स्वास्थ्य Archives - कागजपत्र
वीर अस्पतालमा नर्सहरुको प्रदर्शन
काठमाडौं– विभिन्न माग राख्दै आन्दोलनरत नर्सहरूले सोमबार काठमाडौंमा प्रदर्शन गरेका छन् ।
नर्सिङ क्षेत्रका सुधारका लागि नर्स ज्योति रानाभाटले सुरु गरेको आमरण अनशनको पाँचौँ दिन नर्सहरूले काठमाडौंको वीर अस्पतालमा प्रदर्शन गरेका हुन् ।
उनीहरूले न्यूनतम पारिश्रमिकको सुनिश्चितता, श्रम शोषणको अन्त्य लगायतका १५ बुँदे माग राखेका छन् ।
उनीहरूले १५ बुँदे माग पुरा गर, ज्योतिको जीवन बचाउ, न्यायमा ढिलाइ जीवनमा जोखिम, नर्सिङ सुधारको स्पष्ट रोड म्याप, नर्स बचाऔँ स्वास्थ्य बचाऔँ लगायत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।
The post वीर अस्पतालमा नर्सहरुको प्रदर्शन appeared first on कागजपत्र.
स्वास्थ्य बीमा बोर्ड अध्यक्षमा डा. प्याकुरेल नियुक्त
काठमाडौं – सरकारले स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा.सुवास प्याकुरेललाई नियुक्त गरेको छ।
नियुक्तिपछि उनले पद तथा गोपनीयताको शपथ ग्रहण गरिसकेका छन् ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको उपस्थितिमा डा.प्याकुरेलले पद तथा गोपनीयताको शपथ लिए।
The post स्वास्थ्य बीमा बोर्ड अध्यक्षमा डा. प्याकुरेल नियुक्त appeared first on कागजपत्र.
कांग्रेस बरिष्ठ नेता एवं पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधन
काठमाडौं – नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन भएको छ ।
कांग्रेस उपसभापति विश्वप्रकाश शर्माका अनुसार उनको आज उपचारका क्रममा निधन भएको हो ।
श्रेष्ठको ८३ वर्षको उमेरमा जावलाखेलस्थित हेलिअस हस्पिटलमा उपचारका क्रममा मंगलबार निधन भएको हो ।
गण्डकी प्रदेशका पूर्वमन्त्री मेखलाल श्रेष्ठले पूर्वउपप्रधानमन्त्री श्रेष्ठको निधनको पुष्टि गरेका छन् । उनले श्रेष्ठको शव बुधबार बिहान ८ बजेदेखि ११ बजेसम्म पार्टी कार्यालयमा श्रद्धाञ्जलीको लागि राखिने पनि बताएका छन् ।
‘तत्पश्चात शव यात्रासहित पशुपति आर्यघाटमा दाहसंस्कार लगिने छ,’ पूर्वमन्त्री मेखलालले फेसबुकमा लेखेका छन् । कांग्रेस सभापति गगन थापाले ७ साउनमा नेता श्रेष्ठलाई पार्टीको वरिष्ठ नेता मनोनीत गरिएको घोषणा गरेका थिए ।
The post कांग्रेस बरिष्ठ नेता एवं पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधन appeared first on कागजपत्र.
आज देशैभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द
काठमाडौँ – नेपाल चिकित्सक संघले वीरगन्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमाथि भएको साङ्घातिक आक्रमण र जिल्ला प्रशासन कार्यालय पर्सामा भएको दुर्व्यवहारको विरोधमा आज (मंगलबार) देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सम्पूर्ण सेवाहरू बन्द गर्ने घोषणा गरेको छ ।
संघले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै साउन १२ गते मंगलबारका दिन देशभरका सरकारी, गैरसरकारी तथा निजी अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवाहरू ठप्प पार्ने जानकारी गराएको हो ।
The post आज देशैभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द appeared first on कागजपत्र.
