अपराध-सुरक्षा Archives - कागजपत्र
चोरीमा संलग्न चार विदेशीसहित ९ जना पक्राउ
गण्डकी– पोखरामा भएका शृङ्खलाबद्ध चोरीका घटनामा संलग्न चार विदेशी नागरिकसहित नौ जनालाई जिल्ला प्रहरी कार्यालय, कास्कीले नियन्त्रणमा लिई कानुनी कारबाहीको प्रकृया अगाडि बढाएको छ ।
पोखराका विभिन्न ठाउँमा भएका चोरीका घटनामा संलग्न रहेको आरोपमा भारतीय नागरिक राहुल निषाद, सोमनाथ हनुमंत जाधव, चिनियाँ नागरिक वेन जिई र वाङ ल्यानयिनलाई पक्राउ गरिएको हो ।
यस्तै स्याङ्जा चापाकोटका ४२ वर्षीय राजकुमार विक, कास्कीको पोखरा महानगरपालिका–१६ का ५१ वर्षीय केशव पाइजा मगर, अन्नपूर्ण गाउँपालिका–७ का खिमबहादुर क्षेत्री, अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–३ का अशोक पोख्रेल र बागलुङको बागलुङ नगरपालिका–१२ का २७ वर्षीय अनिल विकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
उनीहरूको साथबाट नगद, सुन, मोबाइल, ल्यापटप, घडीलगायतका सामग्री बरामद गरिएको कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिए ।
पक्राउ परेकालाई चोरी तथा डाँका मुद्दामा कास्की जिल्ला अदालतबाट शुक्रबार म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ । केही समयदेखि पोखराका विभिन्न ठाउँमा भइरहेका चोरीका घटनाको सुक्ष्म अनुसन्धान गर्दा उक्त गिरोहलाई पक्राउ परेको प्रहरीले जनाएको छ ।
The post चोरीमा संलग्न चार विदेशीसहित ९ जना पक्राउ appeared first on कागजपत्र.
असई विक्रम बने अपराध अनुसन्धानकाे असार महिनाकै उत्कृष्ट प्रहरी
काठमाडौं – काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) विक्रम भुजेल २०८३ साल असार महिनाको ‘महिनाको उत्कृष्ट प्रहरी’ सम्मानबाट सम्मानित भएका छन् ।
अपराध अनुसन्धानको क्षेत्रमा दक्ष, कर्तव्यनिष्ठ र परिणाममुखी प्रहरी अधिकृतका रूपमा परिचित भुजेलले सूचना सङ्कलनदेखि जटिल प्रकृतिका अपराधको अनुसन्धानसम्म उल्लेखनीय व्यावसायिक क्षमता प्रदर्शन गर्दै आएका छन् । उनको अनुसन्धान कौशल, जिम्मेवारीप्रतिको समर्पण र प्रभावकारी कार्यशैलीले संगठनभित्र मात्र होइन, सर्वसाधारणमाझ पनि सकारात्मक छाप छोडेको छ।
विशेषगरी असार महिनाभर काठमाडौं उपत्यकामा गुण्डागर्दी नियन्त्रण, फरार प्रतिवादी पक्राउ, कर्तव्य ज्यान, चोरी, डाँका लगायतका गम्भीर अपराधका घटनाको सफल अनुसन्धान गर्नुका साथै कारागारबाट फरार रहेका प्रतिवादीहरूलाई पक्राउ गर्न उनले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । सोही उल्लेखनीय कार्यसम्पादनको उच्च मूल्याङ्कन गर्दै उनलाई ‘महिनाको उत्कृष्ट प्रहरी’ सम्मान प्रदान गरिएको हो।
प्रहरी संगठनमा इमानदारी, अनुशासन, व्यावसायिक दक्षता र जनसेवाप्रतिको समर्पणको उत्कृष्ट उदाहरण प्रस्तुत गर्दै आएका असई भुजेलको यो सम्मानले सम्पूर्ण प्रहरी संगठनलाई थप उत्साहित बनाएको प्रहरी अधिकारीहरूको बुझाई छ ।
The post असई विक्रम बने अपराध अनुसन्धानकाे असार महिनाकै उत्कृष्ट प्रहरी appeared first on कागजपत्र.
