कर्पोरेट Archives - कागजपत्र
नागढुंगाबाट १४ थान आइफोन बरामद
काठमाडाैं – प्रहरीले भन्सार छलेका १४ थान अन्दाजी रु सात लाख बराबरको आइफोन मोबाइल बरामद गरी त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा दाखिला गरेको छ ।
काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गास्थित चेक प्वाइन्टमा बुटवलबाट काठमाडौँतर्फ आउँदै गरेको लु२ख ६५६६ नम्बरको यात्रुवाहक बसलाई चेकजाँच गर्ने क्रममा प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएका संयुक्त प्रहरी टोलीले कालो झोलामा राखी ल्याइएको बिलबिजक बिनाका उक्त आइफोन मोबाइल बरामद गरिएको प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए ।
The post नागढुंगाबाट १४ थान आइफोन बरामद appeared first on कागजपत्र.
डाबरको ‘डाबर हनी’ गुणस्तरहीन, बजारबाट तत्काल फिर्ता गर्न निर्देशन
काठमाडौं – डाबर नेपालद्वारा उत्पादन गरिएको ‘डाबर हनी’ न्यून गुणस्तरको भेटिएपछि बजारबाट तत्काल फिर्ता गर्न निर्देशन दिइएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले नमुना परीक्षणका क्रममा उक्त उत्पादन न्यून गुणस्तरको पाइएपछि सम्बन्धित ब्याचका सबै हनी तत्काल बजारबाट फिर्ता गर्न तथा बिक्री वितरण रोक्न उत्पादक कम्पनीलाई आदेश दिएको जनाएको हो ।
विभागका अनुसार खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा ३८ (२) बमोजिम उक्त निर्णय गरिएको हो। विभागले उपभोक्तालाई पनि सचेत रहन आग्रह गर्दै सम्बन्धित ब्याच नम्बरका उत्पादन प्रयोग नगर्न अनुरोध गरेको छ।
त्यस्तै, विभागले म्याग्नेसियम ग्लाइसिनेट मिसाइएका कुनै पनि खाद्य पदार्थ उत्पादन, बिक्री तथा वितरण नगर्न समेत चेतावनी दिएको छ।
विभागले यस्तो पदार्थ प्रयोग गरी उत्पादन वा बिक्री वितरण गरिएको पाइएमा खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ अनुसार कानुनी कारबाही गरिने स्पष्ट पारेको छ।
The post डाबरको ‘डाबर हनी’ गुणस्तरहीन, बजारबाट तत्काल फिर्ता गर्न निर्देशन appeared first on कागजपत्र.
NYEF Startup Awards 5.0 लाई देशभरका स्टार्टअपहरूको उत्साहजनक साथ
काठमाडौं — नेपालिज योङ इन्टरप्रेनर्स फोरम (NYEF) ले आयोजना गर्दै आएको “NYEF Startup Awards” को पाँचौं संस्करणप्रति देशभरका युवा उद्यमीहरूको उत्साहजनक सहभागिता देखिएको छ। नेपालभरिका स्टार्टअप उद्यमीहरूलाई प्रोत्साहन, मेन्टरशिप तथा नेटवर्किङ अवसर प्रदान गर्ने उद्देश्यले आयोजना हुँदै आएको कार्यक्रम यस वर्ष पनि विशेष आकर्षणको केन्द्र बनेको आयोजकले जनाएको छ।
NYEF नेपालका ४० वर्षमुनिका युवा उद्यमीहरूको साझा संस्था हो, जुन नेपाल उद्योग वाणिज्य महासंघ (FNCCI) सँग आबद्ध रहेको छ। संस्थाले युवा व्यवसायीहरूलाई एकै ठाउँमा ल्याई सिकाइ, सहकार्य, नेतृत्व विकास तथा व्यवसाय विस्तारमा सहयोग गर्दै आएको छ।
कार्यक्रमअन्तर्गत सहभागी स्टार्टअपहरूले उद्योग क्षेत्रका अनुभवी व्यवसायी तथा नेतृत्वकर्ताबाट व्यक्तिगत मेन्टरशिप प्राप्त गर्नेछन्। साथै, व्यवसाय सञ्चालन, प्रभावकारी प्रस्तुतीकरण (Pitching), नेटवर्क निर्माण तथा व्यवसाय विस्तारसम्बन्धी प्रशिक्षणसमेत प्रदान गरिने आयोजकले जनाएको छ।
यस वर्षको ग्राण्ड फिनाले तथा पुरस्कार वितरण कार्यक्रम मे ३१, २०२६ (आइतबार) आयोजना हुने तय भएको छ। अन्तिम चरणमा पुगेका उत्कृष्ट ७ स्टार्टअपमध्ये शीर्ष ३ लाई नगद पुरस्कार प्रदान गरिनेछ।
NYEF Startup Awards मार्फत Delish Yoghurt, Meltdown लगायतका केही चर्चित नेपाली स्टार्टअपहरूले लगानी, पहिचान तथा व्यवसाय विस्तारको अवसर प्राप्त गरिसकेको बताइएको छ।
The post NYEF Startup Awards 5.0 लाई देशभरका स्टार्टअपहरूको उत्साहजनक साथ appeared first on कागजपत्र.
