देश-प्रदेश Archives - कागजपत्र

यूएईमा मृत्युदण्ड सजाय सुनाइएका भुवन र पहलमान स्वदेश फर्किए
काठमाडौं – संयुक्त अरब एमिरेट्स (यूएई) मा मृत्युदण्ड सुनाइएका ओखलढुंगाको चिसङ्खुगढीका भुवन श्रेष्ठ र धादिङका पहलमान थापा मगर नेपाल फर्किएका छन् । उनीहरुले हत्या गरेको भनिएका पीडित परिवारलाई ब्लडमनी बुझाएर नेपाल फर्किएका हुन् ।

भुवन गत बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेका हुन भने पहलमान थापामगर बुधबार बिहान काठमाडौं आइपुगेका हुन् ।

भुवन र पहलमानलाई नेपालीकै हत्या अभियोगमा युएईको अदालतले दोषि ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको थियो ।

उनीहरूले नवलपरासीको मध्यबिन्दु-११ का बाबुराम आले मगरको हत्या गरेको आरोप छ । युएईको कानुन अनुसार पीडित परिवारले अदालतले दिने सजायमा रोज्न पाउँछन् । कसुरदारलाई मृत्युदण्ड नै दिने कि, त्यसबापत रकम तिराउने (ब्लडमनी)भनेर अदालतले पीडित परिवारलाई सोध्छ । भुवन र पहलमानका परिवारको आग्रहपछि मृतक बाबुरामका परिवारले ब्लडमनी स्वीकार गरे ।

बिहान त्रिभुवन विमानस्थलमा ओर्लदै पहलमानले आफूहरुले हत्या नगरेको भएपनि झुटो आरोपमा फसाइएको बताए । मृत्यु भएको साँझसँगै रक्सि पिएको भएपनि त्यसपछि आ–आफ्नो कोठामा गएको र त्यसको तीन घण्टापछि मृत भेटिएको बताए ।

पहलमानले भने, ‘हामी साँझसँगै बसेर रक्सि पिएका थियौं । जुन–जुलाईको समय भएकाले त्यहाँ धेरे गर्मी थियो । बाबुराम धेरै नै रक्सि खाएर रुममा गएको थियो । रुममा गएको तीन–चार घण्टापछि आफैँ मरेको हो । त्यस घटनामा ५ जनालाई पक्राउ गरेको भएपनि अरु तीन जना पहिले नेपाल फर्किएका थिए । हामी दुई जना ६ वर्षपछि ब्लड मनि बुझाएर नेपाल फर्किएका हौं ।’

उनीहरु मेडिकल व्यवसायी दुर्गा प्रसाईंलगायतका अभियान्ताको सहयोगमा नेपाल फर्कन पाएका हुन् । उनीहरु दुवईको जेलमा रहेको र उद्धार गर्न संसदमा समेत प्रश्न उठेको छ ।

The post यूएईमा मृत्युदण्ड सजाय सुनाइएका भुवन र पहलमान स्वदेश फर्किए appeared first on कागजपत्र.

नेपालको विकास प्रयासमा सघाउने चिनियाँ चाहना
काठमाडौं – नेपालका लागि चिनियाँ राजदूत छन सोङले नेपालको आर्थिक–सामाजिक विकासका निम्ति सक्दो सहयोग गर्न चीन तयार रहेको बताएका छन् । चाइना मिडिया ग्रुप र साइनो नेपाल मिडिया सोसाइटीद्वारा आज यहाँ आयोजित कार्यक्रममा उनले नेपालको आर्थिक विकास चीनको चाहना भएको बताए ।

राजदूत सोङले बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) अन्तर्गतका परियोजना नेपालको हितमा रहेका बताउँदै चिनियाँ कम्युनिष्ट पार्र्टीको २०औँ केन्द्रीय समितिको तेस्रो राष्ट्रिय बैठकले निर्दिष्ट गरेका सुधार योजना नेपाललगायत छिमेकी देशका लागि महत्वपूर्ण रहेको बताए । उनले सुधारका योजनाबाट दुवै देशका जनता लाभान्वित हुने विश्वास व्यक्त गरे ।

