बागमती Archives - कागजपत्र

हेटौंडा अस्पताल अनुगमनपछि मुख्यमन्त्रीको निर्देशन- बिरामीको सेवामा बाधा नपरोस्
बागमती –  इन्द्रबहादुर बानियाँ, बागमती प्रदेशका मुख्यमन्त्री, बुधबार साँझ मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत हेटौंडा अस्पतालको अनुगमन गरेका थिए। अनुगमनको क्रममा ड्युटी समयमा अस्पतालमा डाक्टर र कर्मचारी अनुपस्थित भेटिए।

घटना प्रकाशमा आएपछि बिहीबार मुख्यमन्त्रीको कार्यालयमा मन्त्रालयकी सचिव डा. सुमित्रा गौतम, प्रतिष्ठानका उपकुलपति डा. प्रदीप ज्ञवाली, रजिष्ट्रार तथा अस्पताल अध्यक्ष भीमसागर गुरागाईं, र निमित्त निर्देशक डा. हरिबहादुर खड्कालाई बोलाएर छलफल गरिएको थियो।

मुख्यमन्त्री बानियाँले ड्युटी समयमा अनुपस्थित डाक्टर र कर्मचारीलाई सचेत गराउँदै तत्काल सुधार गर्न निर्देशन दिएका छन्। उनले चेतावनी दिँदै भने, “यदि सुधार नगरेमा प्रदेश सरकारले गैरजिम्मेवार कर्मचारी, डाक्टर र अस्पताल प्रशासनमाथि कारबाही गर्नेछ।”

साथै मुख्यमन्त्रीले बिदामा बसेका कर्मचारीले पनि एक दिनअघि जानकारी दिनुपर्ने, ड्युटी मिलान गर्दा बिरामीको सेवा प्रभावित नहोस् भन्ने व्यवस्था गर्ने, ड्युटी समयमा अनिवार्यरूपमा ड्रेस लगाउने र अस्पतालभित्र सरसफाइमा ध्यान दिने अनुरोध पनि गरेका छन्।

The post हेटौंडा अस्पताल अनुगमनपछि मुख्यमन्त्रीको निर्देशन- बिरामीको सेवामा बाधा नपरोस् appeared first on कागजपत्र.

अझै टुंगो लागेन बागमती प्रदेश सभाको बैठक बस्ने मिति
बागमती – बागमती प्रदेशसभाको रिक्त सभामुख पदमा सत्तारुढ नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले दाबी गरेपछि बागमती प्रदेशसभाको बैठक अनिश्चित बनेको छ ।

जेनजी प्रदर्सनका क्रममा सामाजिक सञ्जालबाट राजीनामा घोषणा गर्नुभएका बागमती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले गत असोज १ गते लिखित राजीनामा दिएपछि सभामुख पद रिक्त भएको हो ।

रिक्त सभामुख पदमा सत्तारुढ दुवै दलले दाबी गरेपछि विगत चार महिनादेखि बागमती प्रदेशसभाको बैठक बस्न सकेको छैन । तत्काल बैठक बस्ने कुनै सूचनासमेत नआएको प्रदेशसभा सचिवालयका सचिव रामकुमार पौडेलले बताए ।

“हामीले बैठकको सबै तयारी गरिसकेका छौँ, तर अहिलेसम्म सरकारबाट बैठकको कुनै सूचना आइपुगेको छैन”, सचिव पौडेलले भने, “बैठकको सूचना आउनासाथ हामी त्यसमा जुट्छौँ ।” गत कात्तिकको दोस्रो साता नै प्रदेशसभाको बैठक बोलाउने तयारी भएको थियो, त्यसका लागि अस्थायी रूपमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडिको मुख्यमन्त्री सभाहललाई मर्मतसम्भार र रङरोगन गरी तयार पार्यौँ, तर बैठक नै आह्वान हुन नसकेको उनले बताए ।

