?>
The post करणको विस्फोटक ब्याटिङबाट ओमानलाई नेपालले दियो २६४ रनको लक्ष्य appeared first on कागजपत्र.
]]>मंगलवारको खेलमा टस जिती ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा आठ विकेटको क्षतिमा २६३ रन बनायो।
नेपालका लागि पूर्वकप्तान रोहित पौडेलले सर्वाधिक ६१ रन बनाए। इनिङ्सको अन्त्यतिर करण केसीको योगदान पनि उल्लेख्य रह्यो। केसीले लगातार तीन छक्का हानेर ओमानलाई चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेका हुन् ।
जारी शृंखला नेपालले क्यानडा र ओमानसँग २–२ खेल खेल्दै छ। आफ्नो पहिलो खेलमा नेपालले क्यानडालाई हराएको थियो। नेपालले तीनवटै खेल जितेमा एक दिवसीय मान्यता कायमै राख्नेछ ।
The post करणको विस्फोटक ब्याटिङबाट ओमानलाई नेपालले दियो २६४ रनको लक्ष्य appeared first on कागजपत्र.
]]>The post विश्वकप लिग- २ : आज नेपाल र ओमान खेल्दै appeared first on कागजपत्र.
]]>शीर्ष चारमा पर्ने सम्भावना समाप्त भइसकेको नेपालका लागि अब एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) मान्यता जोगाउने चुनौती छ । त्यसैले पनि नेपालका लागि आजको खेल महत्वपूर्ण हुनेछ ।
आइतबारको खेलमा क्यानडालाई हराउँदै शीर्ष ६ मा रहेर ओडीआई मान्यता जोगाउने सम्भावना जीवित राखेको नेपालका लागि बाँकी खेलहरुमा राम्रो प्रदर्शन गर्दै जित निकाल्नु पर्ने दबाब छ ।
ओमान र क्यानडासँगका दुई–दुई गरी चारमध्ये कम्तीमा तीन खेल जित्न सके नेपालको शीर्ष ६ भित्र पर्दै एकदिवसीय मान्यता सुरक्षित हुन सक्नेछ ।
लिग–२ मा आठ टोली सहभागी छ । अमेरिका, स्कटल्याण्ड र नेदरल्याण्ड्सले शीर्ष स्थानमा रहँदै सन् २०१७ को विश्वकप छनोट प्रतियोगितामा आफ्नो स्थान सुरक्षित गरिसकेका छन् ।
जारी लिगमा नेपाल ३३ खेलबाट २६ अंकका साथ छैटौँ स्थानमा रहेको छ भने २९ खेल खेलेको ओमानको ३३ अंक छ । यसैगरी, क्यानडाको ३४ खेलबाट २५ अंक भएको छ । नामिबियाले ३५ खेलबाट ३१ अंक जोड्दा यूएई ३२ खेलबाट १९ अंकका साथ अन्तिममा छ ।
नेपालले फेरि आगामी शनिबार क्यानडासँग र कात्तिक २ गते ओमानसँग खेल्नेछ ।
The post विश्वकप लिग- २ : आज नेपाल र ओमान खेल्दै appeared first on कागजपत्र.
]]>The post सन्दीपको कप्तानीमा विश्वकप लिग २ का लागि टिम घोषणा, भुर्तेल अझै बाहिर appeared first on कागजपत्र.
]]>ओमानमा आयोजना हुने लिग–२ त्रिकोणात्मक शृंखलाका लागि क्यानले १५ सदस्यीय राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ । घोषित टिममा अधिकांश पुरानै अनुहार छन् ।
क्यानले यसपटक ओपनर कुशल भुर्तेतललाई टिमबाट बाहिर राखेको छ । भुर्तेलले एक दिवसीय टिममा कमब्याक गर्न सकेनन् ।
हालै एसीसी प्रिमियर कप जितेको टोलीमा दुई परिवर्तन गरिएको छ । हेमन्त धामी बाहिरिएका छन् भने नन्दन यादवले कमब्याक गरेका छन् ।
यादव चोटका कारण एसीसी प्रिमियर कपमा सहभागी थिएनन् । यस्तै, टिममा स्पिनर साहब आलमलाई पनि स्थान दिइएको छ ।
टोलीमा सन्दीप लामिछाने, आशिफ शेख, दिपेन्द्रसिंह ऐरी, देव खनाल, इशान पाण्डे, रोहित पौडेल, अर्जुन कुमाल, सन्दीप जोरा, गुल्शन झा, बसिर अहमद, करण केसी, नन्दन यादव, ललित राजवंशी, सहाव आलम र शेर मल्ल छन् ।

The post सन्दीपको कप्तानीमा विश्वकप लिग २ का लागि टिम घोषणा, भुर्तेल अझै बाहिर appeared first on कागजपत्र.
