राजनीति Archives - कागजपत्र

रास्वपाकाे पार्टी कार्यालयका लागि घरजग्गा खाेजी
काठमाडौं – सत्तारूढ रास्वपाले पार्टी कार्यालयका लागि घर जग्गा खरिदसम्बन्धी प्रस्ताव माग गरेकाे छ ।

‎पार्टीको बढ्दो साङ्गठनिक आवश्यकता र दीर्घकालीन संस्थागत स्थायित्वका लागि हालको अस्थायी व्यवस्थापनलाई प्रतिस्थापन गरी केन्द्रीय कार्यालयलाई आफ्नै स्वामित्वको स्थायी संरचनामा स्थानान्तरण गर्ने असाेज १७ को केन्द्रीय समितिको निर्णयबमोजिम घर/जग्गा खरिद गर्न लागिएको उसले जनाएको छ।

‎आवागमनका दृष्टिले सहज, पर्याप्त भौतिक पूर्वाधार भएको र कार्यालय सञ्चालनका लागि उपयुक्त वातावरण भएको घर वा ‌ पूर्वाधार निर्माण गर्न पुग्ने जग्गा आवश्यक परेको हुँदा, देहायका सर्त तथा मापदण्ड पूरा गर्ने इच्छुक घरधनी/जग्गाधनीहरूबाट यो सूचना प्रकाशित भएको मितिले २१ (एक्काइस) दिनभित्र प्रस्ताव पेस गर्न रास्वपाले आह्वान गरेकाे छ ।

The post रास्वपाकाे पार्टी कार्यालयका लागि घरजग्गा खाेजी appeared first on कागजपत्र.

कांग्रेस महाधिवेशनः बिहानैदेखि मतदाता लाइनमा, केहीबेरमा मतदान सुरु हुँदै
काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि हुने मतदानका लागि बिहानैदेखि मतदाता लाइनमा बसेका छन्। मतदान बिहान ७ बजेदेखि सुरु हुने भएपछि मतदाता लाइनमा लागेका हुन्।

निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालका अनुसार बिहान ७ देखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ। महाधिवेशन प्रतिनिधिको संख्या सात हजार ३१७ रहेको छ।

निर्वाचन समिति संयोजक वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काले मतपत्र धेरै भएकाले आफूसँगै ३२ जना वरिष्ठ अधिवक्ताहरूले मतपत्रमा हस्ताक्षर गरिरहेको बताए। उमेदवार र मतदाता धेरै भएका कारण मतपत्र छपाइमा ढिलो भएको हो।

कुन प्रदेशका प्रतिनिधिले कहाँ मतदान गर्ने ?

निर्वाचन समितिले महाधिवेशन प्रतिनिधिको सहजताका लागि विभिन्न मतदान केन्द्र तोकेको छ। प्रतिनिधिहरूले आफूलाई तोकिएको प्रदेश तथा समूहअनुसार सम्बन्धित मतदान केन्द्रमा पुगेर मतदान गर्नुपर्नेछ।

राष्ट्रिय सभा गृह, मतदान केन्द्र ‘क’मा वाग्मती प्रदेशका प्रतिनिधिले मतदान गर्नेछन्। खुलामञ्च, मतदान केन्द्र ‘ख’मा कोसी प्रदेश तथा तराई–मधेस समूहका प्रतिनिधिले मतदान गर्नेछन्।

हिमाल हलमा गण्डकी प्रदेश तथा तराई–मधेस हलमा मधेस प्रदेश प्रतिनिधिले मतदान गर्नेछन्।

पहाड हलमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश तथा नेपाली जनसम्पर्क समिति र भ्रातृ संस्थातर्फका प्रतिनिधिले प्रतिनिधिले मतदान गर्नेछन्।

निर्वाचन समितिका अनुसार महाधिवेशनमा सहभागी सात हजार २५५ जना महाधिवेशन प्रतिनिधिले नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान गर्नेछन्।

परिचयपत्र र मतदाता नामावली रुजु गरिने

निर्वाचन समितिले मतदानस्थलमा प्रवेश गरेपछि प्रतिनिधिहरूलाई आफूलाई तोकिएको प्रदेश तथा समूहको मतदान केन्द्रमा गई मतदान गर्न आग्रह गरेको छ।

