लुम्बिनी Archives - कागजपत्र

लुम्बिनी प्रदेशः उत्पादन, रोजगारी र पूर्वाधार केन्द्रित बजेट प्राथमिकतामा
लुम्बिनी – लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट उत्पादन, रोजगारी, पूर्वाधार विकास, सुशासन र सामाजिक न्यायमा केन्द्रित हुने जनाएको छ ।

प्रदेश सरकार आर्थिक मामिलामन्त्री धनेन्द्र कार्कीले लुम्बिनी प्रदेश सभाको आजको बैठकमा विनियोजन विधेयक, २०८३ का सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै सीमित स्रोत र बढ्दो दायित्वका बीच यथार्थपरक, कार्यान्वयनयोग्य र परिणाममुखी बजेट ल्याइने स्पष्ट पारेका हुन् ।

उनले चालु खर्च नियन्त्रण गर्दै पूँजीगत खर्चको प्रभावकारिता बढाइने, सार्वजनिक खर्चमा मितव्ययिता अपनाइने तथा वित्तीय अनुशासन कायम गरिने बताए । प्रदेश सरकारको दोस्रो आवधिक योजना, दिगो विकास लक्ष्य, संविधानको समाजवाद उन्मुख अवधारणा तथा ‘समृद्ध लुम्बिनीः खुसी नागरिक’ को दीर्घकालीन सोचलाई बजेट निर्माणको मुख्य आधार बनाइएको उनले उल्लेख गरे ।

मन्त्री कार्कीले कृषि, उद्योग, पर्यटन, ऊर्जा र पूर्वाधार विकासमार्फत उत्पादन तथा उत्पादकत्व वृद्धि गरी अर्थतन्त्रलाई चलायमान बनाइने बताए । आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धनमा योगदान गर्ने क्षेत्रलाई विशेष प्राथमिकता दिइने उनको भनाइ छ ।

बजेटमा युवा लक्षित सीप विकास, स्टार्टअप, स्वरोजगार तथा नवप्रवर्तनमा आधारित कार्यक्रम सञ्चालन गरी प्रदेशभित्रै रोजगारी सिर्जना गरिने नीति सरकारले लिएको छ । उनले डिजिटल शासन प्रणाली विस्तार गर्दै सेवा प्रवाहलाई सरल, छिटो, पारदर्शी र नागरिकमैत्री बनाइने जानकारी दिए। राजस्व प्रशासन, सार्वजनिक खरिद, लेखा व्यवस्थापन तथा सेवा प्रवाहमा डिजिटल प्रणालीको प्रयोग बढाइने उनले बताए ।

आयोजना छनोटमा रणनीतिक महत्त्व र उच्च प्रतिफललाई आधार बनाइने भन्दै मन्त्री कार्कीले बहुवर्षीय तथा अधुरा आयोजनालाई प्राथमिकतामा राखिने बताए । न्यून प्रगति भएका आयोजना र कम प्रभावकारी कार्यक्रमको पुनरावलोकन गरिने उल्लेख गर्दै आयोजना बैंकमार्फत योजना छनोट तथा कार्यान्वयनलाई व्यवस्थित बनाइने उनले जानकारी दिए ।

The post लुम्बिनी प्रदेशः उत्पादन, रोजगारी र पूर्वाधार केन्द्रित बजेट प्राथमिकतामा appeared first on कागजपत्र.

‘एमालेमा एउटै गुट छ केपी ओली नेतृत्वको’
भैरहवा – नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सचिव छविलाल विश्वकर्माले एमालेमा एउटै गुट केपी ओली नेर्ततवको गुट मात्रै रहेको बताएका छन । हामी सबै एकताबद्ध छौ एमालेमा गुट उपगुट भएको छैन एकताबद्ध भएर एक अर्कामा विश्वास गरेर एमाले अघि बढेको छ ।

