प्रवास Archives - कागजपत्र
रोमानियामा रेल दुर्घटनामा २ नेपालीको मृत्यु
रोमानिया – पूर्वी रोमानियाको बाकाउ सहरमा भएको रेल दुर्घटनामा दुई नेपाली नागरिकको ज्यान गएको छ। स्थानीय समय अनुसार आइतबार बिहान करिब ३:२१ बजे चिमी सडक खण्डमा गुडिरहेको रेलले ठक्कर दिँदा उनीहरूको मृत्यु भएको हो।
बाकाउ आपत्कालीन सेवा निर्देशनालय (ISU) का अनुसार, दुर्घटनाको खबर प्राप्त हुनासाथ उद्धारका लागि दमकल, एम्बुलेन्स र सघन उपचार मोबाइल युनिटसहितको टोली घटनास्थलमा पुगेको थियो। तर, उद्धार टोली पुग्दा दुवैजनाको घटनास्थलमै मृत्यु भइसकेको थियो।
प्रारम्भिक अनुसन्धानअनुसार मृतकहरू नेपाली नागरिक भएको खुलेको छ। यद्यपि, उनीहरूको विस्तृत पहिचान र नेपालमा ठेगाना भने अहिलेसम्म सार्वजनिक गरिएको छैन।
नेपालीहरू रेलको लिकमा कसरी पुगे र दुर्घटना कसरी भयो भन्नेबारे स्थानीय प्रहरी र रेलवे अधिकारीहरूले अनुसन्धान सुरु गरेका छन्।
The post रोमानियामा रेल दुर्घटनामा २ नेपालीको मृत्यु appeared first on कागजपत्र.
जापानले जुलाईदेखि भिसा शुल्क पाँच गुणा वृद्धि गर्ने
मुद्रास्फीति र येनको अवमूल्यनको बीचमा १९७८ पछि पहिलो पटक वृद्धि भएको उक्त निर्णयको घोषणा विदेशमन्त्री मोटेगी तोशिमित्सुले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा गरेका हुन् ।
यसैगरी बहु–प्रवेश भिसाको जारी शुल्क छ हजार येनबाट बढेर ३० तीस हजार येन हुनेछ । “हामी यो कदमले आन्तरिक पर्यटनमा तत्काल प्रभाव पार्ने अपेक्षा गर्दैनौँ”, मोटेगीले भने।
The post जापानले जुलाईदेखि भिसा शुल्क पाँच गुणा वृद्धि गर्ने appeared first on कागजपत्र.
भाजपा कार्यालयमा रवि लामिछानेको भव्य स्वागत
काठमाडौं- भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले राजनीतिक भेटघाट सुरु गरेका छन्। सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा दिल्ली पुगेका उनलाई भाजपा केन्द्रीय कार्यालयमा परम्परागत झाँकी, फूलमाला तथा सम्मानसहित भव्य स्वागत गरिएको छ।
भ्रमणका क्रममा उनले भाजपा अध्यक्ष नितिन नवीनसँग भेटवार्ता गरेका छन्। भेटमा पार्टी कार्यालयको संरचना र कार्यशैलीबारे जानकारी आदान–प्रदान गरिएको बताइएको छ।
रास्वपाका अनुसार दुई पक्षबीच लोकतान्त्रिक अभ्यास, दलगत अनुभव आदान–प्रदान, राजनीतिक सहकार्य तथा आपसी सम्बन्ध सुदृढीकरणका विषयमा छलफल भएको छ।
लामिछाने पाँच दिने औपचारिक भ्रमणका लागि सोमबार भारत गएका हुन्। भ्रमण अवधिमा उनले नेपाली समुदाय र आफ्ना समर्थकहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ। साथै, उनले अयोध्या भ्रमणसमेत गर्ने कार्यक्रम तय भएको छ।
The post भाजपा कार्यालयमा रवि लामिछानेको भव्य स्वागत appeared first on कागजपत्र.