मतदान गर्नुअघि प्रत्येक प्रतिनिधिको परिचयपत्र तथा मतदाता नामावली रुजु गरिनेछ। रुजु प्रक्रिया पूरा भएपछि मात्रै प्रतिनिधिलाई मतदान गर्ने व्यवस्था गरिएको छ।

निर्वाचन समितिले मतदानस्थलमा मोबाइल फोनलगायत निर्वाचन आचारसंहिताले निषेध गरेका सामग्री लिएर प्रवेश गर्न पाइने छैन। प्रतिनिधिहरूले निर्वाचन समितिले तोकेको प्रक्रिया पूरा गरेर मात्रै मतदान गर्न पाउनेछन्।

उमेदवारी प्रक्रिया पूरा

कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उमेदवारी दर्ता, दाबी–विरोध तथा उमेदवारी फिर्ताको प्रक्रिया पूरा भइसकेको छ। सो प्रक्रिया सम्पन्न भएपछि निर्वाचन समितिले उमेदवारहरूको अन्तिम नामावलीसमेत सार्वजनिक गरिसकेको छ।

अब मतदानमार्फत सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री तथा विभिन्न समूहका केन्द्रीय सदस्य निर्वाचित हुनेछन्। विभिन्न पदमा परेको उमेदवारीअनुसार महाधिवेशन प्रतिनिधिले सम्बन्धित मतपत्रमा मतदान गर्नेछन्।

निर्वाचन समितिले मतदान सम्पन्न भएपछि मतगणना सुरु गर्ने जनाएको छ। मतदान सकिएपछि मतपेटिका सुरक्षित रूपमा व्यवस्थापन गरी आवश्यक प्रक्रिया पूरा गरेर मतगणना सुरु गरिने निर्वाचन समितिले जनाएको छ।

१५औँ महाधिवेशनले विधान संशोधन गर्दै नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति २९७ सदस्यीय बनाएको छ।

आजको बसाई र खानाको खर्च पार्टीकै

आर्थिक व्यवस्थापन समितिका संयोजक उमेश श्रेष्ठले महाधिवेशन एक दिन लम्बिएको भन्दै महाधिवेशन प्रतिनिधिको शुक्रबारको होटेल बसाई खर्च र खाना खर्च पार्टीले नै व्यहोर्ने बताए।

The post कांग्रेस महाधिवेशनः बिहानैदेखि मतदाता लाइनमा, केहीबेरमा मतदान सुरु हुँदै appeared first on कागजपत्र.

एमाले बैठकमा वरिष्ठ नेताका रूपमा विद्यादेवी भण्डारी पहिलोपटक सहभागी हुँदै
काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटी बैठक आज (बिहीबार) बस्दैछ।

ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो १ बजे बैठक बस्न लागेको एमाले प्रचार प्रमुख प्रचार विभाग प्रमुख नीरज आचार्यले जानकारी दिएका छन्।

आजको बैठकको मुख्य आकर्षण पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थिति रहनेछ। पार्टीको केन्द्रीय कमिटी बैठकले पूर्वराष्ट्रपति भण्डारीलाई वरिष्ठ नेताका रूपमा मनोनीत गरेपछि उनी पहिलोपटक एमाले स्थायी कमिटी बैठकमा सहभागी हुन लागेकी हुन्।

यसअघि बसेको एमाले केन्द्रीय कमिटी बैठकले स्थायी कमिटीमा सम्पूर्ण पदाधिकारीहरू रहने र त्यसमा थप ७ जना सदस्यहरूलाई मनोनयन गर्ने निर्णय गरेको थियो, उनीहरू पनि साे बैठकमा सहभागी हुनेछन् । जसअनुसार ईश्वर पोखरेल (पूर्ववरिष्ठ नेता), प्रदीप ज्ञवाली, काशीनाथ अधिकारी, देवराज घिमिरे, लालबाबु पण्डित, थममाया थापा, शिवमाया तुम्बाहाङ्फे पनि पहिलाे पटक बैठकमा सहभागी हुनेछन् ।

आजको बैठकले केन्द्रीय कमिटीद्वारा प्रत्यायोजित अधिकारको प्रयोग गर्दै पार्टीका विभिन्न तह र निकायहरूको कार्यविभाजन तथा जिम्मेवारी टुंगो लगाउने बताइएको छ। बैठकबाट केन्द्रीय सदस्य, पोलिट्ब्युरो, स्थायी कमिटीका थप सदस्यहरूका साथै ज्येष्ठ कम्युनिष्ट मञ्च र विभिन्न विभागीय सदस्यहरूको जिम्मेवारी तय गर्ने एमालेको तयारी रहेको छ।

The post एमाले बैठकमा वरिष्ठ नेताका रूपमा विद्यादेवी भण्डारी पहिलोपटक सहभागी हुँदै appeared first on कागजपत्र.