“यी सुधारका उपायले चीन र नेपाललाई हिमालय पारि सम्पूर्ण तवरले जोड्ने सञ्जाल निर्माणलाई चाँडो अगाडि बढाउन, कृषि, उद्योग, व्यापार, ‘डिजिटल टेक्नोलोजी’, ऊर्जा, पर्यटन क्षेत्रको क्षमता विस्तारमा उपयोगी हुनेछन् । यसबाट नेपाललाई समृद्धिका अवसर प्राप्त हुनेछ”, राजदूत छनले भने ।

फरक प्रसङ्गमा उनले चिनियाँ कम्युनिष्ट पार्टीको बीसौँ केन्द्रीय समितिको तेस्रो बैठकले चीनको निरन्तर सुधार र खुलापनको सन्देश प्रवाह गरेको बताए ।

The post नेपालको विकास प्रयासमा सघाउने चिनियाँ चाहना appeared first on कागजपत्र.

कुबेतमा अलपत्र परेका ४ जना नेपालीको उद्धार
काठमाडौ । कुबेतमा अलपत्र परेका ४ जना नेपालीको उद्धार भएको छ ।

एजेन्टले कुबेतमा ल्याएर ३/४ महिनादेखि अलपत्र पारेका उनीहरूलाई उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति एंव पूर्व खानेपानी मन्त्री अब्दुल खानको पहलमा उद्धार गरिएको हो ।

नवलपरासी घर भएका ९ जना मध्य ४ जनालाई उद्धार गरि नेपाल फिर्ता ल्याइएको पूर्वमन्त्री खानका स्वकिय सचिव इन्जिनियर अतिउल्लाह मुसलमान (अश्मिर) ले बताए ।

उनले अन्य ५ जनाको उद्धारका लागि पनि पहल भई रहेको जानकारी दिए ।

The post कुबेतमा अलपत्र परेका ४ जना नेपालीको उद्धार appeared first on कागजपत्र.

साइप्रसमा दुई नेपालीमाथि छुरा प्रहार
साइप्रस- साइप्रसमा दुई नेपालीमाथि छुरा प्रहार भएको छ ।

लिमासोलको आयोस एन्ड्रियास क्षेत्रमा आइतबार बिहान करिब चार बजे रगतले लतपतिएको अवस्थामा दुई नेपाली घाइते अवस्थामा भेटिएको साइप्रसको एक सञ्चारमाध्यमले जनाएको छ ।

उनीहरूमध्ये एकजना ३३ वर्षीय र अर्का २५ वर्षीय युवक भएको जनाइएको छ । घाइतेमध्ये एकजनाको अवस्था चिन्ताजनक छ । लिमाजोल जनरल अस्पतालको इन्टेन्सिभ केयर युनिटमा उनको उपचार भइरहेको छ ।

स्थानीय सिटी सीआईडीले घटनाको अध्ययन गरिरहेको छ । आक्रमणकारीको पहिचान हुन नसकेको जनाइएको छ ।

The post साइप्रसमा दुई नेपालीमाथि छुरा प्रहार appeared first on कागजपत्र.

प्रदेश सरकारको विषयमा कांग्रेसभित्र किचलो, देउवा-कोइराला दूरी बढ्दै
काठमाडौं – केन्द्रमा नयाँ सत्ता समीकरण बनेसँगै प्रदेशमा पनि नयाँ समीकरण अनुसार सरकार निर्माण हुनेक्रम चलिरहेको छ । तर, प्रदेशमा नयाँ सरकार गठनका विषयलाई लिएर नेपाली कांग्रेसभित्र असन्तुष्टि बढेको छ ।

सभापति शेरबहादुर देउवाले प्रदेश सरकार गठन र मन्त्रीहरुको नाम सिफारिस गर्नेक्रममा एकलौटी गरेको भन्दै बरिष्ठ नेता डा.शेखर कोइराला समूहले असन्तुष्टि व्यक्त गरेको छ । सरकार गठन र पठाउने मन्त्रीहरुका सवालमा देउवाले अहिलेसम्म कोइरालासँग कुनै प्रकारको सल्लाह र समन्वय नगरेको इतर समूहका नेताहरुले बताएका छन् ।