वैदेशिक रोजगारीका लागि कोरिया गएका गणेशको मृत्यु
दक्षिण कोरिया – कोरियामा कार्यरत एक जना नेपाली श्रमिकको मृत्यु भएको छ । कोरियाको पोछन क्षेत्रमा कार्यरत ओखलढुंगाको मोलुंग गाउँपालिका–७ स्थायी घर भएका २९ वर्षका गणेश थापाको सवारी दुर्घटनामा परी मृत्यु भएको कोरियास्थित नेपाली राजदूतावासले जानकारी दिएको छ ।
३ वर्षअघि कृषि क्षेत्रको कामदारका रुपमा कोरिया आएका उनी गाई फर्ममा कार्यरत थिए ।  फर्ममा आवश्यक सामग्री ओसारपसारका लागि प्रयोग हुने सानो सवारी साधन लिएर उनी बजार गएको र  बजारबाट फर्किने क्रममा सोही सवारी दुर्घटनामा परी थापाको ज्यान गएको  हो ।
दुर्घटना शुक्रबार भएको भएता पनि हालसालै मात्र जानकारी दूतावासलाई प्राप्त भएको दूतावासले जनाएको छ ।  मृतक थापाको शव नेपाल पठाउनको लागि नेपाली राजदूतावासले सम्बन्धित पक्षसँग समन्वय गरिरहेको द्धितीय सचिव जेनिम अधिकारीले जानकारी दिए ।
The post वैदेशिक रोजगारीका लागि कोरिया गएका गणेशको मृत्यु appeared first on कागजपत्र.
साउदीले दियो ६३ नेपालीलाई ‘एक्जिट भिसा’
दोहा- साउदी अरबमा गैरकानूनी रुपमा बसेका नेपालीमध्ये थप ६३ जनाले एक्जिट (बहिर्गमन) भिसा पाएका छन् ।
साउदीस्थित नेपाली दूतावासको अनुरोधमा साउदी सरकारले अहिलेसम्म १ हजार २८० जना नेपालीहरुलाई बहिर्गमन भिसा उपलब्ध गराइसकेको जनाएको छ ।
साउदीको विभिन्न कम्पनी, प्रतिष्ठानहरूमा कार्यरत श्रमिकलाई साउदीको आवासीय अनुमति पत्र (अकामा) नबनाइदिएका वा नवीकरण नगरिदिएका नेपालीलाई स्वदेश फिर्तिमा सहजिकरण गर्दै साउदी सरकारले बहिर्गमन भिसा दिएको दूतावासले जनाएको छ ।
कतिपय नेपालीहरुले आफ्नो अकामाको म्याद रहे नरहेको बारेमा स्पष्ट नबुझी दूतावासमा पठाउने गरेकाले त्यसबारे प्रष्ट हुने गरीको कागजातसहित पासपोर्ट र अकामाको फोटो खिची दूतावासमा पठाउन पनि अनुरोध गरिएको छ ।
यस्तै विभिन्न कसुरमा मुद्दा लागेका व्यक्तिहरुले पनि त्यस्तो मुद्दाको निर्क्यौल भएपछि मात्रै कागजात पठाउन दूतावासले आग्रह गरेको छ ।
The post साउदीले दियो ६३ नेपालीलाई ‘एक्जिट भिसा’ appeared first on कागजपत्र.