नेपाली कांग्रेस महाधिवेशनः आज बिहान १० बजेदेखि मतदान
काठमाडौं — नेपाली कांग्रेसको जारी महाधिवेशनअन्तर्गत पाँचौँ दिन आज बिहीबार नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान हुँदैछ ।

निर्वाचन प्रक्रियाअन्तर्गत आज बिहान १०ः०० बजेदेखि मतदान सुरु हुन लागेको हो ।

केन्द्रीय निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काले दिएको जानकारीअनुसार आज बिहान १० बजेदेखि मतदान सुरु गर्ने गरी सम्पूर्ण तयारी मिलाइएको छ ।

मतपत्र २३ वटा रहने निर्वाचन समितिले जनाएको छ। क्षेत्र, प्रदेश र क्लस्टरअनुसार २३ वटा मतपत्र तयार पारिएको हो। मतदान गर्न एकजनालाई कम्तीमा आधा घण्टादेखि ४५ मिनेटसम्म लाग्ने समितिले जनाएको छ।

मतदानस्थल राष्ट्रिय सभागृह र खुलामञ्चमा हुनेछ। मतदानस्थल प्रदेशअनुसार तोकिएको छ। राष्ट्रिय सभागृह ‘मतदान केन्द्र क’मा वाग्मती प्रदेशका महाधिवेशन प्रतिनिधिले मतदान गर्न पाउनेछन्।

खुलामञ्च ‘मतदान केन्द्र ख’मा कोशी प्रदेश (तराई मधेस हल), मधेस प्रदेश (तराई मधेस हल), गण्डकी प्रदेश (मिहाली हल), लुम्बिनी प्रदेश (पहाड हल) र कर्णाली/सुदूरपश्चिम प्रदेश, नेपाली जनसम्पर्क समितिका प्रतिनिधिले (पहाड हल)मा मतदान गर्नेछन्।

मतदान सकिएपछि मतगणना सुरु हुने निर्वाचन समितिले जनाएको छ।

The post नेपाली कांग्रेस महाधिवेशनः आज बिहान १० बजेदेखि मतदान appeared first on कागजपत्र.

सभापतिका उम्मेदवार किशोर सिंह राठौरले लिए उम्मेदवारी फिर्ता
काठमाडौं – नेपाली कांग्रेसका सभापतिका उम्मेदवार किशोर सिंह राठौरले उम्मेदवारी फिर्ता लिएका छन् । उनले बुधबार दिउँसो पत्रकार सम्मेलन गरी उम्मेदवारी फिर्ता लिएको जनाएका हुन् ।

उनले सञ्चारकर्मीहरूसँग राष्ट्रिय सभागृहमा बोल्दै भने, ‘ विशेष परिस्थितिमा महाधिवेशन हुन लागेको, पार्टी संकटमा रहेको अवस्थामा सभापतिले सहयोग गर्नु पर्यो भनेका कारण पार्टीको बृहत्तर एकताका लागि उम्मेदवारी फिर्ता गरेको छु।’

यसअघि मंगलबार बेलुकी अन्तिम उम्मेदवारी दर्ताको अन्तिम समयमा उनले सभापतिमा उम्मेदवारी दर्ता गराएका थिए ।

उनले कांग्रेस लोकतान्त्रिक पार्टी भएकाले कुनै पनि नेतालाई निर्विरोध निर्वाचित हुने गरी चुनावमा जान नहुने भन्दै सभापति गगनकुमार थापाको जतिसुकै लोकप्रियता भए पनि चुनाव लड्ने बताउँदै आएका थिए ।

राठौरले उम्मेदवारी फिर्ता लिएसँगै सभापतिका लागि गगन थापासँग अब श्यामकृष्ण खड्कीले प्रतिस्पर्धा गर्ने भएका छन् ।

The post सभापतिका उम्मेदवार किशोर सिंह राठौरले लिए उम्मेदवारी फिर्ता appeared first on कागजपत्र.

