समाचार Archives - कागजपत्र

जुवा अखडामा नै भेटिए सई गिरी, हिरासतमा राखेर अनुसन्धान सुरु
काठमाडौं – जुवा अखडाबाट नेपाल प्रहरीका एक प्रहरी नायव निरीक्षक (सई) समेत पक्राउ परेका छन् ।

पछिल्लो समय विभिन्न स्थानमा छापा मार्दै जुवा खेलाउने तथा खेल्नेहरूलाई नियन्त्रणमा लिएर कानुनी कारबाही अघि बढाउने क्रममा लैनचौरस्थित गाउँबेसी थकालीमा छापा मार्दा गौशाला प्रहरी वृत्तमा कार्यरत सई सरोज गिरी समेत पक्राउ परेका हुन् । उनलाई दरबारमार्ग प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको हो ।

दरबारमार्ग प्रहरीले आइतबार छापा मार्दा जुवा खेलिरहेको अवस्थामा थकालीका सञ्चालक सुजन लामासहित १५ जनालाई नियन्त्रणमा लिएको थियो। उनीहरूको साथबाट करिब १२ लाख रुपैयाँ नगद समेत बरामद भएको प्रहरी स्रोतको दाबी छ। उक्त अवसरमा थकालीका सञ्चालक र प्रहरीका सई नै पक्राउ पर्दा जुवा अखडा सञ्चालक ‘कमल बुकी’ भनिन कमल ज्ञवाली भने फरार भएका थिए । उनी नेपाल प्रहरीका पूर्वकर्मचारी रहेको खुलेको छ ।

सोही क्रममा पक्राउ परेका सई गिरीलाई दरबारमार्ग प्रहरीको हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको स्रोतले जनाएको छ। सई गिरी हाल गौशाला प्रहरी वृत्तमा कार्यरत रहेको बताइएको छ।

प्रहरी स्रोतका अनुसार सई गिरीको विगतदेखि नै जुवा अखडा सञ्चालन गर्ने केही व्यक्तिहरूसँग सम्पर्क तथा उठबस रहेको आशंका गरिएको छ। उनले आफूले प्रहरीका ‘हाकिमहरू मिलाइदिने’ तथा जुवा सञ्चालनमा सहज हुने गरी ‘सेटिङ मिलाइदिने’ भन्दै रकम लिने गरेको आरोपसमेत अनुसन्धानका क्रममा उठेको स्रोतको दाबी छ।

स्रोतका अनुसार जुवा सञ्चालनमा संलग्न भनिएका सुजन लामा र कमल बुकीको सई गिरीको सम्पर्क तथा आर्थिक लेनदेनबारे अनुसन्धान भइरहेको छ। यद्यपि, यी आरोपहरूको स्वतन्त्र पुष्टि हुन बाँकी छ। जागिर छाडेपछि ज्ञवालीले प्रहरीमै रहँदा चिनजानको आधारमा ज्ञवालीसँगको मिलेमतोमा जुवा अखडा सञ्चालन गर्ने गरेको जनाइएको छ । साथै उनले गिरीसँगको मिलेमतोमा अन्य जुवा अखडाहरुमा छापा मार्न लगाउने गरेको पनि खुलेको छ ।

सम्बन्धित समाचार…

१२ लाखसहित थकाली सञ्चालक लामासहित १५ जना पक्राउ

दरबारमार्ग प्रहरीले सई गिरीको जुवा अखडा सञ्चालकहरूसँगको सम्बन्ध, घटनास्थलमा उनको उपस्थितिको कारण तथा ‘हाकिम मिलाइदिने’ भन्दै रकम लिएको भनिएको विषयमा अनुसन्धान गरिरहेको जनाएको छ।

अनुसन्धानबाट प्राप्त तथ्यका आधारमा सई गिरीमाथि विभागीय कारबाहीका साथै प्रचलित कानुनअनुसार थप प्रक्रिया अघि बढाइने प्रहरी स्रोतले जनाएको छ।

The post जुवा अखडामा नै भेटिए सई गिरी, हिरासतमा राखेर अनुसन्धान सुरु appeared first on कागजपत्र.