छोरा भेट्न अस्ट्रेलिया पुगेकी नेपाली महिलाको विमानस्थलमै मृत्यु
काठमाडौं- छोरा भेट्न अस्ट्रेलिया पुगेकी ५५ वर्षीया नेपाली महिला ठूली कान्छी तामाङको सिड्नी विमानस्थलमै निधन भएको छ ।
काठमाडौंको सुकेधारा निवासी तामाङ आफ्ना श्रीमान्सँगै छोरा राजु तामाङलाई भेट्न न्यू साउथ वेल्सस्थित वागा वागा जान अस्ट्रेलिया पुगेकी थिइन् ।
परिवारका अनुसार विमान सिड्नीमा अवतरण गरेपछि विमानस्थलमै उनी अचानक बेहोस भएकी थिइन् । तत्काल मेडिकल टोलीले सीपीआरसहित उपचारको प्रयास गरे पनि उनको ज्यान जोगाउन नसकिएको बताइएको छ ।
घटनापछि स्थानीय प्रहरीले परिवारलाई जानकारी गराएको थियो । अहिले एनआरएनए अस्ट्रेलियाको सहयोगमा शव नेपाल पठाउने तयारी भइरहेको छ ।
यसका लागि गोफन्डमीमार्फत आर्थिक सहयोग संकलन गरिएको छ । १५ हजार अस्ट्रेलियन डलर लक्ष्य राखिएको अभियानमा हालसम्म १६ हजार डलरभन्दा बढी रकम संकलन भइसकेको जनाइएको छ ।
आवश्यक कानुनी प्रक्रिया पूरा भएपछि शव नेपाल पठाइने तयारी भइरहेको परिवारले जनाएको छ ।
The post छोरा भेट्न अस्ट्रेलिया पुगेकी नेपाली महिलाको विमानस्थलमै मृत्यु appeared first on कागजपत्र.
उत्तराखण्डमा २५ नेपाली मूलका परिवारले सरकारी जग्गा कब्जा गरेको दाबी
काठमाडौं-  नेपाली मूलका २५ परिवारमाथि नक्कली कागजात प्रयोग गरेर भारतीय नागरिकता लिएको तथा सरकारी र वन क्षेत्रको जग्गा अवैध रूपमा कब्जा गरेको आरोप लागेको छ । यस विषयमा भारतको उत्तराखण्ड उच्च अदालतमा मुद्दा दायर भएपछि अदालतले सरकारसँग जवाफ मागेको छ ।
उत्तराखण्ड उच्च अदालतले बुधबार उक्त मुद्दामाथि सुनुवाइ गर्दै आफूलाई भारतीय नागरिक बताउने नेपाली मूलका व्यक्तिहरूले नैनीताल आसपासका सरकारी तथा वन क्षेत्रका जग्गा अवैध रूपमा कब्जा गरेको आरोपबारे सरकारको धारणा मागेको हो ।
मुख्य न्यायाधीश मनोजकुमार गुप्ता र न्यायाधीश सुभाष उपाध्यायको संयुक्त इजलासले नेपालीहरू कुन नीतिअन्तर्गत भारतमा बसिरहेका छन् र उनीहरूले कसरी जग्गा प्राप्त गरिरहेका छन् भन्ने स्पष्ट पार्न सरकारलाई निर्देशन दिएको छ । अदालतले तीन साताभित्र जवाफ पेश गर्न आदेश दिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
सुनुवाइका क्रममा भारत सरकारले सन् १९५० को नेपाल–भारत शान्ति तथा मैत्री सन्धिअनुसार नेपाली नागरिकलाई भारतमा बस्न र काम गर्न पाउने अधिकार रहेको लिखित जवाफ दिएको थियो ।
तर, रिट निवेदक पक्षले उक्त तर्कको विरोध गर्दै भारतमा नेपाली नागरिकले जग्गा खरिद गर्दा भारतीय रिजर्भ बैंक (आरबीआई) को प्रक्रिया पूरा गर्नुपर्ने व्यवस्था रहेको दाबी गरेका छन् । साथै नेपालमा भारतीय नागरिकलाई समान सुविधा उपलब्ध नभएको पनि उनीहरूको भनाइ छ ।
मुद्दा नैनीताल निवासी पवन जाटवले दायर गरेका हुन् । रिट निवेदनमा नैनीताल जिल्लाको खुर्पताल ग्रामसभास्थित टोक खाडी क्षेत्रको बाजुँ स्क्वायरमा नेपाली मूलका नागरिकहरूले वर्षौंदेखि सरकारी जग्गामा घर निर्माण गरेर बसोबास गर्दै आएको आरोप लगाइएको छ ।
रिटमा करिब २५ परिवारले भारतीय नागरिकताको औपचारिक प्रक्रिया पूरा नगरी गैरकानुनी रूपमा आधार कार्ड, मतदाता परिचयपत्र, ड्राइभिङ लाइसेन्स, स्थायी बसोबास प्रमाणपत्र, रासन कार्ड तथा स्वास्थ्य सेवा कार्ड प्राप्त गरेको उल्लेख गरिएको छ ।
उनीहरूले ती कागजातको आधारमा सरकारी सुविधा लिएको, मतदाता सूचीमा नाम दर्ता गराएको तथा पानी र बिजुली सेवासमेत उपभोग गरेको आरोप रिट निवेदकको छ ।
रिटमा यस्ता कागजात जारी गर्ने सरकारी अधिकारीहरूमाथि पनि कारबाही गर्न माग गरिएको छ । जिल्ला प्रशासन तथा राज्य सरकारलाई पटक–पटक जानकारी गराउँदा पनि सुनुवाइ नभएकाले अदालत जान बाध्य भएको रिट निवेदकको भनाइ छ ।
The post उत्तराखण्डमा २५ नेपाली मूलका परिवारले सरकारी जग्गा कब्जा गरेको दाबी appeared first on कागजपत्र.