अहिलेसम्म प्रदेशसभा बैठकका लागि सरकारबाट कुनै जानकारी नआएकाले बैठक निश्चित नभएको सचिव पौडेलको भनाइ छ । सरकारको सिफारिसमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले यही मङ्सिर ३ गते रातिबाट प्रदेशसभाको अधिवेशन अन्त्य गरेका थिए । तर रिक्त सभामुख पदमा सत्तारुढ दुवै दलबीच सहमति नहँुदा सरकारले बैठक नबोलाएको हुनसक्ने सचिव पौडेलको अनुमान छ ।

प्रदेशसभाको बैठक बोलाएको १५ दिनभित्र सभामुख चयन गर्नुपर्ने कानुनी व्यवस्था छ । त्यसैले सत्तारुढ दलबीच सभामुखमा सहमति नजुटेसम्म प्रदेशसभाको बैठक नबोलाउने रणनीतिमा सरकार रहेको सचिव पौडेलले बताए ।

सभामुखमा कांग्रेस र एमाले दुवै दलले दाबी गर्दै आएका छन् । कांग्रेसबाट मुख्यमन्त्री भएकाले सभामुखमा आफ्नो पार्टीको दाबी स्वाभाविक भएको एमाले संसदीय दलका प्रमुख सचेतक एकलाल श्रेष्ठले बताए । “दुई पार्टीबीचमा सरकार बनेको छ, कांग्रेसले मुख्यमन्त्री पाएपछि सभामुख एमालेलाई दिनुपर्छ भन्ने हाम्रो धारणा हो”, श्रेष्ठले भने, “त्यसमा कुनै विवाद नरहेकाले यसलाई अगाडि बढाउनुपर्छ, यस विषयमा कांग्रेस र एमालेबीच कुनै विवाद छैन, केबल अड्कलबाजीमात्र हो”, उनले भने ।

यता कांग्रेस बागमती प्रदेश संसदीय दलका मुख्य सचेतक पुकार महर्जनले सत्तारुढ दलहरूबीच सभामुख पदमा आआफ्नै दाबी रहेकाले सहमति हुन नसकेको बताए । “एमालेले पनि सभामुख हामीलाई चाहियो भनिरहेको छ, हामीले अबको केही महिनापछि मुख्यमन्त्री एमालेलाई दिनुपर्ने भएकाले सभामुख कांग्रेसलाई दिनुपर्ने भनिरहेका छौँ ।” यस विषयमा सत्तारुढ दलबीच छलफल भइरहेकाले अब छिट्टै सहमति भएर प्रदेशसभाको बैठक बोलाइने प्रयास भइरहेको उनको कथन छ ।

The post अझै टुंगो लागेन बागमती प्रदेश सभाको बैठक बस्ने मिति appeared first on कागजपत्र.

बागमती प्रदेश कांग्रेस संसदीय दलको नयाँ नेता छान्न आज मतदान
मकवानपुर – नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेताको चयनका लागि निर्वाचन कार्यक्रम सार्वजनिक गरिएको छ। निर्वाचन समितिका संयोजक हरिशरण श्रेष्ठका अनुसार आज मतदान हुनेगरी कार्यतालिका तय गरिएको हो ।

निर्वाचन कार्यक्रम अनुसार, मतदाता नामावली आज बिहान ८ बजे प्रकाशित हुनेछ। नामावलीमा दाबी–विरोध गर्न बिहान ८:३० देखि ९ बजेसम्मको समय तोकिएको छ।

उम्मेदवारका लागि दरखास्त दर्ता बिहान १० देखि ११ बजेसम्म हुने छ भने प्रारम्भिक नामावली ११:३० बजे सार्वजनिक गरिनेछ। उम्मेदवारी फिर्ताको समय दिउँसो १२ बजेसम्म तोकिएको छ।

अन्तिम उम्मेदवारको नामावली दिउँसो १ बजे प्रकाशन गरिनेछ र मतदान आजै दिउँसो २ बजेदेखि ३ बजेसम्म हुनेछ। मतदान कांग्रेस बागमती प्रदेश संसदीय दलको कार्यालय, हेटौंडामा हुनेछ।

मतदानका लागि प्रदेशसभा सचिवालयबाट जारी गरिएको परिचय पत्र अनिवार्य गरिएको छ । मतदानपछि तत्कालै मतगणना सुरु हुने र सोही दिन नतिजा सार्वजनिक गरिने निर्वाचन समितिले जानकारी दिएको छ।

मंगलबार गठन गरिएको समितिमा संयोजक श्रेष्ठसहित ऋषिराम घिमिरे र जीवन ढुङ्गेल सदस्य छन्।

The post बागमती प्रदेश कांग्रेस संसदीय दलको नयाँ नेता छान्न आज मतदान appeared first on कागजपत्र.