१२ लाखसहित थकाली सञ्चालक लामासहित १५ जना पक्राउ
काठमाडौं — राजधानी काठमाडौंमा पछिल्लो समय जुवा अखडा सञ्चालन गर्ने समूह सक्रिय हुन थालेको पाइएको छ। प्रहरीले विभिन्न स्थानमा छापा मार्दै जुवा खेलाउने तथा खेल्नेहरूलाई नियन्त्रणमा लिएर कानुनी कारबाही अघि बढाउँदै आएको छ।

यसैक्रममा दरबारमार्ग प्रहरीले आइतबार राति लैनचौरस्थित मल्ल होटलसँगै रहेको गाउँबेसी थकालीमा छापा मारेको छ। उक्त स्थानमा करिब एक महिनादेखि नियोजित रूपमा जुवा खेलाउने गरेको सूचनाका आधारमा प्रहरीले छापा मारेको जनाएको छ।

प्रहरी स्रोतका अनुसार छापा मार्ने क्रममा थकालीका सञ्चालक सुजन लामासहित १५ जनालाई करिब १२ लाख रुपैयाँ नगदसहित नियन्त्रणमा लिइएको छ । पक्राउ परेकामाथि जुवा खेल्ने तथा खेलाउनेसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ। लामा यसअघि पनि पटक–पटक पक्राउ पर्दै आएका व्यक्ति हुन् ।

उक्त अवसरमा जुवा अखडा सञ्चालक कमल बुकी भनिने कमल भने फरार भएका छन् । उनले एक प्रहरी नायब निरिक्षक (सई)को संरक्षणमा लामाको थकालीमा जुवा खेलाउँदै आएको जनाइए पनि त्यसबारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनीहरुले अन्य जुवा अखडाहरुमा छापा मार्न लगाउने तर आफूहरुले उक्त थकालीमा जुवा खेलाउने गरेको जनाइएको छ ।

दरबारमार्ग प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ। अनुसन्धानपछि जुवा अखडा सञ्चालनमा संलग्न व्यक्तिहरूको भूमिका र कानुनी जिम्मेवारीका विषयमा थप स्पष्ट हुने प्रहरीले जनाएको छ।

राजधानीका विभिन्न क्षेत्रमा जुवा अखडा सञ्चालन भइरहेको सूचनाका आधारमा प्रहरीले निगरानी तथा कारबाहीलाई तीव्र बनाएको छ।

The post १२ लाखसहित थकाली सञ्चालक लामासहित १५ जना पक्राउ appeared first on कागजपत्र.

आजको माैसमः यी प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध
काठमाडौं – हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा नेपालको पश्चि भू भागमा सरदरभन्दा केही उत्तर (नेपाल नजिक) तथा पूर्वी भूभागमा सरदर स्थानको आसपास रहेको छ ।

जल तथा मौसम विज्ञान विभागले अहिले कोशी र लुम्बिनी प्रदेशका सबै भाग तथा बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली एवं पहाडी भागमा साधारणतया बादल लागेको छ जनाएको छ ।

मधेश प्रदेशका साथै बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा आंशिक बदली लागेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । हिमाली भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ । पहाडी भागका धेरै स्थानमा मध्यम वर्षा हुनसक्ने छ ।

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै कोशी र बागमती प्रदेशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ तथा मधेश प्रदेश, कोशी र बागमती प्रदेशको तराई भू–भागमा आंशिक बादल लाग्ने विभागद्वारा जारी सूचनामा उल्लेख छ ।

विभागको मौसम बुलेटिनका अनुसार देशको हिमाली भू–भागका केही स्थानमा मेधगर्जन चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना रहेको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका धेरै स्थानमा तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू–भागको केही स्थानमा मेधगर्जन चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका केही स्थानमा तथा मधेश प्रदेश र कोशी, बागमती र गण्डकी प्रदेशका तराई भू–भागको एकदुई स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ। कर्णाली प्रदेशको पहाडी साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भू–भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

त्यसैगरी, आज राति देशभर साधारणतया बदली रहनेछ । हिमाली भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाका साथै हिमपातको पनि सम्भावना छ । मुलुकका पहाडी भागका साथै बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ ।

मधेश र कोशी प्रदेशका तराई भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भाग, कर्णाली प्रदेशको पहाडी भाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई क्षेत्रका केही स्थानमा भारी वर्षा तथा एकदुई स्थानमा धेरै भारी वर्षाको सम्भावना विभागले जनाएको छ ।

भारी वर्षाका कारण गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयको जोखिम बढ्नसक्ने भएकाले ती क्षेत्रका बासिन्दालाई आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ । यसबाट दैनिक जनजीवन, कृषि, स्वास्थ्य सेवा, पर्यटन, पर्वतारोहण तथा सडक र हवाई यातायात सेवा प्रभावित हुनसक्ने भएकाले सतर्कता अपनाउन अनुरोध गरिएको हो ।

The post आजको माैसमः यी प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध appeared first on कागजपत्र.