कांग्रेसको बन्द सत्रमा सबैलाई प्रवेश खुला, प्रत्यक्ष प्रसारण हुने
काठमाडौं – नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत आज चौथो दिनको बन्द सत्र हुँदैछ। केही बेरमा हुने बन्द सत्रमा महाधिवेशन प्रतिनिधिहरूले विभिन्न प्रस्ताव तथा प्रतिवेदनमाथिको छलफल टुंग्याउँदै पारित गर्ने तयारी गरिएको छ।

खुलामञ्चमा प्रवेश पाएका सबैलाई बन्द सत्रमा प्रवेश खुला गरिएको प्रवक्ता देवराज चालिसेले बताए । उनका अनुसार यसअघि विशेष महाधिवेशनमा पनि बन्द सत्र सबैका लागि खुला गरिएको थियो ।

बन्द सत्रको लाइभ नेपाली कांग्रेसको फेसबुक पेजबाट पनि प्रसारण गर्ने उनले जानकारी दिए। साथै अन्य मिडियाहरूलेसमेत बन्द सत्रलाई प्रत्यक्ष प्रसारण गर्न पााउने छन् ।

बन्द सत्रमा सभापति गगनकुमार थापाले प्रस्तुत गरेको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’सम्बन्धी राजनीतिक प्रस्ताव, उपसभापति विश्वप्रकाश शर्माले प्रस्तुत गरेको ‘राजनीतिक संस्कृतिको क्षय र युगानुकूल रूपान्तरणको अभिभारा’सम्बन्धी समसामयिक प्रस्ताव, महामन्त्री गुरुराज घिमिरेको संगठनसम्बन्धी प्रतिवेदन र कोषाध्यक्ष उमेश श्रेष्ठको आर्थिक प्रतिवेदनमाथि छलफलपछि पारित गर्ने कार्यसूची रहेको छ।

बन्द सत्रमा सोमबारदेखि नै ती प्रस्ताव तथा प्रतिवेदनमाथि महाधिवेशन प्रतिनिधिहरूले धारणा राख्दै आएका छन्। छलफलका क्रममा प्रतिनिधिहरूले पार्टीको आगामी राजनीतिक दिशा, संगठन सुदृढीकरण, राजनीतिक संस्कृतिमा सुधार तथा आर्थिक व्यवस्थापनलगायतका विषयमा सुझाव र धारणा राखेका छन्।

कांग्रेसको सूचना, सञ्चार तथा प्रविधि समितिका सदस्य डा सुरेश आचार्यका अनुसार छलफलमा सातै प्रदेशका महाधिवेशन प्रतिनिधिका साथै पार्टीका भ्रातृ तथा शुभेच्छुक संस्थाका प्रतिनिधिहरूले समेत सहभागिता जनाएका छन्।

उनका अनुसार बिहान साढे १० बजेदेखि बन्द सत्र पुनः सञ्चालन हुने भए पनि केही ढिलाइ हुन सक्नेछ। बाँकी रहेका धारणा तथा सुझावलाई समेट्दै प्रस्ताव र प्रतिवेदन पारित गर्ने प्रक्रिया अघि बढाइनेछ।

सभापति थापाले सम्बोधन गर्ने

बन्द सत्रको आजको कार्यक्रमपछि पार्टी सभापति गगनकुमार थापाले महाधिवेशन प्रतिनिधिहरूलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। सभापतिको सम्बोधनसँगै बन्द सत्रको छलफल औपचारिक रूपमा टुंग्याउने तयारी कांग्रेसले गरेको छ।

महाधिवेशनमा पार्टीको आगामी कार्यदिशा र संगठनात्मक संरचनाका विषयमा व्यापक छलफल भइरहेको छ। बन्द सत्रबाट राजनीतिक, संगठनात्मक र आर्थिक प्रतिवेदन पारित भएपछि कांग्रेस महाधिवेशन नेतृत्व चयनको प्रक्रियातर्फ अघि बढ्नेछ।

कांग्रेसको १५औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि यसअघि नै उम्मेदवारी दर्ता भइसकेको छ। सभापतिमा गगनकुमार थापा, श्यामकृष्ण खड्की र किशोरसिंह राठौरले उम्मेदवारी दिएका छन्। नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया अघि बढेसँगै महाधिवेशनको ध्यान अब निर्वाचनतर्फ केन्द्रित हुनेछ।

The post कांग्रेसको बन्द सत्रमा सबैलाई प्रवेश खुला, प्रत्यक्ष प्रसारण हुने appeared first on कागजपत्र.