हाईटेक भिजन प्रालि नवौँ वार्षिकोत्सव सम्पन्न, गोगंबुमा नयाँ शाखा सञ्चालन
काठमाडाैं – हाईटेक भिजन प्रालिले नवौँ वार्षिकोत्सव आफ्नो काठमाडौंको गोंगबु शाखाबाट भव्यताका साथ सम्पन्न गरेको छ ।
कार्यक्रममा विभिन्न प्रतिष्ठित कम्पनिका प्रतिनिधि, अतिथिवर्ग, ग्राहकवर्ग र सञ्चारकर्मीहरूको बाक्लो उपस्थिति रहेको थियो ।
कार्यक्रममा ग्राहकवर्गका लागि विशेष अफरहरू सहित सम्पूर्ण पाहुनाहरूको लागि हात खाली नहुने विभिन्न उपहारहरू पनि व्यवस्था गरिएको थियो । यस खुशियालीमा कम्पनीले आफ्ना ग्राहकवर्ग र अतिथिका लागि खानाको पनि व्यवस्था गरेको थियो भने यसमा असहाय र घरबार बिहिन बालबालिका र बृद्धका लागि विशेष जोड दिइएको थियो ।
कम्पनीले आफ्ना ग्राकहरूलाई हालसम्मको माया र विश्वासको लागि कृतज्ञता व्यक्त गर्दै आगामी दिनमा पनि यस्तै अपेक्षा सहित सबैमाझ केक काटेर कार्यक्रम समापन गरेको थियो ।
‘योर् कम्प्लिट होम सोलुसन’ को नाराका साथ विगत आठ वर्षदेखि यस कम्पनिले किचेनका सम्पूर्ण सामान, फ्रिज, वासिङ मेसिन देखि फर्निचरका सम्पूर्ण सामाग्रीहरू विक्रीवितरण गर्दै आइरहेको छ ।
हालसम्म दुइटा आउटलेटबाट सेवा दिँदै आएकोमा कम्पनीले आगामी दिनमा प्रत्येक जिल्लाबाट सेवा दिने पनि जनाएको छ ।
कम्पनीले हालसम्मको सफलताको श्रेय ग्राहकवर्ग भएकोले नवौँ वार्षिकोत्सवको दिनमात्र नभएर चैत्र २८ गतेका दिन पनि विशेष अफर र उपहार प्रदान गरिने जनाएको छ ।
The post हाईटेक भिजन प्रालि नवौँ वार्षिकोत्सव सम्पन्न, गोगंबुमा नयाँ शाखा सञ्चालन appeared first on कागजपत्र.
नेपाल टेलिकममा डाटा सकिँदा स्वतः पैसा नकाटिने
काठमाडौं – नेपालको दूरसञ्चार क्षेत्रमा सेवा गुणस्तरबारे लामो समयदेखि उठ्दै आएका गुनासाहरूका बीच नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) मा सुधारका प्रयास थालिएका छन् ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री डा विक्रम तिमिल्सिनाको निर्देशनपछि कम्पनीले सेवा प्रवाहलाई प्रभावकारी बनाउन ठोस कदम अघि बढाएको हो । विशेषगरी ग्राहक सेवा, मोबाइल डेटा व्यवस्थापन, डिजिटल सेवा विस्तार र प्रशासनिक प्रक्रियामा सुधार ल्याउने उद्देश्यले व्यापक रूपान्तरण प्रक्रिया अघि बढाइएको छ ।
सञ्चार मन्त्रालयले ‘नतिजामा आधारित शासकीय व्यवस्थापन प्रणाली’ लागू गर्ने उद्देश्यसहित १० बुँदे सुधारात्मक कार्ययोजना ल्याएको छ । यस योजनामा नेपाल टेलिकमको सेवा सुधारलाई पनि प्राथमिकतामा राखिएको छ । यसअन्तर्गत ग्राहक सेवालाई सहज, पारदर्शी र प्रविधिमैत्री बनाउने लक्ष्य लिइएको छ । विगतमा सेवा अवरोध, ढिलो प्रतिक्रिया, अनावश्यक प्रक्रियागत झन्झट र ग्राहकको गुनासो समाधानमा ढिलाइजस्ता समस्या बारम्बार उठ्दै आएका थिए । यिनै समस्यालाई सम्बोधन गर्न अहिले मन्त्रालय र कम्पनी दुवैले समन्वयात्मक ढंगले काम गरिरहेका छन् ।
नेपाल टेलिकमका प्रयोगकर्ताहरूले लामो समयदेखि डाटा प्याकेज सकिएपछि स्वतः मुख्य ब्यालेन्सबाट रकम काटिने समस्याबारे गुनासो गर्दै आएका थिए । अब यो प्रणाली अन्त्य गरिएको छ । यसको सट्टा ग्राहकले थप पारदर्शी र आफैँ छान्न सक्ने विकल्पसहितको सेवा पाउनेछन् । अब ग्राहकले लिएको डाटा प्याकेजको ९० प्रतिशत खपत भएपछि पूर्वसूचना दिइनेछ । जसले बाँकी डाटा कति छ भन्ने जानकारी समयमै दिन्छ । यससँगै ‘पे–एज–यू–गो’ (पिएवाईजी) अर्थात् डाटा प्याकेजबिनै इन्टरनेट चलाउने र रकम काट्ने विकल्प उपलब्ध गराइएको छ । जसले ग्राहकलाई प्याकेजबिना पनि आवश्यकताअनुसार इन्टरनेट प्रयोग गर्नसक्ने सुविधा दिन्छ । साथै, ग्राहकले नयाँ प्याकेज लिने वा सिधै पिएवाइजी मोडमा जाने भन्ने निर्णय आफैँ गर्न सक्नेछन् ।
नेपाल टेलिकमका प्रवक्ता रवीन्द्र मानन्धरका अनुसार यो प्रणाली हाल परीक्षण चरणमा रहेको र केही दिनभित्रै पूर्ण रूपमा लागू हुनेछ । उनका अनुसार ‘युएसएसडि’मार्फत खरिद गरिने डाटा प्याकमा यो सुविधा तीनदेखि पाँच दिनभित्र लागू हुनेछ भने नेपाल टेलिकमको मोबाइल एप प्रयोग गर्ने ग्राहकका लागि सातदेखि १० दिनभित्र कार्यान्वयनमा आउनेछ । यसले डिजिटल माध्यममार्फत सेवा प्रयोग गर्ने ग्राहकहरूलाई अझ सहज अनुभव दिने विश्वास लिइएको छ ।