ब्रोड पिक आरोहण ज्यान गुमाएका ३ नेपालीको शव आज काठमाडौं ल्याइँदै, पुर्जाको शव बेलायत लगियो
काठमाडौं – पाकिस्तानको ब्रोड पिक हिमाल आरोहणका क्रममा हिमपहिरोमा परी निधन भएका तीन नेपाली आरोहीको शव आज काठमाडौं ल्याइँदै छ ।

गत साउन १४ गते भएको हिमपहिरोमा परी ज्यान गुमाएका किली पेम्बा शेर्पा ‘किलु’, ग्यालु शेर्पा र निमा शेर्पाको शव कतार एयरवेजको उडानमार्फत आज अपराह्न ४ः४५ बजे काठमाडौं आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ।

ब्रोड पिक आरोहणका क्रममा हिमपहिरोमा परी निधन भएका पुरबहादुर गुरुङ ‘युक्त’को शव भने यसअघि नै साउन २१ गते नेपाल ल्याइसकिएको छ।

दुर्घटनापछि उद्धार तथा शव व्यवस्थापनको काम जारी रहे पनि दुर्घटनास्थलबाट अझै तीन आरोहीको शव फिर्ता ल्याउन बाँकी रहेको मन्त्रालयले जनाएको छ । बाँकी शवमध्ये एक नेपाली, एक पाकिस्तानी र एक अमेरिकी आरोहीको रहेको छ।

ब्रोड पिकमा भएको उक्त दुर्घटनाले नेपाली पर्वतारोहण क्षेत्रमा शोक छाएको छ । विश्वविख्यात आरोही निर्मल पुर्जा ‘निम्स दाइ’ को शव बेलायत लगिएको छ ।

The post ब्रोड पिक आरोहण ज्यान गुमाएका ३ नेपालीको शव आज काठमाडौं ल्याइँदै, पुर्जाको शव बेलायत लगियो appeared first on कागजपत्र.

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
काठमाडौँ – सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दैछ । अपराह्न १ बजे सिंहदरबारमा बस्ने बैठकमा खानी तथा खनिज पदार्थ विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची छ ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।

यस्तै, आजै दुई वटा संसदीय समितिको बैठक बस्दैछ । सङ्घीय संसद् सचिवालयका अनुसार, सार्वजनिक लेखा समिति र विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्ने कार्यसूची छ ।

बिहान ११ बजे बस्ने सार्वजनिक लेखा समितिको बैठकमा ‘२०८२ भदौ २३ र २४ गते भएको आन्दोलन र घटनाका कारण जलेका स्रेस्ता सम्बन्धमा’ छलफल गर्ने कार्यक्रम छ ।

विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान ११ बजे बस्दैछ । समितिको बैठकमा ‘डिजिटल अर्थतन्त्रको सम्बन्धमा छलफल’ गर्ने कार्यसूची छ ।

The post प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची appeared first on कागजपत्र.

फाल्गुनन्द मार्गमा मालवाहक सवारी सञ्चालनमा अनिश्चितकालीन रोक
इलाम– झापाको दमकदेखि इलामको माङसेबुङ गाउँपालिका हुँदै पाँचथरको चिसोपानी पञ्चमी जोड्ने सडक (फाल्गुनन्द मार्ग) मा मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।

भारी मालवाहक सवारीसाधन ट्रक, टिपर, ट्रेलरलगायत सवारी सञ्चालनमा अनिश्चितकालका लागि रोक लगाइएको माङसेबुङ गाउँपालिकाका कार्यवाहक अध्यक्ष विनोदकुमार नेम्बाङले दिए ।

अविरल वर्षाका कारण माङसेबुङ गाउँपालिका क्षेत्रमा सडकका विभिन्न स्थानमा क्षति पुगेपछि यातायात सञ्चालन जोखिमपूर्ण बनेको छ । क्षतिग्रस्त सडकको मर्मतसम्भार तथा पुनःस्थापनाको काम भइरहेकाले सडकलाई सुरक्षित र व्यवस्थित बनाउन मालवाहक सवारीसाधनलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको अध्यक्ष नेम्बाङले बताए ।