पर्वतमा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु, १ जना घाइते
पर्वत – जिल्ला पर्वत कुश्मा नगरपालिका-९ एकोहोरे पाठा स्थित दोबिल्ला-फलेवास सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा चालक सहित दुई जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् ।
कुश्माबाट साइकलचोकतर्फ जाँदै गरेको ग १ त ७२७३ नम्बरको ट्याक्टर शनिबार अन्दाजी १४:३० बजे आफैँ अनियन्त्रित भई सडकबाट करिब १०० मिटर तल खस्दा दुर्घटना भएको थियो ।
मृत्यु हुनेमा ट्याक्टर चालक जिल्ला पर्वत, कुश्मा नगरपालिका-७ बस्ने अन्दाजी २८ वर्षीय सुजन नेपाली र जिल्ला पर्वत, कुश्मा नगरपालिका-९ साइकलचोक बस्ने अन्दाजी १४ वर्षीय शिशिर लामिछाने रहेका छन् । गम्भिर घाइते भएका दुवै जनाको उपचारको क्रममा प्रदेश अस्पताल, कुश्मामा मृत्यु भएको हो ।
घाइते भएका जिल्ला स्याङ्जा, अर्जुनचौपारी गाउँपालिका-५ घर भई हाल जिल्ला कास्की, पोखरा महानगरपालिका-१७ बिरौटा बस्ने २२ वर्षीय उदय सापकोटाको सोहि अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाग्रस्त ट्याक्टर घटनास्थलमै रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
The post पर्वतमा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु, १ जना घाइते appeared first on कागजपत्र.
डा. मिश्रविरुद्ध अवैध सम्पत्तिको आर्जनको आरोप, अख्तियारलगायतका निकायमा उजुरी
काठमाडौं – भ्रष्टाचार र अनियमितताका घटना सार्वजनिक भइरहने वीर अस्पतालमा पछिल्लो समय अर्को घटना सार्वजनिक भएको छ । मेडिकल माफियासँगको मिलेमतोमा अवैध सम्पत्ति आर्जन गरेको आरोपमा कार्डियोलोजिस्ट कन्सल्ट्यान्ट डा. दिपक कुमार मिश्रविरुद्ध विभिन्न निकायमा उजुरी परेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायत विभिन्न निकायमा डा. मिश्र विरुद्ध निमित्त निर्देशक नै दबाब दिएर अवैध सम्पत्ति आर्जन तथा गैरकानुनी लगानी गरेको उजुरीमा उल्लेख गरिएको छ । साथै उजुरीमा डा. मिश्रले आफ्नो अधिकारक्षेत्रबाहिर गएर खरिद, लेखा, प्रशासन र स्टोरमा हस्तक्षेप गर्ने गरेको उल्लेख गरिएको छ । साथै उनले मेडिकल माफियासँगको मिलेमतोमा अस्पतालका लागि आवश्यक पर्ने विभिन्न खरिदहरुमा बिचौलियाको भूमिका निर्वाह गरी करोडौं रुपैयाँ असुली गरेको उल्लेख गरिएको छ ।
त्यस्तै डा. मिश्रविरुद्ध प्रधानमन्त्री कार्यालय, स्वास्थ्य मन्त्रालय, राष्ट्रिय सतर्कता केन्द्र, सम्पत्ति शुद्धिकरण विभाग, अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतका निकायमा छानबिन तथा कारबाहीको माग गरिएको छ ।
साथै उनले श्रीमतीको नाममा गैरकानुनी संस्था स्थापना गरी विभिन्न मेडिकल उपकरण तथा सामाग्रीहरुको खरिदमा अनियमितता गरेको पनि उल्लेख गरिएको छ । साथै डा. मिश्रले लेखा तथा खरिद शाखामा अनावश्यक दबाब दिई विभिन्न सामाग्रीको खरिदको भुक्तानीमा कमिशन लिने गरेको पनि उल्लेख गरिएको छ ।
यस बारेमा डा. मिश्रसँग सम्पर्क गर्ने प्रयास गर्न सम्पर्क भने हुन सकेन ।
The post डा. मिश्रविरुद्ध अवैध सम्पत्तिको आर्जनको आरोप, अख्तियारलगायतका निकायमा उजुरी appeared first on कागजपत्र.