एमालेले बोलायो स्थायी समिति बैठक, विद्या भण्डारी पनि सहभागी हुने
काठमाडौं – नेकपा एमालेले स्थायी कमिटी बैठक बोलाएको छ। पहिलो बैठक भोलि दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने तय भएको प्रचार विभाग प्रमुख नीरज आचार्यले जानकारी दिए।

बैठकमा पहिलोपटक वरिष्ठ नेताका रुपमा विद्या भण्डारी पनि सहभागी हुने भएकी छन्। एमाले केन्द्रीय कमिटीको बैठकले स्थायी कमिटीमा सम्पूर्ण पदाधिकारी रहने र त्यसमा थप ७ जनालाई मनोनीत गरेको थियो।

यस्तै बैठकले पूर्व राष्ट्रपति विद्या भण्डारीलाई वरिष्ठ नेताका रुपमा मनोनयन गरेको थियो। मनोनयनपछि बोलाइएको पहिलो बैठकमा भण्डारीको सहभागिता हुन लागेको हो। २०७२ साल कातिक ११ देखि २०७९ साल फागुन २९ सम्म दुई कार्यकाल राष्ट्रपति बनेकी भण्डारी पार्टीको बैठकमा सहभागी हुन लागेकी हुन्।

स्थायी कमिटीमा पदाधिकारीबाहेक पूर्ववरिष्ठ नेता ईश्वर पोखरेलसहित प्रदीप ज्ञवाली,काशीनाथ अधिकारी, देवराज घिमिरे, लालबाबु पण्डित, थममाया थापा र शिवमाया तुम्बाहाङ्फे रहने भएका छन्।

बैठकले केन्द्रीय कमिटीद्वारा प्रत्यायोजित अधिकार प्रयोग गर्दै विभिन्न तहका जिम्मेवारीबारे निर्णय गर्ने भएको छ। त्यसअन्तर्गत केन्द्रीय सदस्य, पोलिट्ब्युरो, स्थायी कमिटीका थप सदस्य, ज्येष्ठ कम्युनिष्ट मञ्चसहित विभिन्न विभागका सदस्यको जिम्मेवारी टुंगो लाग्ने आचार्यले बताए।

The post एमालेले बोलायो स्थायी समिति बैठक, विद्या भण्डारी पनि सहभागी हुने appeared first on कागजपत्र.

कांग्रेस पदाधिकारीमा क-कसको पर्यो उम्मेदवारी ?
काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवशेनको मनोनयन दर्ता सकिएको छ ।

कांग्रेसको निर्वाचन समितिका अनुसार, सभापतिका लागि तीनजनाको मनोनयन दर्ता भएको छ । किशोरसिंह राठौर, गगनकुमार थापा र श्यामकृष्ण खड्की सभापति पदमा भिड्ने भएका हुन् ।

वरिष्ठ उपसभापतिमा भने विश्वप्रकाश शर्मा निर्विरोध निर्वाचित भएका छन् । वरिष्ठ उपसभापतिमा अन्य कसैको पनि उमेदवारी नपरेपछि शर्मा निर्विरोध निर्वाचित भएका हुन् ।

उपसभापति खुलामा भने नौजनाको उमेवदारी दर्ता भएको छ । दुई पदका लागि नौजनाले उमेदवारी दर्ता गराएका निर्वाचन समितिले बताएको छ ।

डा. चन्द्रमोहन यादव, सुरेन्द्रराज पाण्डे, डा. मिनेन्द्र रिजाल, गोविन्द भट्टराई, देवराज चालिसे, मधुप्रसाद आचार्य, धनराज गुरुङ, दीपक गिरी र डा. चन्द्र भण्डारीले उपसभापति खुलामा उमेदवारी दर्ता गराएका हुन् ।

उपसभापति समावेशीमा पाँचजनाको उमेदवारी दर्ता भएको छ । विनोद चौधरी, फरमुल्लाह मन्सुर, जीवन परियार, रञ्जित कर्ण र सीता गुरुङले उमेदवारी दर्ता गराएका छन् ।