“क्षतिग्रस्त सडक मर्मतसम्भारको काम सुरक्षित र समयमै सम्पन्न गर्न उपभोक्ता समितिको आग्रहअनुसार मालवाहक सवारी सञ्चालनमा रोक लगाइएको हो”, उनले भने, “अत्यावश्यक वस्तु ढुवानी गर्ने सवारीसाधनलाई भने रोक लगाइएको छैन ।”

वर्षाका कारण सडक क्षतिग्रस्त भएपछि दैनिक आवतजावत गर्ने दर्जनौँ मालवाहक सवारीसाधनका कारण विभिन्न स्थानमा जाम हुन थालेको छ । मर्मतसम्भारको काम नसकिएसम्म यात्रुवाहक सवारीसाधनको आवतजावत सहज बनाउन मालवाहक सवारीमा रोक लगाइएको अध्यक्ष नेम्बाङले प्रष्ट पारे ।

दमक–चिसापानी सडक निर्माण सुरु भएको तीनदशक बितिसक्दा पनि पूर्ण रूपमा निर्माण हुन सकेको छैन । हिउँदमा धुलो र वर्षायाममा हिलोका कारण यातायात तथा जनजीवन प्रभावित हुँदै आएको छ । सडक कालोपत्र नभएका कारण वर्षायाममा दमकदेखि चिसोपानीसम्म यात्रा गर्न कठिन हुने गरेको छ ।

सो सडकले सडक झापा र इलामलाई जोड्छ । झापा, इलाम र पाँचथरका हजारौँ नागरिकले आवतजावत गर्नुका साथै कृषि उत्पादन बजारसम्म लैजान यही सडक प्रयोग गर्दै आएका छन् । सडक निर्माणमा भएको ढिलाइप्रति स्थानीयवासी असन्तुष्ट छन् ।

The post फाल्गुनन्द मार्गमा मालवाहक सवारी सञ्चालनमा अनिश्चितकालीन रोक appeared first on कागजपत्र.

कोरियाको ७ हजार कोटाका लागि ७६ हजारको आवेदन
काठमाडौँ – रोजगार अनुमति प्रणाली (इपीएस) मार्फत दक्षिण कोरियाको रोजगारीमा जान कोरियाली भाषा परीक्षाका लागि माग गरेको आवेदनमा साढे १० गुणाभन्दा बढीको आवेदन परेको छ।

वैदेशिक रोजगार विभाग अन्तर्गतको इपीएस कोरिया शाखाले सन् २०२६ मा इपीएसमार्फत दक्षिण कोरियाको रोजगारीमा सात हजार दुई जनाका लागि आवेदन माग गरेकोमा ७६ हजार १७२ जनाको आवेदन परेको जानकारी गराएको हो।

विभागका महानिर्देशक मीरा आचार्यले दक्षिण कोरिया नेपालीका लागि आकर्षक गन्तव्य भएको र कमाइ एवं सुरक्षित पनि भएकाले कोरिया जान भाषा परीक्षाको आवेदन दिनेको सङ्ख्या उच्च रहेको बताइन्।

उत्पादनतर्फ पाँच हजार, कृषि तथा पशुपालनतर्फ दुई हजार, सेवा र वनतर्फ एक/एक सय जनाको आवेदन माग गरेको छ। दक्षिण कोरियामा श्रमिकको माग अनुसार पोइन्ट बेस्ड सेलेक्सन सिस्टममा उत्तीर्ण सङ्ख्या केही थपघट हुन सक्ने सो शाखाले जनाएको छ।

सो शाखाका अनुसार उत्पादनतर्फ पाँच हजारका लागि ५२ हजार १२१ जनाले आवेदन दिएका छन् भने कृषि तथा पशुपालनतर्फ दुई हजारका लागि आवेदन माग गरेकोमा २२ हजार ५१ जनाको आवेदन परेको छ। यस्तै सेवा र वनतर्फ एक/एक सय जनाको माग भएकोमा एक/एक हजार जनाको आवेदन परेको इपीएस कोरिया शाखाले जनाएको छ।