प्रदेश सरकार गठन र आफ्नो समूहको सहभागीताबारे हिजो २०८१ श्रावण ८ गते मंगलबार दिउसो बिशालनगरस्थित आफ्नो सम्पर्क कार्यालयमा बृहत अन्तरक्रिया गर्दै अन्य प्रदेशको सरकार गठनमा आफ्नो समूहलाई सल्लाह र समन्वय नगरे देउवाको एकल निर्णय अस्वीकार गर्ने चेतावनी दिएको छ ।

डा कोइरालाले उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा र लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनसँग छलफल गरेका थिए । छलफलमा कोशीमा–२ वाग्मतीमा–३ गण्डकीमा २, लुम्बिनीमा, २, कर्णालीमा, १ र सुदूरपश्चिममा, १ जना मन्त्री आफ्नो समूहलाई दिनुपर्ने निष्कर्ष निकालेको थियो।

बैठक सकिएलगत्तै डा. कोइरालाले सभापति देउवालाई फोन गरेर आफ्नो समूहको धारणा सुनाएको कोइरालाको निजी सचिवालयले जानकारी दिएको छ । सचिवालय स्रोतले भन्यो, ‘कोइराला–देउवा संवादपछि अहिलेसम्म सभापतिबाट कुनै जवाफ आएको छैन । र, विभिन्न प्रदेशमा भईरहेको सरकार गठनबारे सञ्चार माध्यममा आएका समाचारबाहेक कोइराला पूर्ण रुपमा बेखबर हुनुहुन्छ ।’

यता, कांग्रेसका महामन्त्रीद्वयले सभापति देउवालाई लिखित ध्यानाकर्षण बुझाउने भएका छन् ।

महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले सभापति देउवालाई भेटेर लिखित रूपमा विभिन्न विषयमा ध्यानाकर्षण गराउने तयारी गरेका हुन् ।

महामन्त्रीद्वयले मन्त्रिपरिषद् विस्तार गर्दा समावेशितालाई ख्याल नगरेको‚ विवादित र स्वार्थ बाझिने सांसदहरूलाई मन्त्री बनाएको विषयमा ध्यानाकर्षण गराउने तयारी गरेका हुन् ।

कोइराला समूहलाई वाइपास गर्दै देउवाले वुधबार बागमती र लुम्बिनीमा नयाँ समीकरण अनुसार गठन भएको सरकारमा एकलौटी रुपमा मन्त्रीहरुको नाम सिफारिस गरेका छन् । बागमती प्रदेशमा कांग्रेस नेता बहादुर सिंह लामाको नेतृत्वमा नयाँ मन्त्रिमण्डल बनेको छ भने लुम्बिनीमा एमालेका चेतनारायण आचार्यको नेतृत्वमा सरकार गठन भएको छ ।

The post प्रदेश सरकारको विषयमा कांग्रेसभित्र किचलो, देउवा-कोइराला दूरी बढ्दै appeared first on कागजपत्र.

भारतमा ज्वेलर्स पसलमा चोरी गर्न लागेको आरोपमा ४ नेपाली पक्राउ
बेंगालुरु- भारतको बेंगालुरुस्थित भगवथी बैंकर्स एण्ड ज्वेलर्सको पसलमा चोरी गर्न लागेकाे आरोपमा चारजना नेपाली पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ४२ वर्षिय दीपककुमार ठाकुर, ४२ वर्षकै मनोज सिंह, २८ वर्षिय बीम बहादुर शाही र २४ वर्षिय विवेक शाही भएको जनाइएको छ ।

उनीहरुले पसलको भित्तोमा ड्रिलिङ गरिरहेको थाहा पाएपछि पसलका मालिकले प्रहरीलाई खबर गरेका थिए ।

उनीहरू  यसअघि पनि चोरी काण्डमा परेर पक्राउ परेकोमा दुई हप्ता अघि मात्रै छुटेका थिए । गएको जुनमा उनीहरुले एक घरमा समेत चोरी गरेका थिए ।

The post भारतमा ज्वेलर्स पसलमा चोरी गर्न लागेको आरोपमा ४ नेपाली पक्राउ appeared first on कागजपत्र.

