विचार Archives - कागजपत्र
२० मिलियन डलरको नीति संवाद : बालेन, रवि, सागर र सुदन अमेरिकी परियोजनाका राजनीतिक उत्पादन हुन् ?
काठमाडाैं – नेपालको राजनीतिमा पछिल्ला केही वर्षमा एकपछि अर्को नयाँ अनुहार असाधारण गतिमा शक्तिमा पुगे। बालेन्द्र शाह, रवि लामिछाने, सागर ढकाल र सुदन गुरुङ—यी नामहरू आज नेपालको नयाँ राजनीतिक शक्तिसँग जोडिएका छन्। तर प्रश्न उठ्छ—यी सबै राजनीतिक उदय केवल संयोग थिए?
अमेरिकी सहयोग नियोगको आधिकारिक दस्तावेजअनुसार सन् २०१७ देखि २०२२ सम्म नेपालमा “नीति संवाद” नामको पाँच वर्षे कार्यक्रम सञ्चालन भयो। यसको बजेट दुई करोड अमेरिकी डलर थियो। कार्यक्रमको उद्देश्य राजनीतिक सहभागिता, राजनीतिक दल, संसद्, निर्वाचन र नयाँ नेतृत्वको क्षमता विकाससँग सम्बन्धित थियो। त्यसपछि अर्को प्रश्न उठ्छ- दुई करोड अमेरिकी डलर खर्च भएको त्यो कार्यक्रमले नेपालमा कस्ता नयाँ राजनीतिक नेतृत्व पहिचान गरिरहेको थियो?
यही प्रश्नले आज अझ गम्भीर बनाएको छ अमेरिकी खोजमूलक सञ्चारमाध्यम द ग्रेजोनले सार्वजनिक गरेको भनिएको कागजातले।
ग्रेजोनको दाबीअनुसार सन् २०१९ को निर्वाचन तथा राजनीतिक प्रक्रिया सुदृढीकरणसम्बन्धी कार्ययोजनामा रवि लामिछाने, बालेन्द्र शाह, सागर ढकाल र सुदन गुरुङलाई “परिवर्तनकारी नागरिक नेतृत्व” का रूपमा सहयोग गर्ने व्यक्तिहरूको सूचीमा राखिएको थियो। ई चारै जना आज नेपालको नयाँ राजनीतिक शक्तिको केन्द्रमा कसरी आइपुगे?
किन पुराना दलको विकल्प खोज्ने समयमा यिनै पुस्ताका पात्रहरू एकपछि अर्को राष्ट्रिय राजनीतिमा स्थापित भए?
सागर ढकालले शेरबहादुर देउवासँग चुनावी प्रतिस्पर्धा गरे। बालेन्द्र शाहले स्थापित राजनीतिक दललाई चुनौती दिँदै काठमाडौँको मेयर जिते। रवि लामिछानेले पुराना दललाई चुनौती दिँदै नयाँ पार्टी बनाए। सुदन गुरुङ युवा आन्दोलन र नयाँ राजनीतिक शक्तिसँग जोडिए।के यी छुट्टाछुट्टै घटना मात्र हुन्? वा— नेपालमा पुरानो राजनीतिक संरचनाको विकल्पका रूपमा नयाँ पुस्ताको शक्ति निर्माण गर्ने कुनै दीर्घकालीन प्रक्रिया चलिरहेको थियो?
सन् २०१९ मा सम्भावित नयाँ नेतृत्व भनेर पहिचान गरिएका व्यक्तिहरूमध्ये केही आज सत्ताको केन्द्रमा पुग्नु केवल संयोग हो? र फेरी अर्को प्रश्न- यदि विदेशी सहयोगमा सञ्चालित कार्यक्रमले नयाँ राजनीतिक नेतृत्व पहिचान, नेतृत्व विकास र राजनीतिक सहभागिताका लागि काम गरिरहेको थियो भने त्यसको अन्तिम राजनीतिक परिणाम कहाँ पुग्यो?
सागर ढकालले शेरबहादुर देउवासँग चुनावी प्रतिस्पर्धा गरे। बालेन्द्र शाहले स्थापित राजनीतिक दललाई चुनौती दिँदै काठमाडौँको मेयर जिते। रवि लामिछानेले पुराना दललाई चुनौती दिँदै नयाँ पार्टी बनाए। सुदन गुरुङ युवा आन्दोलन र नयाँ राजनीतिक शक्तिसँग जोडिए।के यी छुट्टाछुट्टै घटना मात्र हुन्? वा— नेपालमा पुरानो राजनीतिक संरचनाको विकल्पका रूपमा नयाँ पुस्ताको शक्ति निर्माण गर्ने कुनै दीर्घकालीन प्रक्रिया चलिरहेको थियो?
यहाँ द ग्रेजोनको दाबीलाई नकार्न पनि सकिँदैन, तर त्यसलाई अन्तिम प्रमाणित तथ्य मान्न पनि सकिँदैन। किनकि नाम कुनै कार्यक्रममा आउनु र त्यसैका कारण व्यक्ति सत्तामा पुग्नुबीच ठूलो प्रमाणको दूरी हुन्छ।
तर प्रश्नचाहिँ अझै बाँकी छ— अमेरिकाले नेपालमा राजनीतिक संस्था बलियो बनाउन मात्र लगानी गरेको थियो, कि भविष्यको राजनीतिक नेतृत्व निर्माणमा पनि लगानी गरिरहेको थियो?
नीति संवाद लोकतान्त्रिक संस्थाको क्षमता विकास कार्यक्रम मात्र थियो, कि नयाँ राजनीतिक शक्ति निर्माणको आधार पनि बनिरहेको थियो? रवि, बालेन, सागर र सुदनको नाम त्यहाँ कसरी पुग्यो?
उनीहरूसँग वास्तवमा के काम गरिएको थियो? यी प्रश्नको पूर्ण उत्तर नआएसम्म यसलाई केवल षड्यन्त्रको कथा भनेर खारेज गर्नु पनि हतार हुनेछ।
किनकि एउटा तथ्य निर्विवाद छ— अमेरिकाले नेपालमा करोडौँ डलर खर्च गरेर राजनीतिक दल, निर्वाचन, संसद् र नेतृत्व विकाससँग सम्बन्धित कार्यक्रम सञ्चालन गरेको थियो।
र अर्को तथ्यका रूपमा द ग्रेजोनले सार्वजनिक गरेको भनिएको कागजातमा आजका प्रभावशाली नयाँ राजनीतिक पात्रहरूको नाम जोडिएको दाबी गरेको छ।
अब बाँकी प्रश्न नेपाली राज्य र स्वतन्त्र अनुसन्धानकर्ताहरूले खोज्नुपर्ने हो—त्यो पैसा कहाँ गयो? कसलाई तालिम दिइयो? कसलाई नेतृत्वका रूपमा छनोट गरियो? कससँग अमेरिकी संस्थाहरूको प्रत्यक्ष सम्पर्क थियो? र नेपालमा पुरानो राजनीतिक शक्तिलाई विस्थापित गर्दै नयाँ शक्ति निर्माण गर्ने प्रक्रियामा त्यसको भूमिका कति थियो?
