मनोरञ्जन Archives - कागजपत्र
बलिउड अभिनेता नाना पाटेकरको निधन
मुम्बई – नाना पाटेकरको निधन भएको छ। प्राप्त जानकारी अनुसार, उनी गोवाको डोना पाउलास्थित आफ्नो घरमा अचेत अवस्थामा फेला परेका थिए र उनलाई तत्काल अस्पताल लगिएको थियो, जहाँ चिकित्सकहरूले उनलाई मृत घोषित गरे। नाना पाटेकर ७५ वर्षका थिए। उनको निधनको खबरले सबैजना स्तब्ध भएका छन्। बिहान ५:२० बजे उनलाई मृत घोषित गरिएको बताइएको छ।
नाना पाटेकर एक प्रसिद्ध बलिउड अभिनेता हुन्, जसले १९७८ मा फिल्म ‘गमन’ बाट आफ्नो डेब्यू गरेका थिए। उनी हिन्दी र मराठी दुवै सिनेमाका चर्चित अभिनेता हुन्। ‘परिंदा’, ‘प्रहार’, ‘अंगार’, ‘क्रांतिवीर’, ‘तिरंगा’, ‘खामोशी’, ‘अब तक छप्पन’ जस्ता फिल्महरूले फ्यानहरूको मनमा विशेष स्थान कमाए।
हालै नाना पाटेकरले आफ्नो शारीरिक तन्दुरुस्ती प्रदर्शन गरेका छन्। फोटोग्राफर तथा निर्माता अतुल कासबेकरले आफ्नो आधिकारिक इन्स्टाग्राम ह्यान्डलमार्फत सार्वजनिक गरेको एउटा भिडियोमा यी वरिष्ठ अभिनेता लगातार १५ पटक ‘ट्राइसेप डिप्स’ गरिरहेको देखिएका छन्। उनले कुनै विश्राम नलिईकन यी व्यायामहरू पूरा गरे र अन्त्यमा उनको अनुहारमा मुस्कान देखिएको थियो।
नाना पाटेकरका चलचित्रहरूको कुरा गर्दा, उनी अक्षय कुमार, अभिषेक बच्चन, रितेश देशमुख र अन्य कलाकारहरूसँगै ‘हाउसफुल ५’ मा देखिएका थिए। यसका साथै, उनले विशाल भारद्वाजको चलचित्र “ओ’रोमियो” मा प्रहरी अधिकृतको भूमिका निभाएका थिए, जसमा शाहिद कपुर र तृप्ति डिमरी मुख्य भूमिकामा थिए। उनले अनिल कपुर र राधिका मदान अभिनित चलचित्र “सुभेदार” मा पनि छोटो भूमिका (क्यामियो) निभाएका थिए।
The post बलिउड अभिनेता नाना पाटेकरको निधन appeared first on कागजपत्र.
‘मिस युनिभर्स नेपाल २०२६’ को उपाधि प्रयासनालाई, बिनिता बनिन् ‘मिस अर्थ नेपाल’
काठमाडौं- सौन्दर्य, बौद्धिकता र सशक्तिकरणको भव्य उत्सवबीच ‘मिस युनिभर्स नेपाल २०२६’ को उपाधि २४ वर्षीया प्रयासना गुरुङले जितेकी छन्।
काठमाडौंस्थित होटल सोल्टी क्राउन प्लाजामा आयोजित भव्य ‘ग्रान्ड फिनाले’मा अन्य प्रतिस्पर्धीहरूलाई पछि पार्दै उनले मिस युनिभर्स नेपालको प्रतिष्ठित ताज आफ्नो शिरमा सजाएकी हुन्।
त्यसैगरी, सोही मञ्चबाट झापाकी २७ वर्षीया बिनिता ओलीले ‘मिस अर्थ नेपाल २०२६’ को ताज पहिरिन सफल भइन्। ग्ल्यामरस वातावरण र भव्य उपस्थितिबीच सम्पन्न भएको यस प्रतियोगितामा देशभरबाट छनोट भएका ११० जना प्रतिस्पर्धीहरूमध्ये उत्कृष्ट १४ जनाले फिनालेको मञ्चमा प्रतिस्पर्धा गरेका थिए।
फिनालेको माहौललाई थप ग्ल्यामरस र प्रतिष्ठित बनाउन बलिउड अभिनेत्री तथा पूर्वमिस युनिभर्स इन्डिया सेलीना जेटली र चर्चित मोडल मनिका विश्वकर्मा मुख्य निर्णायकका रूपमा मञ्चमा उपस्थित थिए।
यस्तै, प्रतियोगितामा ‘युनिभर्सल ओमन नेपाल’को उपाधि भने ग्लोबल ग्ल्यामर भेन्चर्सकी निर्देशक संगीता पुरीलाई घोषित गरियो।