भैरहवामा भएको एमाले सिद्धार्थनगर नगर कमिटी, रुपन्देहीको दोस्रो नगर अधिवेशनमा सम्बोधन गर्दै सचिव विश्वकर्माले एमालेमा घेरावन्दी हुदा समेत सबैलाई छिचोल्दै एमाले उठेको बताउदै अहिले नेतृत्वमा भएको एमालेमाथि जति प्रहार भएपनि प्रभावित नभई निर्णायक शक्तिमा पुगेको बताए । एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउने संकल्प लिएकोले कसैले चाहेर पनि अवरोध गर्न नसक्ने उनले भने ।

पूर्वमन्त्री समेत रहेका नेता विश्वकर्माले एमाले पूर्वाधार जोड्दै अगाडि बढेको छ, चाहे यस हुलाकी सडक होस या बुद्ध परिपथ वा भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल एमालेको पहलकदमीले नै महत्वका साथ अगाडि बढीरहेको छ ।

‘अब सिद्धार्थनगरमा एमालेले कसैको बैशाखी टेकदैन् । एकताबद्ध भई एक अर्कामा विश्वास र इमान्दारिक पूर्वक अरु पार्टीको सहयोग विना एमाले सिद्धार्थनगरमा अगाडि बढ्छ । ’ उनले भने । ‘आफ्नै सामर्थ्यले निर्णायक शक्ति बनाउन र कसैको वैशाख नटेक्ने गरी अघि बढ्न पार्टी संगठनलाई व्यवस्थित गर्नुपर्छ’

नेपाली काँग्रेस र नेकपा (एमाले) बीच समीकरण बनेपछि संविधान संशोधनको विषयलाई लिएर रोइलो गरिएको छ । बाहिर जतिसुकै हल्ला गरे पनि केही फरक पर्दैन । विगतका कामको समीक्षा गर्दै कमीकमजोरी सुधार्दै अघि बढ्नुपर्ने उनको जोड थियो ।

एमाले पोलिटब्यूरो सदस्य, रुपन्देही जिल्ला इञ्चार्ज तथा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री लिला गिरीले वर्तमान सरकार ढल्छ भनेर हल्ला फैलाइएको बताए । उनले राजनीतिक स्थिरताका लागि एकजुट हुनुपर्छ भनेर कांग्रेस–एमाले मिलेर सरकार बनाएको बताए । उनले नेताले केही गरेनन् भनेर हल्ला फैलाउने काम भइरहेको बताए ।

पार्टीका पोलिटब्यूरो सदस्य तथा रुपन्देही क्षेत्र नम्बर ३ का इञ्चार्ज खिमलाल भट्टराईले अर्थतन्त्र, विकास निर्माण र ठप्प भएको काम सुरु भई तिव्रता दिइएको छ सोचे जस्तो प्रगति र चाहे जस्तो काम नभएकोले यस्को मुल्याङकन गर्नु पर्ने बताए ।

एमालेकै पहलकदमीमा विमानस्थल पूर्ण संचालनको लागि काम भइरहेको छ समस्या समाधान गर्नेतर्फ सरकार अघि बढेको बताउदै व्यवस्थित रुपमा अब संचालनमा ल्याइने उनले भने । ‘एमाले बलियो छ अब थप बलियो भई विकास गर्छ , अरुले जस्तो गफ होइन एमाले काम गर्छ’ भटराईले भने

कार्यक्रममा एमाले पोलिटब्यूरो सदस्य दधिराम न्यौपाने, पार्टीको केन्द्रीय निर्वाचन आयोगका सदस्य भरत कुमार पोखरेल, रुपन्देही जिल्ला अध्यक्ष यज्ञ गैरे, सिद्धार्थनगर कमिटीका अध्यक्ष चक्र बहादुर थापा लगायतले बोल्दै एमालेलाई अझ बलियो बनाउनुपर्ने, अब नेकपा एमाले ८४ को निर्बाचनमा आफ्नै शक्तिमा एकल बहुमत ल्याएर अंगाडि बढ्ने बताए ।

नेकपा एमाले सिद्धार्थनगर नगरकमीटीका अध्यक्ष चक्र बहादुर थापाले पार्टीको निर्देशन अनुसार काम गरि नगरले उत्कृष्ट स्थान बनाएको छ । स्थानीय तहको निर्वाचनमा जिल्लाको दोस्रो स्थान २१ जना प्रतिनिधि जितेकाले अबको चुनावमा बहुमतका साथ आउने बताए । कार्यक्रममा एमाले सिद्धार्थनगर कमिटीका पूर्वअध्यक्षहरुलाई सम्मान गरिएको थियो ।

The post ‘एमालेमा एउटै गुट छ केपी ओली नेतृत्वको’ appeared first on कागजपत्र.

