विश्व परिवेश Archives - कागजपत्र

बच्चा जन्माउन नर्कजस्तो देशबाट अमेरिका आउने प्रवृत्ति बढ्यो: ट्रम्प
काठमाडौं-  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विभिन्न देशका गर्भवती महिलाहरू बच्चा जन्माउनकै लागि अमेरिका आउने गरेको दाबी गरेका छन्।

सामाजिक सञ्जाल ट्रुथ सोसलमा जन्मसिद्ध नागरिकताको विपक्षमा लामो विज्ञप्ति सार्वजनिक गर्दै राष्ट्रपति ट्रम्पले बच्चालाई अमेरिकी नागरिकता दिलाउनकै लागि केही व्यक्तिहरू गर्भावस्थाको अन्तिम चरणमा अमेरिका आउने गरेको आरोप लगाए।

उनका अनुसार जन्मसाथै अमेरिकी नागरिकता प्राप्त हुने व्यवस्थाको फाइदा उठाउँदै भारत, चीनलगायत देशबाट परिवारसहित आप्रवासन गर्ने प्रवृत्ति बढेको छ। ट्रम्पले ती देशलाई कडा शब्दमा आलोचना गर्दै “हेलहोल” (नर्कजस्तो) देशहरूबाट समेत मानिसहरू आउने गरेको टिप्पणी गरेका छन्।

ट्रम्पले यस्तो आप्रवासनका कारण अमेरिकामा अंग्रेजी भाषाको प्रयोग घट्दै गएको र आप्रवासी समुदायमा अमेरिकी राष्ट्रप्रतिको भाव कमजोर भएको दाबी गरे।

उनले नयाँ आप्रवासीहरू युरोपेली मूलका अघिल्ला आप्रवासीजस्तो अमेरिकी समाजमा सहज रूपमा घुलमिल हुन नसकेको पनि उल्लेख गरे। उनका अनुसार आइरिश, पोलिश, लिथुआनियन, रोमानियन र रुसी मूलका आप्रवासीहरूले अमेरिकी समाजमा सहज समायोजन गरेका भए पनि पछिल्ला आप्रवासीहरूमा त्यो प्रवृत्ति देखिँदैन।

The post बच्चा जन्माउन नर्कजस्तो देशबाट अमेरिका आउने प्रवृत्ति बढ्यो: ट्रम्प appeared first on कागजपत्र.

हर्मुज नखोल्ने इरानको अडान, अमेरिकी नाकाबन्दीबीच तनाव चर्किँदै
काठमाडौं-  अमेरिकी नौसेनाको नाकाबन्दी कायम रहुञ्जेल विश्वकै संवेदनशील तेल मार्ग स्ट्रेट अफ हर्मुज पुनः नखोल्ने स्पष्ट अडान इरानले लिएको छ।

तेहरानले युद्धविराम लम्ब्याइएको भनिए पनि व्यवहारमा उल्लङ्घन भइरहेको आरोप लगाउँदै उक्त रणनीतिक जलमार्गमा आफ्नो नियन्त्रण कडा बनाएको छ। यसक्रममा दुई विदेशी जहाज जफत गरिएको इरानले जनाएको छ।

क्षेत्रीय तनाव बढ्दै जाँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार युद्धविराम केही समय कायम राख्ने घोषणा गर्दै पाकिस्तानको मध्यस्थतामा शान्ति वार्तालाई अवसर दिन चाहेको बताएका छन्। इरानले पाकिस्तानको पहललाई स्वागत गरे पनि अमेरिकी घोषणाबारे औपचारिक प्रतिक्रिया दिएको छैन।

इस्लामाबादमा भएको प्रारम्भिक वार्तामा इरानी टोलीको नेतृत्व गरेका संसद्का अध्यक्ष मोहम्मद बाघेर घालीबाफले नौसैनिक नाकाबन्दी कायम रहँदा युद्धविरामको अर्थ नरहने स्पष्ट पारे। उनका अनुसार युद्धविराम निरन्तर उल्लङ्घन भइरहेकाले हर्मुज जलडमरूमध्य खोल्ने अवस्था बनेको छैन।

फेब्रुअरी २८ मा इजरायल र संयुक्त राज्य अमेरिकाले इरानमाथि आक्रमण गरेपछि अन्तर्राष्ट्रिय तेल बजारमा अस्थिरता बढेको छ। युद्ध फेरि भड्किने आशङ्काले तेलको मूल्य उकालो लागिरहेको छ, यद्यपि अमेरिकी सेयर बजारमा केही स्थिरता देखिएको छ। ट्रम्पले इरानलाई प्रस्ताव ल्याउन समय दिन खोजेको बताएका छन्, जसलाई कतिपयले कूटनीतिक प्रयासका रूपमा व्याख्या गरेका छन्।

इरानले औपचारिक रूपमा वार्तामा सहभागिता जनाएको पुष्टि नगरेको अवस्थामा अमेरिकी उपराष्ट्रपति जेडी भान्सको इस्लामाबाद भ्रमण स्थगित भएको छ। यद्यपि ट्रम्पले केही दिनभित्रै वार्ता पुनः सुरु हुन सक्ने बताएका छन्। यसैबीच ट्रम्पले मृत्युदण्ड सामना गरिरहेका आठ महिलाको सजाय रोकिएको दाबी गरे पनि इरानी न्यायपालिकाले त्यसलाई ‘गलत सूचना’ भन्दै खारेज गरेको छ।

इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्सले हर्मुज हुँदै जाने दुई जहाज नियन्त्रणमा लिएको जनाएको छ। तीमध्ये पनामा झण्डा बोकेको ‘एमएससी फ्रान्सेस्का’ र लाइबेरियाको ‘एपामिनोन्डास’ रहेका छन्। पनामाले उक्त घटनालाई समुद्री सुरक्षामाथिको गम्भीर आक्रमण भनेको छ भने बेलायतस्थित समुद्री निगरानी निकायहरूले पनि जलडमरूमध्यमा सैन्य गतिविधि बढेको पुष्टि गरेका छन्।

ओमान नजिकै एक कन्टेनर जहाजमाथि गोली प्रहार हुँदा संरचनात्मक क्षति पुगे पनि मानवीय क्षति नभएको जनाइएको छ। उता अमेरिकी सेनाले इरानी बन्दरगाहसँग सम्बन्धित जहाजहरू रोक्ने प्रयास जारी राखेको छ, जसले प्रत्यक्ष युद्धबिना नै इरानमाथि आर्थिक दबाब बढाउने रणनीति देखिन्छ।

यसैबीच पेन्टागनले अमेरिकी नौसेनाका सचिव जोन फेलानले तत्काल पद छोड्ने घोषणा गरेको जनाएको छ, यद्यपि कारण खुलाइएको छैन। रक्षामन्त्री पीट हेग्सेथको नेतृत्वमा उच्च तहमा फेरबदल भइरहेको संकेत देखिएको छ।

इरानले अब हर्मुज हुँदै आवतजावत गर्ने जहाजहरूले अनुमति लिनुपर्ने नयाँ व्यवस्था लागू गरेको छ। यसअघि युद्धविरामका बेला स्वतन्त्र आवागमन दिने बताएको इरानले अमेरिकी नाकाबन्दीपछि नीति कडा बनाएको हो। दुवै पक्षले एकअर्कामाथि युद्धविराम उल्लङ्घनको आरोप लगाइरहेका छन्।

यता इरानसँगको तनावबीच लेबनान–इजरायल सम्बन्ध पनि तनावपूर्ण बनेको छ। युद्धविराम घोषणा भए पनि इजरायली आक्रमणमा थप पाँच जनाको ज्यान गएको लेबनानी सञ्चारमाध्यमहरूले जनाएका छन्। सीमा क्षेत्रमा भएको हमलामा पत्रकार अमल खलिलको मृत्यु भएको र अर्की पत्रकार जीनाब फराज घाइते भएकी छन्।

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले संयुक्त राष्ट्रसंघका शान्तिरक्षकहरूमाथि भएको आक्रमणमा घाइते भएका दोस्रो फ्रान्सेली सैनिकको पनि मृत्यु भएको जानकारी दिएका छन्। उक्त घटनाको जिम्मेवारी हिजबुल्लाहले अस्वीकार गरेको छ।

इजरायल र लेबनानबीच वासिङ्टनमा हुने दोस्रो चरणको वार्तामा युद्धविराम एक महिना थप गर्न आग्रह गरिने बताइएको छ। लेबनानले इजरायली आक्रमण रोक्न र युद्धविरामको पूर्ण कार्यान्वयन सुनिश्चित गर्न दबाब दिने तयारी गरेको छ।

The post हर्मुज नखोल्ने इरानको अडान, अमेरिकी नाकाबन्दीबीच तनाव चर्किँदै appeared first on कागजपत्र.

युद्धविराम घोषणापछि पनि इरानको आक्रमण, होर्मुजमा तीन जहाज निशानामा
काठमाडौं- इरानले रणनीतिक रूपमा महत्वपूर्ण स्ट्रेट अफ होर्मुज क्षेत्रमा आक्रमण तीव्र बनाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पाकिस्तानको अनुरोधमा इरानसँगको युद्धविराम लम्ब्याउने घोषणा गरेको केही घण्टामै यी घटना भएका हुन् ।

बेलायतको समुद्री सुरक्षा निगरानी संस्था यूकेएमटीओका अनुसार बुधबार बिहान उक्त क्षेत्रमा कम्तीमा तीन वटा कन्टेनर जहाजमाथि गोली प्रहार गरिएको छ । रिपोर्टअनुसार इस्लामिक रिभोलुशनरी गार्ड कप्र्स (आईआरजीसी)सँग सम्बन्धित गनबोटहरूले विभिन्न जहाजलाई लक्षित गर्दै आक्रमण गरेका हुन् ।

ओमानको उत्तर–पूर्वतर्फ लाइबेरियामा दर्ता भएको एक जहाजमाथि गोली र रकेट–प्रोपेल्ड ग्रेनेड प्रहार गरिएको थियो । आक्रमणबाट जहाजको ब्रिजमा क्षति पुगेको भए पनि आगलागी वा वातावरणीय असर भने नभएको र चालक दल सबै सुरक्षित रहेको जनाइएको छ । जहाजका कप्तानका अनुसार आक्रमणअघि कुनै चेतावनी वा रेडियो सम्पर्क गरिएको थिएन ।

सुरक्षा स्रोतहरूका अनुसार उक्त गनबोटमा तीन जना सवार थिए । यसैबीच, इरानको पश्चिमतर्फ करिब ८ नटिकल माइल दूरीमा रहेको अर्को पनामामा दर्ता भएको जहाजमाथि पनि गोली प्रहार गरिएको यूकेएमटीओले जनाएको छ । उक्त घटनामा भने कुनै क्षति नभएको र चालक दल सुरक्षित रहेको बताइएको छ ।

तेस्रो घटनामा इरान नजिकैबाट बाहिरिँदै गरेको अर्को लाइबेरियामा दर्ता भएको जहाजलाई लक्षित गर्दै गोली चलाइएको थियो । जहाजलाई केही समय रोक्न बाध्य पारिए पनि ठूलो क्षति नभएको र चालक दल सुरक्षित रहेको जानकारी दिइएको छ ।

लगातार भएका यी आक्रमणहरूले स्ट्रेट अफ होर्मुज क्षेत्रको सुरक्षा र अन्तर्राष्ट्रिय समुद्री व्यापारमा थप चिन्ता बढाएको छ ।

The post युद्धविराम घोषणापछि पनि इरानको आक्रमण, होर्मुजमा तीन जहाज निशानामा appeared first on कागजपत्र.