यदि यी प्रश्नको जवाफ कागजात र आर्थिक अभिलेखले पुष्टि गर्छ भने, नेपालमा पछिल्ला वर्षमा भएको राजनीतिक रूपान्तरणलाई केवल स्वाभाविक जनआक्रोशको परिणाम भनेर बुझ्नु अपूरो हुन सक्छ।
त्यसैले अहिलेको सबैभन्दा ठूलो प्रश्न यही हो—नेपालमा नयाँ राजनीतिक शक्ति आफैं जन्मिएको थियो, कि त्यसलाई जन्माउन बाहिरबाट पनि कुनै लामो तयारी भइरहेको थियो?
The post २० मिलियन डलरको नीति संवाद : बालेन, रवि, सागर र सुदन अमेरिकी परियोजनाका राजनीतिक उत्पादन हुन् ? appeared first on कागजपत्र.
सरकार, पहिला उपचार कि पैसा ?
गरिबले उपचार पाउनु पर्यो—यो हो हाम्रो एजेण्डा। निर्वाचनको भीडमा यस्तो वाक्य बोल्दा ताली बज्छ। गरिबका नाममा राजनीति गर्दा भाषण सुन्दर सुनिन्छ। पोस्टरमा गरिबको तस्वीर राख्दा राजनीति अझ भावुक देखिन्छ। तर जब त्यही गरिब अस्पतालको ढोकामा पुग्छ, तब राज्यको असली अनुहार देखिन्छ।
सप्तरीमा सार्वजनिक भएको एउटा घटनाले यही अनुहार फेरि देखाइदिएको छ। आर्थिक अभावका कारण एक गर्भवती महिलालाई अस्पतालमा भर्ना नगरिएको र अन्ततः उनले बाटोमै बच्चा जन्माउन बाध्य हुनुपरेको विवरण बाहिर आएको छ। घटनाको सत्यता र त्यसमा जिम्मेवार पक्षबारे निष्पक्ष छानबिन हुनैपर्छ। तर यदि सार्वजनिक भएको विवरण सही हो भने एउटा प्रश्नले राज्यलाई घेरिसकेको छ—के २ हजार ५ सय रुपैयाँभन्दा सस्तो भयो एउटा आमा र उनको गर्भमा रहेको बच्चाको जीवन ?
सरकारी अस्पतालमा उपचार गर्न पैसा चाहिन्छ, त्यो बुझ्न सकिन्छ। अस्पताल चलाउन खर्च हुन्छ, औषधि किन्नुपर्छ, कर्मचारीलाई तलब दिनुपर्छ, उपकरण मर्मत गर्नुपर्छ। तर आकस्मिक अवस्थामा उपचार चाहिएको बिरामीको अगाडि पहिलो प्रश्न ‘पैसा छ ?’ बन्न थाल्यो भने अस्पताल र पसलबीचको फरक कहाँ रहन्छ ?
सरकारी अस्पताल जनताको करबाट चलेका हुन्। भवन जनताको पैसाले बनेको छ। उपकरण जनताको पैसाले किनिएको छ। डाक्टर र कर्मचारीको तलब पनि राज्यकोषबाट आउँछ। अनि त्यही अस्पतालमा गरिब नागरिकले पैसा देखाउन नसके उपचारको ढोका बन्द हुन्छ भने नागरिकले सोध्ने नै भयो—यो अस्पताल जनताका लागि हो कि जनताको पैसा लिएर पनि जनताकै पहुँचभन्दा बाहिर राख्नका लागि ?
अझ यो प्रसूतिको विषय हो। एउटी गर्भवती महिलालाई बाटोमा बच्चा जन्माउन बाध्य पारिनु सामान्य घटना होइन। प्रसूति सेवामा केही मिनेटको ढिलाइ पनि आमा र बच्चाका लागि घातक हुन सक्छ। अत्यधिक रक्तस्राव भयो भने ? बच्चालाई समस्या आयो भने ? आमाको अवस्था अचानक बिग्रियो भने ? एम्बुलेन्स समयमा आएन भने ? त्यतिबेला २ हजार ५ सय रुपैयाँ खोज्ने हो कि जीवन बचाउने ?
आज आमा र बच्चा बाँचेका छन् भने त्यसलाई राज्यको उपलब्धि भनेर प्रचार गर्न मिल्दैन। उनीहरू बाँच्नु सौभाग्य हो। राज्यको उपलब्धि त उनीहरूलाई अस्पतालमै सुरक्षित प्रसूति गराउनु हुन्थ्यो।
सबैभन्दा दुःखद् कुरा के हो भने हामी यस्ता घटनालाई केही दिन सामाजिक सञ्जालको बहस बनाउँछौं, कर्मचारीलाई गाली गर्छौं, अस्पताल प्रशासनको आलोचना गर्छौं र केही दिनपछि सबै कुरा बिर्सिन्छौं। फेरि अर्को ठाउँमा अर्को गरिब नागरिक त्यही पीडा भोग्छ।
त्यसैले सप्तरीको घटनामा छानबिन आवश्यक छ। त्यस दिन ड्युटीमा रहेका कर्मचारीले के गरे ? अस्पताल प्रशासनले के निर्देशन दिएको थियो ? भर्ना नगर्नुको कारण के थियो ? आर्थिक अभावकै कारण सेवा रोकिएको थियो कि थिएन ? बिरामीको अवस्था हेरेर आकस्मिक उपचारसम्बन्धी जिम्मेवारी पूरा भयो कि भएन ? यी प्रश्नको उत्तर खोजिनुपर्छ।
यदि छानबिनले लापरबाही वा जिम्मेवारीबाट पन्छिएको पुष्टि गर्छ भने दोषीलाई प्रचलित कानुनअनुसार कारबाही हुनुपर्छ। सरकारी जागिर सुरक्षा कवच होइन। सरकारी संस्थामा जिम्मेवारी पनि हुन्छ। विशेषगरी मानिसको जीवनसँग जोडिएको सेवामा लापरबाहीलाई ‘सानो गल्ती’ भनेर ढाकछोप गर्न मिल्दैन।
अब प्रश्न सरकारतर्फ पनि सोझिन्छ।
निर्वाचनअघि गरिबको उपचारलाई एजेण्डा बनाइन्छ। निर्वाचनपछि गरिब अस्पतालको गेटमा पुग्दा उसको हातमा पैसा खोजिन्छ भने त्यस्तो एजेण्डाको औचित्य के ?