परराष्ट्रले भन्यो: बंगलादेशमा रहेका नेपाली विद्यार्थीहरु सुरक्षित छन्
काठमाडौं – सरकारले बंगलादेशमा रहेका नेपाली विद्यार्थीहरु सुरक्षित रहेको जानकारी दिएको छ।

परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै बङ्गलादेशमा विकसित पछिल्लो घटनाक्रममा सन्दर्भमा त्यहाँ अध्ययनरत सम्पूर्ण नेपाली विद्यार्थीहरूको सुरक्षा तथा हित सुनिश्चित गर्ने तर्फ नेपाल सरकार पूर्णरुपमा सचेत रहेको उल्लेख गर्दै नेपाली विद्यार्थीहरु सुरक्षित रहेको उल्लेख गरेको छ।

मन्त्रालयले ढाकास्थित दुताबासको नम्बर जारी गर्दै आवश्यक परेमा कुनै पनि समयमा यी नम्बरमा सम्पर्क गर्न सकिने उल्लेख गरेको छ।

मन्त्रालयले भनेको छ-

बङ्गलादेशमा विकसित पछिल्लो घटनाक्रममा सन्दर्भमा त्यहाँ अध्ययनरत सम्पूर्ण नेपाली विद्यार्थीहरूको सुरक्षा तथा हित सुनिश्चित गर्ने तर्फ नेपाल सरकार पूर्णरुपमा सचेत छ। हालसम्म सम्बन्धित विश्वविद्यालय, कलेज तथा ढाकास्थित नेपाली राजदूतावास समेतको सहयोग र समन्वयमा नेपाली विद्यार्थीहरू सुरक्षित रहेको तथा उहाँहरूको थप सहजताका लागि निरन्तर प्रयत्न भइरहेको छ।

तत्कालै थप कुनै सहयोग आवश्यक परेमा नेपाली विद्यार्थी तथा उहाँहरूका अभिभावक एवं आफन्तहरूले ढाकास्थित नेपाली राजदूतावासको देहायको नम्बरमा जुनसुकै समयमा सम्पर्क गर्न सक्नुहुनेछः

योजना बम्जन, द्वितीय सचिवः +८८०१८८०६९१०१३

रिया क्षेत्रीः +८८०१७४५४०७९५८

The post परराष्ट्रले भन्यो: बंगलादेशमा रहेका नेपाली विद्यार्थीहरु सुरक्षित छन् appeared first on कागजपत्र.

बंगलादेशमा इन्टरनेट सेवा बन्द, स्वदेश फर्कंदैछन् नेपाली विद्यार्थी
काठमाडौं-  बंगलादेशमा हिंसा भड्किएपछि इन्टरनेट सेवा बन्द गरिएकाे छ । जसका कारण  त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीहरूसँगको सम्पर्क टुटेको छ ।

आरक्षणको विरोधमा गरेको  प्रदर्शन हिंसात्मक बन्दै गएपछि बंगलादेश सरकारले इन्टरनेट तथा टेलिफोन सेवा बन्द गरेको हो ।

यसैबीच असुरक्षित महसुस गरेका नेपाली विद्यार्थीहरु नेपाल फर्किंदै छन्। हालसम्म ४०० जनाजति नेपाली विद्यार्थीहरू स्वदेश फर्किसकेको बताइएको छ । ढाकास्थित नेपाली दूतावासले कतिपय विद्यार्थी भने नेपाल फर्किएको र केहि विद्यार्थी सडक मार्गबाट भारत हुँदै नेपाल फर्किँदै गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

तर, हवाई मार्गबाट आउन खोज्ने विद्यार्थीको हकमा भने इन्टरनेट सेवा बन्द हुँदा हवाई टिकट काट्न समस्या भएको बताइएकाे छ ।  बंगलादेशमा ३ हजार ५ सयदेखि ४ हजारको हाराहारी नेपाली विद्यार्थी छन् ।

केही दिनदेखि आरक्षणको विरोधमा बंगलादेशमा जारी हिंसामा कम्तीमा २५ जनाको ज्यान गएको र सयौँ घाइते भएको बताइएको छ ।

The post बंगलादेशमा इन्टरनेट सेवा बन्द, स्वदेश फर्कंदैछन् नेपाली विद्यार्थी appeared first on कागजपत्र.