धनगढीबाट २४औँ सत्याग्रह सुरु गर्दै डा. गोविन्द केसी
काठमाडौँ – चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारका लागि निरन्तर संघर्षरत अभियन्ता प्रा.डा. गोविन्द केसीले कैलालीको धनगढीबाट २४औँ सत्याग्रह सुरु गर्ने भएका छन् । सरकारले विगतमा भएका सम्झौता र आफ्ना मागहरूप्रति बेवास्ता गरेको भन्दै उनले धनगढीस्थित कृष्ण मन्दिरको धर्मशालामा दिउँसो ३ बजेदेखि अनसन बस्ने घोषणा गरेका हुन्।
सत्याग्रहको पूर्वसन्ध्यामा विज्ञप्ति जारी गर्दै डा. केसीले नेपालको स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रमा निजी स्वार्थ र माफियाको प्रभाव बढ्दै गएको आरोप लगाएका छन् । चिकित्सा शिक्षा र स्वास्थ्य सेवा विशुद्ध गैरनाफामूलक सार्वजनिक सेवाका क्षेत्र भएको स्मरण गराउँदै उनले ‘राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५’ ले २०८५ सालभित्र यस क्षेत्रलाई पूर्ण रूपमा गैरनाफामूलक बनाउने व्यवस्था गरे पनि कार्यान्वयनमा सरकारले ठोस पहल नगरेको बताएका छन् ।
न्यूनतम मापदण्ड र पूर्वाधारसमेत पूरा नगरेका निजी मेडिकल, डेन्टल तथा नर्सिङ कलेजलाई प्राथमिकता दिइएको र छात्रवृत्ति सिट घटाएर सशुल्क सिट बढाउने तयारी भइरहेको भन्दै डा. केसीले आपत्ति जनाएका छन् । सरकारको यस्तो कदमले ग्रामीण स्वास्थ्य सेवा र विपन्न विद्यार्थीहरूको भविष्यमा गम्भीर असर पर्ने उनको भनाइ छ ।
डा. केसीले चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष नियुक्ति प्रक्रिया निष्पक्ष नभएको र स्वार्थ बाझिने व्यक्तिलाई नेतृत्वमा ल्याउन खोजिएको आरोपसमेत लगाएका छन् । यसले आयोगको स्वायत्तता र नागरिकको स्वास्थ्य अधिकारमाथि नै गम्भीर आघात पुग्ने उनले बताएका छन् ।
त्यसैगरी, गेटा मेडिकल कलेज सञ्चालनको अन्तिम तयारी भइरहेका बेला हतारमा विश्वविद्यालयसम्बन्धी ऐन ल्याएर विवादास्पद प्रावधान राखिएको विज्ञप्तिमा उल्लेख छ । अन्य प्रदेशमा स्थापना भएका सरकारी स्वास्थ्य विज्ञान प्रतिष्ठानहरू सञ्चालनमा आइसक्दा पनि गेटा मेडिकल विश्वविद्यालय राजनीतिक हस्तक्षेप र व्यापारिक स्वार्थ समूहका कारण अझै सञ्चालनमा आउन नसकेको डा. केसीको दाबी छ ।
The post धनगढीबाट २४औँ सत्याग्रह सुरु गर्दै डा. गोविन्द केसी appeared first on कागजपत्र.