कोलोराडोमा अन्तरराष्ट्रिय नेपाली साहित्य सम्मेलन हुँदै
काठमाडाैं – अमेरिकाको कोलोराडोमा यही जेठ ८ देखि १० गतेसम्म नवौँ अन्तरराष्ट्रिय नेपाली साहित्य सम्मेलन आयोजना हुने भएको छ ।
अन्तरराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को आयोजना तथा अनेसास कोलोराडो च्याप्टरको संयोजनमा हुने सो सम्मेलनमा नेपालसहित विभिन्न देशका करिब १२५ जना साहित्यकार, लेखक तथा पत्रकार सहभागी हुने बताइएको छ ।
अनेसासका महासचिव राजु सिटौलाका अनुसार कोलोराडो राज्यमा रहेका ५० भन्दा बढी स्रष्टा तथा साहित्यप्रेमीहरूको समेत सहभागिता रहने तीन दिने सो सम्मेलनमा साहित्यिक वहस, छलफल, अन्तरक्रिया, काव्य उत्सव, योगाभ्यास, स्रस्टा सम्मानलगायतका कार्यक्रम हुनेछ ।
सम्मेलनको पहिलो दिन ‘इतिहासमा आख्यान र आख्यानमा इतिहास’ शीर्षकमा मदन पुरस्कार विजेता नीलम कार्की निहारिका, पत्रकार तथा लेखकद्वय सुधीर शर्मा र वसन्त बस्नेतबीच बहस आयोजना हुनेछ ।
यसैगरी स्थापित साहित्यकार तथा लेखकहरूबीच साहित्यका विधामा बहस, छलफल तथा अन्तरक्रिया हुने भएको छ ।
सो सम्मेलनका प्रेस संयोजक रहेका पत्रकार दीर्घराज उपाध्यायले विभिन्न जातजाति, भाषाभाषी तथा समुदायसम्बद्ध स्रस्टाहरूले सांस्कृतिक झाँकीसहित साङ्गीतिक कार्यक्रम प्रस्तुत गरिने कार्यक्रम रहेको जानकारी दिए ।
The post कोलोराडोमा अन्तरराष्ट्रिय नेपाली साहित्य सम्मेलन हुँदै appeared first on कागजपत्र.
भारतकाे बिहारबाट उद्धार गरिए ६ नेपाली बालबालिका
काठमाडौं-  भारतको बिहार राज्यमा विभिन्न प्रलोभनमा परेर जोखिमपूर्ण अवस्थामा पुगेका ६ जना नेपाली बालबालिकाको उद्धार गरिएको छ ।
नयाँ दिल्लीस्थित नेपाली दूतावास र सामाजिक संस्था ‘किन इन्डिया’को पहलमा उनीहरूलाई सुरक्षित रूपमा उद्धार गरिएको हो । उद्धारपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरी उनीहरूलाई नेपाल फर्काउने तयारी भइरहेको ‘किन इन्डिया’ले जनाएको छ ।
उद्धार गरिएकामध्ये चार जना कोशी प्रदेशका बालबालिका रहेका छन् । उनीहरूलाई प्रारम्भिक परामर्श तथा संरक्षणपछि मोरङ पठाउने तयारी गरिएको बताइएको छ ।
बालबालिका फरक–फरक घटनामार्फत भारत पुगेकाले घटनाबारे विस्तृत विवरण अनुसन्धान र परामर्शपछि मात्र सार्वजनिक गरिने सम्बन्धित निकायले जनाएको छ ।
The post भारतकाे बिहारबाट उद्धार गरिए ६ नेपाली बालबालिका appeared first on कागजपत्र.