बागमती प्रदेशको हिँउदे अधिवेशन अन्त्य हुँदै
हेटौंडा – बागमती सरकारले हिँउदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ।

बुधबार बिहान बसेको मन्त्री परिषद्को बैठकले २० चैतको राति १२ बजे सभाको हिउँदे अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको हो।

सरकार र विपक्षी दलबीच सांसदका योजनामा बजेट थप गर्ने पूर्वसहमति कार्यान्वयनका विषयमा उत्पन्न विवाद बढ्दै जाँदा बागमती प्रदेश सभा बैठक प्रभावित भएको थियो ।

मंगलबार बोलाइएको सर्वदलीय बैठकमा गरिएको सहमतिको प्रयास असफल भएपछि बैठक बस्न सकेको थिएन।

प्रदेश सभाको यो अधिवेशन गत माघ १५ गते शुरु भएको थियो।

The post बागमती प्रदेशको हिँउदे अधिवेशन अन्त्य हुँदै appeared first on कागजपत्र.

नदी किनारमा थुप्रिएको फोहोर सफा गर्दै ललितपुर महानगर
ललितपुर – ललितपुर महानगरले आगामी शनिबार बाढीपहिरोले नदी किनारमा थुपारेको फोहोर सफा गर्ने भएको छ।

महानगरले सोमबार आयोजना गरेको नदी किनारामा थुप्रिएको फोहोरमैला सरसफाइसम्बन्धी तयारी बैठकमा महानगरप्रमुख चिरिबाबु महर्जनले गत असोज ११ र १२ गतेको अविरल वर्षाका कारण आएको बाढीले बगाएर ल्याएको प्लास्टिक, कपडा र कागजलगायत फोहोर संकलन गर्ने र नदी किनारा सफा गर्ने काम शनिबारदेखि सञ्चालन गर्ने जानकारी दिए।

‘शनिबार बिहान ७ बजे हामी सबै तोकिएका फरकफरक ठाउँमा जम्मा हुन्छौँ, बाढीले छरपष्ट रूपमा रहेका प्लास्टिक, कागज र कपडा संकलन गरेर सफा गर्नेछौँ, नदी किनारा सफा नभएसम्म निरन्तर काम गर्छौँ’, महर्जनले भने। उनले असोज ११ र १२ गतेको बाढीले अन्यत्रबाट बगाएर ल्याएका फोहोरले ललितपुर सहर र यहाँको मुख्य नदी किनाराको सौन्दर्य बिगारेकाले सरसफाइ थालिएको बताए।

‘नख्खु र वाग्मती नदीको किनारालाई प्लास्टिकले छपक्कै छोप्दा असरल्ल देखिएको छ, यसले नगरको सौन्दर्य हराउँदै गएको छ। नगरलाई पुरानो अवस्थामा फर्काउन सरसफाइ अभियान सञ्चालन गर्न लागेका छौँ’, महानगर प्रमुख महर्जनले भने।

फोहोर संकलनका लागि ज्यापु समाज ललितपुर, यल नेवा समाज, जिल्ला बहुउद्देश्यीय संघ ललितपुर, सहकारी संघ ललितपुरलगायत विभिन्न संघसंस्था, सामाजिक संघसंस्थाले आफ्ना प्रतिनिधि परिचालन गर्ने प्रतिबद्धता जनाएका छन्। महानगरको सरसफाइ कार्यक्रममा नगर प्रहरी, कर्मचारी पनि सहभागी हुने जानकारी दिइएको थियो। साथै महानगरले सफाइ अभियानमा सहभागी हुन सबैलाई आह्वान गरेको छ।

उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले बाढीले महानगरकोे सौन्दर्य ह्रास ल्याएको बताउँदै सहरी सौन्दर्य कायम राख्नुका साथै वातावरण संरक्षण गर्ने दायित्व सबैको भएको बताए। ‘बाढीबाट कम प्रभावित वडाले बढी प्रभावितसँग हातेमालो गर्नुपर्ने आवश्यकता छ, कसले गर्छ भनेर हेर्ने अहिलेको समय हैन, हामी सबैले मिलेर गर्नुपर्छ। स्वच्छता र सुन्दरता कायम नभएसम्म सफाइको अभियान निरन्तर चल्नेछ’, उनले भने।

ललितपुरका प्रमुख जिल्ला अधिकारी तुल्सीबहादुर श्रेष्ठले सरसफाइ अभियानमा जुट्न सबैलाई अनुरोध गरे। ‘प्रभावित स्थलको निरीक्षणमा जाँदा सहरको सौन्दर्य हराउँदै गएको पायौँ। साथै फोहोरले विभिन्न सङ्क्रमण फैलिन सक्ने भएकाले अभियानमार्फत सरसफाइ थालेका हौँ। जिल्ला सुरक्षा समितिमार्फत सुरक्षाकर्मीहरुलाई परिचालित गर्नेछौँ। भएको जनशक्ति र स्रोतको परिचालन गरेर काम गर्ने, अवरुद्ध बाटो खुलाउने, राहत वितरण गर्ने काम भइरहको छ’, उनले भने।

महानगरका प्रवक्ता एवं वडा नं ९ का वडाध्यक्ष राजु महर्जनले विभिन्न स्थानमा समूह विभाजन गरेर स्वयंसेवक परिचालन गरिने जानकारी दिए। ललितपुर महानगरका वडा नं ५, ६, १२, १६, १५, १९, २० बाहेक अन्य वडा बाढीबाट प्रभावित छन्।

बाढीले बगाएर ल्याएर नख्खु र बाग्मती नदीको किनारामा थुपारेको फोहोर हटाउनका लागि दुई हजारभन्दा बढी स्वयंसेवक खटिने उनले जानकारी दिए।

The post नदी किनारमा थुप्रिएको फोहोर सफा गर्दै ललितपुर महानगर appeared first on कागजपत्र.

बागमतीका मुख्यमन्त्रीले पाए विश्वासको मत
काठमाडौँ – बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले प्रदेश सभाको बहुमत अर्थात् ६४ सांसदको मत पाएका छन् ।

मंगलबार प्रदेश सभा बैठकमा मुख्यमन्त्री लामाले संविधानको धारा १६८ को उपधारा (४) तथा प्रदेश सभा नियमावली २०७४ को नियम १४३ को उपनियम (१) बमोजिम विश्वासको मत लिनका लागि प्रस्ताव पेस गरेका थिए ।

११० सदस्यीय प्रदेश सभामा सरकार गठनका लागि ५६ सांसदको समर्थन आवश्यक हुन्छ । नेपाली काँग्रेसका ३७ र नेकपा एमालेका २७ सांसदले प्रस्तावको पक्षमा मत दिएका छन् ।

नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी राप्रपा, हाम्रो नेपाली पार्टीका गरी ३५ सांसदले प्रस्तावको विपक्षमा मत दिएका छन् ।

नेमकिपा तटस्थ बसेको छ । आजको प्रदेशसभा बैठकमा १०३ जना सांसद उपस्थित थिए ।

The post बागमतीका मुख्यमन्त्रीले पाए विश्वासको मत appeared first on कागजपत्र.

आज विश्वासको मत लिँदै बागमती मुख्यमन्त्री लामा
मकवानपुर – बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिं लामाले आज विश्वासको मत लिने भएका छन्।

नेकपा एमाले र नेपाली कांग्रेस गठबन्धनबाट लामा ८ साउनमा मुख्यमन्त्री नियुक्त भएका थिए। लामाले आज विश्वासको मत लिने पत्र प्रदेशसभा सचिवालय हेटौंडामा १३ साउनमा दर्ता गराएका थिए। विश्वासको मत लिने प्रयोजनका लागि प्रदेश सभाको बैठक आज अपरान्ह तीन बजेका लागि बोलाइएको छ।