डा. मिश्रविरुद्ध अवैध सम्पत्तिको आर्जनको आरोप, अख्तियारलगायतका निकायमा उजुरी
काठमाडौं – भ्रष्टाचार र अनियमितताका घटना सार्वजनिक भइरहने वीर अस्पतालमा पछिल्लो समय अर्को घटना सार्वजनिक भएको छ । मेडिकल माफियासँगको मिलेमतोमा अवैध सम्पत्ति आर्जन गरेको आरोपमा कार्डियोलोजिस्ट कन्सल्ट्यान्ट डा. दिपक कुमार मिश्रविरुद्ध विभिन्न निकायमा उजुरी परेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायत विभिन्न निकायमा डा. मिश्र विरुद्ध निमित्त निर्देशक नै दबाब दिएर अवैध सम्पत्ति आर्जन तथा गैरकानुनी लगानी गरेको उजुरीमा उल्लेख गरिएको छ । साथै उजुरीमा डा. मिश्रले आफ्नो अधिकारक्षेत्रबाहिर गएर खरिद, लेखा, प्रशासन र स्टोरमा हस्तक्षेप गर्ने गरेको उल्लेख गरिएको छ । साथै उनले मेडिकल माफियासँगको मिलेमतोमा अस्पतालका लागि आवश्यक पर्ने विभिन्न खरिदहरुमा बिचौलियाको भूमिका निर्वाह गरी करोडौं रुपैयाँ असुली गरेको उल्लेख गरिएको छ ।
त्यस्तै डा. मिश्रविरुद्ध प्रधानमन्त्री कार्यालय, स्वास्थ्य मन्त्रालय, राष्ट्रिय सतर्कता केन्द्र, सम्पत्ति शुद्धिकरण विभाग, अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतका निकायमा छानबिन तथा कारबाहीको माग गरिएको छ ।
साथै उनले श्रीमतीको नाममा गैरकानुनी संस्था स्थापना गरी विभिन्न मेडिकल उपकरण तथा सामाग्रीहरुको खरिदमा अनियमितता गरेको पनि उल्लेख गरिएको छ । साथै डा. मिश्रले लेखा तथा खरिद शाखामा अनावश्यक दबाब दिई विभिन्न सामाग्रीको खरिदको भुक्तानीमा कमिशन लिने गरेको पनि उल्लेख गरिएको छ ।
यस बारेमा डा. मिश्रसँग सम्पर्क गर्ने प्रयास गर्न सम्पर्क भने हुन सकेन ।
The post डा. मिश्रविरुद्ध अवैध सम्पत्तिको आर्जनको आरोप, अख्तियारलगायतका निकायमा उजुरी appeared first on कागजपत्र.
आजदेखि त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम पुनःसञ्चालन
काठमाडौं – त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले स्वास्थ्य बिमा कार्यक्रमलाई पुनः सञ्चालन गर्ने भएको छ।
गत माघ १ गतेदेखि सो कार्यक्रम बन्द गरेको अस्पतालले यही असार १५ गतेदेखि पुनः सेवा सुरु गरेको हो।
अस्पतालका कार्यकारी निर्देशक डा सुभाशप्रसाद आचार्यका अनुसार हाल बहिरङ्ग सेवा (ओपिडी)मा सो सेवा सञ्चालन गर्ने र केही दिनपछि अन्य सेवामा पनि विस्तार गरिनेछ।
स्वास्थ्य बिमा कार्यक्रममार्फत अस्पतालले उपलब्ध गराएको उपचारको भुक्तानी नभएपछि सेवा बन्द भएको थियो। उनका अनुसार अस्पतालले बिहान ७ः०० देखि ११ः०० बजे र दिउँसो १३ः०० बजेदेखि साढे १४ः०० बजेसम्म बिमा टिकट बिरामीलाई उपलब्ध गराइने छ।
केही दिन अघि मात्र बोर्डले अस्पताललाई स्वास्थ्य बिमाबाट उपचार गरेवापतको भुक्तानी उपलब्ध गराएको थियो।
अस्पतालले विसं २०७७ बाट नियमित रूपमा सञ्चालन गर्दै आएको स्वास्थ्य बिमा कार्यक्रममार्फत उपचार सेवा सञ्चालन गरेको थियो।
The post आजदेखि त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम पुनःसञ्चालन  appeared first on कागजपत्र.