]]>The post एसियाली खेलकुदः नेपाली क्रिकेट टिम फर्कियो स्वदेश appeared first on कागजपत्र.
]]>खेलाडीलाई नेपाल क्रिकेट सङ्घ (क्यान)का पदाधिकारीले स्वागत गरे। नेपाली क्रिकेट टोलीले यस संस्करणको एसियाली खेलकुदमा पदक जित्न नसके पनि समूह चरणमा उत्कृष्ट प्रदर्शन गर्यो ।
नेपालले टेष्ट राष्ट्र अफगानिस्तानलाई १२ वर्षपछि हराउन सफल भयो । नेपालले यसपटक अफगानिस्तानलाई पाँच विकेटले हराएको हो ।
समूह चरणको अन्तिम खेलमा भने वर्षा बाधक बन्दा नेपालले आयोजक जापानसँग अङ्क बाँडेको थियो । समूह विजेताका साथ क्वार्टरफाइनलमा प्रवेश गरेको नेपालले श्रीलङ्कालाई प्रतिस्पर्धी पाएको थियो । श्रीलङ्कासँगको खेल वर्षाले प्रभावित भएपछि नेपाल प्रतियोगिताबाट बाहिरियो ।
नेपाल आइसिसी टी–२० वरियतामा श्रीलङ्काभन्दा पछाडि रहेका कारण क्वार्टरफाइनलबाट बाहिरिएको हो । नेपालले एसियाली खेलकुदको क्रिकेटतर्फ हालसम्म क्वार्टरफाइनल चरण पार गर्न सकेको छैन ।
The post एसियाली खेलकुदः नेपाली क्रिकेट टिम फर्कियो स्वदेश appeared first on कागजपत्र.
]]>The post गिलको कीर्तिमानी अविजित दोहोरो शतकको मद्दतमा वेस्ट इन्डिजविरूद्ध भारत विजयी appeared first on कागजपत्र.
]]>काठमाडौं – कप्तान शुभमन गिलको कीर्तिमानी अविजित दोहोरो शतकको मद्दतमा भारतले वेस्ट इन्डिजविरुद्ध एकदिवसीय क्रिकेटमा इतिहासकै दोस्रो ठूलो सफल रन पछ्याउने कीर्तिमान बनाएको छ ।
वेस्ट इन्डिजले दिएको ४०६ रनको विशाल लक्ष्य भारतले ४३.३ ओभरमै ५ विकेटको क्षतिमा पूरा गर्यो । जितसँगै भारतले तीन खेलको शृंखलामा अपराजित अग्रता बनाएको छ ।
असाधारण ब्याटिङका लागि अनुकूल अवस्थामा खेलिएको खेलमा कुल पाँच खेलाडीले शतक प्रहार गरे ।
भारतका लागि गिलले १३३ बलमा अविजित २२३ रन बनाए । उनले मात्र ११७ बलमा दोहोरो शतक पूरा गर्दै एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो २०० रन बनाउने कीर्तिमान कायम गरे ।
गिलले सफल रन पछ्याउने क्रममा एकदिवसीय क्रिकेटमा सर्वाधिक व्यक्तिगत स्कोरको अर्को कीर्तिमान पनि बनाए ।
उनले कप्तानका रूपमा ६२ बलमा शतक पूरा गर्दै भारतीय कप्तानको सबैभन्दा छिटो शतकको कीर्तिमानसमेत आफ्नो नाममा पारे ।
भारतका ओपनर रोहित शर्माले पनि उत्कृष्ट शतक बनाए । उनले ७५ बलमा १०१ रन बनाएर आफ्नो ३५औँ एकदिवसीय शतक पूरा गरे ।
रोहितले यही इनिङ्सका क्रममा एकदिवसीय क्रिकेटमा १२ हजार रन पनि पूरा गरे । ३९ वर्षको उमेरमा शतक प्रहार गर्दै उनी एकदिवसीय क्रिकेटमा शतक बनाउने सबैभन्दा पाका भारतीय ब्याटर बने ।
