलीविभूषित निम्न नाभिम॥
कात्यायनीको स्तोत्र पाठ
कंचनाभा वराभयं पद्मधरा मुकटोज्जवलां।
स्मेरमुखीं शिवपत्नी कात्यायनेसुते नमोअस्तुते॥
पटाम्बर परिधानां नानालंकार भूषितां।
सिंहस्थितां पदमहस्तां कात्यायनसुते नमोअस्तुते॥
परमांवदमयी देवि परब्रह्म परमात्मा।
परमशक्ति, परमभक्ति,कात्यायनसुते नमोअस्तुते॥
The post आज दशैंको छैटौं दिन, कात्यायनीदेवीको पूजा–आराधना गरेर मनाइँदै appeared first on कागजपत्र.
देउवा समूह महाधिवेशनः पालिका प्रमुख, उपप्रमुख, प्रदेश सांसद र संघका सांसद स्वतः महाधिवेशन प्रतिनिधि
काठमाडौं – नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा समूहले जनप्रतिनिधिहरूलाई १५औँ महाधिवेशनमा स्वतः केन्द्रीय महाधिवेशन प्रतिनिधि बनाउने भएको छ ।
देउवा समूहले पार्टीका तर्फबाट निर्वाचित भएका पालिकाका प्रमुख तथा उपप्रमुख, प्रदेश सांसद, प्रतिनिधिसभा सदस्य र राष्ट्रियसभा सदस्यहरूलाई स्वतः केन्द्रीय महाधिवेशन प्रतिनिधि बनाउने भएको हो ।
देउवा समूहको केन्द्रीय निर्वाचन समितिका संयोजक एगराज पोखरेलले जिल्ला निर्वाचन अधिकृतहरूलाई पत्र पठाएर जनप्रतिनिधिहरू आ–आफ्नो निर्वाचन क्षेत्रबाट स्वतः केन्द्रीय महाधिवेशन प्रतिनिधि हुने निर्णय भएको जानकारी गराएका छन् ।
‘प्रत्येक निर्वाचन क्षेत्रअन्तर्गत स्थानीय तहमा नेपाली कांग्रेस पार्टीको तर्फबाट निर्वाचित हुनुभएका पालिका–नगर–उपमहानगर- महानगरपालिका प्रमुख तथा उपप्रमुख, प्रदेश सांसद, प्रतिनिधिसभा सदस्य र राष्ट्रिय सभा सदस्य निर्वाचित भई हाल पदमा कार्यरत रहनु भएका जनप्रतिनिधिहरू आ–आफ्नो निर्वाचन क्षेत्रबाट स्वतः केन्द्रीय महाधिवेशन प्रतिनिधि हुने भन्ने गर्ने निर्णय भएको हुँदा सोही बमोजिम गर्नु गराउन हुन अनुरोध गर्दछु,’ पत्रमा लेखिएको छ ।
The post देउवा समूह महाधिवेशनः पालिका प्रमुख, उपप्रमुख, प्रदेश सांसद र संघका सांसद स्वतः महाधिवेशन प्रतिनिधि appeared first on कागजपत्र.