स्वास्थ्य बीमा बोर्डद्वारा अस्पतालहरूलाई २३ अर्ब बढी रकम भुक्तानी
काठमाडौं– स्वास्थ्य बीमा बोर्डले देशभरका स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र र आँखा अस्पतालहरूलाई २३ अर्ब ३३ करोड रुपैयाँभन्दा बढी रकम भुक्तानी गरेको छ ।
बोर्डले असार ८ गते गरेको निर्णयअनुसार कुल २३ अर्ब ३३ करोड ६४ लाख ५४ हजार ४१९ रुपैयाँ ३५ पैसा बराबरको दाबी रकम भुक्तानी तथा पेश्की फर्छ्यौट गरिएको जनाएको छ ।
अर्थ मन्त्रालयबाट असार ४ गते निकासा भएको बजेटका आधारमा सम्बन्धित स्वास्थ्य संस्थाहरूको बैंक खातामा रकम पठाइएको बोर्डका लेखा उपसचिव पुष्पप्रसाद गुरागाईंले जानकारी दिएका छन् ।
बोर्डका अनुसार आर्थिक वर्ष २०८१-०८२ र २०८२-०८३ को गरी कुल २७ अर्ब ८१ करोड ७० लाखभन्दा बढी दाबी रकम रुजु गरिएको थियो । यसमध्ये अघिल्लो वर्ष स्वास्थ्य संस्थाहरूलाई दिइएको ४ अर्ब ३६ करोड ६९ लाखभन्दा बढी पेश्की रकम खर्चमा समायोजन गरी फर्छ्यौट गरिएको छ ।
दाबी भुक्तानी गर्दा स्वीकृत रकमको २ प्रतिशत रकम कट्टा गरी बाँकी रकम सम्बन्धित संस्थाहरूलाई पठाइएको बोर्डले जनाएको छ । यस भुक्तानीसँगै गत आर्थिक वर्ष २०८१-०८२ का सबै स्वीकृत दाबी तथा चालु आर्थिक वर्ष २०८२-०८३ को साउनदेखि मंसिर मसान्तसम्मका स्वीकृत दाबी रकमको भुक्तानी सम्पन्न भएको बोर्डले जनाएको छ ।
भुक्तानी प्राप्त गर्ने प्रमुख अस्पतालहरूमध्ये भरतपुर अस्पतालले सबैभन्दा बढी ७ करोड ११ लाख प्राप्त गरेको छ । त्यसपछि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, पोखराले ५ करोड ४७ लाख, लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलले ५ करोड ३ लाख र बाकुलहर रत्ननगर अस्पताल, चितवनले ४ करोड ९७ लाख प्राप्त गरेका छन् ।
त्यस्तै वीर अस्पतालले ४ करोड ४८ लाख, नेपाल–कोरिया मैत्री नगरपालिका अस्पतालले ४ करोड २१ लाख, त्रिवि शिक्षण अस्पतालले ४ करोड ४ लाख, दमक अस्पतालले ३ करोड ९६ लाख, कोशी अस्पतालले ३ करोड ३४ लाख र भेरी अस्पतालले २ करोड २ लाख रुपैयाँ प्राप्त गरेका छन् ।
स्वास्थ्य बीमा बोर्डले सार्वजनिक गरेको यो भुक्तानी विवरणले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत सेवा दिइरहेका अस्पतालहरूको आर्थिक व्यवस्थापनमा राहत पुग्ने र बीमित नागरिकलाई सेवा प्रवाह थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
The post स्वास्थ्य बीमा बोर्डद्वारा अस्पतालहरूलाई २३ अर्ब बढी रकम भुक्तानी appeared first on कागजपत्र.
निजामती अस्पतालमा ६ महिनादेखि ‘सिटी स्क्यान’ सेवा ठप्प
काठमाडौं – नयाँ बानेश्वरस्थित निजामती कर्मचारी अस्पतालमा सिटी स्क्यान सेवा बन्द भएको छ ।
विगत छ महिनादेखि सिटी स्क्यान मेसिन बिग्रिएर सेवा बन्द भएको अस्पालका निमित्त कार्यकारी निर्देशक डा रविप्रकाश शर्माले जानकारी दिए ।
‘सिटी स्क्यान मेसिन बिग्रिएर बिरामीलाई धेरै नै समस्या भएको छ’, उनले भने, बिरामीलाई सिटी स्क्यानका लागि अन्यत्र पठाउनुपरेको छ ।’ अस्पतालमा दैनिक ६०० भन्दा बढी बिरामी उपचारका लागि आउने गरेका छन् ।
The post निजामती अस्पतालमा ६ महिनादेखि ‘सिटी स्क्यान’ सेवा ठप्प appeared first on कागजपत्र.