भारतमा माओवादी अन्त्य, खतरा अझै बाँकी
काठमाडाैं- भारतले दशकौँ लामो माओवादी विद्रोह अन्त्य भएको घोषणा गरे पनि त्यसले छाडेको घातक विरासत अझै ग्रामीण जीवनमा गहिरो रूपमा जिवितै छ । जङ्गलका बाटो, खेत र नदीकिनारमा गाडिएका सयौँ बारूदी सुरुङहरूले अहिले पनि सर्वसाधारण र सुरक्षाकर्मी दुवैलाई निरन्तर जोखिममा राखेका छन् ।

मध्य भारतका विशाल वन क्षेत्रमा माओवादी लडाकूहरूले वर्षौंसम्म दबाबद्वारा सक्रिय हुने इम्प्रोभाइज्ड एक्सप्लोसिभ डिभाइस (आइइडी) गाड्दै आएका थिए । यी विस्फोटकहरू प्रायः माटोका सडकमुनि वा जङ्गली बाटोमा लुकाइन्थे, जसले गर्दा तिनीहरू देख्न र पहिचान गर्न अत्यन्त कठिन हुन्थ्यो । साधारण सामग्री—जिलेटिन, बल बियरिङ र धातुका टुक्राहरू—बाट बनाइए पनि ती अत्यन्त घातक सावित भएका छन् ।

विद्रोहको उत्कर्षमा माओवादीहरूले सन् २००० को दशकको मध्यतिर देशको झण्डै एक तिहाइ भूभागमा प्रभाव जमाएका थिए । उनीहरूले आफूलाई वन क्षेत्रका आदिवासी समुदायका अधिकारका लागि लडिरहेको दाबी गर्थे । तर हालैका वर्षहरूमा भारतीय सुरक्षाबलले सञ्चालन गरेको अभियानपछि सरकार देश माओवादी प्रभावबाट मुक्त भएको घोषणा गर्न पुगेको छ ।

तर जमिनमुनि लुकेका विस्फोटकहरूका कारण खतरा समाप्त भएको छैन । जिल्ला रिजर्भ गार्डमा कार्यरत २३ वर्षीय किशन हाप्काले भने, “सैनिकलाई सबैभन्दा ठूलो डर गोली होइन, यी दबाबमा विस्फोट हुने आइइडी हुन्, किनकि कहिले पाइला पर्छ भन्ने थाहा हुँदैन ।” उनी आफैँले सन् २०२४ मा यस्तै एक विस्फोटमा परेर बायाँ खुट्टा गुमाएका थिए । सो घटनामा अन्य तीन सैनिकको ज्यान गएको उनले स्मरण गरे । अहिले उनी कृत्रिम खुट्टाको सहारामा प्रशासनिक काममा सीमित छन् ।

पहिले माओवादीहरूको बलियो आधारस्थल मानिने छत्तीसगढ राज्यको बस्तर क्षेत्रमा पछिल्लो २५ वर्षमा करिब ५०० सुरक्षाकर्मी यस्ता विस्फोटमा मारिएका छन् भने हजारभन्दा बढी घाइते भएका छन् । यी विस्फोटकहरू मूलतः सुरक्षाबललाई लक्षित गरेर राखिए पनि त्यसको मार स्थानीय आदिवासी समुदायले पनि उत्तिकै भोगेका छन् । तथ्याङ्कअनुसार १५० भन्दा बढी सर्वसाधारणको ज्यान गएको छ भने २५० भन्दा बढी घाइते भएका छन् ।

६५ वर्षीया तामा जोगी पनि यस्तै पीडितमध्ये एक हुन् । गत गर्मीमा उनी पशुहरू चराउन जङ्गल गएको बेला, थाहा नपाई विस्फोटकमा पाइला राखिन् । विस्फोटपछि उनको दाहिने खुट्टा गम्भीर रूपमा क्षतिग्रस्त भयो । “मेरो कानले केही पनि सुन्न छोड्यो र म बेहोस भएँ”, उनले सम्झिइन् । पछि अस्पतालमा होस आउँदा उपचार भइरहेको अवस्था देखेको उनले बताइन् । चिकित्सकहरूले उनको ज्यान जोगाउन अर्को खुट्टा समेत काट्नुपरेको थियो, जसले गर्दा उनी पूर्ण रूपमा अशक्त बनेकी थिइन् ।

सरकारी नीतिअनुसार कर्तव्यका क्रममा घाइते भएका सुरक्षाकर्मीको मात्र उपचार खर्च व्यहोर्ने व्यवस्था छ । जोगीका परिवारले थप पीडा भोग्नुपरेको छ, किनकि उनका छोरालाई माओवादी सम्बन्धको आरोपमा पक्राउ गरिएको छ, जुन आरोप उनी अस्वीकार गर्छिन् ।

राज्यका अधिकारीहरूका अनुसार यस्ता विस्फोटकहरू अझै व्यापक रूपमा फैलिएका छन् । उपमुख्यमन्त्री विजय शर्माले भने, “यी आइइडीहरू पोखरीको छेउ, सडकको किनार, नदीको आसपास—जहाँ पनि गाडिएका हुन सक्छन् ।” उहाँका अनुसार दैनिक रूपमा दर्जनौँ विस्फोटक निष्क्रिय पारिँदै छन्, तर समस्या अझै ठूलो नै छ ।

