काेशी Archives - कागजपत्र

कोशीमा पनि बन्यो एमाले-कांग्रेसको संयन्त्र
विराटनगर – कोशी प्रदेशमा पनि सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेसले संयन्त्र बनाएका छन् ।  प्रदेश सरकारका काम प्रभावकारीरुपमा गर्न एमाले र कांग्रेसले दुई दलीय संयन्त्र बनाएको बताएका छन् ।

संयन्त्रले सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने, जनमुखी, सुशासन प्रवद्र्धन तथा प्रदेश सरकारको कामलाई प्रभावकारी बनाउने सम्बन्धमा कोशी प्रदेश सरकारका मन्त्रीहरुसँग छलफल गर्ने बताइएको छ ।

दुई दलीय संयन्त्रमा एमालेबाट पूर्वमुख्यमन्त्री शेरधन राई, मुख्यमन्त्री हिक्मतकुमार कार्की र प्रदेश अध्यक्ष घनश्याम खतिवडा रहेका छन् भने कांग्रेसबाट प्रदेश सभापति उद्धव थापा, महामन्त्रीद्वय भूपेन्द्र राई र उमेश थापा रहेका छन् ।

यस अघि संघीय सरकारलाई प्रभावकारी बनाउन एमाले-कांग्रेसले केन्द्रमा पनि संयन्त्र बनाएका थिए भने त्यस्तो संयन्त्र प्रदेश र स्थानीय तहसम्म बनाउने निर्णय समेत गरेका थिए ।

The post कोशीमा पनि बन्यो एमाले-कांग्रेसको संयन्त्र appeared first on कागजपत्र.

माओवादीको विरोध सरकारमा नहुनुको छटपटी होः प्रधानमन्त्री ओली
विराटनगर – प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र) को विरोध  र आन्दोलन सरकारमा नरहनुको छटपटी भएको बताएका छन् ।

विराटनगरमा सोमबार साँझ पत्रकारहरुको जिज्ञाशामा प्रधानमन्त्री ओलीले हुँदै नभएका कतिपय विषयलाई अनावश्यक विवादको मुद्धा बनाउन नहुने पनि जोड दिए ।

अमेरिकी स्टेट सपोर्ट प्रोग्राम (एसपिपी) मा सरकारले सम्झौताको तयारी गरेर राष्ट्र र राष्ट्रियतालाई कमजोर पार्न खोजेको भन्ने प्रमुख प्रतिपक्षी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को आरोपका सम्बन्धमा नेकपा (एमाले) का अध्यक्षसमेत रहेका प्रधानन्त्री ओलीले अहिले एसपिपीको कुनै कुरा वा चर्चा नै नभएको जवाफ दिए ।

संविधान संशोधनका लागि आयोग गठन हुन्छ भन्ने प्रश्नमा प्रधानमन्त्री ओलीले यो विषय संसद्को विषय भएकाले आयोग गठन गरिरहनु नपर्ने जनाए ।

सरकारको निर्देशनबमोजिम नेपाल विद्युत् प्राधिकरणले लाइन काटिएका उद्योगमा लाइन जोडिएको छैन नि भन्ने प्रश्नमा प्रधानमन्त्री ओलीले भने, ‘नजोडिएको भए हेर्दै जाउँ । हामी उद्योग र कलकारखानालाई काम गर्न सक्ने र आर्थिक समृद्धिका लागि आवश्यक काम गर्दै जानेछौँ ।’

The post माओवादीको विरोध सरकारमा नहुनुको छटपटी होः प्रधानमन्त्री ओली appeared first on कागजपत्र.

कोशी प्रदेशसभाले दियो अधिकारी पक्राउ परेको जानकारी, सांसदबाट निलम्बित
विराटनगर – कोशी प्रदेश सरकार पूर्वमन्त्री तथा एमाले नेता लीलाबल्लभ अधिकारी पक्राउ परेको विषयमा कोशी प्रदेशसभाले सूचना टाँस गरेर जानकारी दिएको छ ।

कोशी प्रदेश सभाले प्रदेशसभा नियमावलीको नियम १९० को उपनियम २ अनुसार जानकारी दिएको उल्लेख छ ।

मानव बेचबिखनको आरोपमा अनुसन्धानका लागि प्रहरीले आइतबार अधिकारीलाई विराटनगरबाट पक्राउ गरि काठमाडौँ ल्याएको छ ।

उनलाई यस अघि एमालेले पार्टीको सबै जिम्मेवारीसहित साधारण सदस्यबाट समेत निलम्बन गरेको छ ।

प्रदेश सभाले सूचना टाँस गरेर जानकारी दिएसँगै अधिकारी प्रदेश सांसदबाट निलम्बित भएका छन् ।

The post कोशी प्रदेशसभाले दियो अधिकारी पक्राउ परेको जानकारी, सांसदबाट निलम्बित appeared first on कागजपत्र.