सर्वोच्चका न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद
रौतहट – कर्तव्य ज्यान मुद्दामा फरार रहेका सर्लाहीको बागमती नगरपालिका–१ का एक व्यक्ति पेस्तोल र गोलीसहित पक्राउ परेका छन्।
पक्राउ पर्नेमा बागमती नगरपालिका–१ निवासी ४८ वर्षीय मेघराज भन्ने बाबु थापा रहेका छन्। उनलाई आफ्नै घरमा सुतिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो।
प्रहरीका अनुसार थापाको साथबाट अमेरिकामा निर्मित भनिएको ‘MADE IN U.S.A.’ लेखिएको एक थान पेस्तोल, नाम नखुलेको अर्को एक थान पेस्तोल, तीन थान म्यागजिन र १५ राउन्ड गोली बरामद गरिएको छ।
कर्तव्य ज्यानजस्तो गम्भीर अपराधको मुद्दामा फरार रहेका थापा हातहतियार तथा गोलीसहित पक्राउ परेपछि प्रहरीले घटनालाई थप अनुसन्धानको दायरामा अघि बढाएको छ।
पक्राउ परेका थापालाई बरामद हातहतियार तथा गोलीसहित जिल्ला प्रहरी कार्यालय सर्लाहीमा राखिएको छ। उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। उनी सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बमको हत्या अभियोगमा अदालतबाट दोषी ठहर भएका थिए ।
उनी जेन्जी आन्दोलनका क्रममा केन्द्रीय कारागार सुन्धाराबाट भागेका थिए ।
The post सर्वोच्चका न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद appeared first on कागजपत्र.
यी १८ सई भए बरिष्ठ सईका लागि बढुवा सिफारिस
काठमाडाैं – नेपाल प्रहरीको प्राविधिक प्रहरी समूहअन्तर्गत इन्जिनियरिङ उपसमूह, सञ्चारतर्फका १८ जना प्रहरी नायव निरीक्षक वरिष्ठ नायव निरीक्षक पदमा बढुवाका लागि सिफारिस भएका छन् ।
नेपाल प्रहरी प्रधान कार्यालयको बढुवा समितिले २०८३ असोज २८ गते गरेको निर्णयअनुसार बढुवाका लागि सिफारिस सूची सार्वजनिक गरेको हो।
प्रहरी नियमावली, २०७१ को नियम २७ को उपनियम (४) बमोजिम सञ्चारतर्फका प्रहरी नायव निरीक्षकहरूलाई वरिष्ठ नायव निरीक्षक पदमा बढुवाका लागि सिफारिस गरिएको हो।
बढुवा सिफारिस हुनेमा इन्जिनियरिङ सञ्चारतर्फ कृष्णराज रोकाया, विजयनाथ यादव, नरबहादुर खड्का, प्रितम कुमार अधिकारी, विष्णुप्रसाद ढकाल, धनपति बिमली, हरीकुमार श्रेष्ठ, नवीन मण्डल, श्यामसुन्दर झा, कमलकुमार मगर, कुमार बस्नेत, जिवलाल सुवेदी, इन्द्रप्रसाद न्यौपाने, नगेन्द्रबहादुर भण्डारी रहेका छन् ।
त्यसैगरी आवास तथा भौतिक उपसमूहका अनुष्का गुरुङ, देवेन्द्र यादव र विनोदकुमार शर्मा रहेका छन् । त्यस्तै सूचनाप्रविधि कम्प्युटरतर्फ अमनकुमार डिसी पनि बढुवाका लागि सिफारिस भएका छन् ।
The post यी १८ सई भए बरिष्ठ सईका लागि बढुवा सिफारिस appeared first on कागजपत्र.
आजको मौसम: पश्चिमी र मनसुनी दुवै वायुको प्रभाव कायमै
काठमाडौं – हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभरको मौसम मुख्यतया सफा रहेको छ।
दिउँसो देशको हिमाली र पहाडी भू-भागमा आंशिक बदली रहने तथा तराई भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भू-भागका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना छ।
राति भने देशको हिमाली र पहाडी भू-भागमा आंशिक बदली रहने तथा तराई भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना छ।
कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागका थोरै स्थानमा तथा देशका बाँकी हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम किसिमको वर्षा वा हिमपातको सम्भावना रहेको छ। तसर्थ, यसबाट आवश्यक सतर्कता अपनाउन तथा सर्वसाधारण र सम्बन्धित सबै सरोकारवाला निकायहरूलाई पछिल्लो मौसमी सूचना तथा पूर्वानुमानबारे नियमित रूपमा जानकारी लिन महाशाखाले अनुरोध गरेको छ।
The post आजको मौसम: पश्चिमी र मनसुनी दुवै वायुको प्रभाव कायमै appeared first on कागजपत्र.