लुम्बिनीका ३ नवनियुक्त मन्त्रीको सपथ आज
रुपन्देही – लुम्बिनीमा बुधवार थपिएका ३ मन्त्रीको आज शपथग्रहण हुने भएको छ ।

मुख्यमन्त्री बनेको ३ महिनापछि चेतनारायण आचार्यले तीन मन्त्री थपेका हुन् । तर सरकारमा सहभागी बनाउने साना दलमध्ये लोसपा र नागरिक उन्मुक्ति कसलाई समेट्ने भन्ने विषयमा सत्तारूढ नेपाली कांग्रेसले निर्णय दिन नसक्दा एक मन्त्री चयन अन्तिम समयमा रोकिएको छ ।

साउन ७ गते मुख्यमन्त्री बनेका आचार्यले बुधवार नेपाली कांग्रेसको तर्फबाट बर्दियाका जन्मजय तिमिल्सिना र पश्चिम नवलपरासीका देवकरण कलबार तथा जसपाबाट बाँकेका आदेश अग्रवाललाई मन्त्री बनाएका हुन् ।

The post लुम्बिनीका ३ नवनियुक्त मन्त्रीको सपथ आज appeared first on कागजपत्र.

लुम्बिनी मुख्यमन्त्री आचार्यलाई दुईतिहाई विश्वासको मत
बुटवल – लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विश्वासको मत पाएका छन्।

गत साउन ७ गते मुख्यमन्त्री नियुक्त भएका आचार्यले प्रदेशसभाबाट दुइ तिहाइ विश्वासको मत लिएका हुन्।

उनको पक्षमा ७० मत र विपक्षमा ११ मत खसेको सभामुख तुलाराम घर्ती मगरले घोषणा गरे।

लुम्बिनीमा कुल ८७ सांसद छन् भने बहुमतका लागि ४४ सांसदको संख्या आवश्यक पर्छ।

मुख्यमन्त्री नियुक्त हुँदा आचार्य एमाले संसदीय दलको उपनेता थिए।

आचार्य तीन दिनअघि मात्रै एमाले संसदीय दलको नेता चयन भएका हुन्।

The post लुम्बिनी मुख्यमन्त्री आचार्यलाई दुईतिहाई विश्वासको मत appeared first on कागजपत्र.

आज विश्वासको मत लिँदै लुम्बिनी मुख्यमन्त्री आचार्य
बुटवल – लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आज विश्वासको मत लिदैछन् । अपरान्ह १ बजे बस्ने प्रदेश सभाको बैठकमा मुख्यमन्त्री आचार्यले विश्वासको मत लिन लागेका हुन् ।

एमाले-कांग्रेसको समीकरण बनेपछि गत साउन ७ गते आचार्य मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

उनलाई एमाले र कांग्रेससहित नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, जसपा, जसपा नेपाल र एक स्वतन्त्र सांसदले विश्वासको मत दिने भएका हुन् ।

प्रदेश सभामा एमालेका २९, कांग्रेसका २७, नागरिक उन्मुक्तिका ४, लोसपा र जनमतका ३-३, जसपाका २, जसपा नेपालका एक र स्वतन्त्र एक गरी ८७ सदस्यीय प्रदेश सभामा आचार्यलाई ७० प्रदेश सभा सदस्यले विश्वासको मत दिने भएका छन् ।

त्यस्तै मुख्यमन्त्री आचार्यलाई माओवादी केन्द्र, राप्रपा, नेकपा एकीकृत समाजवादी र राष्ट्रि जनमोर्चाले विश्वासको मत नदिने बताएका छन् । प्रदेश सभामा माओवादी केन्द्रका ११, राप्रपाका ४ तथा एकीकृत समाजवादी र जनमोर्चाका एक एक सांसद छन् ।

The post आज विश्वासको मत लिँदै लुम्बिनी मुख्यमन्त्री आचार्य appeared first on कागजपत्र.