एमालेले गर्‍यो मानव तस्करीको आरोप लागेका पूर्वमन्त्री अधिकारीलाई निलम्बन
काठमाडौं – मानव तस्करीको आरोप लागेका कोशी प्रदेशका तत्कालीन आन्तरिक मामिला मन्त्री लिलाबल्लभ अधिकारीलाई नेकपा एमालेले कारबाही गरेको छ।

पार्टीका कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडाले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै अधिकारीलाई लागेको आरोप निरुपण नभएसम्मका लागि पार्टीका कुनै पनि तहमा रहन नपाउने गरी कारबाही गरिएको हो।

उनलाई राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद सदस्य र पार्टीको संगठित सदस्यताबाट समेत निलम्बन गरिएको विज्ञप्तिमा उल्लेख छ।

एमालेले अधिकारीको भ्रमणसँग जोडिएर लागेको मानव तस्करीजस्तो गम्भीर आरोपका सम्बन्धमा शीघ्र छानबिन तथा गहिरो अनुसन्धान गरी सत्य तथ्य सार्वजनिक गर्न पनि सरकारसँग माग गरेको छ।

मन्त्रालयसँग सम्बन्धित नभएका व्यक्ति नक्कली परिचयपत्रसहित जापान लिएर गएपछि जापानको अध्यागमनले अधिकारीसहित चारै जनालाई ४८ घण्टा विमानस्थलमै रोकेर फर्काइदिएको थियो। नेपाल आइसकेपछि अधिकारीसँगै जापान गएका तीन जनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ भने अधिकारी अनुसन्धानमा तानिएका छैनन्।

उनले आफूलाई मानव तस्कर गिरोहले प्रयोग गरेको र आफैंले यो विषय प्रहरीलाई सूचना दिई अनुसन्धान गर्न लगाएको बताउँदै आएका छन्। उनी संघीय सरकारबाट भ्रमण स्वीकृत नगराइ विदेश गएकाले पनि उनको भ्रमणलाई शङ्कास्पद मानिएको छ।

आरोप लागेसँगै उनले मन्त्री पदबाट भने राजीनामा दिइसकेका छन्।

The post एमालेले गर्‍यो मानव तस्करीको आरोप लागेका पूर्वमन्त्री अधिकारीलाई निलम्बन appeared first on कागजपत्र.

कोशीमा दसैंभर २६९ दुर्घटना, १४ जनाको मृत्यु
इनरुवा– दसैंमा कोशी प्रदेशमा दुई सय ६९ वटा सवारी दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी सुनसरीले बिहीबार पत्रकार सम्मेलन आयोजना गरी दसैँको अवधिमा कोशी प्रदेशमा दुई सय ६९ वटा सवारी दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको जनाएको छ ।

घटस्थापनादेखि असोज २९ गतेसम्म भएको दुर्घटनामा १३ पुरुष र एक जना महिलाको मृत्यु भएको सुनसरीका प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरेले जानकारी दिए। दुर्घटनामा सबैभन्दा बढी मोरङमा र सबैभन्दा कम धनकुटा र खोटाङमा मृत्यु भएको उनले बताए।

प्रहरी उपरीक्षक घिमिरेका अनुसार मोरङमा ९५ ठाउँमा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छभने १६ जना घाइते भएका छन् । सुनसरीमा ६५ ठाउँमा सवारी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छभने सात जना घाइते भएका छन् । झापामा ७२ वटा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । त्यसैगरी धनकुटा र खोटाङमा एक(एक जनाको मृत्यु भएको छ ।

बाह्र दिनमा सात हजार पाँच सय ९१ वटा सवारी कारबाहीमा परेका छन् भने रु ५१ लाख ९५ हजार पाँच सय राजस्व संकलन भएको छ । आर्थिक वर्ष २०७९(८० मा कोशी प्रदेशमा दसैँका बेलामा छ दिनमा एक सय ३५ वटा सवारी दुर्घटना भएको थियो ।

The post कोशीमा दसैंभर २६९ दुर्घटना, १४ जनाको मृत्यु appeared first on कागजपत्र.