बेलायतमा बसोबास गर्दै आएकी मिस युनिभर्स नेपाल विजेता प्रयासना गुरुङ एक महिला सशक्तिकरणकी अभियान्ता हुन्। उनले आफ्नै पहलमा ‘द डिग्निटी प्रोजेक्ट’मार्फत नेपाली महिलाहरूलाई मेक-अप, डिजिटल मार्केटिङ, वित्तीय साक्षरता र उद्यमशीलता जस्ता जीवनउपयोगी सीपहरू निःशुल्क अनलाइन कार्यशालाहरूमार्फत प्रदान गर्दै आएकी छन्। महिला सशक्तिकरणको आफ्नो अभियानलाई थप प्रभावकारी बनाउन नै उनी यो प्रतियोगितामा सहभागी बनेकी हुन्।
उता मिस अर्थ नेपाल जितेकी बिनिता ओली भने अन्तर्राष्ट्रिय क्याबिन क्रुको अनुभव हासिल गरेर नेपाल फर्किएकी प्रतिभा हुन्। कुवेत एयरवेजमा केही वर्ष काम गरिसकेकी बिनिता हाल मनोविज्ञान दोस्रो वर्षमा अध्ययनरत छिन्। उनको भविष्यमा एक कुशल थेरापिस्ट र सामाजिक अभियन्ता बन्ने लक्ष्य रहेको छ।
यो जितसँगै दुवै सुन्दरीहरूले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको झण्डा फहराउने अवसर पाएका छन्। मिस युनिभर्स नेपाल प्रयासना गुरुङले पोर्तो रिकोमा आयोजना हुने विश्व प्रसिद्ध ‘मिस युनिभर्स’ प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्नेछिन् भने मिस अर्थ नेपाल बिनिता ओलीले फिलिपिन्सको मनिलामा हुने ‘मिस अर्थ’ प्रतियोगितामा नेपालको तर्फबाट प्रतिस्पर्धा गर्नेछन्।
The post ‘मिस युनिभर्स नेपाल २०२६’ को उपाधि प्रयासनालाई, बिनिता बनिन् ‘मिस अर्थ नेपाल’ appeared first on कागजपत्र.
महाभारतको युद्ध सकिएपछि सुरु भएको अर्को युद्ध : मञ्चमा ‘द एज अफ डार्कनेस’
काठमाडौं – धर्मवीर भारतीको चर्चित नाटक ‘अन्धा युग’ को नेपाली रुपान्तरित नाटक ‘द एज अफ डार्कनेस’ मण्डला थिएटरमा मञ्चन भइरहेको छ । राजेन्द्र सलभले नेपाली रूपान्तरण गरेको नाटकको निर्देशन सुदीप खतिवडाले गरेका छन् ।
नाटक महाभारत युद्धपछि उत्पन्न सामाजिक, राजनीतिक र मानवीय संकट र शून्यतामा आधारित रहेको र नाटकमा महाभारतको पुरानो कथामार्फत आजको समाजमा देखिने हिंसा, सत्ता संघर्ष, प्रतिशोध र नैतिक संकट प्रस्तुत गरिएको निर्देशक खतिवडाले बताए ।
करिब ११ वर्षअघि यही नाटकमार्फत निर्देशक सुदीप खतिवडा अभिनयमा प्रवेश गरेका थिए । त्यतिबेला कलाकारका रूपमा प्रस्तुत भएको नाटक अहिले उनले निर्देशकका रूपमा मञ्चमा ल्याएका हुन् । उनले पुरानो नाटकलाई अहिलेको समय र दर्शकसँग जोड्दै नयाँ ढंगले प्रस्तुत गर्ने प्रयास गरिएको बताए ।
मण्डला थिएटरको प्रस्तुतिमा रहेको नाटकले युद्धपछि बाँकी रहेको हिंसा, प्रतिशोध, सत्ता, नैतिक द्वन्द्व र मानवीय जिम्मेवारीका विषयलाई उठाएको छ । युद्धले विजेता र पराजित दुवै पक्षमा पारेको प्रभाव प्रस्तुत गरिएको छ ।
नाटकमा सबिना चौधरी, कमल रेग्मी, राजाराम गौतम, जिनलव दोर्जे वम्जन, आभुषण घिमिरे, मिलन पन्त, इन्द्र कुमार लिम्बु, जोहेब शाह, सुजित मल्ल ठकुरी, सामना राई, विजय दोङ, सौगन श्रेष्ठ, राजु श्रेष्ठ, नित्य पौडेल,, विश्वजित ढकाल, मनुमित लेप्चा, घमन शाही, आरती बरुवाल, सुनिता राई, कुमार लामा, सुरेन्द्र बिश्वकर्मा, सुजाता राई, अविशेक खतिवडा, सम्पदा लकान्द्रि, सुजल कोइरालाले अभिनय गरेका छन् ।
नाटकको संगीतमा सौरभ चालिसे, सलिना बिक, जीवन राई र कुमार लामा छन् । नाटक आगामी भदौ १४ गतेसम्म मञ्चन हुनेछ ।
The post महाभारतको युद्ध सकिएपछि सुरु भएको अर्को युद्ध : मञ्चमा ‘द एज अफ डार्कनेस’ appeared first on कागजपत्र.