रोहित र गिलले पहिलो विकेटका लागि २५५ रनको साझेदारी गरे, जुन घरेलु मैदानमा भारतको एकदिवसीय क्रिकेट इतिहासकै सर्वाधिक ओपनिङ साझेदारी हो । रोहितलाई जेडन सिल्सले एलबीडब्ल्यू आउट गरे ।
त्यसपछि विराट कोहलीले १९ बलमा २९ रन तथा ऋतुराज गायकवाडले ३६ बलमा अविजित ३० रन बनाएपछि भारतले ४४औँ ओभरमा लक्ष्य पूरा गर्यो ।
यसअघि टस जितेर ब्याटिङ गरेको वेस्ट इन्डिजले ७ विकेटको क्षतिमा ४०५ रन बनाउँदै पुरुष एकदिवसीय क्रिकेटमा आफ्नो इतिहासकै सबैभन्दा ठूलो स्कोर बनाएको थियो ।
यसअघि उसको सर्वाधिक स्कोर २०१९ मा इंग्ल्यान्डविरुद्ध बनाएको ३८९ रन थियो ।
वेस्ट इन्डिजका लागि जोन क्याम्पबेलले १०१, कप्तान शाइ होपले १०४ तथा अमिर जाङ्गुले ११४ रन बनाए ।
यो वेस्ट इन्डिजको पुरुष एकदिवसीय क्रिकेटमा पहिलोपटक ४०० रन पार गरेको अवसर पनि हो ।
होपले आफ्नो २०औँ एकदिवसीय शतक पूरा गर्दै वेस्ट इन्डिजका महान् ब्याटर ब्रायन लारालाई पछि पारे ।
वेस्ट इन्डिजका लागि सर्वाधिक एकदिवसीय शतक बनाउने खेलाडीको सूचीमा उनी अब क्रिस गेल (२५ शतक) पछि दोस्रो स्थानमा छन् ।
भारतका बलरमध्ये कुलदीप यादवले २ विकेट लिए । ६५ रन खर्चिएका कुलदीपले एकदिवसीय क्रिकेटमा २०० विकेट पूरा गरे । उनी यो उपलब्धि हासिल गर्ने सबैभन्दा छिटो भारतीय स्पिनर तथा समग्रमा तेस्रो छिटो स्पिनर बनेका छन् ।
२०१७ मा अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका कुलदीपले १२३ खेलमा २०० एकदिवसीय विकेट पूरा गरेका हुन् । उनी यो उपलब्धि हासिल गर्ने भारतका नवौँ बलर बने ।
भारत र वेस्ट इन्डिजबीच जारी एकदिवसीय शृंखला आगामी आईसीसी पुरुष विश्वकप २०२७ को तयारीका रूपमा समेत महत्त्वपूर्ण मानिएको छ ।
The post गिलको कीर्तिमानी अविजित दोहोरो शतकको मद्दतमा वेस्ट इन्डिजविरूद्ध भारत विजयी appeared first on कागजपत्र.
]]>The post वर्षाले खेल प्रभावित हुँदा क्वाटरफाइनलबाटै बाहिरियो नेपाल, श्रीलंका सेमिफाइनलमा appeared first on कागजपत्र.
]]>बिहान ५:४५ देखि हुने तय भएको खेल लगातारको वर्षाका कारण टससमेत हुन नपाइ रद्द भएको हो । यससँगै वरीयताका आधारमा श्रीलंकाले सेमिफाइनलमा स्थान पक्का गरेको छ ।
नेपाल भने यसपटक पनि क्वार्टरफाइनलमै रोकिएको छ । नेपाल चौथोपटक क्वार्टरफाइनलबाट बाहिरिएको हो ।
यसअघि नेपाल सन् २०१०, २०१४ र २०२२ को एसियाली खेलकुदमा पनि क्वार्टरफाइनलबाट अगाडि बढ्न सकेको थिएन ।
नेपालले समूह चरणमा अफगानिस्तानलाई हराउँदा वर्षाका कारण खेल बिनानतिजा टुंगिएपछि जापानसँग अंक बाँडेको थियो ।
The post वर्षाले खेल प्रभावित हुँदा क्वाटरफाइनलबाटै बाहिरियो नेपाल, श्रीलंका सेमिफाइनलमा appeared first on कागजपत्र.