माइक्रोसफ्टको सर्भर डाउन: विश्वभरका एयरलाइन्स, बैंक र दुरसञ्चार सेवा प्रभावित
काठमाडौं – माइक्रोसफ्टको सर्भर डाउन भएपछि शुक्रबार विश्वभरका धेरै बैंक, एयरलाइन्स र दूरसञ्चार सेवाको काम अचानक ठप्प भएको छ।

साथै धेरै टिभी र प्रसारण कम्पनीहरूको प्रसारण पनि बन्द भएको छ। माइक्रोसफ्टको सर्भर डाउन भएका कारण यो समस्या देखिएको हो। माइक्रोसफ्टले यसलाई ठीक गर्न प्रयास गरिरहेको बताएको छ।

सूचना प्रविधि प्रणालीमा खराबीका कारण सिड्नी विमानस्थल र युनाइटेड एयरलाइन्सका जहाजको उडान अवरुद्ध भएको छ।

अमेरिकाको युनाइटेड, डेल्टा र अमेरिकन एयरलाइन्सले विश्वभर आफ्नो उडान बन्द गरेका छन्। हाल उडानमा रहेका उडानबाहेक अहिले कुनै पनि जहाजले उडान नगर्ने भएका छन्।

माइक्रोसफ्टले माइक्रोसफ्ट ३६५ एप र अन्य सेवाहरूमा प्रयोगकर्ताहरूलाई समस्या भएको र अहिले समस्याको अनुसन्धानर समाधानको प्रयास गरिरहेको जनाएको छ।

अहिलेसम्म के समस्या आएको हो भन्ने स्पष्ट नभएपनि अस्ट्रेलियाको गृहमन्त्रालयलेले ग्लोबल साइबर सेक्युरिटी फर्म क्राउडस्ट्राइकमा समस्या आएको बताएको छ।

The post माइक्रोसफ्टको सर्भर डाउन: विश्वभरका एयरलाइन्स, बैंक र दुरसञ्चार सेवा प्रभावित appeared first on कागजपत्र.

यसरी हुँदैछ सातै प्रदेशमा नयाँ सरकार निर्माण
काठमाडौं – केन्द्रमा संसदका दुई ठूला दल नेपाली कांग्रेस र एमालेको समीकरण बनेसँगै सातै प्रदेश सरकारमा शीर्ष दुई दलकै समीकरण बन्ने निश्चित भएको छ।

दुई ठूला दलले सत्ता सहकार्यको निर्णय गरेसँगै प्रदेश सरकार निर्माणका लागि निर्णायक मानिने साना दल कमजोरहुँदै गएको पाइएको छ।

गत असार १७ गते सत्ता सहकार्य गर्ने निर्णय कांग्रेस र एमालेको निर्णयनुसार केन्द्रमा सरकार निर्माण भइसकेको अवस्थामा प्रदेश सरकारमा समेत सरकार निर्माणको कसरत जारी छ।

कांग्रेस–एमालेबीचमै समीकरण हुने संकेत बुझेका प्रदेश सांसदहरु मन्त्री बन्ने लबिङमा केन्द्रीय राजधानी काठमाडौं केन्द्रित भएका छन्। नवनियुक्त मन्त्रीहरुलाई बधाई पनि दिने बहानामा काठमाडौं उत्रिएका प्रदेश सांसदहरु मन्त्री बन्नका लागि काठमाडौंमै बसेर लबिङ गरिरहेका छन्।

केन्द्रमा कांग्रेस–एमालेबीच बनेको समिकरणको नेतृत्व गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएका छन्। आउँदो आइतबार बस्ने प्रतिनधि सभा बैठकमा विश्वासको मत लिने तयारी ओलीको छ। यता केन्द्रमा दुई तिहाईको सरकार बनाउन साना दललाई रिझाउन व्यस्त प्रधानमन्त्री ओली प्रदेश सरकार निर्माणका लागि पनि त्यतिकै हानथाप गरिरहेका छन्।

अस्थिर सुदूरपश्चिम, अल्पमतमा सोडारी

२०७९ सालको निर्वाचनपछि तीन पटक सरकार परिवर्तनभएको सुदूरपश्चिम प्रदेश अस्थिर बन्दै गइरहेको छ। सुरुमा एमालेका राजेन्द्रसिंह रावल, त्यसपछि कांग्रेसका कमलबहादुर शाह र अहिले एकिकृत समाजवादीका नेता दीर्घ बहादुर सोडारी मुख्यमन्त्री छन्।