श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
धनगढी – कञ्चनपुरमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ । श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ ।
दोधाराचाँदनी नगरपालिका–१० फगिरे चौराहामा बुधबार दिउँसोतिर ४५ वर्षीय रनबहादुर सुनारले ४२ वर्षीया श्रीमती पारु सुनारलाई कुटपिट गरेका थिए ।
कुटपिटबाट घाइते भएकी उनलाई उपचारका लागि दोधाराचाँदनी अस्पताल लगिएको थियो । राति दुवै जना उपचारपछि घर फर्किएका थिए तर घर फर्किएपछि पारुको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर रावतले पारुको मृत्युपछि उनका श्रीमानलाई अनुसन्धानका लागि पक्राउ गरिएको बताए ।
उनका अनुसार रनबहादुर सुनारलाई इलाका प्रहरी कार्यालय दोधाराले पक्राउ गरेर थप अनुसन्धान अघि बढाइएको छ ।
The post श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु appeared first on कागजपत्र.
रोकिएको ट्याक्टर आँफै गुड्दा एक बालकको मृत्यु, अर्का घाइते
प्युठान – प्युठानको नौबहिनी गाउँपालिका–०५ डामृ स्थित रोकी राखिएको ट्याक्टरमा खेल्ने क्रममा भएको दुर्घटनामा एक बालकको मृत्यु भएको छ भने अर्का एक बालक घाइते भएका छन् ।
भे २ त २०१९ नम्बरको ट्याक्टरमा खेलिरहेका बेला ट्याक्टर एक्कासी ब्याक भई करिब ४०० मिटर तल खस्दा स्थानीय गंगा घर्ती मगरका ७ वर्षीय छोरा कुण्डन घर्ती गम्भीर घाइते भएका थिए । साथै, सोही स्थानका रिमबहादुर बुढाका ७ वर्षीय छोरा पारस बुढा मध्यम घाइते भएका थिए ।
दुवै बालकलाई उपचारका लागि जिल्ला अस्पताल बिजुवार पठाइएकोमा साँझ करिब १८:३० बजे चिकित्सकले कुण्डन घर्तीको मृत्यु भएको छ भने अर्का घाइते पारस बुढालाई थप उपचारका लागि राति करिब १९:०० बजे बुटवल रिफर गरिएको छ ।
ट्याक्टर चालक नौबहिनी गाउँपालिका–५ निवासी २१ वर्षीय विकास परियार र ट्याक्टर साहुलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भईरहेको छ ।
The post रोकिएको ट्याक्टर आँफै गुड्दा एक बालकको मृत्यु, अर्का घाइते appeared first on कागजपत्र.
आईजीद्वय कार्की र पौडेल स्वदेश फिर्ता
काठमाडौं– नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक नारायणदत्त पौडेल पाँचौँ संयुक्त राष्ट्रसङ्घीय प्रहरी प्रमुखको शिखर सम्मेलनमा भाग लिई आज स्वदेश फर्किएका छन् ।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उनीहरूलाई दुवै सुरक्षा संगठनका प्रहरी अतिरिक्त महानिरीक्षक र नायब महानिरीक्षकलगायत वरिष्ठ प्रहरी अधिकृतले स्वागत गरे।
संयुक्त राष्ट्रसङ्घको प्रधान कार्यालय न्युयोर्कमा यही असार २३ देखि २४ गतेसम्म उक्त सम्मेलन भएको थियो । सम्मेलनमा संयुक्त राष्ट्रसङ्घ र प्रहरी सङ्गठनबीचको सम्बन्ध, नयाँ प्रविधिको उपयोग, अन्तराष्ट्रिय सहयोग, संगठनमा लैङ्गिक उत्तरदायित्व, भाषा र प्रशिक्षण तथा उच्चस्तरीय सञ्जाल निर्माणलगायतका विषयमा छलफल भएको जनाइएको छ ।
सम्मेलनका क्रममा न्युर्योक रहँदा महानिरीक्षकद्वय कार्की र पौडेलले संयुक्त राष्ट्रसङ्घ तथा विभिन्न राष्ट्रका उच्चपदस्थ अधिकारीसँग द्विपक्षीय भेटवार्ता गरेका थिए। उक्त सम्मेलनमा भाग लिन उनीहरू यही असार २१ गते त्यसतर्फ गएका थिए ।
The post आईजीद्वय कार्की र पौडेल स्वदेश फिर्ता appeared first on कागजपत्र.