लङ्कापल्ली गाउँका ३५ वर्षीय राजु मोडियमले पनि यसको पीडा भोगेका छन् । जनवरीमा माछा मार्न जाँदा परिचित बाटो रोज्दा आफू सुरक्षित हुने विश्वास उनमा थियो । तर त्यही बाटोमा लुकेको विस्फोटकमा पाइला परेपछि उनको खुट्टा गम्भीर रूपमा नष्ट भयो । “मैले खुट्टा हेर्दा सबै चिराचिरा भएको थियो, जताततै रगत थियो”, उनले भने । उपचारपछि उनले खुट्टा गुमाए ।

आर्थिक रूपमा कमजोर उनको परिवार कृत्रिम खुट्टा किन्ने अवस्थामा छैन । उनकी २१ वर्षीया श्रीमती जयम्माले भनिन्, “कृत्रिम खुट्टाका लागि चाहिने पैसा हामीसँग छैन ।” परिवारको जीविकोपार्जन जङ्गलमै निर्भर भएकाले अहिले उनीहरू थप कठिनाइमा परेका छन् ।

प्रहरीका अनुसार गत वर्ष बस्तर क्षेत्रमा करिब ९०० विस्फोटक फेला पारिएको थियो भने सन् २०२६ को पहिलो तीन महिनामै ३०० बरामद भइसकेका छन् । स्थानीय प्रहरी प्रमुख सुन्दरराज पीका अनुसार अझै क्षेत्रलाई पूर्ण रूपमा आइइडीमुक्त घोषणा गर्ने अवस्था आएको छैन । उनले बस्तरको जटिल भौगोलिक अवस्थाका कारण यस्तो समस्या समाधान गर्न चुनौतीपूर्ण भएको बताए ।

The post भारतमा माओवादी अन्त्य, खतरा अझै बाँकी appeared first on कागजपत्र.

जापानमा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी
काठमाडौं- उत्तरी जापानमा सोमबार ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । जापान मौसम विज्ञान एजेन्सी (जेएमए) ले सो भूकम्पका कारण तीन मिटरसम्म अग्ला सुनामी छाल आउन सक्ने चेतावनी जारी गरेको छ । भूकम्पपछि तटीय क्षेत्रमा तत्काल सुरक्षित स्थानमा सर्ने निर्देशन दिइएको छ ।

भूकम्प स्थानीय समय अनुसार, साँझ ४:५३ बजे (०७५३ जिएमटी) इवाटे प्रान्तको प्रशान्त महासागर क्षेत्रको तटीय भागमा केन्द्रित भएर गएको हो । भूकम्पको धक्का सयौँ किलोमिटर टाढा टोकियोसम्म महसुस गरिएको थियो ।

जापान मौसम विज्ञान एजेन्सीका अनुसार प्रारम्भिक सुनामी छालहरू उत्तरी तटीय क्षेत्रमा छिट्टै आइपुग्न सक्ने जोखिम रहेको छ । यस कारण तटीय तथा नदी किनारका बासिन्दालाई तत्काल उच्च भूभाग वा सुरक्षित निकासी भवनहरूमा जान आग्रह गरिएको छ ।

एजेन्सीले सुनामी छाल बारम्बार आउन सक्ने सम्भावना रहेको भन्दै चेतावनी पूर्ण रूपमा नहटाइएसम्म सुरक्षित स्थान नछोड्न आग्रह गरेको छ । यसले सम्भावित क्षतिबाट जोगिन सतर्क रहनुपर्नेमा जोड दिएको छ ।

जापानको प्रधानमन्त्री कार्यालयले पनि आपतकालीन अवस्था व्यवस्थापन गर्न संकट व्यवस्थापन टोली गठन गरेको जनाएको छ । अधिकारीहरूले अवस्थाको निरन्तर निगरानी गरिरहेको बताएका छन् ।

प्रशान्त महासागरको ‘रिङ अफ फायर’ क्षेत्रमा अवस्थित जापान विश्वकै सबैभन्दा भूकम्पीय जोखिमयुक्त देशमध्ये एक मानिन्छ । चार प्रमुख टेक्टोनिक प्लेटको संगममा रहेको यस द्वीप राष्ट्रमा बारम्बार भूकम्प जाने गर्छ ।

करिब १२ करोड ५० लाख जनसङ्ख्या रहेको जापानमा वार्षिक औसत करिब एक हजार ५०० भूकम्पीय धक्का महसुस गरिन्छ, जसले विश्वका कुल भूकम्पमध्ये करिब १८ प्रतिशत हिस्सा ओगट्छ । यद्यपि धेरैजसो भूकम्प हल्का प्रकृतिका हुने भए पनि भूकम्पको गहिराइ र स्थानका आधारमा क्षतिको स्तर फरक पर्ने गर्छ ।

यसअघि सन् २०११ मा जापानमा ९.० म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो, जसले विनाशकारी सुनामी निम्त्याउँदै करिब १८ हजार ५०० मानिसको मृत्यु वा बेपत्ता भएको थियो । त्यस घटनाले जापानको तटीय सुरक्षा र विपद् व्यवस्थापन प्रणालीमा दीर्घकालीन प्रभाव पारेको थियो ।

हालको भूकम्पपछि पनि सम्भावित जोखिमलाई ध्यानमा राख्दै अधिकारीहरूले उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् ।

The post जापानमा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी appeared first on कागजपत्र.