सोडारी गत वैशाख ६ गते मुख्यमन्त्री भएका थिए। पछिल्लो सत्ता समीकरणका कारण दुई महिना नपुग्दै उनको पद धरापमा परेको छ। उनी अहिले अल्पमतमा छन्। अब मुख्यमन्त्री सोडारीले राजीनामा दिने कि विश्वासको मत लिने भन्ने विषयमा अझै निष्कर्षमा पुग्न सकेका छैनन्।

कर्णालीमा ढुक्क छन् मुख्यमन्त्री यमलाल

कर्णाली प्रदेशमा ढेड वर्षको अवधिमा दुई पटक सरकार परिवर्तन भएको छ। अहिले प्रदेशको मुख्यमन्त्रीमा एमालेका यमलाल कँडेल रहेकाले केन्द्रीय सत्ता परिवर्तनको प्रभाव प्रदेशमा परेको छैन।

अर्को, माओवादीले मुख्यमन्त्री कँडेललाई दिएको समर्थन कायमै राखेका कारण कँडेल ढुक्क छन्। यद्धपी माओवादी केन्द्रले समर्थन फिर्ता लिएको अवस्थामा उनले विश्वासको मत लिनुपर्ने हुन्छ।

तर, माओवादी केन्द्रले समर्थन कायम राख्ने वा नराख्ने भन्ने विषयमा छलफल गरिरहेको छ।

बागमतीमा लामा र बाँनियाको दौडधुप

बागमती प्रदेशमा मुख्यमन्त्री शालिकराम जम्कट्टेलले साउन ६ गते विश्वासको मत लिँदैछन्। त्यसपछि मात्र नयाँ सरकार गठन प्रक्रिया अगाडि बढ्नेछ।

जम्मकट्टेल अल्पमतमा रहे पनि संविधानले दिएको अधिकार प्रयोग गरी विश्वासको मत सामना गर्ने निर्णयमा पुगेका हुन्।

विश्वासको मतको तयारीका विषयमा उनले बुधबार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गरेका थिए।

यता कांग्रेसभित्र संसदीय दलका नेता बहादुर सिंह लामा र इन्द्रबहादुर बानियाँबिच सरकारको नेतृत्व लिन हानथाप छ। केन्द्रबाट हस्तक्षेप नभए वा दलको नेता परिवर्तन नभएको खण्डमा लामा नै मुख्यमन्त्री बन्ने सम्भावना बलियो छ।

गण्डकीमा मुख्यमन्त्री पाण्डेलाई अनुकुल

केन्द्र र अन्य प्रदेश सरकारहरुमा सत्ता फेरबदल र विश्वासको मत लिने झमेला भइरहेका बेला गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे भने आफ्नो नेतृत्वको सरकारले निरन्तरता पाउनेमा ढुक्क देख्निछन्।

केन्द्रमा एमाले–माओवादी गठबन्धन कायम रहँदा नै मुद्दा हालेर प्रदेश सरकारको नेतृत्व पाएका उनले यतिबेला कांग्रेस–एमाले गठबन्धन बनेकाले अझ अनुकूलता महसुस गरेका छन्।

मधेसमा कांग्रेसले बल्ल मान्यो सरकारमा जान

अन्य प्रदेशको तुलनामा कम अस्थिर देखिएको मधेश प्रदेशमा गएको वर्ष पुरै कार्यकाल एकजना मुख्यमन्त्रीले संचालन गरेको भएपनि अहिले डेढ वर्षको अवधीमा दुई सरकार बनिसकेका छन्।

सुरुमा जनता समाजवादी पार्टी (जसपा) नेपालका सरोजकुमार यादव मुख्यमन्त्री भएका थिए।

संघमा चारपटक सत्ता समीकरण फेरबदल हुँदासमेत विश्वासको मत पाउन सफल भएका उनी अन्ततः पार्टी विभाजन भएपछि पदमुक्त भए।

यादवपछि जनमतका नेता सतिशकुमार सिंह जेठ २५ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए। एक महिना नपुग्दै सिंहको सरकार धरापमा परेको थियो। यद्यपि केन्द्रीय सत्ता गठबन्धनले सिंह नेतृत्वको सरकारलाई नै निरन्तरता दिने निर्णय गर्यो।