१८ दिनपछि जोडियो घिरिङ र बाैंदीकाली
तनहुँ– कालीगण्डकी नदीमा आएको बाढीले पहुँचसडक बगाएको घिरिङ र बाैंदीकालीको डेढगाउँ जोड्ने पक्की पुल १८ दिनपछि सञ्चालनमा आएको छ ।
तनहुँको घिरिङ गाउँपालिका र नवलपुरको बौदीकाली गाउँपालिकाको डेढगाउँ जोड्ने कालीगण्डकी नदीको पक्की पुलको दुवैतर्फको पहुँच सडक यही असोज ११ गतेको बाढीले बगाएको थियो ।
नवलपुरतर्फको अस्थायी पहुँच सडक गत साता नै निर्माण गरिएको भए पनि तनहुँतर्फको सडक भने बुधबार सम्पन्न भएको हो । दुवैतर्फको पहुँच सडक निर्माण भएपछि कालीगण्डकी पुलबाट बुधबारदेखि नै सवारीसाधन सञ्चालनमा आएको घिरिङ गाउँपालिकाका अध्यक्ष होमबहादुर थापाले जानकारी दिए ।
उक्त पुलको घिरिङतर्फको पहुँच सडक मर्मत कार्य सडक डिभिजन कार्यालय, तनहुँको आर्थिक तथा प्राविधिक सहयोगमा सिद्धबाबा निर्माण सेवा, स्याङ्जाले युनिट रेट सम्झौतामार्फत काम गरेको थियो ।
पुल पुनःसञ्चालनमा आएसँगै घिरिङबाट कालीगण्डकी करिडोर हुँदै नवलपुर, पाल्पा, स्याङ्जा, चितवनलगायत स्थानमा आवतजावत सहज हुनाका साथै स्थानीय नागरिक, यात्रु तथा मालसामान ढुवानीमा पनि राहत पुग्ने अपेक्षा गरिएको छ ।
करिब १२ वर्षअघि निर्माण गरिएको उक्त फलामे पुल गैंडाकोट–पिपलडाँडा जोड्ने कालीगण्डकी करिडोर नजिकै पर्छ । पोखरा, गैंडाकोट र रामपुर क्षेत्र ओहोरदोहोर गर्ने मुख्य नाका मानिने यो पुलको पहुँच मार्ग नबन्दा दैनिक हजारौँ यात्रु तथा सयौँ सवारीसाधन अलपत्र परेका थिए ।
गाउँपालिकाका अध्यक्ष थापाले पुल सञ्चालनमा आएसँगै दसैँको बेलामा नागरिकलाई राहत मिलेको बताए ।
The post १८ दिनपछि जोडियो घिरिङ र बाैंदीकाली appeared first on कागजपत्र.