इरानी जहाज नियन्त्रणमा लिएपछि अमेरिकी सैन्य जहाजमा ड्रोन प्रहार
काठमाडौं-  अमेरिकाले चीनबाट फर्किँदै गरेको इरानी झण्डा बोकेको एक कार्गो जहाज नियन्त्रणमा लिएलगत्तै इरानले ओमान सागरमा अमेरिकी सैन्य जहाजहरूलाई लक्षित गर्दै ड्रोन आक्रमण गरेको खबर सार्वजनिक भएको छ।

अमेरिकी सेनाले ‘स्ट्रेट अफ हर्मुज’ नजिकै उक्त व्यापारिक जहाज नियन्त्रणमा लिएको थियो। पहिले नै संवेदनशील अवस्थामा रहेको युद्धविरामबीच भएको यो घटनाले वाशिङ्टन र तेहरानबीचको तनावलाई थप चर्काएको छ।

इरानको अर्ध-सरकारी तस्निम समाचार एजेन्सीका अनुसार, अमेरिकाले इरानी जहाजमाथि गरेको कारबाहीको प्रतिकारस्वरूप सो ड्रोन आक्रमण गरिएको दाबी गरिएको छ। तर, आक्रमणमा कति ड्रोन प्रयोग भए, यसको परिमाण कति थियो वा कुनै क्षति भयो कि भएन भन्नेबारे भने विस्तृत विवरण सार्वजनिक गरिएको छैन।

तनावको मूल कारण भने अमेरिकाले ‘टौस्का’ नामक इरानी कार्गो जहाज ओमान सागरमा नियन्त्रणमा लिनु हो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त जहाजले हर्मुज क्षेत्रमा अमेरिकाले लगाएको नौसैनिक नाकाबन्दी तोड्ने प्रयास गरेको आरोप लगाएका छन्।

ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत चेतावनीको बेवास्ता गरेपछि अमेरिकी मरीन सैनिकहरूले जहाजमा चढेर नियन्त्रणमा लिएको बताएका छन्। उनका अनुसार जहाज अहिले पूर्ण रूपमा अमेरिकी नियन्त्रणमा छ र त्यसको निरीक्षण भइरहेको छ।

यसअघि नै अमेरिकी कोष विभागले अवैध गतिविधिमा संलग्न भएको आरोपमा उक्त जहाजलाई प्रतिबन्ध लगाइसकेको पनि उनले उल्लेख गरेका छन्। अमेरिकी सेनाको केन्द्रीय कमाण्ड (सेन्टकम) ले पनि उक्त कारबाही पुष्टि गर्दै जहाज नियन्त्रणमा लिएको भिडियो सार्वजनिक गरेको छ।

यता, इरानको संयुक्त सैन्य कमाण्ड ‘खातम अल-अन्बिया’ले अमेरिकी कदमको कडा आलोचना गर्दै यसलाई दुई साताअघि भएको युद्धविरामको उल्लङ्घन र ‘हथियारयुक्त समुद्री डकैती’ को संज्ञा दिएको छ। इरानी सैन्य प्रवक्ताका अनुसार अमेरिकी सेनाले जहाजमाथि गोली प्रहार गरी यसको नेभिगेसन प्रणाली निष्क्रिय बनाएपछि मात्रै नियन्त्रणमा लिएको हो।

प्रवक्ताले चेतावनी दिँदै इरानले यस कदमको ‘उचित जवाफ’ दिने बताएका छन्। प्रारम्भमा इरानले जहाज नियन्त्रणमा लिइएको विषय अस्वीकार गर्दै आफ्ना नौसैनिक बलले अमेरिकी सेनालाई पछि हट्न बाध्य पारेको दाबी गरेको थियो।

तर, अमेरिकी पक्षले प्रमाणसहित घटना पुष्टि गरेपछि तेहरानले अप्रत्यक्ष रूपमा उक्त घटना स्वीकार गरेको देखिएको छ। इरानी अधिकारीहरूले जहाज चीनबाट फर्किँदै गरेको बताउँदै व्यापारिक जहाजलाई लक्षित बनाउनु युद्धविराम उल्लङ्घन भएको आरोप लगाएका छन्।

यस घटनाले हर्मुज जलडमरू क्षेत्रजस्तो संवेदनशील समुद्री मार्गमा थप टकरावको जोखिम बढाएको विश्लेषण गरिएको छ।

The post इरानी जहाज नियन्त्रणमा लिएपछि अमेरिकी सैन्य जहाजमा ड्रोन प्रहार appeared first on कागजपत्र.

होर्मुजमा पुनः तनाव, अन्तिम सम्झौता अझै टाढा
इरान –  इरानले संयुक्त राज्य अमेरिकाले आफ्ना बन्दरगाहहरूमाथिको नौसैनिक नाकाबन्दी नहटाएसम्म होर्मुजको जल डमरूमध्य पूर्ण रूपमा खुला नहुने स्पष्ट पारेसँगै क्षेत्रीय तनाव पुनः चुलिएको छ । केही समयका लागि खुलेको जलमार्ग फेरि अनिश्चित बनेपछि विश्व ऊर्जा बजारमा पनि पुनः चासो र चिन्ता बढेको छ ।

इरानी संसद्का अध्यक्ष मोहम्मद बाघेर गालिबफले टेलिभिजनमार्फत् सम्बोधन गर्दै अमेरिकासँग भइरहेको वार्तामा केही प्रगति भए पनि आधारभूत विषयहरूमा अझै गहिरो मतभेद रहेको बताए । उनका अनुसार अन्तिम शान्ति सम्झौता तत्काल सम्भव देखिँदैन र वार्ता अझै निर्णायक चरणमा पुगेको छैन । इजरायल र अमेरिकासँगको युद्ध अन्त्य गर्ने उद्देश्यले भइरहेको संवादमा धेरै जटिल पक्षहरू बाँकी रहेको उनको भनाइ थियो ।