राजनीतिमा गरिब सबैभन्दा लोकप्रिय शब्द हो। भाषणमा गरिब, घोषणापत्रमा गरिब, चुनावी नारामा गरिब। तर अस्पतालको बेडमा पुग्दा त्यही गरिब सबैभन्दा कमजोर हुन्छ। त्यहाँ उसको साथमा न पहुँच हुन्छ, न पैसा, न चिनजान। उसको हातमा हुन्छ त केवल एउटा आशा—सरकारी अस्पतालले मलाई बचाउँछ। त्यही आशा टुट्यो भने राज्यसँग नागरिकले भरोसा गर्ने अर्को ठाउँ के बाँकी रहन्छ ?
हामीले राज्यको सफलता सडक, पुल, भवन र उद्घाटनको संख्याले मात्र नापिरहेका छौं। तर राज्यको वास्तविक सफलता त एउटा गरिब आमा प्रसव पीडामा अस्पताल पुग्दा उसलाई कति सम्मान र कति छिटो उपचार दिइन्छ भन्ने कुराले नापिनुपर्छ।
प्रधानमन्त्री बालेन साहले भनेको ‘गरिबले उपचार पाउनु पर्यो’ भन्ने वाक्यलाई अब नाराबाट नीतिमा बदल्ने समय आएको छ। सप्तरीको घटना त्यही प्रतिबद्धताको पहिलो परीक्षा बन्न सक्छ।
सरकारले चाह्यो भने एउटा स्पष्ट सन्देश दिन सक्छ—पैसा नभएको कारण आकस्मिक अवस्थामा कुनै नागरिक उपचारबाट वञ्चित हुनेछैन। गल्ती गर्ने जोसुकै भए पनि छानबिन हुन्छ। दोषी देखिए कारबाही हुन्छ। र सरकारी अस्पताल गरिब नागरिकको अन्तिम आशा हो भन्ने कुरा व्यवहारमै प्रमाणित हुन्छ।
नत्र ‘गरिबले उपचार पाउनु पर्यो’ भन्ने वाक्य पनि नेपाली राजनीतिका अरू सयौं मीठा नाराजस्तै हुनेछ—चुनावअघि सुनिने, चुनावपछि बिर्सिने।
सप्तरीकी ती महिलाले बाटोमा बच्चा जन्माएको घटनाले त्यसैले एउटा कठोर प्रश्न छोडेको छ— राज्यले गरिबको जीवनको मूल्य कति तोकेको छ ? २ हजार ५ सय रुपैयाँ ?
यदि उत्तर होइन भने, अब त्यो ‘होइन’ व्यवहारमा देखिनुपर्छ। किनकि अस्पतालको ढोकामा उभिएको गरिब नागरिकले भाषण सुन्न खोजेको होइन। उसले उपचार खोजेको हो। उसलाई आश्वासन होइन, बेड चाहिएको हो। भाषण होइन, उपचार चाहिएको हो। र सबैभन्दा पहिले—बाँच्ने अधिकार चाहिएको हो।
The post सरकार, पहिला उपचार कि पैसा ? appeared first on कागजपत्र.
अपराधको बढ्दो ग्राफ : हामी कस्तो समाज बनाउँदैछौँ?
तीन वर्षीया बालिकामाथि बलात्कारपछि हत्या भएको खबरले फेरि एकपटक समाजलाई झस्काएको छ। झस्किनुपर्ने कारण घटना जघन्य भएर मात्र होइन, यस्ता घटनामा संलग्न व्यक्तिको उमेर र अपराधको स्वरूपले हाम्रो सामाजिक संरचनामाथि नै गम्भीर प्रश्न उठाएको छ। अझ चिन्ताजनक कुरा त के छ भने, यस्तो घटना अब हामी कहाँ बिल्कुलै असम्भव वा अकल्पनीय समाचार रहेन। केही दिन आक्रोश, केही दिन बहस र त्यसपछि फेरि सामान्य दिनचर्या—हाम्रो सामाजिक प्रतिक्रियाको चक्र लगभग यस्तै बन्न थालेको छ।
तीन वर्षकी बालिका संसार बुझ्दै थिइन्। उनलाई अपराध, हिंसा र वासना के हुन् भन्ने थाहा हुने उमेर नै होइन। तर त्यही बालिका हिंसाको सिकार भएर ज्यान गुमाउँछिन् भने हामीले केवल अपराधीलाई दोष दिएर आफ्नो जिम्मेवारी पूरा भएको ठान्नु हुँदैन। यस्तो अपराध जन्माउने सामाजिक वातावरण कहाँबाट बनिरहेको छ भन्ने प्रश्न पनि उत्तिकै महत्वपूर्ण छ।
हामी छोराछोरीलाई राम्रो पढ, ठूलो मान्छे बन, धेरै पैसा कमाऊ भन्छौँ। तर कसैको शरीरमाथि उसको इच्छाविपरीत अधिकार जमाउनु अपराध हो भन्ने कुरा कति परिवारले आफ्ना छोराछोरीसँग खुलेर कुरा गर्छन्? महिलालाई सम्मान गर्नु, बालबालिकाको सीमाको सम्मान गर्नु, गलत स्पर्श र सही स्पर्श छुट्याउनु, इन्टरनेटमा देखिने प्रत्येक सामग्री सही हुँदैन भन्ने बुझाउनु-यी विषयमा हाम्रो पारिवारिक संवाद अझै कमजोर छ।
अर्कोतर्फ, तीव्र शहरीकरणले पनि हाम्रो सामाजिक संरचनालाई बदलिरहेको छ। गाउँबाट शहरमा मानिस थपिएका छन्, बस्ती बाक्लिएका छन्, घर अग्लिएका छन्, तर छिमेकीसँगको सम्बन्ध पातलिएको छ। एउटै टोलमा को बस्छ, कसको गतिविधि के छ, बालबालिका कहाँ खेलिरहेका छन् भन्ने जानकारी राख्ने सामुदायिक संस्कार कमजोर हुँदै गएको छ। पहिले समाजको सामूहिक आँखाले हेर्ने काम अहिले सीसीटीभीले गर्नुपर्ने अवस्था आएको छ। तर क्यामेराले समाजको विवेकको ठाउँ लिन सक्दैन।
शहरमा खाली घर, निर्माणाधीन संरचना, सुनसान बाटो र कमजोर सामुदायिक निगरानीजस्ता जोखिम बढिरहेका छन्। त्यसलाई अपराधसँग जोडेर हेर्ने व्यवस्थित अभ्यास पनि हामीकहाँ कमजोर छ। अपराध भइसकेपछि अपराधी खोज्नेभन्दा अपराध हुन सक्ने ठाउँ र परिस्थितिको पहिचान गरेर त्यसलाई नियन्त्रण गर्ने प्रणाली बलियो हुनुपर्ने हो।