५,३०२ औषधि पसलको दर्ता प्रमाणपत्र खारेज
काठमाडौं-  औषधि व्यवस्था विभागले देशभरका ५ हजार ३०२ वटा औषधि पसल तथा फार्मेसीहरूको दर्ता प्रमाणपत्र स्वतः रद्द भएको जनाएको छ। विभागले मंगलबार सूचना जारी गर्दै कानुनले तोकेको समयभित्र नवीकरण प्रक्रिया पूरा नगरेका पसलहरूको दर्ता खारेज भएको जानकारी दिएको हो।
विभागका अनुसार नवीकरणको म्याद समाप्त भएका र निर्धारित अवधिभित्र नवीकरण नगरिएका औषधि पसलहरूको दर्ता प्रमाणपत्र (अनुसूची–९) स्वतः रद्द भएको हो।
यो व्यवस्था औषधि ऐन, २०३५ को दफा ११ मा गरिएको संशोधन तथा सोही दफाको उपदफा (५) बमोजिम लागू भएको विभागले जनाएको छ। संशोधित व्यवस्थाअनुसार औषधि उत्पादन अनुज्ञापत्र, सिफारिसपत्र तथा प्रमाणपत्रको अवधि र नवीकरणसम्बन्धी प्रावधान कडाइका साथ कार्यान्वयन गरिएको छ।
विभागले जेठ २८ गतेसम्म नवीकरण म्याद समाप्त भई स्वतः रद्द भएका औषधि पसलहरूको सूचीसमेत सार्वजनिक गरेको छ। कानुनी व्यवस्थाअनुसार खारेजीसम्बन्धी जानकारी सम्बन्धित व्यक्ति, संस्था तथा सरोकारवालालाई उपलब्ध गराउनुपर्ने भएकाले सूचना प्रकाशन गरिएको विभागको भनाइ छ।
दर्ता प्रमाणपत्र रद्द भएका पसलहरूले अब कानुनी रूपमा औषधि पसल सञ्चालन गर्न नपाउने विभागले स्पष्ट पारेको छ।
यसैबीच, विभागले सबै औषधि पसल सञ्चालकलाई आफ्नो प्रमाणपत्रको अवस्था यकिन गरी आवश्यक कानुनी प्रक्रिया पूरा गर्न आग्रह गरेको छ। साथै औषधि बिक्री–वितरण गर्दा प्रचलित कानुनी व्यवस्था तथा विभागीय निर्देशनको पूर्ण पालना गर्न पनि निर्देशन दिएको छ।
विभागले कानुनी मापदण्ड पूरा नगरी औषधि व्यवसाय सञ्चालन नगर्न र जनस्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने क्षेत्रमा लापरबाही नगर्न सम्बन्धित सबैलाई सचेत गराएको छ।
The post ५,३०२ औषधि पसलको दर्ता प्रमाणपत्र खारेज appeared first on कागजपत्र.