दुई साताका लागि गरिएको युद्धविराम बुधबार समाप्त हुने तयारीमा छ, जसले आगामी अवस्था थप अन्योलपूर्ण बनाएको छ । यसैबिच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग ‘राम्रो वार्ता’ भइरहेको दाबी गर्दै तेहरानलाई दबाबमूलक रणनीति नअपनाउन चेतावनी दिए । उनले इरानले होर्मुजमार्फत् अन्तर्राष्ट्रिय समुदायलाई ‘ब्ल्याकमेल’ गर्न खोजेको आरोप समेत लगाए ।

शुक्रबार इरानले लेबनानमा आफ्नो सहयोगी हिजबुल्लाहसँग इजरायलबीच सहमति भएपछि होर्मुज जल डमरूमध्य खुला गरिएको घोषणा गरेको थियो । विश्वको करिब पाँचौँ भाग तेल र तरलीकृत प्राकृतिक ग्यास यही मार्गबाट ओसारपसार हुने भएकाले यस निर्णयले विश्व बजारमा राहत दिएको थियो र तेलको मूल्य घटेको थियो । तर अमेरिकाले इरानी बन्दरगाहमाथिको नाकाबन्दी कायम राख्ने अडान लिएपछि तेहरानले पुनः जलमार्ग सीमित गर्ने सङ्केत दिएको हो ।

“यदि अमेरिकाले नाकाबन्दी हटाएन भने होर्मुजमा आवागमन निश्चित रूपमा सीमित हुनेछ”, गालिबफले चेतावनी दिए । यसैबिच इरानका सर्वोच्च नेता मोजताबा खमेनीले लिखित सन्देशमार्फत् इरानी नौसेना अमेरिकाविरुद्ध लड्न पूर्ण रूपमा तयार रहेको उल्लेख गरे ।

तनावबीच इरानको रिभोलुसनरी गार्ड्सले अनुमति बिना जल डमरूमध्य पार गर्ने जहाजहरूलाई शत्रुसँगको सहकार्य मानिने र आवश्यक परे ‘लक्षित’ गरिने चेतावनी दिएको छ । छोटो समयका लागि खुल्दा केही तेल र ग्यास ट्याङ्करहरू पार भए पनि धेरै जहाजहरू पछि हटेका छन् र शनिबार दिउँसोसम्म जलमार्ग प्रायः सुनसान देखिएको ट्र्याकिङ तथ्याङ्कले देखाएको छ ।

समुद्री सुरक्षासम्बन्धी बेलायती एजेन्सीले एक ट्याङ्करमाथि गोली प्रहार भएको जानकारी दिएको छ भने भ्यानगार्ड टेक नामक सुरक्षा फर्मका अनुसार इरानी सेनाले खाडी क्षेत्रबाट बाहिरिँदै गरेको एक खाली क्रूज जहाजलाई नष्ट गर्ने धम्की दिएको छ । अर्को घटनामा अज्ञात प्रक्षेप्यले एक जहाजमा प्रहार गर्दा कन्टेनरहरू क्षतिग्रस्त भएका छन्, यद्यपि आगलागी भएको छैन ।

यसै क्रममा भारतले जल डमरूमध्यमा आफ्ना झण्डा बोकेका दुई जहाजमाथि भएको गोलीकाण्डप्रति कडा आपत्ति जनाउँदै नयाँदिल्लीस्थित इरानी राजदूतलाई बोलाएर विरोध दर्ता गराएको छ ।

कूटनीतिक पहलहरू पनि जारी छन् । पाकिस्तानसँगको मध्यस्थतामा संलग्न इजिप्टले चाँडै नै अन्तिम सम्झौता सम्भव हुने आशा व्यक्त गरेको छ । वार्ताका प्रमुख अवरोधका रूपमा इरानको उच्च स्तरसम्म समृद्ध गरिएको युरेनियमको भण्डार र होर्मुज जल डमरूमध्यको नियन्त्रणलाई लिइएको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पले इरानले ४४० किलोग्राम समृद्ध युरेनियम हस्तान्तरण गर्न सहमति जनाएको दाबी गरे, तर इरानले त्यसलाई अस्वीकार गर्दै यस्तो प्रस्ताव कहिल्यै वार्तामा नआएको स्पष्ट पारेको छ । इरानी विदेश मन्त्रालयका अनुसार उक्त भण्डार सुरक्षित स्थानमा रहेको छ र कुनै पनि हालतमा अमेरिकालाई सुम्पिने योजना छैन ।

फेब्रुअरी २८ मा सुरु भएको मध्यपूर्वीय द्वन्द्वले व्यापक रूप लिँदै इरान, खाडी देशहरू, इजरायल र लेबनानलाई समेटेको छ । लेबनानमा संयुक्त राष्ट्रसङ्घीय शान्तिरक्षकमाथि भएको आक्रमणमा एक फ्रान्सेली सैनिकको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले घटनाका लागि हिजबुल्लाहलाई दोष दिनुभएको छ, तर उक्त समूहले आरोप अस्वीकार गरेको छ ।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले घटनाको निन्दा गर्दै प्रारम्भिक मूल्याङ्कनअनुसार आक्रमण हिजबुल्लाहबाट भएको देखिएको बताए। यस घटनाले क्षेत्रीय तनावलाई थप जटिल बनाएको छ र शान्ति प्रयासहरूमा चुनौती थपिएको छ ।

The post होर्मुजमा पुनः तनाव, अन्तिम सम्झौता अझै टाढा appeared first on कागजपत्र.