टोपबहादुर र बालकृष्ण खाँणसहित १६ जनालाई कैद सजाय
काठमाडौं – नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी र पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित १६ जनालाई कैद सजाय सुनाएको छ ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश तेजबहादुर खड्काको इजलासले प्रतिवादी १६ जनालाई सजाय निर्धारण गरेको हो ।
२३ असारमा अदालतले प्रतिवादी ३१ मध्ये १५ जनालाई दोषी ठहर, ७ जनालाई सफाइ र ८ जनाको मुद्दा मुल्तबीमा राख्ने आदेश गरेको थियो ।
अदालतको फैसला अनुसार पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहसचिव टेकनारायण पाण्डे, बिचौलियाहरू केशव दुलाल र सानु भण्डारीसहितका मुख्य अभियुक्तहरूलाई सबैभन्दा बढी ४ वर्ष कैद र ४० हजार रुपैयाँ जरिवाना तोकिएको छ। यस्तै सजाय पाउनेहरूमा सन्देश शर्मा, आङटावा शेर्पा, सागर राई र विक्रम भन्ने गोविन्द कुमार चौधरी रहेका छन्।
पूर्वगृहमन्त्री बालकृष्ण खाँण र भुटानी अधिकारवादी नेता टेकनाथ रिजाललाई भने २ वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना हुने फैसला भएको छ ।
यस्तै, पूर्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’ का सुरक्षा सल्लाहकार डा. इन्द्रजित राईलाई ४ वर्ष कैद तोकिए पनि उनको उमेर (७५ वर्ष माथि) का कारण सजायमा केही छुट दिइएको छ। उनले अब ३ वर्ष २ महिना १० दिन कैद र ४० हजार रुपैयाँ जरिवाना भुक्तान गर्नुपर्नेछ।
यस प्रकरणमा जोडिएका नरेन्द्र केसी, शमशेर मियाँ, हरिभक्त महर्जन र निरञ्जन कुमार खरेललाई भने १ वर्ष कैद र १० हजार रुपैयाँ जरिवानाको फैसला सुनाइएको छ ।
The post टोपबहादुर र बालकृष्ण खाँणसहित १६ जनालाई कैद सजाय appeared first on कागजपत्र.
बैंककको बारमा आगलागी, २७ जनाको मृत्यु, ६० बढी घाइते
काठमाडौं – थाइल्यान्डको राजधानी बैंककस्थित एक बारमा लागेको आगलागीमा कम्तीमा २७ जनाको मृत्यु भएको छ । ६० भन्दा बढी घाइते भएका छन् ।
थाइल्यान्डका प्रधानमन्त्री अनुटिन चार्नभिराकुलका अनुसार घटनास्थलबाट २७ जनाको शव निकालिएको छ भने घाइतेहरूलाई अस्पतालमा भर्ना गरिएको छ ।
स्थानीय सञ्चारमाध्यमका अनुसार मृत्यु हुनेमध्ये ९ जना पुरुष र १८ जना महिला छन् । साथै केही व्यक्ति बेपत्ता रहेको थाई सञ्चारमाध्यम थाइराथले जनाएको छ ।
सोमबार मध्यरातपछि आगलागी भएको जानकारी प्राप्त भएपछि दमकल टोली घटनास्थलमा पुगेको थियो । त्यतिबेला बारको मुख्य प्रवेशद्वारबाट मानिसहरू आगो र धुवाँबाट ज्यान जोगाउन भागिरहेका थिए ।
सामाजिक सञ्जाल एक्समा सार्वजनिक भिडियोहरूमा बारबाट ठूलो आगोको मुस्लो निस्किरहेको, मानिसहरू चिच्याउँदै भागिरहेको, केही लडिरहेको तथा कम्तीमा दुई जना व्यक्तिको शरीरमा आगो सल्किएको देखिन्छ ।
प्रधानमन्त्रीले घटनास्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै आगलागीको कारणबारे अनुसन्धान भइरहेको बताए ।
The post बैंककको बारमा आगलागी, २७ जनाको मृत्यु, ६० बढी घाइते appeared first on कागजपत्र.
बुद्धनगरमा छोरासँगको विवादमा बाबुले गरे आत्मदाहको प्रयास
काठमाडौंं – काठमाडौँको बुद्धनगरमा एक जना पुरुषले शनिबार बिहान आत्मदाहको प्रयास गरेका छन् ।
काठमाडौँ महानगरपालिका–१० स्थित डेरामा ती पुरुषले आत्मदाहको प्रयास गरेका हुन् ।
जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले दिएको जानकारी अनुसार ती व्यक्तिको पहिचान ४५ वर्षीय अश्विन राउत भनेर खुलेको छ । उनलाई उपचारका लागि वीर अस्पताल लगिएको छ ।
प्रहरीका अनुसार राउतको आफ्नो छोरासँग विवाद भएको थियो । विवादपछि उनले भान्सामा गएर आत्मदाहको प्रयास गरेका थिए ।
उनको शरीरको ५५ प्रतिशत जलेको अस्पतालले जानकारी गराएको एसपी भट्टराईले जनाए । हाल उनको उपचार जारी रहेको छ ।
The post बुद्धनगरमा छोरासँगको विवादमा बाबुले गरे आत्मदाहको प्रयास appeared first on कागजपत्र.