शाखाका अनुसार विगतमा एउटै व्यक्तिले कृषि र उत्पादन दुवैतिर आवेदन दिने गरेकाले व्यवस्थापन समस्या भए पनि यस पटक भने एक व्यक्तिले एक क्षेत्रका लागि मात्रै दरखास्त फारम भरना पाउने व्यवस्था गरेको थियो। प्रथम चरणको परीक्षा उत्तीर्ण गरेपछि छनोट गरिएको क्षेत्र परिवर्तन गर्न नपाइने पनि सो शाखाले यसअघि नै स्पष्ट पारिसकेको थियो।

प्रथम चरणको भाषा परीक्षामा उत्तीर्ण परीक्षार्थीले दोस्रो चरणको सिप परीक्षण र कार्यक्षमता मूल्याङ्कनमा समेत सहभागी भएर उत्तीर्ण भएपछि मात्रै छनोटमा पर्न सक्ने शाखाले जनाएको छ।

The post कोरियाको ७ हजार कोटाका लागि ७६ हजारको आवेदन  appeared first on कागजपत्र.

प्रधानमन्त्री शाह र चीनका राजदूत माओमिङबीच भेटवार्ता
काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङले शिष्टाचार भेटवार्ता गरेका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज उनीहरूबीच भेटवार्ता भएको हो।

भेटवार्ताका क्रममा नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउने, विभिन्न क्षेत्रमा सहयोग प्रवर्द्धन एवम् विकास साझेदारीलाई अभिवृद्धि गर्ने लगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

भेटमा प्रधानमन्त्री शाहले चीनसँगको ऐतिहासिक सम्बन्धलाई अझ प्रगाढ बनाउँदै साझा हितका क्षेत्रमा मिलेर काम गर्नुपर्ने विषयमा जोड दिए।

राजदूत माओमिङले पनि प्रधानमन्त्रीलाई शुभकामना व्यक्त गर्दै दुई देशबीचको आपसी सम्बन्ध र सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता जनाए।

The post प्रधानमन्त्री शाह र चीनका राजदूत माओमिङबीच भेटवार्ता appeared first on कागजपत्र.

प्रधानमन्त्री बालेन र भारतीय राजदूतबीच भेटवार्ता
काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले नेपालका लागि विभिन्न देशका राजदूतसँग भेटवार्ता सुरु गरेका छन्।

प्रधानमन्त्री शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवसँग भेटवार्ता गरिरहेका छन्।

प्रधानमन्त्री र भारतीय राजदूतबीच अहिले भेटवार्ता जारी रहेको छ।

भारतीय राजदूतसँगको भेटपछि प्रधानमन्त्री शाहले नेपालका लागि चिनियाँ राजदूतसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।

यसअघि गत चैत १३ गते प्रधानमन्त्री नियुक्त भएपछि शाहले नेपालमा रहेका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरूसँग सामूहिक भेटवार्ता गरेका थिए। चैत २५ गते भएको उक्त भेटमा राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरूले प्रधानमन्त्री शाहलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना दिएका थिए।

प्रधानमन्त्री शाहले यसअघि विदेशी कूटनीतिज्ञसँग छुट्टाछुट्टै भेटवार्ता नगर्ने नीति लिएका थिए। तर, पछिल्लो समय उनले असार २३ गते एसियाली विकास बैंक (एडीबी) का अध्यक्ष मासातो कान्दासँग एक्लाएक्लै भेटवार्ता गरेका थिए।

आज भारतीय र चिनियाँ राजदूतसँग भेटवार्ता गरेपछि प्रधानमन्त्री शाहले भोलि अमेरिकी दूतावासका उच्च अधिकारीसँग पनि भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ।

The post प्रधानमन्त्री बालेन र भारतीय राजदूतबीच भेटवार्ता appeared first on कागजपत्र.