मुख्यमन्त्री नियुक्त भएका उनले ३० दिनभित्र संसद्बाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । सोहीनुसार मुख्यमन्त्री लामाले विश्वासको मत लिने प्रस्ताव संसद् सचिवालयमा दर्ता गराएका हुन्।

मुख्यमन्त्री लामाले नेपालको संविधानको धारा १६८ को उपधारा ४ तथा प्रदेशसभा नियमावली २०७४ को नियम १४३ को उपनियम १ बमोजिम संसद्बाट विश्वासको मत लिने तयारी गरेका हुन्।

साउन १२ मा एक जना बिनाविभागीयमन्त्रीसहित सरकारलाई पूर्णता दिएका मुख्यमन्त्री लामालाई एमालेका २७ र कांग्रेसका ३७ सांसदको समर्थन रहेको छ।

The post आज विश्वासको मत लिँदै बागमती मुख्यमन्त्री लामा appeared first on कागजपत्र.

बागमतीमा कांग्रेसका चार मन्त्रीले लिए शपथ
हेटौंडा – बागमती प्रदेशमा कांग्रेसका चारजना मन्त्रीले शपथ लिएका छन् । प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज शनिबार हरिप्रभा खड्गी, सुरजचन्द्र लामिछाने, मिनकृष्ण महर्जन र विमल ठकुरीलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

मुख्यमन्त्री बहादुरसिंह लामाले मन्त्री हेरफेर गरेका छन । लामाले आफ्नै दल कांग्रेसका मन्त्रीहरूको जिम्मेवारी हेरफेरसँगै नयाँलाई जिम्मेवारी दिएर आज शपथ गराइएको हो ।

उनले सामाजिक विकास मन्त्रालयमा हरिप्रभा खड्गीलाई नियुक्त गरेका छन् । सुरजचन्द्रलाई आन्तरिक मामिला तथा कानुन, मीनकृष्णलाई युवा तथा खेलकुद र विमललाई संस्कृति पर्यटन तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिएका छन् ।

मुख्यमन्त्री लामाले बिहीवार आर्थिक मामिला तथा योजनामन्त्री नियुक्त भएका रसुवाका प्रभात तामाङलाई हटाएर कुन्दनराज काफ्लेलाई जिम्मेवारी दिएका छन् ।

बुधबार विनाविभागीय मन्त्रीको शपथ लिएका काफ्लेलाई मुख्यमन्त्री लामाले बिहीबार नै सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिएका थिए । तर, काफ्लेले आर्थिक मामिला मन्त्रालय माग्दै शपथ कार्यक्रम रोक्न दबाव

दिएका थिए ।

लामाले काफ्लेलाई आर्थिक मामिला पठाएसँगै रिक्त रहेको सामाजिक विकास मन्त्रालयमा हरिप्रभा पुगेकी हुन् । यसअघि महिलालाई मन्त्री नबनाएको भन्दै कांग्रेसभित्र विवाद चर्किएको थियो ।

The post बागमतीमा कांग्रेसका चार मन्त्रीले लिए शपथ appeared first on कागजपत्र.

बागमती मुख्यमन्त्री लामाको शपथ आज, मन्त्रिपरिषद्लाई आजै पूर्णता दिने
काठमाडौं – बागमतीमा नव नियुक्त मुख्यमन्त्री बहादुरसिं लामा (तामाङ)ले आज पद तथा गोपनीयताको शपथ आज लिँदै छन्।

नवनियुक्त मुख्यमन्त्री लामाले बिहान ११ बजे शपथ लिने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।

मुख्यमन्त्री लामाले आजै कांग्रेसबाट सात र एमालेका ६ गरी १३ सदस्यीय मन्त्रिपरिषद् गठन गर्ने तयारी गरेको कांग्रेस संसदीय दलका सचेतक गोविन्दप्रसाद लम्सालले बताएका छन्।

को-को बन्दैछन् मन्त्री ?