दीपमाला बनिन् मीस नेपाल-२०२६
काठमाडौं – मिस नेपाल-२०२६ को उपाधि दीपमाला ढकालले जितेकी छन्।
द हिडन ट्रेजरद्वारा आयोजित प्रतियोगिताको शनिबार भएको ग्रान्ड फिनालेमा २३ जनालाई पछि पार्दै उहाँले ताज हात पारेकी हुन्।
प्रतियोगितामा कसिस् सुब्बाले मिस नेपाल कस्मो-२०२६ को उपाधि जितिन् भने आर्या निशात मिस नेपाल इन्टरनेसनल, २०२६ घोषित भइन्।
ढकाल विश्वप्रसिद्ध लगानी व्यवस्थापन कम्पनी ब्ल्याकरकमा इन्भेस्टमेन्ट स्ट्र्याटेजिस्टका रूपमा कार्यरत छन्। उनी ब्ल्याक बेल्ट तेक्वान्दो खेलाडी, रनवे मोडल, अन्तर्राष्ट्रिय कार्यक्रम सञ्चालक (होस्ट) तथा म्याराथन धाविका पनि हुन्।
ढकाल परिवार र मिस नेपालबिच विशेष सम्बन्ध छ। उनकी आमाले सन् १९९४ मा आयोजित पहिलो मिस नेपाल प्रतियोगितामा सहभागिता जनाएकी थिइन्।
The post दीपमाला बनिन् मीस नेपाल-२०२६ appeared first on कागजपत्र.
हास्य कलाकार शर्माको निधन
काठमाडौं- एक समयका चर्चित हास्य कलाकार खेम शर्मा ‘चतुरे’को निधन भएको छ। उनको अमेरिकाको बाल्टिमोरमा उपचारको क्रममा आइतबार बिहान निधन भएको हास्य कलाकार शिवहरि पौडेलले सामाजिक सञ्चाल फेसबुकमार्फत जानकारी दिएका हुन्।
पछिल्लो समय अमेरिकामा रहँदै आएका शर्मा विगत ७ वर्षदेखि क्यान्सर रोगसँग लडिरहेका थिए। उनी टेलिफिल्म ‘चतुरेको दाउपेच’बाट चर्चामा आएका थिए।
The post हास्य कलाकार शर्माको निधन appeared first on कागजपत्र.
चलचित्र निर्देशक कृष्ण चापागाईंको अमेरिकामा निधन
काठमाडौं – चलचित्र निर्देशक कृष्ण चापागाईंको अमेरिकामा हृदयघातका कारण निधन भएको छ । बोस्टनस्थित क्यामब्रीज हेल्थ अलाइन्स ईभिरिट अस्पतालमा उपचारका क्रममा उनको निधन भएको चलचित्र निर्देशक अनिल संग्रौलाले बताए ।
काठमाडौँ, जोरपाटीका स्थायी बासिन्दा उनी डेढ दशकदेखि अमेरिकामा बस्दै आएका थिए । पत्नी, दुई छोरी र एक छोरासहित उनी बोस्टनमा बस्थे ।
उनले ‘एक नजर’, ‘दिदीभाइ’, ‘चट्टान’, ‘इज्जतदार’, ‘दिवानापन’ ‘निखिल दाइ’लगायतका चलचित्रको लेखन, निर्देशन गरेका छन् ।
उनले केही समय जोरपाटीमा चापागाईं सुटिङ स्टुडियो सञ्चालन गरेका थिए । चलचित्र क्षेत्रमा सक्रिय हुनुअघि उनी नाट्यकर्मी थिए । त्यसपछि भिडियो फिल्म हुँदै ठूलो पर्दाका चलचित्रको सहायक निर्देशकका रूपमा सक्रिय भए ।
The post चलचित्र निर्देशक कृष्ण चापागाईंको अमेरिकामा निधन appeared first on कागजपत्र.