इरानद्वारा होर्मुज जलमार्ग पुनः बन्द
काठमाडौं- अमेरिकाले आफ्नो प्रतिबद्धता पूरा नगरेको आरोप लगाउँदै इरानले होर्मुज जलमार्ग पुनः बन्द गरेको जनाएको छ। इरानी सेनाले उक्त जलमार्गमा पुनः नियन्त्रण कायम गरेको दाबी गरेको हो।

यसअघि शुक्रबार उक्त जलमार्ग खोलिएको घोषणा गरिँदा विश्व बजारमा सकारात्मक प्रभाव परेको थियो। तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शान्ति सम्झौता नभएसम्म खाडी क्षेत्रबाट बाहिरिने जहाजहरूमाथिको नाकाबन्दी कायम रहने बताएका थिए।

इरानी सञ्चारमाध्यमका अनुसार इस्लामिक रिभोल्युश्नरी गार्ड कोरले अमेरिकाको कदमलाई ‘सामुद्रिक डकैती’को संज्ञा दिएको छ। अमेरिकाले नाकाबन्दी हटाउने वाचा पूरा नगरेपछि आफूहरू बाध्य भएर जलमार्ग बन्द गर्नुपरेको इरानको भनाइ छ।

अमेरिकी सेन्ट्रल कमान्डले भने नाकाबन्दी सुरु भएयता २१ वटा जहाजलाई फर्काइएको जनाएको छ। मरिन ट्र्याकिङ डाटाअनुसार केही जहाजहरू भने सुरक्षित मार्ग हुँदै ओमानको खाडीतर्फ अघि बढिरहेका देखिएका छन्।

यसअघि इरानले आफ्ना बन्दरगाहमाथि नाकाबन्दी जारी रहे होर्मुज जलमार्ग बन्द गर्ने चेतावनी दिएको थियो। तनावबीच पनि दुवै पक्षबीच कूटनीतिक वार्ताको प्रयास जारी रहेको जनाइएको छ।

The post इरानद्वारा होर्मुज जलमार्ग पुनः बन्द appeared first on कागजपत्र.

ट्रम्पको इरानलाई चेतावनी: सम्झौता नभए फेरि बमबारी
काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानप्रति कडा चेतावनी दिएका छन्। उनले आउँदो बुधबारसम्म शत्रुतापूर्ण गतिविधि अन्त्य गर्ने सहमति नभए इरानसँगको युद्धविराम अन्त्य हुन सक्ने बताएका हुन्।

एरिजोनाबाट वासिङटन फर्कँदै गर्दा एयर फोर्स वानमा सञ्चारकर्मीसँग कुरा गर्दै ट्रम्पले भने, यदि सहमति हुन सकेन भने अमेरिका पुनः बमबारीमा उत्रिन बाध्य हुनेछ। साथै उनले इरानी बन्दरगाहमाथिको नाकाबन्दी भने निरन्तर रहने स्पष्ट पारे।

ट्रम्पको यस अभिव्यक्तिप्रति इरानले कडा आपत्ति जनाएको छ। इरानी संसद्का सभामुख मोहम्मद बागेर गालिबफले ट्रम्पका भनाइलाई अस्वीकार गर्दै सामाजिक सञ्जालमार्फत उनलाई ‘झुटो दाबी’ गरेको आरोप लगाए। ट्रम्पले इरानले युद्ध रोक्न र युरेनियम बुझाउन सहमति जनाएको दाबी गरे पनि इरानले त्यसलाई पूर्ण रूपमा खण्डन गरेको छ।

गालिबफले अमेरिकाले नाकाबन्दी जारी राखे होर्मुज जलमार्ग खुला नरहने चेतावनी पनि दिएका छन्। उनका अनुसार उक्त क्षेत्रबाट हुने आवतजावत इरानको नियन्त्रणमा रहनेछ।

तनाव बढिरहे पनि कूटनीतिक पहल भने जारी छ। अमेरिका र इरानबीच अर्को चरणको वार्ता पाकिस्तानको राजधानी इस्लामाबादमा हुने सम्भावना रहेको छ। यसका लागि दुवै देशका प्रतिनिधि टोली आइतबार नै त्यहाँ पुग्ने जनाइएको छ।

पाकिस्तानका सेना प्रमुख जनरल आसिम मुनीरले हालै इरान भ्रमण गरी वार्ताको वातावरण तयार पार्न भूमिका खेलेका छन्। साथै कतार र टर्कीले पनि पाकिस्तानको मध्यस्थता प्रयासलाई समर्थन गरेका छन्।

The post ट्रम्पको इरानलाई चेतावनी: सम्झौता नभए फेरि बमबारी appeared first on कागजपत्र.

‘होर्मुज’मा इरानको अवरोध हट्यो, घट्यो अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य
काठमाडौं – इरानले ‘स्ट्रेट अफ होर्मुज’को अवरोध हटाए लगत्तै अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा गिरावट आएको छ।

युद्धविराम अवधिभर होर्मुज पूर्ण क्षमतामा सञ्चालन गर्न दिने इरानको घोषणासँगै अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा गिरावट आएको हो। अन्तर्राष्ट्रिय बजारमा ’ब्रेन्ट क्रुड आयल’को मूल्य प्रति ब्यारेल ९८ डलरबाट ८८ मा झरेको बीबीसीले जनाएको छ।

इरान र अमेरिकाबीच गत अप्रिल सातको मध्यरातमा १५ दिने युद्धविराम सम्झौता भएको थियो। उनीहरूबीच अप्रिल २२ सम्म युद्धविराम हुनेछ।

विश्वको इन्धन आपूर्तिको २० प्रतिशत ढुवानी हुने होर्मुजमा इरानले अवरोध पु¥याएसँगै अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य आकासिएको थियो। युद्धअघि ‘ब्रेन्ट क्रुड आयल’को मूल्य प्रति ब्यारेल ७० डलर थियो। यसको मूल्य १०० डलर हुँदै अधिकतम ११५ सम्म पुगेको थियो।