अपराध नियन्त्रणको अर्थ अपराधी पक्राउ पर्नु मात्र होइन। एउटा बच्चा हराएको सूचना पाएपछि राज्य संयन्त्र कति छिटो परिचालित हुन्छ? जोखिममा रहेका बालबालिकाको सुरक्षा कसरी सुनिश्चित गरिन्छ? विद्यालय र स्थानीय तहले बाल सुरक्षा सम्बन्धी कस्तो व्यवस्था गरेका छन्? प्रहरीलाई सूचना पुगेपछि उसको प्रतिक्रिया कति प्रभावकारी हुन्छ? यस्ता प्रश्नको उत्तरमा अपराध रोकथामको वास्तविक क्षमता लुकेको हुन्छ।
आजको घटना त्यसैले केवल एउटा परिवारको दुःख होइन। यो राज्यको सुरक्षा प्रणालीमाथिको प्रश्न हो। प्रहरीको कार्यक्षमतामाथिको प्रश्न हो। परिवारको चेतनामाथिको प्रश्न हो। विद्यालयको शिक्षामाथिको प्रश्न हो। र सबैभन्दा ठूलो कुरा, हाम्रो सामाजिक संस्कारमाथिको प्रश्न हो।
हामीले विकासलाई सडक, भवन, व्यापार र प्रविधिसँग जोडेर हेर्ने गरेका छौँ। तर कुनै समाज कति विकसित छ भन्ने मापन त्यहाँका कमजोर मानिस कति सुरक्षित छन् भन्ने आधारमा पनि हुनुपर्छ। तीन वर्षकी बालिका आफ्नै वरिपरिको संसारमा सुरक्षित छैनन् भने हामीले आफूलाई आधुनिक समाज भनेर गर्व गर्नुको अर्थ के रह्यो?
अब छोरीलाई मात्र सावधान रहन सिकाएर पुग्दैन। छोरालाई पनि संवेदनशील, जिम्मेवार र सम्मान गर्न सक्ने नागरिक बनाउने शिक्षा दिनुपर्छ। बालबालिकालाई डराएर होइन, बुझाएर सुरक्षित बनाउनुपर्छ। प्रहरीलाई घटना भएपछि मात्र होइन, सम्भावित अपराधअघि नै सक्रिय बनाउनुपर्छ। शहरलाई भवनले मात्र होइन, सुरक्षित समुदायले पनि भरिनुपर्छ।
सबैभन्दा महत्वपूर्ण कुरा, यस्तो घटना भएपछि केही दिन आक्रोशित भएर फेरि मौन बस्ने हाम्रो बानी बदलिनुपर्छ। किनकि आज पीडित एउटा परिवार हो, तर भोलि त्यो पीडा जुनसुकै घरमा पुग्न सक्छ।
अपराधको ग्राफ माथि जाँदैछ भने हामीले केवल अपराधीको संख्या गन्ने होइन, समाजको संवेदना कहाँ घटिरहेको छ भनेर पनि हेर्नुपर्छ। तीन वर्षकी बालिकाको चित्कार सुन्न नसक्ने समाजले आफूलाई सभ्य भन्न मिल्दैन।
The post अपराधको बढ्दो ग्राफ : हामी कस्तो समाज बनाउँदैछौँ? appeared first on कागजपत्र.
तथ्यलाई तोडमोड गर्दै माननीय आशिका तामाङको भ्रामक र भड्काउ अभिव्यक्ति
काठमाडाैं –  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की प्रतिनिधिसभा सदस्य आशिका तामाङले प्रतिनिधिसभाको बैठकमा नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले ‘मुस्लिम शरणार्थी’ सम्बन्धी अभिव्यक्ति दिएको दाबी गर्दै टिप्पणी गरेकी छन्। तर उपलब्ध सार्वजनिक अभिलेख, संसदीय समितिको ब्रिफिङ विवरण तथा प्रकाशित समाचारहरूको अध्ययन गर्दा उक्त दाबी तथ्यसँग मेल खाँदैन।
आईजीपी कार्कीले संघीयता सुदृढीकरण तथा राष्ट्रिय सरोकार समितिमा सीमा सुरक्षासम्बन्धी नियमित ब्रिफिङका क्रममा नेपाल–भारत खुला सीमाबाट हुने अवैध प्रवेश, सीमापार अपराध, मानव तस्करी तथा उदीयमान राष्ट्रिय सुरक्षा चुनौतीबारे जानकारी गराएका थिए। उनको सम्पूर्ण प्रस्तुतिको सन्दर्भ धार्मिक वा साम्प्रदायिक नभई सीमा सुरक्षा, अवैध आप्रवासन र राष्ट्रिय सुरक्षासँग सम्बन्धित थियो।
ब्रिफिङका क्रममा उनले भनेका थिए– ‘रोहिङ्ग्या शरणार्थीको विषय पनि सीमा सुरक्षाको चुनौतीका रूपमा देखिएको छ। भारतबाट नेपाल प्रवेश गरी विभिन्न स्थानमा बसोबास गर्न खोज्ने रोहिङ्ग्या तथा अन्य विदेशी नागरिकको पहिचान गरी नियन्त्रणमा लिई सम्बन्धित निकायलाई बुझाउने गरिएको छ। उनीहरूमध्ये केही लागुऔषध ओसारपसारजस्ता अपराधमा संलग्न रहेको पाइएको छ।’
त्यसैगरी उनले अर्को प्रसंगमा उल्लेख गरेका थिए– ‘भारत हुँदै नेपालमा रोहिङ्ग्या, पाकिस्तानी तथा सोमाली नागरिकको अवैध प्रवेश पछिल्ला वर्षहरूमा बढेको छ।’
यी दुवै अभिव्यक्तिको शब्दशः अध्ययन गर्दा ‘मुस्लिम शरणार्थी’ भन्ने शब्द कतै प्रयोग भएको देखिँदैन। त्यस्तै, कुनै धर्म, धार्मिक समुदाय वा सम्पूर्ण जातीय समूहलाई अपराधसँग जोड्ने वा दोषारोपण गर्ने अभिव्यक्ति पनि उनले दिएका छैनन्। उनले स्पष्ट रूपमा ‘उनीहरूमध्ये केही’ व्यक्तिहरू लागुऔषध ओसारपसारजस्ता अपराधमा संलग्न भेटिएको उल्लेख गर्दै सीमा सुरक्षाका चुनौतीबारे जानकारी गराएका हुन्।
तथ्यले के देखाउँछ?