प्रधानमन्त्रीसँग लुम्बिनी मुख्यमन्त्रीको गुनासो, `बुटबलवाट राजधानी दाङ सार्न बजेट अभाव भयो´
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वाधार विकासको क्रमसँगै उत्पादन र रोजगारीवृद्धितर्फ ध्यान केन्द्रित गर्न लुुम्बिनी प्रदेश सरकारलाई आग्रह गरेका छन् ।

सो प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यसहित मन्त्रीहरुसँग आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री ओलीले उपयुक्त माटोमा उन्नत जातका बाली लगाएर कृषिलाई औद्योगिकरण गर्दै त्यसको बजार विस्तार गर्न सुुझाव दिएका हुन् ।

‘अहिले समग्र अर्थतन्त्र ओरालो लागेको छ । भवन, कार्यालय आदि संरचनामा खर्च गरेर तत्काल उत्पादन वृद्धि हुन सक्दैन । हामीसँग ऊर्बर धर्ती, पानी र हावापानी छ ।  मेहनत गरेर उत्पादन र रोजगारी बढाउन सकनिे धेरै आधारहरु छन् ।’, प्रधानमन्त्री ओलीले भने, ‘यस्ता काममा हाम्रा राजनीतिक दलका सङ्गठन र कार्यकर्ता पनि लाग्नुपर्छ । तिनीहरुले जनतासँग नङ र मासुको सम्बन्ध बनाउनुपर्छ । हामीहरु नियुक्तिमा को जाने/नजाने खालको साना विषयमा अल्झनु हुँदैन । मुुख्य कुरा, देशको विद्यमान समस्याको समाधान कसरी गर्ने भन्नेमा हाम्रो ध्यान जानुपर्छ ।’

प्रधानमन्त्रीले अशुद्ध र विषादीयुक्त खाद्य पदार्थ तरकारी निर्यात र आयात नगर्न ध्यानाकर्षण गराउँदै जनतालाई स्वस्थ्य खाना खुवाउने प्रबन्ध गर्न सम्झाउनुुपर्ने जनाए ।

अहिलेको समीकरण र सरकार मुलुकको विशेष अवस्थाका कारण बनेको उल्लेख गर्दै उहाँले एमाले र कांग्रेस मिल्दा पनि देश बनाउन नसकिए कस्ले बनाउँछ भन्ने प्रश्न गरेका थिए ।

प्रधानमन्त्री ओलीले हाल घाटा बजेटमा सरकारहरु सञ्चालन भएकाले आफूहरुले छोडेर जाँदा यस्तो अवस्थाको अन्त्य गराउने गरी काम गर्न आग्रह गरे।

प्रधानमन्त्री ओलीले सरकार सञ्चालन गर्दा कसले कति भाग लिने भन्ने खालको विवाद नगरी सहमति/सहकार्य र जनताका लागि परिणाम दिने मुख्य विषयलाई ध्यानमा दिन पनि आग्रह गरेका छन् ।

मुख्यमन्त्री आचार्यले प्रदेशको राजधानी रुपन्देहीबाट दाङ सार्न बजेटको प्रबन्ध र समग्र पूर्वाधार विकासमा केन्द्र सरकारको सहयोगको अपेक्षा गरेका छन् ।

छलफलमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुुप्रसाद पौडेल, नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेललगायत सहभागी थिए ।

The post प्रधानमन्त्रीसँग लुम्बिनी मुख्यमन्त्रीको गुनासो, `बुटबलवाट राजधानी दाङ सार्न बजेट अभाव भयो´ appeared first on कागजपत्र.