इन्धनको मूल्य आकासिएसँगै ढुवानीमा विश्वव्यापी समस्या निम्तिने जोखिम बढेको थियो। कतिपय वायुसेवा प्रदायकले उडान रद्धको रणनीति बनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्।

होर्मुज बन्द हुँदा मल आपूर्तिमा पनि समस्या परेको थियो। विश्वको एक तिहाइ मल उक्त नाकाबाट ढुवानी हुने गरेको छ। लेबनानमा युद्धविराम भएसँगै इरानी विदेशमन्त्री अब्बास अरघाचीले विज्ञप्ति जारी गर्दै अप्रिल २२ सम्म होर्मुजमा अवरोध नगर्ने बताएका हुन्। इरानले होर्मुज खुला गरेको अवस्थामा पनि आफ्नो नाकाबन्दी कायमै रहने अमेरिकाले बताएको छ।

The post ‘होर्मुज’मा इरानको अवरोध हट्यो, घट्यो अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य appeared first on कागजपत्र.

इन्डोनेसियामा हेलिकप्टर दुर्घटना, आठ जनाको मृत्यु
इन्डोनेसिया – इन्डोनेसियाको बोर्नियो टापुको घना जङ्गलमा एउटा निजी हेलिकप्टर दुर्घटना हुँदा चालक दलका दुई सदस्यसहित र छ जना यात्रुको मृत्यु भएको यातायात मन्त्रालयले शुक्रबार जनाएको छ।

म्याथ्यू एयर नुसान्टाराको स्वामित्वमा रहेको हेलिकप्टरले पश्चिम कालिमान्टन प्रान्तमा उडान भरेको करिब पाँच मिनेट पछि हवाई यातायात नियन्त्रणसँग सम्पर्क गुमाएको जनाइएको छ।

विमानमा एक जना मलेसियाली नागरिकसमेत सवार रहेको नागरिक उड्डयन महानिर्देशक लुकमान एफ. लाइसाले विज्ञप्ति मार्फत जनाउनु भएको छ। सुचनाको आधारमा संयुक्त खोजी र उद्धार टोलीले विमान दुर्घटनास्थल पत्ता लगाएको उल्लेख गर्दै हेकिप्टरमा सवार सबै यात्रु तथा चालक दलका सदस्यहरूको मृत्यु भएको पुष्टि भएको विज्ञप्तिमा उल्लेख छ।

शवहरू प्रान्तीय राजधानी पोन्टियानाकमा लगिएको मेडले बताएका छन्।

यस अघि जनवरीमा मत्स्यपालन मन्त्रालयले भाडामा लिएको टर्बोप्रप हेलिकप्टर सुलावेसी टापुको पाहाडमा दुर्घटना हुँदा विमानमा सवार सबै १० जनाको मृत्यु भएको थियो।

गत वर्षको सेप्टेम्बरमा, दक्षिण कालिमान्टन प्रान्तमा छ जना यात्रु र दुई जना चालक दलका सदस्य बोकेको हेलिकप्टर दुर्घटना हुँदा हेलिकप्टरमा सवार सबै यात्रर तथा चालक दलका सदस्यहरुको मृत्यु भएको थियो। यस अघि इलागाको दुर्गम पपुवा जिल्लामा अर्को हेलिकप्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको थियो।

The post इन्डोनेसियामा हेलिकप्टर दुर्घटना, आठ जनाको मृत्यु appeared first on कागजपत्र.

लेबनान र इजरायलबीच १० दिने युद्धविराम
एजेन्सी – मध्यपूर्वमा लामो समयदेखि जारी तनावबीच लेबनान र इजरायल १० दिनको अस्थायी युद्धविराममा सहमत भएका छन्। यो सहमति बिहीबार रातिदेखि लागू भएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले सामाजिक सञ्जालमार्फत घोषणा गर्दै ३४ वर्षपछि भएको औपचारिक वार्ताको महत्वपूर्ण उपलब्धि भएको बताएका छन्।

उनका अनुसार यो अवधिलाई दुवै पक्षको प्रतिबद्धता परीक्षण गर्ने ‘टेस्टिङ पिरियड’ का रूपमा हेरिएको छ। यदि उल्लंघन नभए स्थायी शान्तिको मार्ग खुल्ने अपेक्षा गरिएको छ।

ट्रम्पले जोसेफ औन र बेन्जामिन नेतन्याहू सँग सकारात्मक वार्ता भएको उल्लेख गर्दै “यो मेरो १०औँ युद्ध समाधान हुनेछ” भन्ने दाबी समेत गरेका छन्। साथै उनले दुवै देशका नेतालाई ह्वाइट हाउसमा निमन्त्रणा गर्ने बताएका छन्।

यसअघि वासिङ्टन डीसीमा दुवै देशका प्रतिनिधिबीच भएको भेटवार्ता सन् १९८३ पछिको पहिलो महत्त्वपूर्ण प्रत्यक्ष संवाद मानिएको छ।

राष्ट्रपति औनले ट्रम्पलाई धन्यवाद दिँदै क्षेत्रीय स्थायित्वका लागि प्रयास जारी राख्ने बताएका छन्। उनले लेबनानलाई दीर्घकालीन शान्तितर्फ लैजान प्रतिबद्धता व्यक्त गरेका छन्।

यता लेबनान सरकारले हिजबुल्लाहलाई शान्तिपूर्वक हतियार त्याग्न मनाउने प्रयास भइरहेको जनाएको छ। हिजबुल्लाहका नेता हसन फदलल्लाहले भने इजरायलले शत्रुतापूर्ण गतिविधि पूर्ण रूपमा रोक्ने वा नरोक्ने आधारमा आगामी कदम तय हुने स्पष्ट पारेका छन्।

The post लेबनान र इजरायलबीच १० दिने युद्धविराम appeared first on कागजपत्र.