]]>The post एलओडीमा मुवाथाई प्रतियोगिता ‘फ्युजन फाइट च्याप्टर-१’ हुँदै appeared first on कागजपत्र.
]]>फ्युजन फाइटले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रतियोगितामा मुवाथाई नियमअनुसार ११ वटा प्रतिस्पर्धात्मक भिडन्त हुने जानकारी दिएको हो। प्रतियोगितामा नेपालका २२ जना खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगिताको मुख्य आकर्षण महिला मुख्य स्पर्धा हुनेछ, जहाँ सुष्मा चौधरी र रजिना विष्ट आमनेसामने हुनेछन् । यसअघि दुवैबीच दुई पटक भिडन्त भइसकेको छ, जसमा दुवैले एक–एक जित हात पारेका छन्। मुख्य स्पर्धाको विजेताले एक लाख रुपैयाँ तथा उपविजेताले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ।
अन्य प्रमुख प्रतिस्पर्धामा प्रशान्त तामाङ र कर्णबहादुर मगराती, भोला कुमार राई र पेम्बा छिरी शेर्पा, एलेन थकाली र अब्राम राई, मोसेस कुमाल र गौतम थिङ, धर्मेन्द्र राम र सुमन याक्खा, आशिक कोली र जितेन्द्र राई, विशाल लामा र योमन मोक्तान तथा कुशल तामाङ र मन्दीप क्षेत्रीबीच भिडन्त हुनेछ।
विशेष आकर्षणका रूपमा १३ वर्षीय पुष्कर मल्लले १६ वर्षीय सम्योग राईसँग प्रतिस्पर्धा गर्नेछन्। उमेरमा कान्छा भए पनि पुष्करले पाँचमध्ये चार खेल जितिसकेका छन् भने सम्योगले पनि पाँच व्यावसायिक फाइट खेलेका छन्।
आयोजकका अनुसार एलओडीमा विशेष रिङ, प्रकाश तथा उच्चस्तरीय उत्पादन व्यवस्थासहित प्रतियोगिता सञ्चालन गरिनेछ। दर्शकले प्रतियोगिता कान्तिपुर म्याक्स एचडी र म्याक्स अन ओटीटीमार्फत प्रत्यक्ष हेर्न सक्नेछन् भने प्रत्यक्ष उपस्थित हुन चाहनेले इसेवाबाट टिकट खरिद गर्न सक्नेछन्।
फ्युजन फाइटले प्रतियोगितामार्फत नेपाली खेलाडीलाई व्यावसायिक मञ्च उपलब्ध गराउनुका साथै नेपालमा मुवाथाई खेलको विकास र लोकप्रियता विस्तार गर्ने लक्ष्य लिएको जनाएको छ ।
मुख्य भिडन्तको विजेतालाई रु. १,००,००० र उपविजेतालाई रु. ५०,००० र अन्य प्रो-फाइटहरू विजेतालाई रु. ५०,००० र उपविजेतालाई रु. २५,००० पुरस्कार दिइने छ । त्यस्तै थप ३ वटा प्रो-फाइटहरू: विजेतालाई रु. ४०,००० र उपविजेतालाई रु. २०,००० र सेमी-प्रो फाइटहरू विजेतालाई रु. २०,००० र उपविजेतालाई रु. १०,००० पुरस्कार दिइनेछ ।
‘हामी नेपाली मुवाथाई खेलाडीहरूको क्षमता र अनुशासनलाई विश्वस्तरीय मञ्चमा प्रस्तुत गर्न प्रतिबद्ध छौँ,’ फ्रोथ फ्युजनका प्रबन्ध निर्देशक रोशन सुवेदीले भने। ‘फ्युजन फाइट च्याप्टर १ केवल एउटा खेल मात्र नभएर नेपाली कम्ब्याट स्पोर्ट्सको नयाँ युगको सुरुवात हो।’
प्रतियोगिताको मिडिया पार्टनरका रूपमा रुटिन अफ नेपाल बन्द र आरओएनबी स्पोर्टस् रहेको छ । प्रतियोगिताको प्रत्यक्ष अवलोकनका लागि टिकटको मूल्य रु. १,००० तोकिएको छ।
The post एलओडीमा मुवाथाई प्रतियोगिता ‘फ्युजन फाइट च्याप्टर-१’ हुँदै appeared first on कागजपत्र.