लुम्बिनीमा आचार्यलाई मुख्यमन्त्री बनाउन दाबी पेश
बुटवल – लुम्बिनी प्रदेशमा एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्यलाई नयाँ मुख्यमन्त्री बनाउन दाबी पेश गरिएको छ।

कांग्रेस र एमालेको समर्थनमा आचार्यलाई मुख्यमन्त्री बनाउन सोमबार अपरान्ह दाबी पेश गरिएको हो।

यसअघि संसदीय दलका नेता लिला गिरीलाई मुख्यमन्त्री बनाउने तयारी भएपनि एमाले केन्द्रीय नेतृत्वको हस्तक्षेपपछि आचार्यलाई मुख्यमन्त्रीको रुपमा अगाडि सारिएको हो।

लुम्बिनीमा कांग्रेस र एमाले मिल्दा स्पष्ट बहुमतमा रहेका छन्। ८७ सदस्यीय लुम्बिनीमा एमालेका २९ र कांग्रेसका २७ सांसद गरी कुल ५६ सांसद रहेका छन्। प्रदेशमा बहुमतका लागि ४४ सांसद आवश्यक पर्दछ।

The post लुम्बिनीमा आचार्यलाई मुख्यमन्त्री बनाउन दाबी पेश appeared first on कागजपत्र.

लुम्बिनीको मुख्यमन्त्री बन्दै चेतनारायण
बुटवल – नेकपा (एमाले)बाट लुम्बिनी प्रदेशको सरकारको नेतृत्व संसदीय दलका उपनेता चेतनारायण आचार्यले गर्ने भएका छन्।

यसअघि संसदीय दलका नेता लिला गिरीलाई मुख्यमन्त्री बनाउने तय भए पनि केन्द्रको निर्देशनपछि आचार्य मुख्यमन्त्री बन्ने भएका हुन्।

एमाले र कांग्रेसले आचार्यलाई मुख्यमन्त्री बनाउने गरि दाबि पेश गर्ने तयारी गरेका छन्।

आचार्य यसअघि शंकर पोखरेल नेतृत्वको सरकारमा आन्तरिक मामिला तथा कानुन मन्त्री रहेका थिए भने उनी माओवादीका जोखबहादुर महरा नेतृत्वको सरकारमा आर्थिक मामिला तथा योजना मन्त्री थिए। त्यस्तै त्यसअघि लीला गिरी नेतृत्वको सरकारमा आचार्य ग्रामीण खानेपानी तथा सहरी विकास मन्त्री थिए।

एमालेका केन्द्रीय सदस्यसमेत रहेका आचार्य अर्घाखाँचीको निर्वाचन क्षेत्र नम्बर १ (१) बाट निर्वाचित सांसद हुन्।

The post लुम्बिनीको मुख्यमन्त्री बन्दै चेतनारायण appeared first on कागजपत्र.

लुम्बिनीका मुख्यमन्त्री महराले दिए राजीनामा
बुटवल – लुम्बिनी प्रदेशमा मुख्यमन्त्री जोखबाहादुर महराले पदबाट राजीनामा दिएका छन्।

महराले आज दिउँसो प्रदेश सभामा सम्बोधनपछि राजीनामाको घोषणा गरेका हुन्। केन्द्र सरकारमा सत्ता समीकरण परिवर्तन भएसँगै एमालेले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री महरा अल्पमतमा परेका थिए।

८७ सदस्यीय लुम्बिनीमा एमालेका २९ र कांग्रेसका २७ सांसद रहेका छन् भने दुई दलका कुल ५६ सांसद रहेकाले स्पष्ट बहुमत रहेको छ।

महराको राजीनामासँगै एमाले संसदीय दलका नेता लिला गिरीले आज नै प्रदेशप्रमुख समक्ष सरकारका लागि दाबी पेस गर्ने तयारी गरिएको छ।

The post लुम्बिनीका मुख्यमन्त्री महराले दिए राजीनामा appeared first on कागजपत्र.