आईजीपी कार्कीले ‘मुस्लिम शरणार्थी’ भन्ने शब्द प्रयोग गरेका छैनन्। उनको ब्रिफिङ धार्मिक विषयमा होइन, सीमा सुरक्षा, अवैध प्रवेश र राष्ट्रिय सुरक्षाका चुनौतीमा केन्द्रित थियो। उनले रोहिङ्ग्या, पाकिस्तानी तथा सोमाली नागरिकको अवैध प्रवेश र त्यससँग सम्बन्धित सुरक्षा जोखिमबारे तथ्यगत जानकारी प्रस्तुत गरेका हुन्।
उनले कुनै धर्म वा सम्पूर्ण समुदायलाई अपराधी भनेका छैनन्;  केही व्यक्तिहरू अपराधमा संलग्न भेटिएको तथ्य मात्र उल्लेख गरेका हुन्।
यसरी हेर्दा, आईजीपी कार्कीको अभिव्यक्तिलाई ‘मुस्लिम शरणार्थी’ भन्ने शब्दसँग जोड्दै धार्मिक टिप्पणीका रूपमा चित्रण गर्नु उपलब्ध सार्वजनिक अभिलेख, ब्रिफिङको वास्तविक आशय तथा शब्दशः विवरणसँग मेल खाँदैन। यस्तो प्रस्तुतीकरणले मूल सन्दर्भलाई विकृत बनाउने र सार्वजनिक रूपमा गलत निष्कर्ष सिर्जना गर्ने जोखिम उत्पन्न गर्दछ।
सुरक्षा निकायका प्रमुखले संसदीय समितिसमक्ष सीमा सुरक्षा, अवैध आप्रवासन, सीमापार संगठित अपराध तथा राष्ट्रिय सुरक्षाका जोखिमबारे जानकारी गराउनु उनीहरूको संवैधानिक, कानुनी तथा संस्थागत दायित्व हो। यस्ता औपचारिक सुरक्षा ब्रिफिङलाई सन्दर्भबाट अलग गरी राजनीतिक टिप्पणी वा धार्मिक रंग दिनु तथ्यपरक बहसभन्दा भ्रम र अनावश्यक विवादलाई बढावा दिनु हो।
विशेषतः संसद् जस्तो सर्वोच्च जनप्रतिनिधिमूलक संस्थामा व्यक्त हुने अभिव्यक्तिहरूले सार्वजनिक धारणा निर्माणमा प्रत्यक्ष प्रभाव पार्ने भएकाले कुनै पनि सार्वजनिक पदाधिकारीमाथि आरोप वा टिप्पणी गर्दा तथ्य, प्रमाण र आधिकारिक अभिलेखका आधारमा बोल्नु लोकतान्त्रिक उत्तरदायित्वको न्यूनतम मापदण्ड हो। तथ्यविपरीत वा अपुष्ट दाबीले सम्बन्धित व्यक्तिको प्रतिष्ठामा मात्र होइन, राज्यका सुरक्षा संस्थाप्रतिको जनविश्वास, सामाजिक सद्भाव तथा तथ्यमा आधारित सार्वजनिक विमर्शमा समेत नकारात्मक प्रभाव पार्न सक्छ।
The post तथ्यलाई तोडमोड गर्दै माननीय आशिका तामाङको भ्रामक र भड्काउ अभिव्यक्ति appeared first on कागजपत्र.
गोली चल्दा सरकार निर्दोष, कर्मचारी दोषी?
काठमाडाैं – लोकतान्त्रिक शासन व्यवस्थामा राज्यको सबैभन्दा ठूलो शक्ति भनेको बन्दुक होइन, कानुन हो। राज्य बल प्रयोग गर्न सक्छ, तर त्यो बल प्रयोगको वैधता कानुन, आदेशको शृङ्खला र उत्तरदायित्वबाट स्थापित हुन्छ। त्यसैले कुनै पनि ठाउँमा प्रहरीको गोली चल्यो भने प्रश्न केवल गोली कसले चलायो भन्ने मात्र हुँदैन, गोली चल्ने अवस्था किन आयो, आदेश कसले दियो, त्यसको राजनीतिक र प्रशासनिक जिम्मेवारी कसले लिन्छ भन्ने पनि हुन्छ।
नेपालको राजनीतिक इतिहास हेर्दा यस्तो घटनामा सधैं राजनीतिक नेतृत्वमाथि नै पहिलो प्रश्न उठ्ने गरेको छ। किनकि प्रहरी सरकारको मातहतमा हुन्छ। गृह मन्त्रालयले नीति बनाउँछ, सुरक्षा रणनीति तय गर्छ र अन्तिम राजनीतिक जिम्मेवारी सरकारकै हुन्छ।
जेन्जी आन्दोलनका क्रममा प्रहरीको गोली चलेपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकमाथि नैतिक तथा राजनीतिक जिम्मेवारीको प्रश्न उठाइयो। सडकमा आन्दोलन भयो। सरकारमाथि चौतर्फी दबाब सिर्जना गरियो। त्यो बेला तर्क एउटै थियो—गोली प्रहरीले चलाए पनि जिम्मेवारी सरकारको हो। तर आज सुनसरीको घटनापछि देखिएको सरकारी शैलीले एउटा नयाँ प्रश्न जन्माएको छ। के अहिले त्यो मापदण्ड फेरिएको हो?