कांग्रेसले समावेशीमा एकजना उपसभापति रहने व्यवस्था गरेको छ ।

महिला उपसभापतिको एक पदका लागि पुष्पा भुसालले मात्र उमेदवारी दर्ता गराएकी छन् । अन्य आकांक्षी नभएपछि उनी निर्विरोध निर्वाचित भएकी छन् ।

महामन्त्री महिलातर्फको एक पदका लागि तीनजनाले उमेदवारी दर्ता गराएका छन् । महामन्त्री महिलामा डिला संग्रौला, रिता खनाल र महालक्ष्मी उपाध्याय डिनाले उमेदवारी दर्ता गराएका हुन् ।

महामन्त्री खुला दुई पदका लागि आठजनाको उमेदवारी दर्ता भएको छ । महामन्त्री खुलातर्फ शंकर तिवारी, सुनिल शर्मा, नैनसिंह महर, प्रदीप पौडेल, गुरुराज, घिमिरे, अमरसिंह पुन, उदयशमसेर राणा र सन्तोष उपाध्यायले उमेदवारी दर्ता गराएका छन् ।

त्यस्तै सहमहामन्त्रीमा खसआर्यतर्फ एक पदका लागि तीनजनाले मानोनयन दर्ता गराएका छन् । खसआर्यबाट सहमहामन्त्रीमा जगदिशनरसिंह केसी, मनोजमणि आचार्य र शुभराम बस्नेतले मनोनयन दर्ता गराएका छन् ।

आदिवासी जनजातिबाट सहमहामन्त्रीमा दुईजनाको मनोनयन दर्ता भएको छ । एक पदका लागि बहादुरसिंह लामा र तारामान गुरुङले मनोनयन दर्ता गराएका हुन् ।

मधेसीबाट सहमहामन्त्रीमा आठजनाको मनोनयन दर्ता भएको छ । मधेसीतर्फ महेन्द्र यादव, अजय चौरासिया,  नागिना यादव,  किरण यादव, अभिसेक प्रताप साह, रामपल्टन साह, मनिष कुमार मिश्र र मुक्तकुमारी यादवले मनोनयन दर्ता गराएका छन् ।

दलित एक सहमहामन्त्रीका लागि चारजनाको मनोनयन दर्ता भएको छ । दलित सहमहामन्त्रीका लागि नरेन्द्र पासवान, प्रकाश रसाइली, लक्ष्मी परियार र मानबहादुर नेपालीले मनोनयन दर्ता गराएका छन् ।

थारुबाट तीनजनाको मनोनयन दर्ता भएको छ । थारुबाट सहमहामन्त्रीको एक पदका लागि तेजुलाल चौधरी, योगेन्द्र चौधरी र सुरेन्द्रप्रसाद चौधरीले मनोनयन दर्ता गराएका छन् ।

अल्पसंख्यक/अपांगताबाट तीनजनाले मनोनयन दर्ता गराएका छन । एक पदका लागि  नगेन्द्र कुमाल, योगेश गौचन र आंगेलु शेर्पाले मनोनयन दर्ता गराएका हुन् ।

मुस्लिमबाट तीनजनाको मनोनयन दर्ता भएको छ । एकपदका लागि फिर्दोस आलम, अब्दुल सतार र अहतर कमल मुसालमानले मनोनयन दर्ता गराएका हुन् ।

खुलामा सातजनाको मनोनयन दर्ता भएको छ । अमृत अर्याल, रामहरि खतिवडा, अजयबाबु शिवाकोटी, दिनेश कोइराला, विमलराज क्षेत्री, देवेन्द्रराज कँडेल र डिल्लीराम सुवेदीले मनोनयन दर्ता गराएका छन् ।

पिछडिएको क्षेत्रतर्फ पनि सातजनाको उमेदवारी परेको छ । एक पदका लागि  कर्णबहादुर बुढा, जनकराज गिरी, मीन भाम, नारायणप्रसाद भट्टराई, राजन कुँवर, जीवनबहादुर विष्ट र रामबहादुर विष्टले मनोनयन दर्ता गराएका हुन् ।

सहमहामन्त्री महिलामा दुईजनाको मनोनयन दर्ता भएको छ । महिला सहमहामन्त्रीमा एक पदका लागि नानु बस्तोला र प्रतिमा गौतमले मनोनयन दर्ता गराएका हुन् ।

The post कांग्रेस पदाधिकारीमा क-कसको पर्यो उम्मेदवारी ? appeared first on कागजपत्र.