यसरी हुँदैछ सातै प्रदेशमा नयाँ सरकार निर्माण
काठमाडौं – केन्द्रमा संसदका दुई ठूला दल नेपाली कांग्रेस र एमालेको समीकरण बनेसँगै सातै प्रदेश सरकारमा शीर्ष दुई दलकै समीकरण बन्ने निश्चित भएको छ।

दुई ठूला दलले सत्ता सहकार्यको निर्णय गरेसँगै प्रदेश सरकार निर्माणका लागि निर्णायक मानिने साना दल कमजोरहुँदै गएको पाइएको छ।

गत असार १७ गते सत्ता सहकार्य गर्ने निर्णय कांग्रेस र एमालेको निर्णयनुसार केन्द्रमा सरकार निर्माण भइसकेको अवस्थामा प्रदेश सरकारमा समेत सरकार निर्माणको कसरत जारी छ।

कांग्रेस–एमालेबीचमै समीकरण हुने संकेत बुझेका प्रदेश सांसदहरु मन्त्री बन्ने लबिङमा केन्द्रीय राजधानी काठमाडौं केन्द्रित भएका छन्। नवनियुक्त मन्त्रीहरुलाई बधाई पनि दिने बहानामा काठमाडौं उत्रिएका प्रदेश सांसदहरु मन्त्री बन्नका लागि काठमाडौंमै बसेर लबिङ गरिरहेका छन्।

केन्द्रमा कांग्रेस–एमालेबीच बनेको समिकरणको नेतृत्व गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएका छन्। आउँदो आइतबार बस्ने प्रतिनधि सभा बैठकमा विश्वासको मत लिने तयारी ओलीको छ। यता केन्द्रमा दुई तिहाईको सरकार बनाउन साना दललाई रिझाउन व्यस्त प्रधानमन्त्री ओली प्रदेश सरकार निर्माणका लागि पनि त्यतिकै हानथाप गरिरहेका छन्।

अस्थिर सुदूरपश्चिम, अल्पमतमा सोडारी

२०७९ सालको निर्वाचनपछि तीन पटक सरकार परिवर्तनभएको सुदूरपश्चिम प्रदेश अस्थिर बन्दै गइरहेको छ। सुरुमा एमालेका राजेन्द्रसिंह रावल, त्यसपछि कांग्रेसका कमलबहादुर शाह र अहिले एकिकृत समाजवादीका नेता दीर्घ बहादुर सोडारी मुख्यमन्त्री छन्।

सोडारी गत वैशाख ६ गते मुख्यमन्त्री भएका थिए। पछिल्लो सत्ता समीकरणका कारण दुई महिना नपुग्दै उनको पद धरापमा परेको छ। उनी अहिले अल्पमतमा छन्। अब मुख्यमन्त्री सोडारीले राजीनामा दिने कि विश्वासको मत लिने भन्ने विषयमा अझै निष्कर्षमा पुग्न सकेका छैनन्।

कर्णालीमा ढुक्क छन् मुख्यमन्त्री यमलाल

कर्णाली प्रदेशमा ढेड वर्षको अवधिमा दुई पटक सरकार परिवर्तन भएको छ। अहिले प्रदेशको मुख्यमन्त्रीमा एमालेका यमलाल कँडेल रहेकाले केन्द्रीय सत्ता परिवर्तनको प्रभाव प्रदेशमा परेको छैन।

अर्को, माओवादीले मुख्यमन्त्री कँडेललाई दिएको समर्थन कायमै राखेका कारण कँडेल ढुक्क छन्। यद्धपी माओवादी केन्द्रले समर्थन फिर्ता लिएको अवस्थामा उनले विश्वासको मत लिनुपर्ने हुन्छ।

तर, माओवादी केन्द्रले समर्थन कायम राख्ने वा नराख्ने भन्ने विषयमा छलफल गरिरहेको छ।

बागमतीमा लामा र बाँनियाको दौडधुप

बागमती प्रदेशमा मुख्यमन्त्री शालिकराम जम्कट्टेलले साउन ६ गते विश्वासको मत लिँदैछन्। त्यसपछि मात्र नयाँ सरकार गठन प्रक्रिया अगाडि बढ्नेछ।

जम्मकट्टेल अल्पमतमा रहे पनि संविधानले दिएको अधिकार प्रयोग गरी विश्वासको मत सामना गर्ने निर्णयमा पुगेका हुन्।