किमोथेरापीका अत्यावश्यक औषधि कार्बोप्लाटिन र सिसप्लाटिनको अभाव, बिरामीलाई सास्ती
चितवन-  क्यान्सर उपचारमा प्रयोग हुने किमोथेरापीका अत्यावश्यक औषधि कार्बोप्लाटिन र सिसप्लाटिनको अभाव भएपछि बिरामी र उनीहरूका परिवार थप सास्तीमा परेका छन्। भरतपुरस्थित वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचारका लागि आएका बिरामी उपचारभन्दा बढी औषधिको खोजीमा भौतारिन बाध्य छन्।
चिकित्सकहरूका अनुसार औषधि अभावको मुख्य कारण उत्पादनमा प्रयोग हुने सक्रिय कच्चा पदार्थ (एपीआई) को विश्वव्यापी अभाव, त्यसको मूल्यवृद्धि तथा इन्धन महँगिँदा उत्पादन र ढुवानी लागत बढ्नु हो। तर लागतअनुसार नेपालमा बिक्री मूल्य समायोजन हुन नसक्दा आयातकर्ताले पर्याप्त मात्रामा औषधि ल्याउन नसकेको उनीहरूको भनाइ छ।
औषधि व्यवस्था विभागले देशभरका ११ स्वास्थ्य संस्था तथा मेडिकलमार्फत अभाव भएका औषधि उपलब्ध गराउने व्यवस्था गरे पनि मागअनुसार आपूर्ति हुन सकेको छैन। चितवनका लागि भरतपुरको राज ड्रग प्रालिलाई जिम्मेवारी दिइएको छ। त्यहाँ कार्बोप्लाटिन उपलब्ध भए पनि मागको तुलनामा निकै कम रहेको प्रालिका सञ्चालक राजीव थापाले बताए।
माडी नगरपालिका–३ धोवाहाका एकला महतो बुहारी मनिषाको उपचारका लागि भरतपुर आए । गएको माघदेखि किमोथेरापी सुरु गरेकी २४ वर्षीया मनिषाको ११औँ चरणको उपचारका लागि आवश्यक औषधि नपाएपछि उनीहरू विभिन्न ठाउँ धाउन बाध्य भए। ‘सोमबार नै आएँ, तर औषधि पाइएन। धेरै ठाउँ खोजेपछि बल्ल जुटाएर उपचार गर्न पाएँ। अर्को पटक पाइन्छ कि पाइँदैन भन्ने चिन्ता लागिरहेको छ,’ एकलाले भने।
महोत्तरीको रामगोपालपुरकी पुनम मण्डलले पनि आमा रिङ्कुकुमारीको उपचारका क्रममा औषधि अभावका कारण चार दिनसम्म भरतपुरमा बस्नुपरेको बताइन्। ‘दोस्रो चरणमै एउटा औषधि पाइएन। अहिले पनि धेरै खोजेपछि मात्र भेटियो,’ उनले भनिन्।
पर्साको छिपहरमाई गाउँपालिका–२ का ओमप्रकाश कुमारले चौथो पटकको किमोथेरापीका लागि तीन दिनसम्म औषधि खोज्नुपरेको सुनाए। ‘रोगसँग लड्नुपरेको छ, औषधि पाउन झन् ठूलो संघर्ष गर्नुपरेको छ,’ उनले भने।
देशकै प्रमुख क्यान्सर उपचार केन्द्र मानिने बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा देशभरका साथै सीमावर्ती भारतीय क्षेत्रबाट समेत बिरामी आउने गर्छन्। तर पछिल्लो एक महिनादेखि कार्बोप्लाटिन र सिसप्लाटिनको अभावले उपचार व्यवस्थापन नै प्रभावित भएको चिकित्सकहरू बताउँछन्।
मेडिकल अन्कोलोजी विभागका प्रमुख डा. गुरुशरण शाहका अनुसार किमोथेरापी गर्ने १० बिरामीमध्ये सातदेखि आठ जनासम्मलाई यी दुई औषधि आवश्यक पर्छ। अस्पतालमा हरेक साता करिब चार सय जनाले किमोथेरापी गराउने गरे पनि अहिले उपलब्ध औषधिले आधा बिरामीलाई मात्रै पुग्ने अवस्था छ। ‘सरकारले केही अस्थायी व्यवस्था गरेको छ। तर बजारमा मागको आधाजति मात्रै औषधि उपलब्ध छ। एक हिसाबले कार्बोप्लाटिन र सिसप्लाटिनको हाहाकार नै भएको छ,’ डा. शाहले भने।