बागमती प्रदेश सरकारमा एमालेको तर्फबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरूको टुङ्गो लागेको छ। एमाले संसदीय दलले सरकारमा जाने मन्त्रीहरुसहित मन्त्रालयको टुङ्गो लगाएको संसदीय दलका नेता जगन्नाथ थपलियाले जानकारी दिए।

एमालेले प्रकाश श्रेष्ठ कृषि तथा पशुपन्छी विकास मन्त्रालय, किरण थापाले स्वास्थ्य मन्त्रालय, कृष्ण सिलवालले वन तथा वातावरण मन्त्रालय, अमन मास्केले भौतिक पूर्वाधार विकास मन्त्रालय, सुकमाया तामाङले उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्रालय र प्रेमभक्त महर्जनले श्रम, रोजगार तथा यातायात मन्त्रालयको जिम्मेवारी पाउने भएका छन्।

मन्त्रालय बाँडफाँटअनुसार कांग्रेसले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, सामाजिक विकास मन्त्रालय, खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय, संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय र आन्तरिक मामिला तथा कानुन मन्त्रालय पाउने भएको छ। का्रग्रेसले भने अझै मन्त्रीको टुंगो लगाउन सकेको छैन।

The post बागमती मुख्यमन्त्री लामाको शपथ आज, मन्त्रिपरिषद्लाई आजै पूर्णता दिने appeared first on कागजपत्र.

बागमतीको मुख्यमन्त्रीमा बहादुरसिंह लामा नियुक्त
काठमाडौं – बागमती प्रदेशको मुख्यमन्त्रीमा बहादुरसिंह लामा नियुक्त भएका छन् ।

मंगलबार प्रदेश प्रमुख यादव चन्द्र शर्माले लामालाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । लामाले आज नै बागमतीको मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए । उनलाई कांग्रेसका ३७ र एमालेका २७ गरी ६४ जना सांसदको समर्थन रहेको छ ।

मुख्यमन्त्री लामाले भोलि बिहान ११ बजे पद तथा गोपनीयताको शपथ लिने पनि बताईको छ ।

कूल १३ वटा मन्त्रालय रहेको बागमतीमा कांग्रेसले मुख्यमन्त्रीसिहत ७ र एमालेले ६ वटा मन्त्रालय पाउने सहमति भएको बताइएको छ ।

The post बागमतीको मुख्यमन्त्रीमा बहादुरसिंह लामा नियुक्त appeared first on कागजपत्र.

बागमती : मुख्यमन्त्रीमा कांग्रेसका बहादुरसिंहको दाबी पेश
काठमाडौं – बागमती प्रदेशका मुख्यमन्त्रीमा नेपाली कांग्रेसका बहादुर सिंह लामाले दाबी पेश गरेका छन् ।

मंगलबार लामाले एमालेको समर्थनसहित देश प्रमुख यादवचन्द्र शर्मा समक्ष मुख्यमन्त्रीका लागि दाबी पेश गरेका हुन् ।

उनीसँग कांग्रेसका ३७ र एमालेका २७ गरी कुल ६४ सांसदको समर्थन रहेको छ ।

The post बागमती : मुख्यमन्त्रीमा कांग्रेसका बहादुरसिंहको दाबी पेश appeared first on कागजपत्र.

बागमती मन्त्रालय बाँडफाँट : कांग्रेसका सात र एमालेका छ मन्त्रालय
बागमती – बागमती सरकारमा नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)बीच मन्त्रालय बाँडफाँट भएको छ ।

कांग्रेसले आर्थिक मामिला तथा योजना मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, सामाजिक विकास मन्त्रालय, संस्कृति पर्यटन तथा सहकारी मन्त्रालय, श्रम रोजगार तथा यातायात मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालय लिने सहमति भएको नेपाली कांग्रेस संसदीय दलका सचेतक गोविन्दप्रसाद लम्सालले जानकारी दिए ।

एमालेले भौतिक पूर्वाधार मन्त्रालय, खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, स्वास्थ्य मन्त्रालय, उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्रालय, कृषि तथा पशुपंक्षी विकास मन्त्रालय लिने सहमति भएको उनले बताए ।

The post बागमती मन्त्रालय बाँडफाँट : कांग्रेसका सात र एमालेका छ मन्त्रालय appeared first on कागजपत्र.