विश्वासको मतको तयारीका विषयमा उनले बुधबार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गरेका थिए।

यता कांग्रेसभित्र संसदीय दलका नेता बहादुर सिंह लामा र इन्द्रबहादुर बानियाँबिच सरकारको नेतृत्व लिन हानथाप छ। केन्द्रबाट हस्तक्षेप नभए वा दलको नेता परिवर्तन नभएको खण्डमा लामा नै मुख्यमन्त्री बन्ने सम्भावना बलियो छ।

गण्डकीमा मुख्यमन्त्री पाण्डेलाई अनुकुल

केन्द्र र अन्य प्रदेश सरकारहरुमा सत्ता फेरबदल र विश्वासको मत लिने झमेला भइरहेका बेला गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे भने आफ्नो नेतृत्वको सरकारले निरन्तरता पाउनेमा ढुक्क देख्निछन्।

केन्द्रमा एमाले–माओवादी गठबन्धन कायम रहँदा नै मुद्दा हालेर प्रदेश सरकारको नेतृत्व पाएका उनले यतिबेला कांग्रेस–एमाले गठबन्धन बनेकाले अझ अनुकूलता महसुस गरेका छन्।

मधेसमा कांग्रेसले बल्ल मान्यो सरकारमा जान

अन्य प्रदेशको तुलनामा कम अस्थिर देखिएको मधेश प्रदेशमा गएको वर्ष पुरै कार्यकाल एकजना मुख्यमन्त्रीले संचालन गरेको भएपनि अहिले डेढ वर्षको अवधीमा दुई सरकार बनिसकेका छन्।

सुरुमा जनता समाजवादी पार्टी (जसपा) नेपालका सरोजकुमार यादव मुख्यमन्त्री भएका थिए।

संघमा चारपटक सत्ता समीकरण फेरबदल हुँदासमेत विश्वासको मत पाउन सफल भएका उनी अन्ततः पार्टी विभाजन भएपछि पदमुक्त भए।

यादवपछि जनमतका नेता सतिशकुमार सिंह जेठ २५ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए। एक महिना नपुग्दै सिंहको सरकार धरापमा परेको थियो। यद्यपि केन्द्रीय सत्ता गठबन्धनले सिंह नेतृत्वको सरकारलाई नै निरन्तरता दिने निर्णय गर्यो।

मुख्यमन्त्री सिंहलाई जनमतसँगै एमाले, कांग्रेस, लोसपा, नागरिक उन्मुक्ति पार्टी लगायतका दलले समर्थन गरेका छन्। तर आफूले दाबी गरेको मन्त्रालय नपाएपछि सरकारमा जान कांग्रेस मानेन। केन्द्रमै यसबारे छलफल भएर बिहीबार बल्ल कांग्रेसबाट सरकारमा प्रतिनिधित्व भएको छ।

कानुनी झमेलामा कोसी

कोसी प्रदेशमा नयाँ सरकार गठनकाबारे अन्योलता छ। कोसीका मुख्यमन्त्री हिक्मतकुमा कार्की नयाँ सरकार गठनका लागि अदालतको आदेशको पुर्णपाठको पखाईमा छन्।

संविधानको धारा १६८(५) बमोजिम वैशाख २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका कार्की संघमा समीकरण बदलिएसँगै अप्ठ्यारोमा परेका हुन्।

मुख्यमन्त्री कार्कीको नियुक्तिविरुद्ध पूर्वमुख्यमन्त्री केदार कार्कीले सर्वोच्च अदालतमा हालेको मुद्दाको पूर्ण पाठ अझै आइसकेको छैन। यस्तो अवस्थामा सरकारमा सहभागी भएको माओवादी केन्द्रले समर्थन फिर्ता लिएको खण्डमा संवैधानिक संकट आउने हो कि भन्ने चिन्तामा मुख्यमन्त्री कार्की छन्।