सुनसरी घटनापछि गृह मन्त्रालयले कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी विनोद घिमिरेलाई प्रहरी प्रधान कार्यालय तानेको छ। उनको स्थानमा डीआईजी शेखर खनाललाई पठाइएको छ। त्यसैगरी सुनसरीका एसपीलाई पनि हटाएर नयाँ एसपी पुष्पराज मल्ललाई पठाइएको छ। प्रशासनिक नेतृत्वमा समेत परिवर्तन गरिएको छ।
सरकारले यसलाई नियमित प्रशासनिक निर्णय भन्न सक्छ। छानबिनका लागि सरुवा गरिएको तर्क पनि दिन सक्छ। तर यहींबाट एउटा गम्भीर कानुनी प्रश्न उठ्छ।
सार्वजनिक रूपमा आएका विवरणहरू अनुसार सरुवा गरिएका केही अधिकारी घटना हुँदा स्वीकृत बिदामा थिए। यदि उनीहरू वास्तवमै बिदामा थिए भने उनीहरू घटनाको प्रत्यक्ष कमाण्डमा थिए कि थिएनन्? यदि थिएनन् भने उनीहरूलाई तत्काल जिम्मेवार देखाउने आधार के हो? कुनै पनि लोकतान्त्रिक राज्यमा जिम्मेवारी अनुमानका आधारमा होइन, कानुन र प्रमाणका आधारमा तय हुनुपर्छ। यसले अर्को गम्भीर प्रश्न पनि जन्माएको छ।
यदि जेन्जी आन्दोलनमा गोली चल्दा राजनीतिक नेतृत्व जिम्मेवार हुने, तर सुनसरीमा गोली चल्दा बिदामा रहेका प्रहरी अधिकारी जिम्मेवार हुने हो भने दुई उस्तै प्रकृतिका घटनामा दुई फरक मापदण्ड किन?
विधिको शासनको अर्थ व्यक्ति हेरेर कानुन लागू गर्नु होइन। एउटै प्रकृतिको घटनामा एउटै सिद्धान्त लागू हुनुपर्छ। सरकार बदलिँदा जिम्मेवारीको मापदण्ड पनि बदलिन थाल्यो भने त्यो विधिको शासन होइन, राजनीतिक सुविधाको शासन हुन्छ।
यस घटनामा सबैभन्दा चिन्ताजनक पक्ष अर्को पनि छ। छानबिन पूरा नहुँदै, तथ्य स्थापित नहुँदै, जिम्मेवारीको कानुनी आधार सार्वजनिक नगरी उच्च प्रहरी अधिकारीहरूलाई हटाउने निर्णयले यस्तो सन्देश दिन सक्छ कि सरकार जनआक्रोश शान्त पार्न छिटो निर्णय देखाउन चाहन्छ। तर प्रशासनिक रूपमा छिटो देखिएको निर्णय सधैं न्यायपूर्ण हुन्छ भन्ने ग्यारेन्टी हुँदैन।
यदि कसैले गल्ती गरेको छ भने उसलाई कारबाही हुनैपर्छ। त्यो चाहे प्रहरी अधिकारी होस्, प्रशासनिक प्रमुख होस् वा राजनीतिक नेतृत्व नै किन नहोस्। तर कारबाहीको आधार पद होइन, प्रमाण हुनुपर्छ। लोकतन्त्रमा कर्मचारीलाई दोषी घोषणा गरेर राजनीतिक नेतृत्व निर्दोष बन्ने संस्कारले राज्य प्रणालीलाई कमजोर बनाउँछ।
प्रहरी संगठन आदेशमा चल्ने संस्था हो। त्यहाँ निर्णय व्यक्तिगत इच्छाले होइन, कमाण्ड संरचनाबाट हुन्छ। त्यसैले गोली चल्ने जस्तो संवेदनशील घटनामा अन्तिम निर्णय कसको थियो? स्थानीय कमाण्डरको? प्रदेश तहको? गृह मन्त्रालयको? वा परिस्थितिअनुसार घटनास्थलका कमाण्डरको? यी प्रश्नको उत्तर छानबिनले दिनुपर्छ। तर छानबिनअघि नै दोषको संकेत दिने प्रशासनिक कदमले निष्पक्षतामाथि नै प्रश्न उठ्न सक्छ।
नेपालमा पटक–पटक देखिएको एउटा प्रवृत्ति भनेको राजनीतिक संकट आउँदा कर्मचारीलाई बलिको बोका बनाउने हो। सरकार बदलिन्छ, मन्त्री बदलिन्छन्, तर प्रशासनिक संयन्त्रमाथि दोष थोपर्ने संस्कृति भने जस्ताको तस्तै रहन्छ। यसले कर्मचारीतन्त्रको मनोबल मात्र होइन, निर्णय क्षमता पनि कमजोर बनाउँछ। किनकि भोलि कुनै कठिन परिस्थितिमा कानुनअनुसार निर्णय गर्दा पनि अन्ततः राजनीतिक दबाबमा आफू नै बलि चढ्नुपर्ने डर प्रशासनभित्र बस्न थाल्छ।
लोकतन्त्रमा सरकारको सबैभन्दा ठूलो परीक्षा संकटका बेला हुन्छ। संकटका बेला जिम्मेवारी तल धकेल्ने होइन, माथिबाट स्वीकार गर्ने संस्कार विकसित हुनुपर्छ। यदि राजनीतिक नेतृत्वले सबै सफलता आफ्नो नाममा लिने तर सबै असफलता कर्मचारीको टाउकोमा थोपर्ने अभ्यास संस्थागत भयो भने त्यसले उत्तरदायी शासनको आधार नै कमजोर बनाउँछ।
सुनसरी घटनाको सत्य छानबिनबाट बाहिर आउनुपर्छ। दोषी जो भए पनि कानुनअनुसार कारबाही हुनुपर्छ। तर त्यसअघि उठेको एउटा प्रश्नलाई बेवास्ता गर्न मिल्दैन—राज्य कानुनअनुसार चलिरहेको छ कि राजनीतिक आवश्यकता अनुसार?
यदि एउटै प्रकृतिको घटनामा सत्ता बदलिँदा जिम्मेवारी निर्धारण गर्ने मापदण्ड पनि बदलिन्छ भने त्यसलाई विधिको शासन भन्न सकिँदैन। लोकतन्त्रको मर्म यही हो कि कानुन सबैका लागि समान होस्—सरकारका लागि पनि, प्रहरीका लागि पनि, कर्मचारीका लागि पनि। अन्यथा आज बिदामा बसेका अधिकारी दोषी ठहरिनेछन्, भोलि अर्को सरकार आउँदा अर्को कोही। तर हार्ने सधैं एउटै पक्ष हुनेछ—विधिको शासन।
The post गोली चल्दा सरकार निर्दोष, कर्मचारी दोषी? appeared first on कागजपत्र.