आज विश्वासको मत लिँदै कोशी मुख्यमन्त्री कार्की
विराटनगर – कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले फेरी विश्वासको मत लिने भएका छन् ।

आज अपराहन्न १ बजे बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने भएका छन् ।

माओवादी केन्द्रको समर्थनमा मुख्यमन्त्री बनेका कार्कीले माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि फेरी विश्वासको मत लिन लागेका हुन् । माओवादीले यहि भदौ १४ गते समर्थन फिर्ता लिएको थियो ।

केन्द्रमा एमाले- कांग्रेसको नयाँ गठबन्धन बनेपछि प्रदेशको पनि सत्ता समीकरण परिवर्तन भएको थियो । अहिले केन्द्रको समीकरण अनुसार नै प्रदेशमा एमाले-कांग्रेसको सरकार रहेको छ ।

९३ सदस्यीय कोशी प्रदेशसभामा नेकपा एमालेका ४० र नेपाली कांग्रेसका २९ गरि ६९ सांसद रहेका छन् । त्यस्तै प्रदेशमा माओवादी केन्द्रका १३, राप्रपाका ६, एकीकृत समाजवादीका ४ र जसपा नेपालका एक सांसद रहेका छन् ।

The post आज विश्वासको मत लिँदै कोशी मुख्यमन्त्री कार्की appeared first on कागजपत्र.

अनशनमा पूर्व मुख्यमन्त्री कार्की !
विराटनगर – कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले आजदेखि अनशन शुरु गर्ने भएका छन् । वर्तमान सरकारले आफ्नो कार्यकालमा घोषणा भएका कार्यक्रम कटौती गरेको भन्दै उनी आमरण अनशन लागेका हुन् ।

उनले गत आइतबार प्रदेश सभाबाटै मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई ४८ घन्टे ध्यानाकर्षण पत्र पठाएका थिए । कार्कीले आज दिउँसो ४ बजेदेखि आमरण अनशन बस्न लागेका हुन् ।

उनले विराटनगरको देवकोटा चौकस्थित कोशी प्रदेश सभा परिसरमा अनशन बस्ने तयारी गरेका छन्। आफ्नो माग पूरा नभएसम्म अनशनबाट पछि नहट्ने उनले बताएका छन् ।

उनी आफ्नो कार्यकालमा घोषणा भएका १० वर्षमुनिका बालबालिकालाई निःशुल्क उपचार घोषणा, शैलजा आचार्य हृदयरोग अस्पताल सञ्चालन, हात्तीसहित सबै जंगली जनावरको संरक्षणका लागि जनावरमैत्री जंगल अभियान, महिला स्वयंसेविकालाई प्रोत्साहन कार्यक्रम, विराटनगरमा केसलिया करिडोर निर्माण लगायतका कार्यक्रम वर्तमान सरकारले कटौती गरेको आरोप लगाउँदै अनशनमा बस्न लागेका हुन् ।

The post अनशनमा पूर्व मुख्यमन्त्री कार्की ! appeared first on कागजपत्र.

कोशीमा माओवादी ‘ब्याक’, सरकारलाई दिएको समर्थन फिर्ता
काठमाडौं – नेकपा माओवादी केन्द्रले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

शुक्रबार माओवादी कोशी प्रदेश संसदीय दलले सरकारलाई दिइएको समर्थन फिर्ता लिएको जानकारी गराएको हो ।

केन्द्रमा कांग्रेस-एमाले को गठबन्धन बनेपछि कोशीमा एमालेकै सरकार रहेपनि कांग्रेस भने अहिलेसम्म सरकारमा गएको छैन । आपसी भागबण्डामा कुरा नमिलेको भन्दै काँग्रेसले सरकारमा जान आनाकानी गरिरहेको छ ।

The post कोशीमा माओवादी ‘ब्याक’, सरकारलाई दिएको समर्थन फिर्ता appeared first on कागजपत्र.

कोशी प्रदेश सभाको बैठक आज बस्दै
विराटनगर – कोशी प्रदेशसभाको पाँचौँ अधिवेशनको १४औँ बैठक आज दिउँसो १ बजे बस्ने भएको छ ।

कोशी प्रदेशसभा नियमावली, २०७४ को नियम ६ को उपनियम ३ बमोजिम बैठक बस्न लागेको कोशी प्रदेशसभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए ।

गत असार ८ गते १३औँ बैठक बसेपछि अर्को सूचना जारी नभएसम्मका लागि कोशी प्रदेशसभाको बैठक स्थगन भएको थियो ।

The post कोशी प्रदेश सभाको बैठक आज बस्दै appeared first on कागजपत्र.