]]>The post एसिसी प्रिमियर कपको उपाधिसहित नेपाली टोली स्वदेश फिर्ता appeared first on कागजपत्र.
]]>स्वदेश फर्किएको नेपाली टोलीलाई नेपाल क्रिकेट सङ्घ (क्यान)का सचिव पारस खड्का, उपाध्यक्ष रोशनकुमार सिंहलगायत पदाधिकारीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा स्वागत गरे। सो अवसरमा सचिव खड्काले टोलीलाई उपाधिका लागि बधाई दिँदै आगामी प्रतियोगिताका लागि शुभकामना दिएका छन्।
शनिबार सम्पन्न फाइनल खेलमा नेपालले युनाइटेड अरब इमिरेट्स (युएई) लाई ४४ रनले पराजित गर्दै एसिसी प्रिमियर कपको उपाधि दोस्रोपटक जितेको थियो । उपाधिसँगै नेपालले आगामी वर्ष बङ्गलादेशमा आयोजना हुने एसिया कपमा स्थान सुरक्षित गरेको छ ।
नेपालले दोस्रोपटक एसिया कप खेल्ने अवसर प्राप्त गरेको हो । यसअघि सन् २०२३ मा नेपाली टोलीले पहिलोपटक एसिया कपमा सहभागिता जनाएको थियो ।
The post एसिसी प्रिमियर कपको उपाधिसहित नेपाली टोली स्वदेश फिर्ता appeared first on कागजपत्र.
]]>The post एसीसी प्रिमियर कपः फाइनलमा नेपालले यूएईलाई दियो ३१४ रनको लक्ष्य appeared first on कागजपत्र.
]]>नेपालका लागि ओपनर आसिफ शेखले उत्कृष्ट शतक प्रहार गरे। उनले १०६ बलमा १०२ रन बनाए। आसिफले आफ्नो शतकीय इनिङ्समा ८ चौका र ४ छक्का प्रहार गरे। उनी हैदर अलीको बलमा क्याच आउट भए।
अलराउन्डर गुल्सन झाले पनि आक्रामक अर्धशतक बनाए। पाँचौँ क्रममा ब्याटिङमा आएका गुल्सनले ३६ बलमा ३ चौका र ४ छक्कासहित अर्धशतक पूरा गरे।
ओपनर अर्जुन कुमालले ४३ रन बनाए। २१ ओभरको अन्तिम बलमा आसिफसँग तालमेल नमिल्दा रनआउट हुनुअघि अर्जुनले ६३ बलमा ६ चौका प्रहार गरेका थिए। उनले आसिफसँग दोस्रो विकेटका लागि ९७ रनको साझेदारी गरेका थिए।
नेपालका कप्तान रोहित पौडेलले ४४ बलमा ४० रन बनाए। उनले २ चौका प्रहार गरे। दिपेन्द्रसिंह ऐरीले १८ बलमा १८ रन, इशान पाण्डेले २० बलमा १३ रन तथा करण केसीले २ बलमा १ रन बनाए।
फाइनलमा दुवै टोली दोस्रो पटक एसीसी प्रिमियर कपको उपाधि जित्ने लक्ष्यमा छन्। सन् २०२३ मा काठमाडौंमा भएको पहिलो संस्करणको फाइनलमा नेपालले यूएईलाई ७ विकेटले पराजित गर्दै उपाधि जितेको थियो। दोस्रो संस्करणमा भने यूएईले आयोजक ओमानलाई हराउँदै उपाधि जितेको थियो।
यसपटकको विजेता टोलीले आगामी एसिया कपमा स्थान सुरक्षित गर्ने भएकाले फाइनल दुवै टोलीका लागि महत्वपूर्ण बनेको छ।
जारी प्रतियोगितामा नेपालले समूह चरण र सेमिफाइनल गरी पाँचमध्ये चार खेल जितेको छ भने एक खेलमा पराजित भएको छ। यूएई भने प्रतियोगितामा अपराजित रहँदै फाइनलमा पुगेको हो।
एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल र यूएईबीच हालसम्म १९ खेल भएका छन्। नेपालले ११ खेल जित्दा यूएईले ८ खेलमा सफलता हात पारेको छ। पछिल्ला पाँच भेटमा पनि नेपाल ३–२ ले अघि छ। गत मे महिनामा आईसीसी विश्वकप लिग–२ अन्तर्गत भएका दुवै खेलमा नेपालले यूएईलाई पराजित गरेको थियो।
The post एसीसी प्रिमियर कपः फाइनलमा नेपालले यूएईलाई दियो ३१४ रनको लक्ष्य appeared first on कागजपत्र.