नेपाल टेलिकमका ग्राहक सेवा प्रक्रियालाई सरल र प्रभावकारी बनाउन ‘वन टाइम केवाइसी’ प्रणाली लागू गर्न पनि सञ्चारमन्त्री तिमिल्सिनाले निर्देशन दिएका छन् । यसबाट ग्राहकले एकपटक मात्र आफ्नो विवरण बुझाएपछि भविष्यमा फेरि त्यही विवरण पेस गर्नुपर्ने झन्झट अन्त्य हुने जनाइएको छ । अहिले सिम कार्ड लिन, नवीकरण गर्न वा अन्य सेवा लिन जाँदा बारम्बार कागजात पेस गर्नुपर्ने समस्या थियो । जसले ग्राहकलाई हैरानी दिँदै आएको थियो । नयाँ प्रणाली लागू भएपछि सेवा प्राप्ति प्रक्रिया छिटो, सरल र झन्झटरहित हुने अपेक्षा गरिएको छ । यो प्रणाली आगामी ३० दिनभित्र कार्यान्वयनमा ल्याइसक्ने लक्ष्य राखिएको छ ।
डिजिटल रूपान्तरणलाई प्राथमिकतामा राख्दै नेपाल टेलिकमले आफ्ना विभिन्न सेवाहरू पूर्ण रूपमा अनलाइन माध्यमबाट उपलब्ध गराउने तयारी पनि तीव्र बनाएको छ । ई–सिम वितरण, गुनासो व्यवस्थापन, हराएको सिम पुनःप्राप्ति तथा सिम स्वामित्व हस्तान्तरणजस्ता सेवाहरू अब घरमै बसेर अनलाइन माध्यमबाट लिन सकिनेछ । यसले विशेषगरी दुर्गम क्षेत्रका ग्राहकलाई ठूलो राहत दिने अपेक्षा गरिएको छ । साथै कार्यालयमा हुने भीड घटाउने र सेवा वितरणलाई थप व्यवस्थित बनाउने ठानिएको छ ।
ग्राहक सेवा सुधारकै अर्को महत्वपूर्ण पक्षका रूपमा ‘एकल विन्दु सेवा’ सहायता कक्ष स्थापना गर्ने योजना अघि सारिएको छ । मन्त्रालयको कार्ययोजनाअनुसार नेपाल टेलिकमका सबै कार्यालयमा यस्तो सहायता कक्ष स्थापना गरिनेछ र ग्राहकले एकै ठाउँबाट आफ्ना सबै समस्याको समाधान पाउनेछन् । यसले विभिन्न काउन्टर धाउनुपर्ने बाध्यता अन्त्य गर्ने र सेवा प्राप्तिको समय घटाउने अपेक्षा गरिएको छ ।
यससँगै, फोरजी मोबाइल नेटवर्क सेवाको गुणस्तर सुधार गर्ने काम पनि भइरहेको छ । हाल देशका विभिन्न स्थानमा फोरजी सेवा कमजोर रहेको गुनासो व्यापक रूपमा उठ्दै आएको छ । यस समस्यालाई समाधान गर्न नीतिगत व्यवस्था परिमार्जन गर्ने र थप फ्रिक्वेन्सी उपलब्ध गराउने तयारी भइरहेको मन्त्रालयले जनाएको छ । आगामी ३० दिनभित्र आवश्यक नीतिगत सुधार सम्पन्न गरी सेवा गुणस्तरमा सुधार ल्याउने लक्ष्य राखिएको छ ।
The post नेपाल टेलिकममा डाटा सकिँदा स्वतः पैसा नकाटिने appeared first on कागजपत्र.
दोस्रो सुपर ओभरमा दक्षिण अफ्रिकाकाे रोमाञ्चक जित
काठमाडौं-  आईसीसी पुरुष टी–२० विश्वकप २०२६ अन्तर्गत समूह ‘डी’ को पहिलो खेलमा दक्षिण अफ्रिकाले अफगानिस्तानमाथि दोस्रो सुपर ओभरमा रोमाञ्चक जित दर्ता गरेको छ। अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा आज भएको खेल अत्यन्तै नजिकको रह्यो। पहिलो सुपर ओभरमा दुवै टोलीले १७–१७ रन बनाउँदा खेल बराबरीमा पुगेको थियो।
तर दोस्रो सुपर ओभरमा दक्षिण अफ्रिकाले २३ रन बनायो। जवाफी लक्ष्य पछ्याएको अफगानिस्तान १९ रनमै अलआउट भयो र दक्षिण अफ्रिकाले जित हात पारेको हो।
दक्षिण अफ्रिका र अफगानिस्तानबीचको यो जितसँगै दक्षिण अफ्रिकाको अफगानिस्तानमाथिको शानदार रेकर्ड जारी रह्यो। यसअघि २०१०, २०१६ र २०२४ का विश्वकपमा खेलेका तीनै खेलमा दक्षिण अफ्रिका विजयी भएको थियो। अफगानिस्तानले अहिलेसम्म दक्षिण अफ्रिकामाथि जीत हात पारेको छैन।
यस हारसँगै अफगानिस्तानको सुपर ८ यात्रामा चुनौती थपिएको छ। अघिल्लो खेलमा अफगानिस्तान न्युजिल्याण्डसँग पराजित भएको थियो।
खेलमा दुवै टोलीले निर्धारित २० ओभरमा समान १८७ रन बनाउँदा टाई भयो। टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ६ विकेटको क्षतिमा १८७ रन बनाएको थियो। टोलीका लागि रायन रिकलटनले २८ बलमा ६१ रन र ओपनर क्विन्टन डि ककले ४१ बलमा ५९ रनको महत्वपूर्ण योगदान दिएका थिए।
अफगानिस्तानका लागि अजमतुल्लाह ओमरजाईले घातक बलिङ गर्दै ३ विकेट लिए भने कप्तान राशिद खानले २ विकेट झारे।
१८८ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले अन्तिम ओभरसम्म कडा टक्कर दिएको थियो। अन्तिम केही ओभरमा जितका लागि प्रति ओभर ११ रन आवश्यक भएपछि अफगानिस्तानको जीतको सम्भावना एक समय ९० प्रतिशतसम्म पुगेको थियो। तर अन्तिम ओभरको चौथो बलमा अन्तिम विकेट खस्दा अफगानिस्तान १८७ रनमै अलआउट भयो र खेल सुपर ओभरमा पुगेको थियो।
The post दोस्रो सुपर ओभरमा दक्षिण अफ्रिकाकाे रोमाञ्चक जित appeared first on कागजपत्र.