मुख्यमन्त्री सिंहलाई जनमतसँगै एमाले, कांग्रेस, लोसपा, नागरिक उन्मुक्ति पार्टी लगायतका दलले समर्थन गरेका छन्। तर आफूले दाबी गरेको मन्त्रालय नपाएपछि सरकारमा जान कांग्रेस मानेन। केन्द्रमै यसबारे छलफल भएर बिहीबार बल्ल कांग्रेसबाट सरकारमा प्रतिनिधित्व भएको छ।

कानुनी झमेलामा कोसी

कोसी प्रदेशमा नयाँ सरकार गठनकाबारे अन्योलता छ। कोसीका मुख्यमन्त्री हिक्मतकुमा कार्की नयाँ सरकार गठनका लागि अदालतको आदेशको पुर्णपाठको पखाईमा छन्।

संविधानको धारा १६८(५) बमोजिम वैशाख २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका कार्की संघमा समीकरण बदलिएसँगै अप्ठ्यारोमा परेका हुन्।

मुख्यमन्त्री कार्कीको नियुक्तिविरुद्ध पूर्वमुख्यमन्त्री केदार कार्कीले सर्वोच्च अदालतमा हालेको मुद्दाको पूर्ण पाठ अझै आइसकेको छैन। यस्तो अवस्थामा सरकारमा सहभागी भएको माओवादी केन्द्रले समर्थन फिर्ता लिएको खण्डमा संवैधानिक संकट आउने हो कि भन्ने चिन्तामा मुख्यमन्त्री कार्की छन्।

लुम्बिनीमा कांग्रेस–एमालेलाई सहज

यता लुम्बिनी प्रदेशमा कांग्रेस–एमालेले नै नयाँ सरकार गठनको कसरत सुरु गरेका छन्। केन्द्रीय राजनीतिमा आएको फेरवदललाई आधार मानेर सरकारको नेतृत्वका विषयमा प्रारम्भिक छलफल सुरु भएको छ। दुवै दलका प्रमुख नेताहरूले आपसी ‘लविङ’ भने जारी राखेका छन्।

लुम्बिनीको नेतृत्व एमालेको भागमा परेको भनिएपनि केन्द्रबाट कांग्रेस–एमालेले प्रदेशहरू औपचारिक रुपमा अझै बाँडफाँट गरेका छैनन्। नेतृत्व आफ्नो पक्षमा पार्न कांग्रेस र एमालेका नेताहरू काठमाडौंमा शीर्ष नेताहरूसँग परामर्श गरिरहेका छन्।

एमाले लुम्बिनी प्रदेशका प्रमुख तुलसीप्रसाद चौधरीले शीर्ष नेतृत्वहरूले देशभरका प्रदेशहरुको नेतृत्वको बाँडफाँट गर्ने निर्णय भएकाले माथिबाट टुंगिनासाथ प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्ने जानकारी दिएका छन्। कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले लुम्बिनी प्रदेश सरकारको नेतृत्व कांग्रेसले लिने दावी गरिरहेका छन्।

लुम्बिनीमा एमाले–कांग्रेसको समीकरण अनुसार सहज बहुमत जुट्नेछ। एमाले २९ र कांग्रेसका २७ जना सांसद छन्। सरकार बनाउन ४४ जना सांसद आवश्यक पर्छ। भागवण्डा मिलेको खण्डमा एमालेबाट संसदीय दलका नेता लीला गिरी, कांग्रेसबाट पाए संसदीय दलका नेता डिल्लीबहादुर चौधरी मुख्यमन्त्री बन्ने सम्भावना छ।

The post यसरी हुँदैछ सातै प्रदेशमा नयाँ सरकार निर्माण appeared first on कागजपत्र.