]]>The post आशिफ शेखको शानदार शतकसँगै नेपाल ठूलो लक्ष्यतर्फ, आशिफले बनाए १०३ बलमा १०० रन appeared first on कागजपत्र.
]]>मलेसियामा जारी फाइनल खेलमा युएईविरुद्ध ब्याटिङ गरिरहेका आसिफले १०२ बलमा शतक पूरा गर्दै एकदिवसियमा व्यक्तिगत दोस्रो शतक प्रहार गरेका हुन् । उनले यसअघि पपुवान्यूगिनीविरुद्ध ११० रनको बनाएका थिए ।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले यो समाचार तयार पार्दासम्म ३४ ओभरमा २ विकेट गुमाएर १८५ रन बनाएको छ । नेपालका ओपनर अर्जुन कुमाल ४३ रन बनाएर आउट भएका छन् । यतिबेला पूर्वकप्तान रोहित पौडेल र आशिफ शेखले ब्याटिङ गरिरहेका छन् । रोहित १९ रन बनाएर खेलिरहेका छन् ।
The post आशिफ शेखको शानदार शतकसँगै नेपाल ठूलो लक्ष्यतर्फ, आशिफले बनाए १०३ बलमा १०० रन appeared first on कागजपत्र.
]]>The post नेपालले जित्यो टस, पहिले ब्याटिङ गर्ने appeared first on कागजपत्र.
]]>काठमाडौं- एसीसी प्रिमियर कप अन्तर्गत फाइनल खेलमा नेपालले युएईसँग प्रतिस्पर्धा गर्दैछ ।
नेपालका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।
The post नेपालले जित्यो टस, पहिले ब्याटिङ गर्ने appeared first on कागजपत्र.
]]>The post एसिसी प्रिमियर कपः उपाधिका लागि आज नेपाल र युएई भिड्दै appeared first on कागजपत्र.
]]>नेपाल र युएईबीचको फाइनल खेल मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभलमा बिहान ७ः१५ बजे सुरु हुनेछ ।
दुवै टोली दोस्रोपटक एसिसी प्रिमियर कपको उपाधि जित्ने लक्ष्यमा छन् । नेपालले सन् २०२३ मा भएको पहिलो संस्करणमा युएईलाई सात विकेटले हराउँदै उपाधि हात पारेको थियो । युएईले भने सन् २०२४ मा आयोजक ओमानलाई पराजित गर्दै उपाधि जितेको थियो ।
यसपटक भने उपाधि विजेता टोलीले मात्र एसिया कपमा स्थान बनाउने भएकाले फाइनल दुवै टोलीका लागि महत्वपूर्ण छ ।
जारी प्रतियोगितामा नेपालले समूह चरण र सेमिफाइनल गरी पाँच खेलमा चार जित र एक हारको नतिजा निकालेको छ । युएई भने अपराजित रहँदै फाइनलमा पुगेको हो ।
एकदिवसीय अन्तरराष्ट्रिय क्रिकेटमा नेपाल र युएईबीच हालसम्म १९ खेल भएका छन् । नेपालले ११ र युएईले आठ खेल जितेका छन् । पछिल्ला पाँच खेलमा नेपालले तीन खेल जितेको छ ।
नेपालले युएईसँग पछिल्लोपटक गत मेमा आइसिसी विश्वकप लिग–२ मा पनि स्पर्धा गरेको थियो । त्यसअन्तर्गतका दुवै खेलमा नेपाल विजयी भएको थियो ।
The post एसिसी प्रिमियर कपः उपाधिका लागि आज नेपाल र युएई भिड्दै appeared first on कागजपत्र.
]]>