‘जारी २’ अब ओटीटीमा
काठमाडौं – नेपाली फिल्म ‘जारी २’ अब ओटीटी प्लेटफर्ममार्फत हेर्न सकिने भएको छ। नेपाली ओटीटी प्लेटफर्म सिनेमाघरले फिल्मलाई आफ्नो डिजिटल सेवामा सार्वजनिक गरेको हो।
यससँगै नेपालसहित विश्वभर रहेका दर्शकले निर्देशक उपेन्द्र सुब्बाको यो फिल्म अनलाइनमार्फत हेर्न सक्नेछन्। प्रदर्शनका क्रममा फिल्मले बक्सअफिसमा उल्लेखनीय सफलता हासिल गरेको थियो।
लिम्बु समुदायमा कुनै समय प्रचलित रहेको ‘जारी’ प्रथाको कथामा आधारित यो फिल्म सुपरहिट चलचित्र ‘जारी’ को दोस्रो श्रृंखला हो। फिल्ममा दयाहाङ राई, मिरुना मगर, विजय बराललगायत कलाकारहरूको अभिनय रहेको छ।
सिनेमाघरका अनुसार दर्शकले सिनेमाघर एप गुगल प्ले स्टोर तथा एप्पलको आइओएस स्टोरबाट डाउनलोड गरेर स्मार्टफोन वा ट्याब्लेटमा फिल्म हेर्न सक्नेछन्।
त्यसैगरी एन्ड्रोइड टिभी, अमेजन फायर टिभी, सामसुङ स्मार्ट टिभी तथा एलजी वेबओएसजस्ता स्मार्ट टिभीमा पनि एप डाउनलोड गरी फिल्म हेर्न सकिने व्यवस्था गरिएको छ।
मोबाइलबाट क्रोमकास्ट प्रयोग गरेर वा कम्प्युटरमा वेब ब्राउजरमार्फत पनि ‘जारी २’ हेर्न सकिने सुविधा उपलब्ध रहेको प्लेटफर्मले जनाएको छ।
दर्शकलाई अझ उत्कृष्ट दृश्य अनुभव प्रदान गर्न सिनेमाघरले हालै आफ्नो प्लेटफर्ममा फोर–के (4K) स्ट्रिमिङ सेवा समेत सुरु गरिसकेको छ।
The post ‘जारी २’ अब ओटीटीमा appeared first on कागजपत्र.
फिल्म ‘लालीबजार’ चौथो सातामा प्रवेश, करिब ६ करोडको व्यापार
काठमाडौं- फिल्म ‘लालीबजार’ प्रदर्शनको चौथो सातामा प्रवेश गर्न सफल भएको छ। गत वैशाख २५ गतेदेखि प्रदर्शनमा आएको फिल्मले हालसम्म करिब ६ करोड रुपैयाँ बराबरको व्यापार गरेको निर्माण पक्षले जनाएको छ।
विभिन्न कानुनी विवादका बीच प्रदर्शनमा आएको भए पनि फिल्मले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ। चौथो सातासम्म पनि फिल्म युनिटका कलाकारहरू हल–हलमा पुगेर दर्शकसँग भेटघाट तथा प्रतिक्रिया लिने कार्य जारी राखिरहेका छन्।
यम थापाको लेखन तथा निर्देशनमा बनेको फिल्ममा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, प्रेम पाण्डे, आशा पौडेल, गोविन्द सुनार, आभा अर्याल, तारा शर्मा, रमेश वादी, सरस्वती अधिकारी, जानकी कठायत, निश्चल पन्थी, बिरबल चौधरी र कुन्टल लगायत कलाकारहरूको अभिनय रहेको छ।
यसै फिल्ममार्फत विशाल देवकोटा र प्रशंसा सुवेदीले नेपाली फिल्म क्षेत्रमा डेब्यु गरेका छन्।
फिल्मका कार्यकारी निर्माता प्रदीप भट्टराई रहेका छन् भने म्याक्स दीपेश खत्री र रवीन्द्रसिंह बानियाँ निर्माता हुन्।
The post फिल्म ‘लालीबजार’ चौथो सातामा प्रवेश, करिब ६ करोडको व्यापार appeared first on कागजपत्र.