एनसेलले ल्यायो जेन–जी लक्षित ‘युवा सिम’
२८ दिनका लागि रु. २९९ मा अनलिमिटेड एनसेल–टु–एनसेल कल सेवा र ५ जीबी डेटा
२४ घण्टाका लागि फेसबुक, टिकटक र इन्स्टाग्राम प्रयोग गर्न १ जीबी डेटा मात्र रु. १९ मा
इसेवा, खल्ती तथा ‘मेरो स्कुल’मा निःशुल्क पहुँच
काठमाडौं – एनसेलले जेन–जी पुस्ताका सञ्चार आवश्यकतालाई लक्षित गर्दै आकर्षक स्टार्टर प्याक ‘युवा सिम’ संचालनमा ल्याएको छ । विद्यार्थीहरूलाई सुलभ शुल्कमा दूरसञ्चार सेवामा सहज पहुँच सुनिश्चित गर्ने कम्पनीको प्रतिबद्धता बमोजिम ल्याइएको यो प्याकले युवा वर्गलाई मोबाइल कनेक्टिभिटीमार्फत सधैं जोडिराख्ने उद्देश्य राखेको छ ।
सन् १९९७ पछि जन्मिएका नेपाली नागरिकहरुले तोकिएको प्रक्रिया पुरा गरी यो सिम अर्थात प्याक लिएर यसको फाइदा लिन सक्छन् । आज शनिबार (पुष २६)बाट संचालनमा आएको यो प्याकको मुल्य करसहित मात्र रु. २९९ मूल्य तोकिएको छ । यस प्याकमा अनलिमिटेड अन नेट (एनसेल–टु–एनसेल) कल सेवा, ५ जीबी डेटा, डिजिटल वालेट इसेवा र खल्तीको प्रयोगमा डेटा शुल्क नलाग्ने सुविधा तथा अनलाइन शिक्षण प्लेटफर्म ‘मेरो स्कुल’ मा निःशुल्क पहुँच उपलब्ध रहेका छन् । यी सबै सेवा सुविधाहरु २८ दिनका लागि मान्य रहन्छन् ।
यसका साथै, ग्राहकहरूले अफ–नेट (एनसेलबाट अन्य स्थानीय नेटवर्क) कलमा विशेष छुट प्राप्त गर्छन् जस अन्तर्गत प्रति मिनेट मात्र रु. १ मा कल गर्न सकिन्छ । त्यसैगरी, २८ दिनको अवधिभित्र तोकिएको ५ जीबी डेटा प्रयोग भइसकेपछि पनि, ग्राहकहरूले पे–एज–यू–गो डेटा सेवा प्रति एमबी ५० पैसामा निरन्तर प्रयोग गर्न सक्छन् ।
“युवालाई लक्षित गरी विशेष रूपमा तयार गरिएको ‘युवा सिम’ सार्वजनिक गर्न पाउँदा हामी अत्यन्तै खुसी छौं । आकर्षक सेवा सुविधा बन्डल रहेको यो प्याकले युवालाई सधैं कनेक्टेड रहन सहयोग पुर्याउँदै विभिन्न अवसर र डिजिटल भविष्यसँग जोड्छ । यसले उनीहरुको डिजिटल जीवनशैलीलाई सहज बनाउने र शिक्षामा समेत सहयोग पु¥याउने विश्वास लिएका छौं,” एनसेलका चीफ कन्सुमर बिजनेश अफिसर उपाङ्ग दत्तले भने ।
युवा सिममा अर्को एक विशेषता पनि रहेको छ ।  यसमा एनसेलले सामाजिक सञ्जालमाथिको पहुँचलाई लक्षित गर्दै २४ घण्टासम्म मान्य १ जीबी डेटा मात्र रु. १९ प्रदान पनि गर्दछ जसबाट फेसबुक, टिकटक र इन्स्टाग्राम प्रयोग गर्न सकिन्छ । यसले युवाहरुलाई सामाजिक सञ्जालको वृत्तमा सधैं अपडेटेड रहन सहयोग पु¥याउँछ ।
युवा सिम लिन प्रयोगकर्ताहरूले नजिकको एनसेल सेन्टरमा गई आफ्नो नागरिकता वा ड्राइभिङ लाइसेन्सका साथै विद्यार्थी परिचयपत्र पेश गर्न पर्दछ । आफ्नो नागरिकता वा ड्राइभिङ लाइसेन्स नभएको खण्डमा अभिभावकको परिचय खुल्ने सरकारले जारी गरेको परिचयपत्र र आफ्नो विद्यार्थी परिचयपत्र बुझाएर यो सिम लिन सकिन्छ ।
यो प्याकले युवाहरुलाई उनीहरुले बढी प्रयोग गर्ने सेवाहरूमा सुलभ दरमा कनेक्टिभिटी सुनिश्चित गर्दछ । हरेक २८ दिनपछि सेवा र सुविधाहरू निरन्तर प्रयोग गर्नका लागि ग्राहकहरूले २८ दिनको समयसीमा समाप्त हुनु अघि नै उही शुल्कमा प्याक पुनः खरिद गर्न आवश्यक छ । यो प्याक एनसेल एपमार्फत वा एष्ट्रिक्स१२३ह्यास डायल गरेर खरिद गर्न सकिन्छ ।
The post एनसेलले ल्यायो जेन–जी लक्षित ‘युवा सिम’ appeared first on कागजपत्र.