अधिकारीको हत्या आरोपमा एकैघरका ३ जना पक्राउ
खोटाङ– खुकुरी प्रहारबाट दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खास्थित मोरियाका ३८ वर्षीय ध्रुव अधिकारीको मृत्य भएपछि हत्या आरोपमा एकै घरका तीन जना पक्राउ परेका छन् ।
घरायसी विवादमा बिहीबार खुकुरी प्रहारबाट अधिकारीको मृत्यु भएपछि सोही ठाउँका ५७ वर्षीय तिलकबहादुर सार्की, उनकी श्रीमती ५२ वर्षीया भोटीमाया सार्की र छोरी २२ वर्षीया सीता सार्की पक्राउ परेका हुन् ।
तिलकबहादुरलाई घटना लगत्तै पक्राउ गरिएको थियो भने, श्रीमती र छोरीलाई शुक्रबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक निराजन बस्नेतले जानकारी दिए ।
अधिकारीको मृत्युपछि तिलकबहादुर आफैँले फोन गरेर प्रहरीको सम्पर्कमा आएका थिए । उनकी श्रीमती र छोरीविरुद्ध मृतकका आफन्तले किटानी जाहेरी दिएपछि अनुसन्धानका लागि पक्राउ गरिएको उनले बताए । मुख्य आरोपित तिलकबहादुरको घरमा मजदुरी गरेको पारिश्रमिक माग्न गएको समयमा अधिकारीमाथि खुकुरी प्रहार भएको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको छ । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाका आरोपीलाई नियन्त्रणमा लिएर कर्तव्य ज्यान मुद्दा अन्तर्गत थप अनुसन्धान भइरहेको सूचना अधिकारी बस्नेतले बताए । अधिकारीको शव परीक्षणपछि आफन्तको जिम्मा लगाइएको छ ।
मृतक अधिकारी र सार्की परिवारबीच आर्थिक कारोबार रहेको तथा मृतक अधिकारी सार्कीको घरमा पुगेको अवस्थामा विवाद हुँदा सार्कीले खुकुरी प्रहार गरेर हत्या गरेको खुलेको प्रहरीले जनाएको छ ।
The post अधिकारीको हत्या आरोपमा एकैघरका ३ जना पक्राउ appeared first on कागजपत्र.
त्रिपुरेश्वरमा आफ्नै शरीरमा पेट्रोल छर्किएका गणेश नेपालीको निधन
काठमाडौं – त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपालीको उपचारको क्रममा मृत्यु भएको छ । शरीरको करिब ६० प्रतिशत भाग जलेर गम्भीर घाइते भएका उनको वीर अस्पतालमा उपचार भइरहेको थियो ।
काठमाडौं प्रहरी परिसरका प्रवक्ता पवन भट्टराईले नेपालीको उपचारको क्रममा निधन भएको जनाए पनि अस्पताल प्रशासनले भने औपचारिक जानकारी दिइसकेको छैन ।
उपचारमा वीर अस्पतालको प्लास्टिक सर्जरी विभागका संयोजक डा. पियूष दाहालको नेतृत्वमा युनिट प्रमुख डा. अपार लामिछाने, क्रिटिकल केयर विशेषज्ञ डा. निर्माण ज्ञवाली, एनेस्थेटिस्ट जयप्रकाश ठाकुर, प्रा. डा. रविराम श्रेष्ठ तथा नर्सिङ सेवाका स्वास्थ्यकर्मीसहित २१ सदस्यीय विशेष चिकित्सक टोली खटिएको थियो ।
नेपालीले बिहीबार काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका थिए । घटनालगत्तै उनलाई उद्धार गरी वीर अस्पतालमा भर्ना गरिएको थियो ।
The post त्रिपुरेश्वरमा आफ्नै शरीरमा पेट्रोल छर्किएका गणेश नेपालीको निधन appeared first on कागजपत्र.