युट्युबमा छाडा बोलेपछि साजन श्रेष्ठसहित तीन जनाले साइबर ब्यूरोमा पुगेर मागे माफी
काठमाडौं-  तीन कमेडियन साजन श्रेष्ठ, उत्सव सापकोटा र विशाल गौतमलाई नेपाल प्रहरीको साइबर ब्यूरोले बोलाएर सम्झाएको छ ।
पडकास्टमार्फत प्रहरी संगठनको मानहानी हुने गरी अभिव्यक्ति दिएको आरोपपछि उनीहरूलाई ब्यूरोमा बोलाएर भविष्यमा त्यस्ता अभिव्यक्ति नदिने कागज गराई पठाइएको हो ।
ब्यूरोका एसपी दिलीपकुमार गिरीका अनुसार साजन श्रेष्ठको च्यानलबाट प्रसारित पडकास्टमा उनीहरूले प्रहरी संगठनलाई बदनाम गर्ने किसिमका टिप्पणी गरेका थिए ।
तीन दिनअघि ब्यूरोमा बोलाएर उनीहरूलाई आफ्नो गल्ती स्वीकार गर्न लगाइएको र अब यस्तो नदोहोर्याउने सर्तमा कागज गराइएको एसपी गिरीले जानकारी दिए ।
तीनै जना कमेडियन अश्लील शब्द प्रयोग गर्ने शैलीका कारण चिनिन्छन् । तर, औपचारिक उजुरी नपरेको कारण उनीहरूमाथि कानुनी प्रक्रिया अघि नबढाइएको प्रहरीले जनाएको छ । प्रहरीलाई लक्षित गरी गरिएको अभिव्यक्तिका कारण भने ब्यूरोले उनीहरूलाई सचेत गराएको हो ।
यसअघि साजन श्रेष्ठ एक गायकलाई गिज्जाएको आरोपमा कानुनी विवादमा समेत तानिएका कलाकार हुन् ।
The post युट्युबमा छाडा बोलेपछि साजन श्रेष्ठसहित तीन जनाले साइबर ब्यूरोमा पुगेर मागे माफी appeared first on कागजपत्र.
कोलोराडोमा अन्तरराष्ट्रिय नेपाली साहित्य सम्मेलन हुँदै
काठमाडाैं – अमेरिकाको कोलोराडोमा यही जेठ ८ देखि १० गतेसम्म नवौँ अन्तरराष्ट्रिय नेपाली साहित्य सम्मेलन आयोजना हुने भएको छ ।
अन्तरराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को आयोजना तथा अनेसास कोलोराडो च्याप्टरको संयोजनमा हुने सो सम्मेलनमा नेपालसहित विभिन्न देशका करिब १२५ जना साहित्यकार, लेखक तथा पत्रकार सहभागी हुने बताइएको छ ।
अनेसासका महासचिव राजु सिटौलाका अनुसार कोलोराडो राज्यमा रहेका ५० भन्दा बढी स्रष्टा तथा साहित्यप्रेमीहरूको समेत सहभागिता रहने तीन दिने सो सम्मेलनमा साहित्यिक वहस, छलफल, अन्तरक्रिया, काव्य उत्सव, योगाभ्यास, स्रस्टा सम्मानलगायतका कार्यक्रम हुनेछ ।
सम्मेलनको पहिलो दिन ‘इतिहासमा आख्यान र आख्यानमा इतिहास’ शीर्षकमा मदन पुरस्कार विजेता नीलम कार्की निहारिका, पत्रकार तथा लेखकद्वय सुधीर शर्मा र वसन्त बस्नेतबीच बहस आयोजना हुनेछ ।
यसैगरी स्थापित साहित्यकार तथा लेखकहरूबीच साहित्यका विधामा बहस, छलफल तथा अन्तरक्रिया हुने भएको छ ।
सो सम्मेलनका प्रेस संयोजक रहेका पत्रकार दीर्घराज उपाध्यायले विभिन्न जातजाति, भाषाभाषी तथा समुदायसम्बद्ध स्रस्टाहरूले सांस्कृतिक झाँकीसहित साङ्गीतिक कार्यक्रम प्रस्तुत गरिने कार्यक्रम रहेको जानकारी दिए ।
The post कोलोराडोमा अन्तरराष्ट्रिय नेपाली साहित्य सम्मेलन हुँदै appeared first on कागजपत्र.