कर्णाली र कोशी प्रदेशमा आज सार्वजनिक बिदा
काठमाडौं – कर्णाली र कोशी प्रदेशमा आज सार्वजनिक बिदा छ ।

कर्णाली प्रदेश सरकारको आन्तरिक मामिला मन्त्रालयले नागपञ्चमीको अवसरमा प्रदेशस्थित सबै सरकारी तथा सार्वजनिक संघसंस्थाहरुमा सार्वजनिक बिदा दिइएको भन्दै सूचना जारी गरेको छ ।

यसैगरी कोशीले आदिवासी जनजाति दिवसको अवसरमा र कर्णाली प्रदेशले नागपञ्चमीको अवसरमा सार्वजनिक बिदा दिएका हुन् ।

कोशी प्रदेश सरकारको बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले विश्व आदिवासी दिवसको अवसरमा २५ साउनमा प्रदेशमा एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीले जानकारी दिए ।

The post कर्णाली र कोशी प्रदेशमा आज सार्वजनिक बिदा appeared first on कागजपत्र.

यसरी हुँदैछ सातै प्रदेशमा नयाँ सरकार निर्माण
काठमाडौं – केन्द्रमा संसदका दुई ठूला दल नेपाली कांग्रेस र एमालेको समीकरण बनेसँगै सातै प्रदेश सरकारमा शीर्ष दुई दलकै समीकरण बन्ने निश्चित भएको छ।

दुई ठूला दलले सत्ता सहकार्यको निर्णय गरेसँगै प्रदेश सरकार निर्माणका लागि निर्णायक मानिने साना दल कमजोरहुँदै गएको पाइएको छ।

गत असार १७ गते सत्ता सहकार्य गर्ने निर्णय कांग्रेस र एमालेको निर्णयनुसार केन्द्रमा सरकार निर्माण भइसकेको अवस्थामा प्रदेश सरकारमा समेत सरकार निर्माणको कसरत जारी छ।

कांग्रेस–एमालेबीचमै समीकरण हुने संकेत बुझेका प्रदेश सांसदहरु मन्त्री बन्ने लबिङमा केन्द्रीय राजधानी काठमाडौं केन्द्रित भएका छन्। नवनियुक्त मन्त्रीहरुलाई बधाई पनि दिने बहानामा काठमाडौं उत्रिएका प्रदेश सांसदहरु मन्त्री बन्नका लागि काठमाडौंमै बसेर लबिङ गरिरहेका छन्।

केन्द्रमा कांग्रेस–एमालेबीच बनेको समिकरणको नेतृत्व गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएका छन्। आउँदो आइतबार बस्ने प्रतिनधि सभा बैठकमा विश्वासको मत लिने तयारी ओलीको छ। यता केन्द्रमा दुई तिहाईको सरकार बनाउन साना दललाई रिझाउन व्यस्त प्रधानमन्त्री ओली प्रदेश सरकार निर्माणका लागि पनि त्यतिकै हानथाप गरिरहेका छन्।

अस्थिर सुदूरपश्चिम, अल्पमतमा सोडारी

२०७९ सालको निर्वाचनपछि तीन पटक सरकार परिवर्तनभएको सुदूरपश्चिम प्रदेश अस्थिर बन्दै गइरहेको छ। सुरुमा एमालेका राजेन्द्रसिंह रावल, त्यसपछि कांग्रेसका कमलबहादुर शाह र अहिले एकिकृत समाजवादीका नेता दीर्घ बहादुर सोडारी मुख्यमन्त्री छन्।

सोडारी गत वैशाख ६ गते मुख्यमन्त्री भएका थिए। पछिल्लो सत्ता समीकरणका कारण दुई महिना नपुग्दै उनको पद धरापमा परेको छ। उनी अहिले अल्पमतमा छन्। अब मुख्यमन्त्री सोडारीले राजीनामा दिने कि विश्वासको मत लिने भन्ने विषयमा अझै निष्कर्षमा पुग्न सकेका छैनन्।

कर्णालीमा ढुक्क छन् मुख्यमन्त्री यमलाल

कर्णाली प्रदेशमा ढेड वर्षको अवधिमा दुई पटक सरकार परिवर्तन भएको छ। अहिले प्रदेशको मुख्यमन्त्रीमा एमालेका यमलाल कँडेल रहेकाले केन्द्रीय सत्ता परिवर्तनको प्रभाव प्रदेशमा परेको छैन।