काठमाडाैं हेर्न चन्द्रागिरीतिर बरालिँदा…
अब रमाउन मन लाग्न थालेछ कि क्या हो ? कालीप्रसाद बास्कोटा र हिमाल साउदको शब्दमा हेमन्त रानाले भने जस्तै ४० कटियो कि क्या हो ? जेन्जी सरकारले दिएको आइतबारको बिदालाई सदुपयोग गर्दै काठमाडौंको कुनै एउटा डाँडा पुग्ने रहरमा हेमन्त राना फेरि गुञ्जिए ।
अघिल्लो महिना उपत्यकाको एउटा डाँडो पाइलाले नापिएको थियो कुमार सर र ऋषभको साथमा । तर यसपटक भने ज्यानको सुविस्ताका  लागि प्रविधिलाई पछ्याउने निर्णय गरियो । किनकि म र मेरीसँगै हाम्राले पनि डाँडाबाट उपत्यका हेर्ने रहर गरे । आफ्नो रहरसँगै आफ्नाको पनि रहर पूरा गर्नु दायित्व मात्र होइन खुशी पनि हो भन्ने कुरा भनिराख्नुपर्ने पक्कै होइन ।
त्यसैले यसपटक रोजियो उपत्यकाको डाँडामा पुग्ने सबैभन्दा सजिलो उपाय खोज्दै दक्षिण पश्चिमको चन्द्रागिरीतिर । आफ्नै समेत (१० कित्ता शेयर) दायित्व भएको चन्द्रागिरी हिल्सको सम्पत्ति थोरै भए पनि बढाउने योजना जय (जयराम लामिछाने) दाईले तुहाइदिनुभयो । जाउ, घुम अनि घुमाउ भन्दै चारवटा टिकट हातैमा थमाइदिनुभयो । सो क्रममा सिल्भर जुब्लीसमेत कटिसकेको हाम्रो सम्बन्धका सुरुवातका दिनहरु सम्झाइदिनु भयो दाजुले । दाजुको कुरासँगै दरबार हत्याकाण्ड र भदौ १६ लगायतका घटनालाई स्मरणमा ‘रिन्यू’ अनि पछिल्ला दिन बिताउने क्रममा भेट हुने तर संगत खास्सै नहुने ‘ठेट्ना’हरुका बारेमा कुरा निस्कन थाले पनि पुरानैहरूको सम्झना धेरै गरियो ।
झण्डै साढे ८ बजेतिर घरबाट निस्किएका हामी १० बजे तल्लो स्टेशन पुगियो । उपत्यकाको पूर्वी कुनामा बस्दै आएका हामी पश्चिम कुनासम्म जाँदा झण्डै डेढघन्टा बाटैले खायो । त्यसपछि झण्डै खाली रहेको तल्लो स्टेशनबाट कुहिरोभित्रको माथिल्लो स्टेशन पुगियो । बिचमा झण्डै २ मिनेट केबलकारले बिश्राम गर्यो, थाहा नदिउँ भनेको छोराले थाहा पाइहालेछ रोकिएको- डरायो अलि-अलि । तर, उसलाई हैन होला भनेर यताउति देखाउँदा देखाउँदै फेरि चल्यो, अनि आनन्द भयो । तल गर्मीले पसिना बगेको शरीर माथि पुगेपछि कुहिरोको बीचमा चिसियो ।
चन्द्रागिरीमा एउटा बडो गज्जबको अफर रहेछ, सोमबार साँझ ४ बजेपछिको टिकटको मूल्य ४२५ ।– अर्थात् ५० प्रतिशत छुट । के–को लागि होला ? भनेको त भालेश्वरको मन्दिरमा आरतीका लागि भक्तजन लैजाने चन्द्रागिरी हिल्सको जुक्ति पो रहेछ । ४ बजे काटेको टिकटको समय ७ बजेसकिँदो रहेछ । ४ बजे माथि गयो, आरती गर्यो, अनि ७ बजे तल झरिसक्नुपर्ने ।
अनि साँचि माथिल्लो स्टेशनमा पुग्नेबित्तिकै गेटमै रातोप्लेटको माइक्रो पनि देखियो । त्यो चाहिँ चन्द्रागिरी रिसोर्टका ‘ग्राहक’ कुर्ने गर्दो रहेछ । रिसोर्टसम्म जानेहरुलाई तलबाट केबलकार चढेर गएपछि माइक्रोमै जाने सुविधा पनि रहेछ ।
माथि पुगेपछि चिसिएको शरिरलाई जिपलाइन, साइक्लिङ र स्काई वाकले झन् चिस्यायो । २/४ सय मिटरका लागि हजारमाथि ‘दान’ गर्नुपर्ने रहेछ । भिडियो बनाउँदै ३ सय रे ! त्यो त धेरै सस्तो नै हो भन्ने चाहिँ लागेन आफूलाई । त्यहाँ हर्स राइडिङ पनि रैछ.. तर चिसोले कठ्याङ्ग्रिएको घोडामा पैसै तिरेर आफ्नो भारि ज्यान भने बिसाइएन । साढे २ सय तिरेर चढेको घोडाले मैले तिरेमध्येको कति पैसाको खानेकुरा पाउला ? त्यो त्यसको अनुहार हेर्दा कल्पनै सम्म पनि गर्न सकिएन ।
तल्लो स्टेशनदेखि माथिल्लो स्टेशन र भालेश्वर मन्दिरको प्रांगणमा गरी ३ वटा ‘आई लभ चन्द्रागिरी’ का फोटो खिच्ने ठाउँ रहेछन् । तपाईंसँग क्वालिटिको मोबाइल/क्यामेरा छैन भने चिन्ता गर्नुपर्ने रैनछ है, त्यहीँ कतै फोटोग्राफरहरुले एसएलआर क्यामेरा लिएर बसेका हुँदा रहेछन् । तिनीहरुले कति पैसा लिँदा रहेछन् त्यो चाहिँ सोधिएन । अनि साँची त्यहाँ केही फ्रेमहरूमा साँचो नै साँचो लगाएका पनि देखियो, त्यो किन लगाउँदा हुन् कुन्नि ? साँचोमा नाम लेखेका थिए, माया गर्नेहरूले ‘ताला’ नै लगाएर माया गरेका हुन् कि के होला ? त्यो पनि सोधिएन ।
झण्डै ८ वर्षअघि जाँदा खानेकुरा लैजान नपाइने चन्द्रागिरीमा यसपटक भने झोला ‘चेक’ नहुने रहेछ । त्यो चाहिँ राम्रै लाग्यो, तर चेक हुन्छ कि ? कुनै बेला, सोधिएन है कसैसँग । आफू भने पहिलेकै झैं मानेर झोलामा केही बोकिएन, माथि पुगेपछि साढे ३ सयको मःम र डेढ सयको चार पीस जेरीमा परियो । तर, प्याकेटका खानेकुरा खानेका लागि भने फाइदै रहेछ, एमआरपीमै सामान पाइने पसल पनि रहेछन् है । आफ्नै च्वाइस हो, जे/जता खाँदा पनि भयो, गच्छेअनुसारको ।