नीर शाह भन्छन्, ‘लालीबजार’को चर्चा वर्षौंसम्म हुनेछ’
काठमाडौं – अभिनेता तथा निर्देशक नीर शाहले नेपाली चलचित्र ‘लालीबजार’ वर्षौंसम्म सम्झिने चलचित्र बनेको बताएका छन् ।
सोमबार बेलुकी काठमाडौँस्थित जय नेपाल चलचित्र भवनमा चलचित्र हेरेपछि अभिनेता शाहले विषयवस्तु, निर्देशकीय पक्ष, कलाकारको जीवन्त अभिनयले चलचित्रलाई आगामी कयौँ वर्षसम्म चर्चामा ल्याउने बताए ।
उनले भने, “चलचित्रका निर्माता, निर्देशक र कलाकारले हामीलाई वर्षौंसम्म सम्झिने सुन्दर कोसेलीका रुपमा चलचित्र ‘लालीबजार’ दिनुभएको छ । जुन विश्वासका साथ चलचित्र भवन छिरेको थिएँ, निस्किँदा त्योभन्दा बढी पाएँ । यसमा सबै कलाकारले जीवन्त अभिनय गर्नुभएको छ, हेर्नै पर्ने चलचित्र निर्माणमा संलग्न सबैलाई धन्यवाद दिन्छु ।”
उनीसँगै अभिनेत्री प्रियङ्का कार्की, वर्षा राउत, अभिनेता आयुष्मान जोशी, गायक खेम सेन्चुरीलगायतले पनि चलचित्रको तारिफ गरे । चलचित्रमा मुख्य भूमिका निर्वाह गरेकी अभिनेत्री स्वस्तिमा खड्काले दर्शक र कलाकर्मीबाट पाइरहेको प्रतिक्रियाले आफूसहित सम्पूर्ण निर्माण टिम उत्साहित रहेको बताए ।
“चलचित्र प्रदर्शन भएदेखि नै हामीले दर्शकसँग भेटघाट गरिरहेका छौँ, चलचित्र बुझ्नुभएका कलाकर्मीदेखि मनोरञ्जनका लागि चलचित्र भवन पुग्ने दर्शकसम्म चलचित्र हेरेर खुसी हुनुहुन्छ, यही नै हाम्रो सफलता हो । पूर्वतर्फबाट दर्शक भेटघाट कार्यक्रममा सरिक हुँदै अहिले विर्तामोडमा छौँ, क्रमशः धरान, विराटनगर, इटहरी पनि पुग्ने छौँ”, अभिनेत्री खड्काले भनिन् ।
उक्त चलचित्रमा अभिनेत्री खड्कासँगै रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, विशाल देवकोटा, प्रशंसा सुवेदी, प्रेम पाण्डे, आशा पौडेल, गोविन्द सुनार, आभा अर्याल, तारा शर्मा, रमेश वादी, सरस्वती अधिकारी, जानकी कठायत, निश्चल पन्थी, वीरवल चौधरीलगायतका कलाकारले अभिनय गरेका छन् ।
The post नीर शाह भन्छन्, ‘लालीबजार’को चर्चा वर्षौंसम्म हुनेछ’ appeared first on कागजपत्र.
आईजिपी कार्कीको शब्दमा ‘अब बन्छ मेरो देश’ सार्वजनिक (भिडियोसहित)
काठमाडौं — नेपाल प्रहरीका प्रहरी महानिरिक्षक (आईजीपी) दानबहादुर कार्कीको शब्दमा ‘अब बन्छ मेरो देश’ गीत सार्वजनिक भएको छ ।
नेपाल प्रहरीको आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक भएको उक्त गीतमा संगीत दीपक शर्माको रहेको छ भने सदीक्षा कट्टेल, समिर खरेल, बेनिसा पौडेल र सबिन सुवेदीको स्वर रहेको छ ।
उदयराज पौडेलले एरेन्ज गरेको गीतको भिडियोको निर्देशन किरण थापाले गरेका छन् ।
The post आईजिपी कार्कीको शब्दमा ‘अब बन्छ मेरो देश’ सार्वजनिक (भिडियोसहित) appeared first on कागजपत्र.