इरानमा पक्राउ परेका अमृत झा अझै थुनामै, परराष्ट्र मन्त्रालयले माग्याे माफी
काठमाडौं- इरानमा पक्राउ परेका नेपाली नागरिक अमृत झा अझै थुनामै रहेको पुष्टि भएको छ । यसअघि उनको रिहाइ भएको भन्ने प्रारम्भिक सूचना गलत सावित भएपछि परराष्ट्र मन्त्रालयले औपचारिक रूपमा स्पष्टीकरण दिँदै माफीसमेत मागेको छ ।
मन्त्रालयका अनुसार झा हाल इरानको स्थानीय अदालतमा विचाराधीन मुद्दामा रहेका छन् र उनी अझैसम्म रिहा भएका छैनन् । यसअघि १५ अप्रिलमा इरानका लागि नेपाली अनररी कन्सल साहराम सान्तिएले कतारस्थित नेपाली कार्यवाहक राजदूतलाई झा रिहा भएको जानकारी दिएका थिए । सोही सूचनाका आधारमा परराष्ट्र मन्त्रालयले समेत उनलाई रिहा भएको भन्दै सार्वजनिक विज्ञप्ति जारी गरेको थियो ।
त्यसैअनुसार परराष्ट्रमन्त्रीले सामाजिक सञ्जालमार्फत पनि रिहाइको जानकारी सार्वजनिक गरेका थिए । तर पछिल्लो कूटनीतिक तथा प्रशासनिक पुष्टि पछि उक्त सूचना गलत रहेको स्पष्ट भएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार झा हाल इरानको बन्दर अब्बासस्थित थुनामा छन् र उनीमाथि अवैध सामान तस्करी तथा ओसारपसारको आरोपमा मुद्दा चलिरहेको छ । इरानी अदालतले मुद्दासम्बन्धी विज्ञ प्रतिवेदन तयार गर्न आदेश दिएको र प्रक्रिया अघि बढिरहेको जनाइएको छ ।
यसैबीच, उनलाई नेपाल फिर्ता ल्याउने प्रयोजनका लागि आवश्यक कागजात तथा प्रमाण संकलनको प्रक्रिया दूतावासमार्फत अघि बढाइएको मन्त्रालयले जनाएको छ । साथै, विचाराधीन मुद्दा भएकाले इरानी कानुनअनुसार निष्पक्ष सुनुवाइका लागि कूटनीतिक पहल जारी रहने पनि मन्त्रालयले स्पष्ट पारेको छ ।
यो घटनाले प्रारम्भिक कूटनीतिक सूचनाको आधारमा गरिने सार्वजनिक अभिव्यक्तिमा थप सावधानी अपनाउनुपर्ने आवश्यकता देखाएको छ ।
The post इरानमा पक्राउ परेका अमृत झा अझै थुनामै, परराष्ट्र मन्त्रालयले माग्याे माफी appeared first on कागजपत्र.
नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’
टेक्सास-  अमेरिकाको क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्कोमा ‘नेपाल उत्सव’ आयोजना गरिएको छ । नेपाली कला, संस्कृति, वेशभूषा तथा परम्पराको प्रदर्शनमार्फत नेपाललाई अन्तरराष्ट्रिय स्तरमा चिनाउने उद्देश्यले नेपाल उत्सव आयोजना गरिएको हो ।
गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) क्यालिफोर्नियालगायतका नेपाली सामाजिक संस्थाको संयुक्त आयोजनामा सम्पन्न उत्सवमा अमेरिकाका विभिन्न सहरमा रहेका नेपाली समुदायको उल्लेखनीय सहभागिता थियो । लस एन्जलस, सानडिएगो, साक्रामेन्टो, बेकर्सफिल्ड, लङबीचलगायत आसपासका राज्य र सहरबाट नेपालीहरू उत्सवमा सहभागी हुन सान फ्रान्सिस्को पुगेका थिए ।
सान फ्रान्सिस्को सिटी हलबाटबाट सुरु भएको नेपाल डे परेड एम्बार्काडेरो प्लाजासम्म करिब १.६ माइल दूरीमा सञ्चालन गरिएको थियो । परेड अवधिभर सहरको मुख्य क्षेत्र मार्केट स्ट्रिटमा सवारी आवागमन बन्द गरी पैदलयात्रुका लागि खुला गरिएको थियो ।
विभिन्न जातीय तथा क्षेत्रीय संस्थाहरूले प्रस्तुत गरेका झाँकी, नेपाली वेशभूषा तथा सांस्कृतिक कार्यक्रमले सान फ्रान्सिस्कोको सडकलाई ‘नेपालमय’ बनाएको थियो । कार्यक्रममा प्रदर्शन गरिएका नेपाली कला र संस्कृतिलाई स्थानीय अमेरिकी समुदायले समेत रुचिपूर्वक अवलोकन गरेका थिए ।
नेपाली समुदायलाई हौसला प्रदान गर्न अमेरिकाका विभिन्न स्थानीय जनप्रतिनिधिहरू समेत कार्यक्रममा सहभागी भएका थिए । कार्यक्रमको आकर्षण पञ्चकन्या, पञ्चेबाजा, शङ्खध्वनि, कुमारी, धिमे तथा लाखे नाच रहेका थिए ।
उत्सवमा सान फ्रान्सिस्कोस्थित विभिन्न देशका महावाणिज्य दूतावासका कूटनीतिक अधिकारी, बे एरियाका मेयर तथा सिटी काउन्सिल सदस्यहरूको समेत सहभागिता रहेको एनआरएनए क्यालिफोर्नियाका सचिव कैलाश केसीले जानकारी दिए ।
The post नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’ appeared first on कागजपत्र.
क्यानडा नेपाल चेम्बर अफ कमर्सको अध्यक्षमा लामिछाने
काठमाडौं – फेडरेशन अफ क्यानडा नेपाल चेम्बर अफ कमर्सको दोस्रो वार्षिक साधारण सभाबाट युवा व्यवसायी गोकर्ण लामिछाने अध्यक्षमा निर्वाचित भएका छन्।
क्यानडामा रहेका नेपाली व्यवसायीहरूको साझा संस्था रूपमा विगत ६ वर्षदेखि सक्रिय रहँदै आएको यस संस्थाले नेपाल र क्यानडाबीच व्यापार, लगानी तथा आर्थिक सहकार्य विस्तार गर्न दुवै देशका सरकारी तथा निजी निकायसँग समन्वय गर्दै आएको छ।
आइतबार सम्पन्न साधारण सभाले नयाँ कार्यसमिति चयन गरेको हो। जसअनुसार उपाध्यक्षमा लक्ष्मण मण्डल, महासचिवमा नवीन लुइटेल, सचिवमा विनोद श्रेष्ठ तथा कोषाध्यक्षमा सुरेन्द्र सुराना निर्वाचित भएका छन्।
त्यसैगरी बोर्ड सदस्यहरूमा पूर्णिमा दागा, ईश्वर चन्द राजन, अर्चना प्रधान, केदार शिवाकोटी र विष्णु पौडेल चयन भएका छन्।
कार्यक्रममा निर्वाचन अधिकृत डा. तुल्सी धरेलले नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरे।
The post क्यानडा नेपाल चेम्बर अफ कमर्सको अध्यक्षमा लामिछाने appeared first on कागजपत्र.