इक्यान केन्द्रीय सदस्यका लागि अशोक हाथीको उम्मेद्वारी
काठमाडौं – नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को २० औं साधारणसभा यही पुस २८ गते हुने भएको छ ।
उक्त साधारणसभाबाट इक्यान कार्यसमितिले नयाँ नेतृत्व पाउने भएको छ ।
उक्त कार्य समितिका लागि अशोक कुमार हाथीले केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी घोषणा गरेका छन् ।
दिपकराज भूषालको प्यानलबाट केन्द्रीय सदस्यका लागि उम्मेदवारी घोषणा गरेका अशोकले लामोसमयदेखि शैक्षिक परामर्श सेवा दिँदै आएका छन् । नेपालबाट विदेश पढ्न जान चाहने विद्यार्थीहरुका लागि लामोसमयदेखि समन्वयकारीको भूमिका खेल्दै आएको अनुभवलाई इक्यान कार्य समितिमा रहेर कार्यान्वयन गर्ने अभिप्रायःका साथ अशोकले उम्मेदवारी दिएको बताएका छन् ।
उनले विशेष गरी परामर्श व्यावसायमा विशेष गरी धरौटी, चिकित्सा शिक्षा आयोगबाट जारी हुने इलिजिबिलिटी, शिक्षा मन्त्रालयबाट जारी हुने एनओसीलाई सहज र सरल बनाउन समन्वयकारी भुमिका खेलेको तथा विभिन्न सामाजिक काममा आबद्ध रहँदै प्राप्त अनुभव, निरन्तरता र स्पष्ट कार्यदिशासहित संघलाई अझै बलियो, एकताबद्ध बनाउन योगदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
इक्यानलाई अझ पारदर्शी, उत्तरदायी तथा परिवर्तित समयको माग बमोजिम सुदृढ र सशक्त संस्था बनाउने लक्ष्यका साथ, पेशागत हकहित, व्यावसायिक सुरक्षा, कानुनी सुरक्षा, अनुशासन, पारदर्शिता तथा सम्मानित सदस्यलाई सर्वोपरी प्राथमिकतामा राखी निष्ठापूर्वक कार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
The post इक्यान केन्द्रीय सदस्यका लागि अशोक हाथीको उम्मेद्वारी appeared first on कागजपत्र.
एनसेलको फोरजी नेटवर्कमा थप सुधार, २५० नयाँ टावर विस्तारका साथै २,२०० साइटको क्षमता अभिवृद्धि
काठमाडौं – एनसेलले आफ्नो फोरजी नेटवर्कको पहुँच विस्तार र गुणस्तर सुधारतर्फ महत्वपूर्ण कदम चाल्दै गतवर्ष २०२५ मा देशभर २५० वटा नयाँ टावर जडान गरी सञ्चालनमा ल्याएको छ । साथै २,२०० वटा टावरहरुमा क्षमता अभिवृद्धि गरको छ, जसका कारण ग्राहकहरूले अझ स्पष्ट सुनिने भ्वाइस सेवा र उच्च गतिको डेटा सेवाको फाइदा लिन सक्ने भएका छन् ।
विश्वसनिय कनेक्टिभिटी एक सेवा मात्र नभई सुरक्षा, शिक्षा, व्यवसाय तथा आफ्ना प्रियजनहरुसँग सधैं सम्पर्कमा रहन लागि अत्यावश्यक बन्दै गएको बेलामा यो फोरजी नेटवर्क सुदृढीकरण र सेवा विस्तार गरिएको हो । सातै प्रदेशका विभिन्न स्थानीय तहहरूमा नयाँ टावरहरू स्थापना गरी सञ्चालनमा ल्याइएका छन् भने विषेशगरी मधेश, लुम्बिनी, कोशी र बागमती प्रदेशमा केन्द्रित हुँदै यो पहल अघि बढाईएको थियो ।
प्रदेशगत रूपमा हेर्ने हो भने, एनसेलले कर्णाली प्रदेशका दैलेखको सभापोखरी, रुकुम पश्चिमको पुर्तिमकाँडा र सल्यानको बागचौर लगायतका स्थानिय तहहरुमा टावर स्थापना गर्दै फोरजी सेवा दिइएको छ । सुदूरपश्चिम प्रदेशका डोटीको लडागडा, कैलालीको बनजरिया र कञ्चनपुरको सरस्वती टोललगायत अन्य ठाउँहरुमा पनि टावरहरू स्थापना गरिएका छन् । यसैगरी मधेश प्रदेशका सिराहाको हनुमाननगर, सप्तरीको भिमपुर र धनुषाको मुसहरनियालगायत दर्जनौं स्थानहरुमा नयाँ टावर सञ्चालनमा आएपछि स्थानियहरु उच्च गुणस्तरको भ्वाइस र मोबाइल ब्रोडब्याण्ड सेवाबाट लाभान्वित भएका छन् ।
“अहिले त घरभित्रै पनि धेरै राम्रो नेट टिप्छ । पहिला भन्दा धेरै नै राम्रो भयो,” जनकपुर उपमहानगरपालिका वडा नं. १७, मनहरपुरकी अनिशा मण्डलले भनिन् । बिबिए अध्ययनरत उनी नयाँ टावरहरुको सञ्चालनबाट लाभ लिने देशभरका हजारौ ग्राहकहरु मध्ये एक हुन् । “मलाई पढ्नलाई पनि मोबाइल र नेटको धेरै आवश्यकता हुन्छ । कलेजको नोटिसहरु अनलाइनमा हेर्न, नोटहरु एक्सचेन्ज गर्न, नबुझेको कुरा यूट्युब, च्याटजीपीटीमा सिक्न नेट नभई हुन्न । फेरी दाईहरु विदेशमा हुनुहुन्छ उहाँहरुसँग पनि रेगुलर कुरा गर्नपर्छ ।”
कुल २५० वटा टावरमध्ये १९७ वटा टावरहरु पछिल्लो साढे दुई महिनामा स्थापना गरिएका हुन् भने, स्टकमा रहेका तथा स्पेयर उपकरणको अधिकतम उपयोगमार्फत ५३ वटा नयाँ टावर सञ्चालनमा ल्याइएका हुन् । लामो समयसम्म रोकिएको सहजीकरण नेपाल दूरसञ्चार प्राधिकरणले सहज बनाएसँगै कम्पनीले नयाँ टावर स्थापनाको कामलाई तीव्र रुपमा अगाडि बढाएको थियो ।