महानवरात्रकाे पाँचौं दिन, माता स्कन्दमाताको विधिपूर्वक पूजा गरिँदै
काठमाडाैं – बडा दशैंको महानवरात्र अन्तर्गत पाँचौँ दिन नवदुर्गा भवानीको पाँचौँ स्वरूप माता स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिन्छ।
भगवान् स्कन्द (कार्तिकेय) की माता भएकाले देवीको यो नाम ‘स्कन्दमाता’ रहन गएको हो। स्कन्द कुमार (कार्तिकेय) देवसेनाका सेनापति हुन्। पौराणिक ग्रन्थहरूमा स्कन्दमातालाई कुमार कार्तिकेयकी बाल्यकालकी रूपरेखा हेर्ने वा उनलाई काखमा राखी ममता प्रदान गर्ने देवीका रूपमा वर्णन गरिएको छ। माता स्कन्दमाताको वाहन सिंह हो। सिंहमा सवार भई भक्तहरूलाई वरदान दिने हुनाले उनलाई ‘सिंहवाहिनी’ पनि भनिन्छ।
देवी स्कन्दमाता चार हातयुक्त हुनुहुन्छ। उनका दुई हातमा कमलका फूलहरू शोभायमान छन् भने एउटा हातमा भगवान् स्कन्द (बालरूपमा) काखमा विराजमान छन् । अर्को हातले भक्तहरूलाई अभय प्रदान गर्नेमुद्रा (अभयमुद्रा) मा रहेकी छिन । उनी सेतो वस्त्रमा सुशोभित छिन र उनको मुहारमा अलौकिक तेज तथा शान्तिको आभा देखिन्छ।
पौराणिक मान्यता अनुसार, दैत्यराज तारकासुरले कठोर तपस्याबाट भगवान् शिवबाट वरदान प्राप्त गरेका थिए कि उनको मृत्यु केवल शिवपुत्रद्वारा मात्र हुन सक्छ। तारकासुरले आफ्नो यो वरदानको बलमा स्वर्ग र पृथ्वीमा ठूलो आतंक मच्चाए । देवताहरूको प्रार्थनापछि भगवान् शिव र देवी पार्वतीका पुत्रका रूपमा भगवान् स्कन्द (कार्तिकेय) को जन्म भयो। देवी पार्वतीले आफ्ना पुत्र स्कन्द (कार्तिकेय) लाई युद्धकला, ज्ञान र पराक्रममा प्रशिक्षित गरिन् र देवताहरूको सेनाको सेनापति बनाइन्। यसरी स्कन्दकी माताका रूपमा देवीले असुर तारकासुरको वध गराउन आफ्ना पुत्रलाई तयार पार्दै सम्पूर्ण ब्रह्मांडको रक्षा गरिन्। त्यसैले मातृवात्सल्य र शक्तिको यो अद्वितीय रूपलाई स्कन्दमाता भनिएको हो।
स्कन्दमातालाई मातृत्व, वात्सल्य, स्नेह र सन्तान सुखकी देवी मानिन्छ। नि:सन्तान दम्पतीहरू वा सन्तानको उत्तरोत्तर प्रगतिको कामना गर्नेहरूका लागि स्कन्दमाताको पूजा अति नै फलदायी मानिन्छ। उनले भक्तहरूको ज्ञानको दायरा फराकिलो पार्नुका साथै मनको अशान्तिलाई टाढा गरी सुख, शान्ति र समृद्धि प्रदान गर्नुहुन्छ। नवरात्रको पाँचौँ दिन साधकको मन ‘विशुद्ध चक्र’ मा प्रवेश गर्छ। स्कन्दमाताको उपासना गर्नाले भक्तहरूलाई अलौकिक तेज र ब्रह्मलौकिक ज्ञान प्राप्त हुने धार्मिक विश्वास छ।
पाँचौँ दिन बिहान स्नान गरी शुद्ध भएर माताको मूर्ति वा फोटोलाई रातो वा सेतो वस्त्र अर्पण गरिन्छ। मातालाई फूल, अक्षता, धूप, दीप, नैवेद्य (विशेष गरी केरा वा मिठाई) चढाएर श्रद्धापूर्वक पूजा गरिन्छ।
ध्यान मन्त्र: सिंहासनगता नित्यं पद्माश्रितकरद्वया। शुभदा सदा देवी स्कन्दमाता यशस्विनी॥
आजको यस पवित्र दिनमा माता स्कन्दमाताको श्रद्धापूर्वक स्मरण, मन्त्रजप र पूजा गर्नाले परिवारमा सुख-शान्ति, सुस्वास्थ्य र मनोकामना पूर्ण हुने विश्वास गरिन्छ।
The post महानवरात्रकाे पाँचौं दिन, माता स्कन्दमाताको विधिपूर्वक पूजा गरिँदै appeared first on कागजपत्र.