आजको मौसमः दिउँसो भारी वर्षाको सम्भावना, राती अति भारी वर्षा !
काठमाडौं – देशका केही स्थानमा आज भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ । दिउँसो भारी वर्षा हुँदा राति धेरै भारी वर्षाको सम्भावना छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार राति कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका एकदुई स्थानमा धेरै भारी वर्षाको सम्भावना छ । कर्णाली प्रदेशको पहाडी साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भूभागका थोरै स्थानमा भारी तथा एकदुई स्थानमा धेरै भारी वर्षाको पूर्वानुमान छ ।

विभागले दिउँसो देशभर साधारणतया बादल लाग्ने बताएको छ । हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङ सहितमध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।

पहाडी भूभागका धेरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ । काठमाडौंमा बिहानैदेखि वर्षा भइरहेको छ । कोसी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही तथा मधेस, वाग्मती र गण्डकी प्रदेशका तराई भूभागको थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभाग, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका साथै लुम्बिनी प्रदेशको पहाडी र तराई भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

विभागले राति देशभर साधारणतया बादल लाग्ने बताएको छ । देशको हिमाली भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।

देशको पहाडी भूभागका साथै वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका धेरै स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

मधेस र कोसी प्रदेशका तराई भूभागका थोरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना रहेको विभागको भनाइ छ ।

हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको विभागले बताएको छ ।

The post आजको मौसमः दिउँसो भारी वर्षाको सम्भावना, राती अति भारी वर्षा ! appeared first on कागजपत्र.

सिरहामा बोलबम श्रद्धालु बोकेको ट्याक्टर दुर्घटना, १५ जना घाइते
जनकपुरधाम – पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको कर्जन्हा नगरपालिका–२ बन्दीपुरमा आइतबार राति बोलबम श्रद्धालु सवार ट्याक्टर दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

कर्जन्हास्थित उत्तरबाहिनी मन्दिरतर्फबाट बन्दीपुरस्थित महेन्द्र राजमार्गतर्फ आउँदै गरेको बोलबम श्रद्धालु भक्तजन सवार ज१त ४८०८ नम्बरको ट्याक्टर साँझ ८ बजेतिर स्कुल गेटअगाडिको उकालोमा अनियन्त्रित भई पल्टिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालले जानकारी दिए ।

दुर्घटनामा परी धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१५ रामपुर टोल निवासी १३ वर्षीय अनुराग मण्डल, सोही ठाउँका १७ वर्षीय कृष्णा मण्डल, ४० वर्षीया गङ्गिया मण्डल, १८ वर्षीय राहुल दास, १३ वर्षीय प्रिन्स दास, १८ वर्षीय गोपाल यादव घाइते भएका हुन् । यस्तै, ३३ वर्षीया मोनाकुमारी मण्डल, ५० वर्षीया चन्द्रकुमारी दास, ६० वर्षीय रामदुलारी दास, ४४ वर्षीया रामकुमारी दास, १७ वर्षीय पन्चा मण्डल, १७ वर्षीय आशिषकुमार यादव, १२ वर्षीया बिकी मण्डल, बिनाकुमारी मण्डल र १३ वर्षीय कृष्णाकुमार यादव घाइते भएको प्रहरी नायब उपरीक्षक पालले बताए।

उनका अनुसार घाइतेमध्ये अनुराग मण्डलको अवस्था गम्भीर छ । घाइते सबैलाई तत्काल उद्धार गरी उपचारका लागि फूलकुमारी महतो मेमोरियल अस्पताल कर्जन्हा पठाइएको प्रहरीले जनाएको छ । घटनापश्चात ट्याक्टर चालक फरार रहेकाले खोजी भइरहेको छ ।

The post सिरहामा बोलबम श्रद्धालु बोकेको ट्याक्टर दुर्घटना, १५ जना घाइते appeared first on कागजपत्र.

शिक्षासहित चार संसदीय समितिका बैठक बस्दै
काठमाडाैं – सोमबार विभिन्न चारवटा संसदीय समितिको बैठक बस्दैछ।

निर्धारित कार्यसूची अनुसार पूर्वाधार विकास समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति र सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दैछ।

बिहान १०ः०० बजे बस्ने पूर्वाधार विकास समितिको बैठकमा राष्ट्रिय गौरवका आयोजना अध्ययन उपसमितिको प्रतिवेदनमाथि छलफल गर्ने कार्यक्रम छ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बिहान ९ः०० बजे बस्दैछ। सो समितिमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ सम्बन्धमा छलफल हुनेछ।

बिहान ११ः३० बजे बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा ‘राष्ट्रिय सदाचार नीति, २०८३’ को कार्यान्वयनका सम्बन्धमा छलफल हुने कार्यक्रम छ।

सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा समितिको बैठक सञ्चालन कार्यविधिका सम्बन्धमा छलफल हुनेछ।

The post शिक्षासहित चार संसदीय समितिका बैठक बस्दै appeared first on कागजपत्र.