उनका अनुसार केही बिरामीले अनधिकृत रूपमा भित्रिएका औषधिसमेत किन्न बाध्य भएको सूचना आउने गरेको छ। ‘किमोथेरापीका औषधि २५ डिग्री सेल्सियसभन्दा कम तापक्रममा सुरक्षित राख्नुपर्छ। झोलामा बोकेर ल्याइएका औषधिको गुणस्तरमा जोखिम हुन सक्छ,’ उनले भने। राज ड्रग प्रालिका सञ्चालक राजीव थापाका अनुसार बुधबार ४५० मिलिग्रामका २० वटा र १५० मिलिग्रामका २० वटा कार्बोप्लाटिन प्राप्त भएको थियो। ‘४५० मिलिग्रामका सबै सकिए। दिनमै कम्तीमा ४० वटा माग हुन्छ,’ उनले भने।
डा. शाहका अनुसार कार्बोप्लाटिन र सिसप्लाटिन उत्पादनमा प्रयोग हुने एपीआईको अभाव र मूल्यवृद्धिका कारण विश्वभर उत्पादन प्रभावित भएको छ। इन्धन महँगिएपछि ढुवानी र उत्पादन लागतसमेत बढेको छ। तर सोहीअनुसार नेपालमा बिक्री मूल्य समायोजन नहुँदा आयातकर्ताले पर्याप्त परिमाणमा औषधि ल्याउन नसकेको उनले बताए। ‘पहिलेदेखि नै यसको अभाव हुने संकेत थियो। यो यस्तो औषधि हो, जसको प्रभावकारी विकल्प छैन। विकल्प खोज्दा बिरामीको उपचार नै अपुरो हुन सक्छ,’ उनले भने।
The post किमोथेरापीका अत्यावश्यक औषधि कार्बोप्लाटिन र सिसप्लाटिनको अभाव, बिरामीलाई सास्ती appeared first on कागजपत्र.
वीर अस्पतालमा २४ घण्टाकाे ड्युटीपछि रेजिडेन्ट चिकित्सकलाई अनिवार्य बिदा
काठमाडौं-  चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) ले आवासीय चिकित्सक (रेजिडेन्ट डाक्टर) को ड्युटी व्यवस्थामा महत्वपूर्ण परिवर्तन गरेको छ।
न्याम्सका सहायक डिन प्रा.डा. विकासविक्रम सिंह अधिकारीले सोमबार परिपत्र जारी गर्दै २४ घण्टाको ड्युटी पूरा गरेका आवासीय चिकित्सकलाई बिहानको राउण्ड सकेपछि अनिवार्य रूपमा बिदा दिन निर्देशन दिएका हुन्।
यसअघि न्याम्समा आवासीय चिकित्सकहरूले लगातार ३६ घण्टासम्म ड्युटी गर्नुपर्ने अवस्था रहेको थियो। लामो कार्यघण्टा र अत्यधिक कार्यबोझका कारण उनीहरू शारीरिक तथा मानसिक दबाबमा पर्ने गरेका थिए।
नयाँ व्यवस्थासँगै रेजिडेन्ट चिकित्सकमाथिको कार्यबोझ केही हदसम्म कम हुने अपेक्षा गरिएको छ। परिपत्रमा भनिएको छ, “यस प्रतिष्ठानमा अध्ययनरत रेजिडेन्ट चिकित्सकहरूको २४ घण्टा ड्युटीपश्चात बिहानको राउण्ड सकिएपछि बिदा गरिदिनुहुन जानकारी गराइन्छ।” उक्त निर्देशन एमडी/एमएस/एमडिएस तथा डिएम/एमसीएच कार्यक्रमका संयोजकहरूलाई पठाइएको छ।
यसअघि नेपाल मेडिकल काउन्सिलले पनि आवासीय चिकित्सकहरू अत्यधिक कार्यबोझमा रहेको निष्कर्ष निकाल्दै मेडिकल कलेज, प्रतिष्ठान र विश्वविद्यालयहरूलाई ड्युटीपश्चात पर्याप्त आरामको व्यवस्था गर्न निर्देशन दिएको थियो।
न्याम्सको यो निर्णयलाई आवासीय चिकित्सकहरूको कार्य अवस्था सुधारतर्फको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।
The post वीर अस्पतालमा २४ घण्टाकाे ड्युटीपछि रेजिडेन्ट चिकित्सकलाई अनिवार्य बिदा appeared first on कागजपत्र.