अमेरिकामा पौडी खेल्ने क्रममा अस्ताए ‘चम्किला तारा’
काठमाडाैं- जनकपुरका राजु झा २०१९ मा अमेरिकाको साउदर्न इलिनोइस युनिभर्सिटी कार्बोन्डालेमा स्ट्रक्चरल इन्जिनियरिङ पढ्नका लागि अमेरिका गएका थिए ।

मास्टर्स डिग्री पूरा गरेपछि उनले जाकोब इन्जिनियरिङ पोर्टल्यान्डमा २०२१ मा काम थालेका थिए । गत शनिबार बेलुका २८ वर्षीय झा आफ्ना साथीहरूसँग पौडी खेल्न ग्लेसियर नेसनल पार्कस्थित म्याकडोनाल्ड तालमा गएका थिए । तर, पौडी खेल्ने क्रममा डुबेर उनको मृत्यु भयो । साथीहरूसँग बिदा मनाउन गएका उनको मृत्युपछि साथी प्रशान्त नरेन्द्रनले झा स्तब्ध भएका छन् । उनले ‘चम्किलो तारा’ जस्तो राजु यो संसारमा नभएको भनेर विश्वास गर्नै गाह्रो भएको बताएका छन् । उनका अनुसार झाका नेपालमा आमा, बाबु र एक भाइ छन् ।

साथीहरूका अनुसार राजु पौडी खेल्न अनुभवी थिएनन् । उनी केही बेरमा नै पानीमुनि पुगेको र बाहिर ननिस्केको जनाइएको छ । उनको शव करिब ४० फिट तल भएको उद्धार दलले पत्ता लगाएको थियो । शव राति ८ः३० बजेतिर बाहिर निकालिएको थियो ।

झाको शव नेपाल पठाउनका लागि गो फन्डमार्फत सहयोग मागिएको छ । यसअन्तर्गत तीन दिनमा ३९ हजार डलर उठेको र सो रकम ५० हजार सम्म पुर्याउने लक्ष्य लिइएको बताइएकाे छ ।

The post अमेरिकामा पौडी खेल्ने क्रममा अस्ताए ‘चम्किला तारा’ appeared first on कागजपत्र.

शान्ति सैनिक राईलाई मरणोपरान्त राष्ट्रसङ्घको सम्मान
न्युयोर्क– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले राष्ट्रसंघीय शान्ति सेनामा खटिएका नेपाली सुरक्षाकर्मी भुपजीत राईलाई मरणोपरान्त डयाग ह्यामरसोल्ड पदक प्रदान गरेका छन् ।

अन्तर्राष्ट्रिय शान्तिसैन्य दिवसका अवसरमा आज संयुक्त राष्ट्रसङ्घको प्रधानकाxzर्यालयमा आयोजित कार्यक्रममा महासचिव गुटेरेसले राईलाई प्रदान गरिएको उक्त पदक संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापालाई हस्तान्तरण गरे ।

त्यस अवसरमा कर्तव्य निर्वाहका क्रममा दिवंगत भएका राईको साहस, प्रतिबद्धता र बलिदानको चर्चा गर्दै महासचिवले उनी शान्ति स्थापनामा खटिएका सबैका निम्ति प्रेरणाका रूपमा रहिरहने विश्वास व्यक्त गरे । राईको गत अक्टोवर १३ मा कंगोमा निधन भएको हो ।

सन् १९४८ मा इजरायल–अरब युद्धविराम सम्झौता कार्यान्वयनको पर्यवेक्षण गर्न मध्यपूर्वमा सैन्य पर्यवेक्षक परिचालन गर्ने निर्णय भएको दिन ३० मेलाई अन्तर्राष्ट्रिय शान्तिसैन्य दिवसका रूपमा मनाइने गरेको छ ।

नेपाल राष्ट्रसंघीय शान्ति सेनामा सर्वाधिक सैनिक परिचालन गर्ने मुलुकमध्येको एक हो । छ हजारभन्दा बढी नेपाली शान्ति सेनामा परिचालन भएका छन् ।

राष्ट्रसङ्घले अबेई, मध्य अफ्रिकी गणतन्त्र कङ्गो, साइप्रस, प्रजातान्त्रिक गणतन्त्र कङ्गो, इराक, कोसोभो, लेबनान, लिबियामा नेपाली शान्ति सेनालाई खटाउँदै आएको छ ।

पूर्वी सोमालिया, दक्षिण सुडान, पश्चिमी सहारा र यमनमा पनि नेपाली शान्ति सेना तैनाथ छन् । नेपाल सरकारले नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका सुरक्षाकर्मीलाई शान्ति सेनाका रूपमा खटाउँदै आएको छ ।

The post शान्ति सैनिक राईलाई मरणोपरान्त राष्ट्रसङ्घको सम्मान appeared first on कागजपत्र.