अर्को, माओवादीले मुख्यमन्त्री कँडेललाई दिएको समर्थन कायमै राखेका कारण कँडेल ढुक्क छन्। यद्धपी माओवादी केन्द्रले समर्थन फिर्ता लिएको अवस्थामा उनले विश्वासको मत लिनुपर्ने हुन्छ।

तर, माओवादी केन्द्रले समर्थन कायम राख्ने वा नराख्ने भन्ने विषयमा छलफल गरिरहेको छ।

बागमतीमा लामा र बाँनियाको दौडधुप

बागमती प्रदेशमा मुख्यमन्त्री शालिकराम जम्कट्टेलले साउन ६ गते विश्वासको मत लिँदैछन्। त्यसपछि मात्र नयाँ सरकार गठन प्रक्रिया अगाडि बढ्नेछ।

जम्मकट्टेल अल्पमतमा रहे पनि संविधानले दिएको अधिकार प्रयोग गरी विश्वासको मत सामना गर्ने निर्णयमा पुगेका हुन्।

विश्वासको मतको तयारीका विषयमा उनले बुधबार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गरेका थिए।

यता कांग्रेसभित्र संसदीय दलका नेता बहादुर सिंह लामा र इन्द्रबहादुर बानियाँबिच सरकारको नेतृत्व लिन हानथाप छ। केन्द्रबाट हस्तक्षेप नभए वा दलको नेता परिवर्तन नभएको खण्डमा लामा नै मुख्यमन्त्री बन्ने सम्भावना बलियो छ।

गण्डकीमा मुख्यमन्त्री पाण्डेलाई अनुकुल

केन्द्र र अन्य प्रदेश सरकारहरुमा सत्ता फेरबदल र विश्वासको मत लिने झमेला भइरहेका बेला गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे भने आफ्नो नेतृत्वको सरकारले निरन्तरता पाउनेमा ढुक्क देख्निछन्।

केन्द्रमा एमाले–माओवादी गठबन्धन कायम रहँदा नै मुद्दा हालेर प्रदेश सरकारको नेतृत्व पाएका उनले यतिबेला कांग्रेस–एमाले गठबन्धन बनेकाले अझ अनुकूलता महसुस गरेका छन्।

मधेसमा कांग्रेसले बल्ल मान्यो सरकारमा जान

अन्य प्रदेशको तुलनामा कम अस्थिर देखिएको मधेश प्रदेशमा गएको वर्ष पुरै कार्यकाल एकजना मुख्यमन्त्रीले संचालन गरेको भएपनि अहिले डेढ वर्षको अवधीमा दुई सरकार बनिसकेका छन्।

सुरुमा जनता समाजवादी पार्टी (जसपा) नेपालका सरोजकुमार यादव मुख्यमन्त्री भएका थिए।

संघमा चारपटक सत्ता समीकरण फेरबदल हुँदासमेत विश्वासको मत पाउन सफल भएका उनी अन्ततः पार्टी विभाजन भएपछि पदमुक्त भए।

यादवपछि जनमतका नेता सतिशकुमार सिंह जेठ २५ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए। एक महिना नपुग्दै सिंहको सरकार धरापमा परेको थियो। यद्यपि केन्द्रीय सत्ता गठबन्धनले सिंह नेतृत्वको सरकारलाई नै निरन्तरता दिने निर्णय गर्यो।

मुख्यमन्त्री सिंहलाई जनमतसँगै एमाले, कांग्रेस, लोसपा, नागरिक उन्मुक्ति पार्टी लगायतका दलले समर्थन गरेका छन्। तर आफूले दाबी गरेको मन्त्रालय नपाएपछि सरकारमा जान कांग्रेस मानेन। केन्द्रमै यसबारे छलफल भएर बिहीबार बल्ल कांग्रेसबाट सरकारमा प्रतिनिधित्व भएको छ।

कानुनी झमेलामा कोसी

कोसी प्रदेशमा नयाँ सरकार गठनकाबारे अन्योलता छ। कोसीका मुख्यमन्त्री हिक्मतकुमा कार्की नयाँ सरकार गठनका लागि अदालतको आदेशको पुर्णपाठको पखाईमा छन्।

संविधानको धारा १६८(५) बमोजिम वैशाख २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका कार्की संघमा समीकरण बदलिएसँगै अप्ठ्यारोमा परेका हुन्।