“देशभर थपिएका हाम्रा यी नयाँ टावरहरू र क्षमता अभिवृद्धि गरिएका साइटहरुले सम्बन्धित प्रदेशका स्थानीय तह र ठाउँहरूमा ग्राहकहरुलाई मोबाइल ब्रोडब्याण्ड र गुणस्तरीय भ्वाइस सेवाको पहुँच अझ व्यापक बनाएको छ । यसले फोरजी कनेक्टिभिटीको महत्वलाई अझ बढाएको छ,” एनसेलका चीफ कन्जुमर बिजनेस अफिसर उपङ्ग दत्तले भने । “यो नेटवर्क सुधार र विस्तार अझै राम्रो कनेक्टिभिटीमा पहुँच सुनिश्चित गराउने कदम हो जसले आधारभूत सञ्चार, व्यवसाय, अध्ययन र हामीमाथि भरोसा गरेर सधैं सम्पर्कमा रहन चाहने हरेक ग्राहकहरुलाई ठूलो महत्व राख्दछ । गुणस्तरीय सेवा र उच्च गतिको डेटा केवल गति मात्रको कुरा होइन, यो भरोसा, अवसर र डिजिटल दुनियाँमा पहुँचको विषय हो ।”
नयाँ टावरहरूको संख्याका दृष्टिले मधेश प्रदेशमा १०० भन्दा बढी नयाँ टावरहरू स्थापना गरिएका छन्, त्यसपछि लुम्बिनीमा ४० भन्दा बढी र कोशी प्रदेशमा ३५ भन्दा बढी टावरहरू स्थापना भएका छन् । यसैगरी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पनि थप टावरहरू स्थापना गरिएका छन् । नयाँ उपकरणको आयातमा प्रतिबन्ध लागेका बेलामा पनि, एनसेलले आफ्नो फोरजी सुधार र विस्तार कार्य जारी राख्दै स्टक र स्पेयर उपकरणको प्रयोग गरी ५३ वटा नयाँ टावर स्थापना गरेको थियो ।
यस विस्तारले देशव्यापी रुपमा ग्राहकहरूको लागि फोरजी नेटवर्क पहुँच अझ सुदृढ बनाउने छ र सेवाको गुणस्तरमा थप सुधार हुनेछ । आधुनिक प्रविधि र नेटवर्कमार्फत विश्वस्तरीय सेवा र ग्राहक अनुभव प्रदान गर्ने आफ्नो प्रतिबद्धता बमोजिम, एनसेलले ग्राहकहरूलाई उच्च गतिको मोबाइल ब्रोडब्यान्डमा पहुँच सुनिश्चित गर्दै जेठ २०७४ बाट फोरजी सेवा सुरु गरेको थियो । यो सेवा ७७ वटै जिल्लामा विस्तार विस्तार भईसकेको छ र कुल जनसंख्याको ९५ प्रतिशत भन्दा बढि जनतामाझ यो सेवा पुगेको छ ।
The post एनसेलको फोरजी नेटवर्कमा थप सुधार, २५० नयाँ टावर विस्तारका साथै २,२०० साइटको क्षमता अभिवृद्धि appeared first on कागजपत्र.
मन्त्री खरेलद्वारा एनसेलको पोखरा डाटा सेन्टर अवलोकन
काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आइतबार पोखराको एनसेल डाटा सेन्टरमा एनसेलको भ्वाइस ओभर लङ टर्म इभोलुसन (भोल्टे) क्षमता अभिवृद्धी परियोजनाको उद्घाटन गरेका छन् । अत्याधुनिक सर्भरहरूमार्फत भोल्टे र भ्वाइस ओभर वाइफाइ (भोवाइफाइ) सेवा प्रदान गर्न विस्तार गरिएको आईपी मल्टिमिडिया सबसिस्टम (आइएमएस) प्रणालीको स्विच अन गरी उनले औपचारिक रूपमा परियोजनाको उद्घाटन गरेका हुन् ।
यो क्षमता अभिवृद्धीसँगै अब एनसेलले यो डाटा सेन्टरमार्फत ५० लाख सक्रिय ग्राहकहरुलाई भोल्टे सेवा दिन सक्ने भएको छ । दूरसञ्चार सेवाका क्षेत्रमा भोल्टे एक नयाँ प्रविधि भएकाले यसले उच्च गुणस्तरको हाई डेफिनिसन (एचडी) र छिटो कनेक्ट हुने भ्वाइस कल सेवा प्रदान गर्दछ ।
त्यसैगरी, एनसेलको भोवाइफाइ भनेको यस्तो प्रविधि हो जसले प्रयोगकर्तालाई कुनै पनि वाइफाइको प्रयोग गरेर आफ्नै एनसेल नम्बरबाट फोन कल गर्न र रिसिभ गर्न सक्षम बनाउँछ । यसमार्फत प्रयोगकर्ताले एचडी भ्वाइस कल र एसएमएस पठाउन सक्छन् । विशेष गरी मोबाइल सिग्नल कमजोर हुने बेसमेन्ट, अग्ला भवनहरू वा दुर्गम ठाउँहरू जहाँ स्थिर वाइफाइ उपलब्ध हुन्छ त्यस्ता ठाउँहरुमा भोवाइफाइमार्फत सहजै सम्पर्कमा रहन सकिन्छ ।
मन्त्री खरेलले पोखराका विभिन्न कार्यलयको निरीक्षण, अवलोकन तथा भेटघाट गर्ने क्रममा पोखरामा रहेको एनसेलको डिजास्टर रिकभरी सेन्टरका रुपमा संचालित डाटा सेन्टरको अवलोकन भ्रमण गरेका हुन् । एनसेलका चीफ कर्पोरेट एन्ड रेगुलेटरी अफिसर डिल्लीराम श्रेष्ठ र कर्पोरेट कम्युनिकेशन एन्ड सस्टेनेबिलिटी डाइरेक्टर विषाखालक्ष्मी खड्काले मन्त्री खरेललाई स्वागत गरेका थिए ।
अवलोकन भ्रमण पश्चात मन्त्री खरेलले भने, “डिजिटल नेपाल निर्माण गर्ने लक्ष्यलाई एनसेलका यस्ता पूर्वाधारले निरन्तर साथ दिइरहेको छ र डिजिटलाइजेसन ड्राइभका प्रमुख आधारभूत संरचनामध्ये एनसेलको पोखरा डाटा सेन्टर एक रहेको छ ।” साथै उनले डाटा सेन्टरको सञ्चालन र व्यवस्थापनको प्रशंसा गरे ।
एनसेलका चीफ कर्पोरेट एन्ड रेगुलेटरी अफिसर श्रेष्ठले यो डाटा सेन्टर सन् २०१२ मा स्थापना गरी सञ्चालनमा ल्याइएको बताए र नेपालको दूरसञ्चार र सूचना प्रविधिको क्षेत्रका एक प्रमुख पूर्वाधारको भूमिका निभाउँदै आएको बताए । “भोल्टेको क्षमता अभिवृद्धीपछि अब कम्पनीले यो आधुनिक सेवा अझ धेरै ग्राहकहरुलाई प्रदान गर्न सक्ने भएको छ,” उनले भने ।
श्रेष्ठ र एनसेलका अन्य जिम्मेवार शाखाका कार्मचारीहरुले पोखरा डाटा सेन्टरको काम, क्षमता, प्राविधिक पक्ष, दूरसञ्चार र सूचना प्रविधिमा उक्त डाटा सेन्टरको भूमिकालगायतका बारेमा मन्त्री खरेललाई जानकारी गराएका थिए ।
The post मन्त्री खरेलद्वारा एनसेलको पोखरा डाटा सेन्टर अवलोकन appeared first on कागजपत्र.