दसैँअवधिभर काभ्रेमा टिपर सञ्चालनमा रोक
बनेपा (काभ्रे) – नेपालीहरूको महान् चाड बडादसैँका अवसरमा काभ्रेपलाञ्चोक जिल्लाभर असोज ३१ देखि कात्तिक ९ गतेसम्म टिपर सञ्चालनमा रोक लगाइएको छ ।
जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै फूलपातीदेखि पूर्णिमासम्म जिल्लाभित्र टिपर सञ्चालनमा पूर्ण रोक लगाइएको जनाएको छ ।
जिल्ला सुरक्षा समितिको असोज २७ गते बसेको बैठकको निर्णयअनुसार असोज ३१ देखि कात्तिक ९ गतेसम्म जिल्लाभित्र टिपर सञ्चालन नगर्न÷नगराउन अनुरोध गरिएको सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी महेन्द्र विश्वकर्माले जानकारी दिए ।
उनले दसैँका समयमा बिपी राजमार्ग र अरनिको राजमार्गलगायत जिल्लाका प्रमुख सडकमा सवारीसाधनको चाप बढ्ने भएकाले सम्भावित दुर्घटनाको जोखिम न्यूनीकरण गर्न तथा यात्रुवाहक सवारीसाधनको आवागमन सहज र सुरक्षित बनाउन उक्त निर्णय गरिएको बताए ।
प्रशासनले तोकिएको अवधिभर टिपर सञ्चालन नगर्न÷नगराउन सम्बन्धित सबैमा अनुरोधसमेत गरेको छ ।
The post दसैँअवधिभर काभ्रेमा टिपर सञ्चालनमा रोक appeared first on कागजपत्र.
रास्वपाकाे पार्टी कार्यालयका लागि घरजग्गा खाेजी
काठमाडौं – सत्तारूढ रास्वपाले पार्टी कार्यालयका लागि घर जग्गा खरिदसम्बन्धी प्रस्ताव माग गरेकाे छ ।
‎पार्टीको बढ्दो साङ्गठनिक आवश्यकता र दीर्घकालीन संस्थागत स्थायित्वका लागि हालको अस्थायी व्यवस्थापनलाई प्रतिस्थापन गरी केन्द्रीय कार्यालयलाई आफ्नै स्वामित्वको स्थायी संरचनामा स्थानान्तरण गर्ने असाेज १७ को केन्द्रीय समितिको निर्णयबमोजिम घर/जग्गा खरिद गर्न लागिएको उसले जनाएको छ।
‎आवागमनका दृष्टिले सहज, पर्याप्त भौतिक पूर्वाधार भएको र कार्यालय सञ्चालनका लागि उपयुक्त वातावरण भएको घर वा ‌ पूर्वाधार निर्माण गर्न पुग्ने जग्गा आवश्यक परेको हुँदा, देहायका सर्त तथा मापदण्ड पूरा गर्ने इच्छुक घरधनी/जग्गाधनीहरूबाट यो सूचना प्रकाशित भएको मितिले २१ (एक्काइस) दिनभित्र प्रस्ताव पेस गर्न रास्वपाले आह्वान गरेकाे छ ।
The post रास्वपाकाे पार्टी कार्यालयका लागि घरजग्गा खाेजी appeared first on कागजपत्र.