लुम्बिनीमा कांग्रेस–एमालेलाई सहज

यता लुम्बिनी प्रदेशमा कांग्रेस–एमालेले नै नयाँ सरकार गठनको कसरत सुरु गरेका छन्। केन्द्रीय राजनीतिमा आएको फेरवदललाई आधार मानेर सरकारको नेतृत्वका विषयमा प्रारम्भिक छलफल सुरु भएको छ। दुवै दलका प्रमुख नेताहरूले आपसी ‘लविङ’ भने जारी राखेका छन्।

लुम्बिनीको नेतृत्व एमालेको भागमा परेको भनिएपनि केन्द्रबाट कांग्रेस–एमालेले प्रदेशहरू औपचारिक रुपमा अझै बाँडफाँट गरेका छैनन्। नेतृत्व आफ्नो पक्षमा पार्न कांग्रेस र एमालेका नेताहरू काठमाडौंमा शीर्ष नेताहरूसँग परामर्श गरिरहेका छन्।

एमाले लुम्बिनी प्रदेशका प्रमुख तुलसीप्रसाद चौधरीले शीर्ष नेतृत्वहरूले देशभरका प्रदेशहरुको नेतृत्वको बाँडफाँट गर्ने निर्णय भएकाले माथिबाट टुंगिनासाथ प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्ने जानकारी दिएका छन्। कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले लुम्बिनी प्रदेश सरकारको नेतृत्व कांग्रेसले लिने दावी गरिरहेका छन्।

लुम्बिनीमा एमाले–कांग्रेसको समीकरण अनुसार सहज बहुमत जुट्नेछ। एमाले २९ र कांग्रेसका २७ जना सांसद छन्। सरकार बनाउन ४४ जना सांसद आवश्यक पर्छ। भागवण्डा मिलेको खण्डमा एमालेबाट संसदीय दलका नेता लीला गिरी, कांग्रेसबाट पाए संसदीय दलका नेता डिल्लीबहादुर चौधरी मुख्यमन्त्री बन्ने सम्भावना छ।

The post यसरी हुँदैछ सातै प्रदेशमा नयाँ सरकार निर्माण appeared first on कागजपत्र.

बाघको आक्रमणबाट दाङमा तीन महिला घाइते
तुलसीपुर – दाङमा बाघको आक्रमणबाट तीन महिला घाइते भएका छन्।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले बाघको आक्रमणबाट तुलसीपुर-९ वेलुवाका ४५ वर्षीया कमला केसी, ५३ वर्षीया सीताकुमारी भण्डारी र १८ वर्षीया सरिता भण्डारी घाइते भएका जानकारी दिए।

सोमबार बिहान तुलसीपुर उपमहानगरपालिका-९ स्थित नवदुर्गा सामुदायिक वनमा च्याउ टिप्न जाँदा उनीहरुलाई बाघले आक्रमण गरेको थियो।

केसीको दुवै हातमा सामान्य चोट लागेको छ, त्यस्तै सीताको ढाड र पेटमा तथा सरिताको दायाँ हातमा सामान्य चोट लागेको छ। घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइहरेको छ।

The post बाघको आक्रमणबाट दाङमा तीन महिला घाइते appeared first on कागजपत्र.

जसपाले लियो लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता
बुटवल – जनता समाजवादी पार्टी (जसपा) नेपालले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

पार्टी संसदीय दलकी प्रमुख सचेतक अम्बिका काफ्लेले आज विज्ञप्ति जारी गर्दै प्रतिपक्ष दलको भूमिकामा बस्ने निर्णय भएको जानकारी गराएकी हुन्।

यसअघि गत जेठ ५ गते बसेको पार्टीको लुम्बिनी प्रदेश समितिको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो ।

सोही अनुसार संविधानको धारा १८८ को उपधारा २ बमोजिम जनता समाजवादी पार्टी, नेपाल लुम्बिनी प्रदेश सभा संसदीय दललाई समेत सरकारलाई दिएको समर्थन फिर्ता लिन निर्देशन पार्टीले दिइसकेको विज्ञप्तिमा उल्लेख छ ।

The post जसपाले लियो लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता appeared first on कागजपत्र.