एनसेल फाउन्डेसनले एनपीएल दोस्रो संस्करणका चौकाहरु बापत २,४०० बढी शैक्षिक सामग्री वितरण गर्ने
काठमाडौं – एनसेल फाउन्डेसनले नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणका बेलामा जनाएको प्रतिबद्धता बमोजिम देशभरका विभिन्न सरकारी तथा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई दुई हजार चार सय २८ वटा शैक्षिक सामग्री वितरण गर्ने घोषणा गरेको छ ।
प्रत्येक चौकामा चार वटा शैक्षिक सामग्री वितरण गर्ने सामाजिक पहललाई निरन्तरता दिँदै, एनसेलले एनपीएल दोस्रो संस्करणमा पनि हरेक चौकाको प्रहारमा चार वटा शैक्षिक सामग्री प्रदान गर्ने प्रतिबद्धता जनाएको थियो । गत वर्ष सुरु गरिएको यस पहलले क्रिकेटको उत्साहलाई अर्थपूर्ण शैक्षिक सहयोगसँग जोड्दै आएको छ र खेल मैदानमा प्रहार भएका चौकाहरुले विद्यार्थीहरुको पठन पाठनमा सहयोग पुर्याउँदै आएको छ । यो पहलले एनसेल फाउन्डेसनको शिक्षा प्रतिको प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ ।
यो वर्षको एनपीएलका क्रममा ९९ जना खेलाडीले कुल ६०७ वटा चौका प्रहार गरेका थिए, जसका आधारमा दुई हजार चार सय २८ वटा शैक्षिक सामग्रीको वितरण सुनिश्चित भएको छ । पोखरा एभेन्जर्सका एडम रोसिङ्टनले सबैभन्दा धेरै ३१ वटा चौका प्रहार गर्दै १२४ वटा शैक्षिक सामग्रीको वितरण सुनिश्चित गरे । त्यस्तै, २६ वटा चौकासहित लुम्बिनी लायन्सका डार्सी सर्ट दोस्रो स्थानमा रहँदै १०४ वटा शैक्षिक सामग्री सुनिश्चित गरे भने सुदूरपश्चिम रोयल्सका बिनोद भण्डारीले २३ वटा चौका प्रहार गर्दै ९२ वटा शैक्षिक सामग्रीको वितरण सुनिश्चित गरेका छन् ।
यो शैक्षिक सामग्री वितरण गर्ने पहलको उद्देश्य विद्यार्थीहरूलाई आवश्यक शैक्षिक स्रोतको अभाव सम्बोधन गर्दै सिकाइमा सहयोग पु¥याउनु रहेको छ । यसरी प्रदान गरिने प्रत्येक किटमा स्कुल ब्याग, कापी, पेन्सिल, शार्पनर, इरेजर तथा अध्ययनका लागि आवश्यक अन्य आधारभूत स्टेसनरी सामग्रीहरू समावेश हुन्छ ।
“यस अर्थपूर्ण सामाजिक पहलमा योगदान पु¥याउनु हुने सबै खेलाडीहरूलाई हामी हार्दिक बधाई तथा धन्यवाद व्यक्त गर्दछौं । उहाँहरूको प्रदर्शनले मैदानमा आफ्ना टिमलाई मात्र सशक्त बनाएको छैन, हरेक चौकाले विद्यार्थीको पठनपाठनमा पनि सहयोग पुर्याएको छ,” एनसेलकी कर्पोरेट कम्युनिकेसन तथा सस्टेनेबिलिटी निर्देशक बिषाखा लक्ष्मी खड्काले भनिन् । “गत वर्षझैं यस वर्ष पनि सम्बन्धित सरोकारवालाहरूसँग सहकार्य गर्दै यस्ता स्रोतको सबैभन्दा बढी आवश्यक पर्ने सरकारी विद्यालयका विद्यार्थीहरूलाई लक्षित गरी यी शैक्षिक सामग्रीहरू वितरण गर्नेछौं ।”
यस वर्ष पनि एनसेल एनपीएलको ‘पावर्ड बाइ’ साझेदार रहेको थियो । कम्पनीले दोस्रो संस्करणका प्रत्येक खेलमा सबैभन्दा बढी चौका प्रहार गर्ने खेलाडीलाई रु. २५,००० नगद पुरस्कार प्रदान गरेको थियो । साथै, पोखरा एभेन्जर्सका एडम रोसिङ्टनले दोस्रो संस्करणमा सबैभन्दा धेरै चौका प्रहार गरेकाले एनसेलबाट रु. २,००,००० नगद पुरस्कार प्राप्त गरेका थिए ।
गत वर्ष, एनपीएलको पहिलो संस्करणमा प्रहार भएका ६५३ चौकाबाट फाउन्डेसनले २,६१२ भन्दा बढी शैक्षिक सामग्री प्रदान गर्ने प्रतिवद्धता जनाएको थियो । प्रतिवद्धता बमोजिम २,६१२ सामग्रीसहित, फाउन्डेसनले देशभर ९,००० भन्दा बढी शैक्षिक सामग्री वितरण गरेको थियो, जसले हजारौ विद्यार्थीलाई आवश्यक शैक्षिक सामग्रीमार्फत सशक्त बनाएको छ ।
यो वर्ष पनि शैक्षिक सामग्रीहरूको वितरण नेपाल क्रिकेट संघ (क्यान), स्थानीय निकायहरू र साझेदार संस्था कर्मयोग फाउन्डेसनसँगको समन्वयमा गरिनेछ ।
The post एनसेल फाउन्डेसनले एनपीएल दोस्रो संस्करणका चौकाहरु बापत २,४०० बढी शैक्षिक सामग्री वितरण गर्ने appeared first on कागजपत्र.