पिछडिएको क्षेत्रबाट युवा नेता तपेन्द्रको दाबी बलियो, केन्द्रीय सदस्यमा नयाँ पुस्ताको प्रतिनिधित्वको बहस
काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पिछडिएको क्षेत्रबाट केन्द्रीय सदस्य पदका उम्मेदवार युवा नेता तपेन्द्र खड्काको उम्मेदवारीले कांग्रेसभित्र चर्चा पाएको छ।

अछामबाट कांग्रेसको राजनीतिमा सक्रिय खड्का युवा पुस्तामाझ परिचित नेताका रूपमा देखिएका छन्। २०७८ को कांग्रेस महाधिवेशनमा पनि उनी अछामबाट महाधिवेशन प्रतिनिधि निर्वाचित भएका थिए।

पछिल्लो समय कांग्रेस अछामले १५औँ महाधिवेशनको तयारीका क्रममा उनलाई क्षेत्रीय प्रतिनिधि छनोटलगायत समन्वयका लागि जिम्मेवारी दिएको छ।

खड्काले “परम्पराको सम्मान, परिवर्तनको संकल्प, समुन्नत नेपालका लागि सबल कांग्रेस अबको विकल्प” भन्ने नारासहित पिछडिएको क्षेत्रबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन्।

उनको पक्षका नेताकार्यकर्ताहरूले पिछडिएको क्षेत्रको प्रतिनिधित्व, युवा सहभागिता र संगठनमा नयाँ पुस्ताको भूमिकालाई प्राथमिकता दिनुपर्ने भन्दै खड्काको पक्षमा समर्थन बढिरहेको दाबी गरेका छन्।

यद्यपि, निर्वाचनको अन्तिम परिणाम भने महाधिवेशनको मतदानबाटै तय हुनेछ। हालको अवस्थामा खड्काको उम्मेदवारीलाई पिछडिएको क्षेत्रबाट युवा प्रतिनिधित्वको एउटा महत्वपूर्ण दाबीका रूपमा हेरिएको छ।

The post पिछडिएको क्षेत्रबाट युवा नेता तपेन्द्रको दाबी बलियो, केन्द्रीय सदस्यमा नयाँ पुस्ताको प्रतिनिधित्वको बहस appeared first on कागजपत्र.

एमालेले तोक्यो पूर्वराष्ट्रपति भण्डारीको जिम्मेवारी र भूमिका, अब ओलीपछि दोस्रो वरीयता
काठमाडौं – एमालेले पूर्वराष्ट्रपतिसमेत रहेकी वरिष्ठ नेता विद्यादेवी भण्डारीलाई पार्टीको जिम्मेवारी र भूमिका तोकेको छ । उनलाई अध्यक्ष केपी ओलीपछिको दोस्रो वरीयतामा राखिएको छ ।

केही दिनअघि सम्पन्न केन्द्रीय कमिटी बैठकका निर्णय समेटेर एमालेले जारी गरेको अन्तरपार्टी निर्देशन (अपानि) मा भण्डारीलाई पार्टीको दोस्रो वरीयता दिइएको हो ।

भण्डारीले अब केन्द्रीय कमिटीसँगै पोलिटब्युरो, स्थायी कमिटी र सचिवालयका बैठकमा सहभागी हुन पाउने भएकी छन् । उनले केन्द्रीय कमिटी, पोलिटब्युरो, स्थायी कमिटी र सचिवालयका बैठकमा भाग लिने तथा अध्यक्षलाई सहयोग गर्ने र पार्टीलाई सही एवं समयोचित निर्णय गर्न योगदान गर्ने जिम्मेवारी र भूमिका निर्वाह गर्नुपर्ने अपानिमा उल्लेख छ ।

वरिष्ठ नेताको हैसियतले पार्टीको सिद्धान्त, कार्यक्रम, नीति र प्रतिष्ठाको पक्षपोषण गर्ने तथा केन्द्रीय कमिटी, पोलिटब्युरो, स्थायी कमिटी र सचिवालयले तोकेका कार्यहरू गर्ने जिम्मेवारी भण्डारीले पाएकी छन् ।