मुख्यमन्त्री कार्कीको नियुक्तिविरुद्ध पूर्वमुख्यमन्त्री केदार कार्कीले सर्वोच्च अदालतमा हालेको मुद्दाको पूर्ण पाठ अझै आइसकेको छैन। यस्तो अवस्थामा सरकारमा सहभागी भएको माओवादी केन्द्रले समर्थन फिर्ता लिएको खण्डमा संवैधानिक संकट आउने हो कि भन्ने चिन्तामा मुख्यमन्त्री कार्की छन्।

लुम्बिनीमा कांग्रेस–एमालेलाई सहज

यता लुम्बिनी प्रदेशमा कांग्रेस–एमालेले नै नयाँ सरकार गठनको कसरत सुरु गरेका छन्। केन्द्रीय राजनीतिमा आएको फेरवदललाई आधार मानेर सरकारको नेतृत्वका विषयमा प्रारम्भिक छलफल सुरु भएको छ। दुवै दलका प्रमुख नेताहरूले आपसी ‘लविङ’ भने जारी राखेका छन्।

लुम्बिनीको नेतृत्व एमालेको भागमा परेको भनिएपनि केन्द्रबाट कांग्रेस–एमालेले प्रदेशहरू औपचारिक रुपमा अझै बाँडफाँट गरेका छैनन्। नेतृत्व आफ्नो पक्षमा पार्न कांग्रेस र एमालेका नेताहरू काठमाडौंमा शीर्ष नेताहरूसँग परामर्श गरिरहेका छन्।

एमाले लुम्बिनी प्रदेशका प्रमुख तुलसीप्रसाद चौधरीले शीर्ष नेतृत्वहरूले देशभरका प्रदेशहरुको नेतृत्वको बाँडफाँट गर्ने निर्णय भएकाले माथिबाट टुंगिनासाथ प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्ने जानकारी दिएका छन्। कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले लुम्बिनी प्रदेश सरकारको नेतृत्व कांग्रेसले लिने दावी गरिरहेका छन्।

लुम्बिनीमा एमाले–कांग्रेसको समीकरण अनुसार सहज बहुमत जुट्नेछ। एमाले २९ र कांग्रेसका २७ जना सांसद छन्। सरकार बनाउन ४४ जना सांसद आवश्यक पर्छ। भागवण्डा मिलेको खण्डमा एमालेबाट संसदीय दलका नेता लीला गिरी, कांग्रेसबाट पाए संसदीय दलका नेता डिल्लीबहादुर चौधरी मुख्यमन्त्री बन्ने सम्भावना छ।

The post यसरी हुँदैछ सातै प्रदेशमा नयाँ सरकार निर्माण appeared first on कागजपत्र.

कोशीमा सरकार पुनर्गठनको तयारी, माओवादी हटाएर कांग्रेस इन्ट्री हुँदै
काठमाडौं – कोशी प्रदेशमा सरकार पुनर्गठनको तयारी भएको छ ।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीले माओवादी केन्द्रलाई हटाएर कांग्रेसलाई सरकारमा सामेल गराउने तयारी गरेका हुन् । केन्द्रमा कांग्रेस-एमालेको गठबन्धन बनेसँगै त्यसको असर प्रदेशमा समेत परेको छ ।

हाल कोशीमा एमाले र माओवादी केन्द्र सरकारमा छन् भने नेकपा एकीकृत समाजवादी र जसपाले समर्थन जनाएका छन् । माओवादीले तीन मन्त्री र एक राज्यमन्त्री पाएको छ । पर्यटन, वन तथा वातावरण मन्त्रीमा नारायण बुर्जा मगर, स्वास्थ्यमा राजेन्द्र कार्की, भौतिक पूर्वाधार मन्त्रीमा गणेश उप्रेती र बन्दना झाँगर पर्यटन राज्यमन्त्री रहेका छन् ।

मुख्यमन्त्री कार्कीले माओवादी केन्द्रमा मन्त्रीलाई राजीनामा दिन सन्देश पठाएको र राजीनामा नदिए बर्खास्त गर्ने भएका छन् । अर्कोतर्फ माओवादी केन्द्रका मन्त्रीहरुले केन्द्रको निर्देशन अनुसार निर्णय लिने बताएका छन् ।

The post कोशीमा सरकार पुनर्गठनको तयारी, माओवादी हटाएर कांग्रेस इन्ट्री हुँदै appeared first on कागजपत्र.