सञ्चार तथा सूचना प्रविधि मन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, सरकारको सहयोगको प्रतिबद्धता
काठमाडौं – सञ्चार, सूचना तथा प्रविधि मन्त्री जगदीश खरेलले सोमबार ललितपुरको नख्खुस्थित एनसेलको इन्टिग्रेटेड डाटा सेन्टरको अवलोकन भ्रमण गरेका छन् । उनलाई एनसेलका अध्यक्ष सतीश लाल आचार्य, प्रमुख कार्यकारी अधिकृत माइकल फोले तथा कम्पनी व्यवस्थापनका अन्य सदस्यहरूले स्वागत गरेका थिए ।
अवलोकन भ्रमणपछि बैठकका क्रममा एनसेलका अध्यक्ष र सीईओले मन्त्री खरेललाई कम्पनी, यसका सेवाहरू, अर्थतन्त्रमा पुर्याएको योगदान तथा पछिल्लो जेन जी आन्दोलनको प्रभावबारे जानकारी गराएका थिए । उक्त प्रदर्शनका कारण एनसेललाई करिब ६५ करोड रुपैयाँ बराबरमो क्षति पुगेको थियो, जसअन्तर्गत काठमाडौंस्थित मुख्य कार्यालय एनसेल आइकन सहितका संरचनाहरूमा गम्भीर नोक्सानी भएको थियो ।
मन्त्री खरेलले दूरसञ्चार क्षेत्रको विकासमा एनसेलको भूमिका र राष्ट्रिय अर्थतन्त्रमा पु¥याएको योगदानको प्रशंसा गरेका छन् । उनले सरकारले आवश्यक सहयोग गर्ने बताए र एनसेललाई सगरमाथा क्षेत्रमा सेवा विस्तार गर्न तथा ग्रामीण भेगका उपभोक्तालाई किफायती मूल्यमा गुणस्तरीय सेवा उपलब्ध गराउने सुनिश्चितता गर्न एनसेललाई सुझाव दिएका छन् ।
“जेन जी आन्दोलनका क्रममा एनसेललाई रु ६५ करोड बराबरको क्षति भएकामो हामीलाई दुःख लागेको छ । नेपालमा लगानी, विशेषगरी प्रत्यक्ष वैदेशिक लगानी आकर्षित गर्न अनुकूल वातावरण सिर्जना गर्न सरकार प्रतिबद्ध छ । हामीले लगानी प्रवद्र्धन गर्नुपर्छ । सरकार एनसेलको साथमा छ,” मन्त्री खरेलले भने । त्यस्तै, उनले विद्यार्थीहरूका लागि एनसेलले ल्याउन लागेको जेन जी प्याक र हरेक वर्ष १०० जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने कम्पनीको नयाँ पहलको प्रशंसा समेत गरे ।
बैठकमा एनसेलका सीईओ फोलेले प्रत्येक वर्ष देशभरबाट माध्यमिक शिक्षा परीक्षा (एसईई)मा सहभागि हुने १०० विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्ने घोषणा गर्दै यस सामाजिक पहलका लागि १ करोड रुपैयाँको कोष व्यवस्था गर्ने प्रतिबद्धता जनाए । उनले भने, “सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सुझाव र युवाहरूलाई सहज रूपमा सेवा उपलब्ध गराउने हाम्रो प्रतिबद्धताअनुसार, विद्यार्थीहरूको सञ्चार सेवासम्बन्धी आवश्यकताहरू पूरा गर्न हामी छिट्टै जेन जी प्याक सुरु गर्दैछौं।”
फोलेले निरन्तर सेवा दिने एनसेलको अटल प्रतिबद्धता, नयाँ संकल्प र सहनशीलतासहित जारी रहने बताए । सरकारको डिजिटल नेपाल निर्माण गर्ने लक्ष्यलाई एनसेलले निरन्तर साथ दिइरहेको बताउँदै, उनले डिजिटलाइजेशन ड्राइभका प्रमुख आधारभूत संरचनामध्ये एनसेलको डेटा सेन्टर एक रहेको बताए ।
विगत दुई दशकदेखि एनसेल सूचना तथा सञ्चार प्रविधि क्षेत्रको रूपान्तरण यात्रामा देश र जनतासँगै जनतासँगै काम गर्दै आएको छ । रोजगारी सिर्जना, सामाजिक आर्थिक विकासमा हातेमालोका साथै डिजिटल नेपालको भिजनमा योगदान पु¥याउँदै, एनसेल देशको विकास यात्राको अभिन्न हिस्सा रहँदै आएको छ ।
नेपालका सबैभन्दा ठूला करदातामध्ये एक एनसेलले गत आर्थिक वर्ष २०८१/८२ सम्ममा कर तथा शुल्क मिलाएर झण्डै ३६० अर्ब रुपैयाँ तिरेको छ । कम्पनीले देशभर प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा करिब १ लाख रोजगारी सिर्जनामा समेत योगदान पु¥याएको छ ।
आफ्ना सेवाहरूभन्दा बाहिर पनि, एनसेल समाजप्रति योगदान दिन समान रूपमा प्रतिबद्ध रहँदै आएको छ । व्यवसायिक सामाजिक जिम्मेबारी अन्तर्गत एनसेल फाउन्डेसनमार्फत कम्पनीले शिक्षा, वातावरण र स्वास्थ्यलगायतका क्षेत्रहरूमा केन्द्रित सामाजिक परियोजनाहरूमा २ अर्ब रुपैयाँभन्दा बढी लगानी गर्दै संयुक्त राष्ट्रसंघका दिगो विकास लक्ष्य हासिल गर्ने सरकारका प्रयासलाई सहयोग पु¥याउँदै आएको छ ।
The post सञ्चार तथा सूचना प्रविधि मन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, सरकारको सहयोगको प्रतिबद्धता appeared first on कागजपत्र.