कलंकीमा विवादपछि कुटपिटबाट १८ वर्षीय युवकको मृत्यु, एक पक्राउ
काठमाडौं – काठमाडौंको कलंकीमा सामान्य विवादका क्रममा कुटपिट हुँदा एक १८ वर्षीय युवकको मृत्यु भएको छ। घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–३ घर भई हाल काठमाडौं खसीबजार बस्ने १८ वर्षीय रोशन पाख्रिनको हत्या गरेको अभियोगमा सोही स्थान घर भएका १९ वर्षीय रूपेश पाख्रिनलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो।
प्रहरीका अनुसार काठमाडौं महानगरपालिका–१४ कलंकीस्थित क्षेत्रमा उनीहरूबीच विवाद भएको थियो। सोही विवादका क्रममा रूपेशले गरेको कुटपिटबाट गम्भीर घाइते भएका रोशनलाई उपचारका लागि कलंकीस्थित शहीद मेमोरियल अस्पताल लगिएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको हो।
घटनाको खबर प्राप्त हुनासाथ प्रहरी वृत्त कालिमाटीबाट खटिएको टोलीले अभियुक्त रूपेश पाख्रिनलाई नियन्त्रणमा लिएको छ। साथै, यस घटनामा थप अनुसन्धानका लागि अन्य ३ जनालाई समेत प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।
The post कलंकीमा विवादपछि कुटपिटबाट १८ वर्षीय युवकको मृत्यु, एक पक्राउ appeared first on कागजपत्र.
भोजमा जाँदै गरेको डुंगा पल्टिँदा बिहारमा १३ जनाको मृत्यु
बिहार – भारतको बिहारस्थित वैशाली जिल्लाको राघोपुरमा गंगा नदी पार गर्ने क्रममा डुंगा पल्टिँदा कम्तीमा १३ जनाको डुबेर मृत्यु भएको छ।
मृतकमध्ये अधिकांश ६ देखि १५ वर्ष उमेर समूहका बालबालिका रहेका छन्।
भारतीय सञ्चारमाध्यमका अनुसार गएको मंगलबार राति साढे आठ बजेतिर भोजमा सहभागी हुन जाँदै गरेका २५ जनाभन्दा बढी व्यक्ति एउटा सानो डुंगामा सवार थिए। नदी पार गर्ने क्रममा डुंगा पल्टिएपछि उनीहरू बेपत्ता भएका थिए।
घटनालगत्तै उद्धार तथा खोजी कार्य जारी राखिएको छ। दुर्घटनामा ज्यान गुमाएकामध्ये पिंकी, अंकिता, सुनीता, आर्यन, अलिशा, सिकी, भोणु र मीराको सनाखत भएको प्रहरीले जनाएको छ।
वैशालीकी जिल्ला अधिकारी (डीएम) वर्षा सिंहका अनुसार दुर्घटनामा घाइते भएका सात जनालाई थप उपचारका लागि पटना मेडिकल कलेज तथा अस्पताल (पीएमसीएच) पठाइएको छ। घटनास्थलमा राज्य विपद् प्रतिकार्य बल (एसडीआरएफ) को टोलीले उद्धार कार्य जारी राखेको छ।
घटनापछि आक्रोशित स्थानीय बासिन्दाले प्रशासनविरुद्ध चर्को नाराबाजी गरेका छन्। घटनास्थलमा पुगेकी जिल्ला अधिकारी वर्षा सिंहलाई समेत स्थानीय बासिन्दाले घेराउ गर्दै आफ्नो आक्रोश पोखेका थिए।
यसैबीच, दुर्घटनामा ज्यान गुमाउनेका परिवारलाई राहतस्वरुप बिहार सरकारको तर्फबाट जनही ४ लाख भारतीय रुपैयाँ र भारतीय प्रधानमन्त्री कार्यालय (पीएमओ) को तर्फबाट २ लाख भारतीय रुपैयाँ उपलब्ध गराउने घोषणा गरिएको छ। साथै, घाइतेहरूलाई जनही ५० हजार भारतीय रुपैयाँ राहत दिने निर्णय गरिएको विवरणमा उल्लेख छ।
यस हृदयविदारक घटनाले सम्पूर्ण राघोपुर क्षेत्रमा शोक र आक्रोशको वातावरण सिर्जना गरेको छ।
The post भोजमा जाँदै गरेको डुंगा पल्टिँदा बिहारमा  १३ जनाको मृत्यु appeared first on कागजपत्र.