एमालेको विधानमा वरिष्ठ नेताको व्यवस्था नभए पनि भण्डारीका लागि सो पद सिर्जना गरिएको हो । वरिष्ठ नेता थप भएपछिको विधानको व्यवस्थालाई आगामी विधान महाधिवेशनले अनुमोदन गर्ने एमालेले जनाएको छ । दुई कार्यकाल राष्ट्रपति हुनुअघि भण्डारी एमालेमा उपाध्यक्षको भूमिकामा थिइन् । भण्डारी अब एमालेमा ओलीपछि शक्तिशाली बनेकी छन् ।

The post एमालेले तोक्यो पूर्वराष्ट्रपति भण्डारीको जिम्मेवारी र भूमिका, अब ओलीपछि दोस्रो वरीयता appeared first on कागजपत्र.

कांग्रेसको १५औं महाधिवेशन: कुल ७,११४ मतदाताको नामावली सार्वजनिक
काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले पार्टीको १५औँ केन्द्रीय महाधिवेशनका लागि प्रारम्भिक मतदाता नामावली प्रकाशित गरेको छ।

नयाँ केन्द्रीय कार्यसमितिको निर्वाचन प्रक्रियाका लागि सार्वजनिक गरिएको सो सूचीमा कुल ७,११४ जना मतदाता रहेका छन्।

निर्वाचन समितिले प्राविधिक वा प्रक्रियागत कारणले छुट्न गएका नामावलीहरू अन्तिम नामावली प्रकाशनका क्रममा समावेश गरिने स्पष्ट पारेको छ। साथै, हाल प्रकाशित नामावलीमा कुनै दाबी, विरोध वा संशोधन आवश्यक परेमा तोकिएको संशोधित कार्यतालिका अनुसार केन्द्रीय निर्वाचन समितिको कार्यालयमा निवेदन दिन अनुरोध गरिएको छ।

The post कांग्रेसको १५औं महाधिवेशन: कुल ७,११४ मतदाताको नामावली सार्वजनिक appeared first on कागजपत्र.

कांग्रेसको बन्दसत्र आज पनि जारी रहने, निर्वाचन प्रक्रिया सुरु हुँदै
काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज पनि बन्दसत्र चल्नेछ। सोमबारबाट सुरु भएको बन्दसत्रमा चारवटा प्रतिवेदन पेस भएका छन्।

बन्दसत्रमा सभापति गगनकुमार थापाले राजनीतिक प्रतिवेदन पेस गरेका छन्। उपसभापति विश्वप्रकाश शर्माले समसामयिक प्रतिवेदन पेस गरेका छन्। महामन्त्री गुरुराज घिमिरेले सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष उमेश श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका छन्।

उक्त प्रतिवेदनमाथि दोस्रो दिनको बन्दसत्रमा पनि छलफल हुनेछ। छलफल खुलामञ्चको तीनवटा हलमा भइरहेको छ। यस्तै कांग्रेसको विभिन्न पदका लागि आजदेखि निर्वाचन कार्यक्रम सुरु हुनेछ। अहिलेसम्म ७ हजार भन्दा बढी महाधिवेशन प्रतिनिधिले नाम दर्ता गरिसकेको समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिए।

निर्वाचन तालिका अनुसार आज बिहान १० बजेदेखि उम्मेदवारी फारम वितरण गरिने। दिउँसो १ बजेदेखि उम्मेदवारी दर्ता सुरु हुने छ।र्वाचन प्रक्रियासँगै समानान्तर रूपमा दिनभरि बन्दसत्र पनि चल्ने कांग्रेसले जनाएको छ।

दिनभरि बन्द सत्र र प्रचारप्रसार समानान्तर रुपमा हुने जनाइएको छ। २२ गते खुल्ला मञ्च, प्रज्ञा प्रतिष्ठान र राष्ट्रिय सभागृहमा मतदान हुने कांग्रेसले जनाएको छ। त्यसपछि सानेपा केन्द्रीय कार्यालयमा लगेर मतगणना गरिने छ।

The post कांग्रेसको बन्दसत्र आज पनि जारी रहने, निर्वाचन प्रक्रिया सुरु हुँदै appeared first on कागजपत्र.