एकछिनपछि भालेश्वर महादेवको दर्शन गरी चिसोले जिउ थप चिस्याउन थालेपछि झरियो । शनिबार र सार्वजनिक बिदाका दिन १२ देखि १ बजेसम्म केबलकार बन्द नहुने रैछ, त्यसैले केबलकार नचलेर कुरेरै बस्न चाहिँ नपर्ने रहेछ ।
माथि चिसोले कामेको शरीर लिएर जसो-तसो तल झर्यो, केबलकार र तलको गर्मीले हपक्कै भएको शरिरलाई ‘वाटर फाउन्टेन’ले अलि–अलि शितल बनाउँदो रहेछ । त्यहाँ पनि फोटो खिच्नेहरुको भिड नै लाग्नेरहेछ ।
तल ओर्लँदासम्म एउटै ‘रुटिङ’ हिँडेकाहरु अब भने आ–आफ्नो सुरमा हिँड्दा रहेछन् । कसैले त्यहीँसम्म लगेका निजी सवारीमा ओरालो लाग्दा रहेछन् भने कसैले तल्लो स्टेशनमा राइड सेयरिङका लागि कुरिरहेकाहरुको साथ पनि लाग्दा रहेछन् । अल्लि तल भने एउटा बस स्टेशन रहेछ, त्यहाँ चाहिँ धुलिखेलसम्म जाने सार्वजनिक बस पाइनेरहेछ । त्यो पनि झण्डै उपत्यकालाई नै फन्को मार्दै, चन्द्रागिरी, थानकोट, कलंकी, स्वयम्भू, नयाँ बसपार्क, महाराजगञ्ज, चाबहिल, गौशाला, कोटेश्वर, भक्तपुर, बनेपा हुँदै धुलिखेलसम्म पुग्दो रहेछ, आफूलाई जता मिल्छ त्यतै झरे हुनेरैछ है ।
The post काठमाडाैं हेर्न चन्द्रागिरीतिर बरालिँदा… appeared first on कागजपत्र.
कांग्रेसको एकता: इतिहासको आवश्यकता, लोकतन्त्रको अपरिहार्यता
नेपालको लोकतान्त्रिक इतिहासमा नेपाली कांग्रेस केवल एउटा राजनीतिक दल होइन, एउटा आन्दोलनको नाम हो। यो पार्टीको इतिहास सत्ता प्राप्तिको इतिहास मात्र होइन; राणा शासनविरुद्धको विद्रोह, पञ्चायती निरंकुशताविरुद्धको संघर्ष, नागरिक स्वतन्त्रताको रक्षा, बहुदलीय प्रजातन्त्रको पुनर्स्थापना, शान्ति प्रक्रिया र संविधान निर्माणसम्मको निरन्तर राजनीतिक यात्राको इतिहास हो। त्यसैले नेपाली कांग्रेसभित्रको आन्तरिक अवस्था केवल कांग्रेसको विषय होइन, नेपालको लोकतान्त्रिक भविष्यसँग पनि जोडिएको विषय हो।
इतिहासले एउटा तथ्य स्पष्ट देखाएको छ—जब नेपाली कांग्रेस बलियो भएको छ, लोकतान्त्रिक आन्दोलनले गति लिएको छ; र जब कांग्रेस आन्तरिक रूपमा कमजोर भएको छ, त्यसको प्रभाव राष्ट्रिय राजनीतिमा पनि परेको छ। त्यसैले आजको प्रश्न केवल सभापति को हो भन्ने होइन, कांग्रेस कस्तो बन्ने भन्ने हो।
नेपाली कांग्रेसका संस्थापक नेता विश्वेरप्रसाद (बीपी) कोइरालाले आफ्नो सम्पूर्ण राजनीतिक जीवनभर राष्ट्रियता, प्रजातन्त्र र समाजवादलाई कांग्रेसको वैचारिक आधारका रूपमा स्थापित गर्नुभयो। उहाँले पटक–पटक जोड दिनुभएको विषय थियो—दलभन्दा माथि राष्ट्र, र राष्ट्रको आधार लोकतन्त्र।
बीपीको एउटा प्रसिद्ध भनाइ छ, “प्रजातन्त्र भनेको जनताको स्वतन्त्रताको अर्को नाम हो।” यो वाक्य केवल राजनीतिक नारा होइन, कांग्रेसको आत्मा हो। प्रजातन्त्रको अर्थ केवल चुनाव जित्नु होइन; विचारको सम्मान, असहमतिको संरक्षण, विधिको शासन र संस्थागत संस्कृतिको विकास हो।
गिरिजाप्रसाद कोइरालाले देशलाई द्वन्द्वबाट शान्तिको बाटोमा ल्याउने ऐतिहासिक जिम्मेवारी निर्वाह गर्नुभयो। उहाँले राजनीतिक मतभेदलाई संवादमार्फत समाधान गर्ने संस्कृतिलाई प्राथमिकता दिनुभयो। संविधान निर्माण र शान्ति प्रक्रियामा उहाँको भूमिकाले देखायो कि ठूलो नेतृत्व त्यो हो, जसले आफ्नो पक्ष मात्र होइन, राष्ट्रको हितलाई प्राथमिकता दिन्छ।
आज कांग्रेसभित्र देखिने ध्रुवीकरण हेर्दा बीपीले दिएको अर्को सन्देश अझ सान्दर्भिक देखिन्छ—दललाई व्यक्तिले होइन, विचार र विधिले चलाउनुपर्छ। जब व्यक्तिलाई संस्थाभन्दा माथि राख्ने प्रवृत्ति बढ्छ, तब संगठन विस्तारै कमजोर हुँदै जान्छ।
कृष्णप्रसाद भट्टराईलाई नेपाली राजनीतिमा नैतिक नेतृत्वको प्रतिमूर्ति मानिन्छ। उहाँले राजनीतिलाई पद प्राप्त गर्ने माध्यम होइन, जनताको सेवाको दायित्वका रूपमा लिनुभयो। उहाँको जीवनले सिकाएको पाठ स्पष्ट छ—नैतिकता हराएको राजनीतिले अन्ततः जनविश्वास पनि गुमाउँछ।
गणेशमान सिंहले २०४६ सालको जनआन्दोलन सफल भएपछि प्रधानमन्त्री बन्ने अवसर त्याग्नुभयो। त्यो निर्णयले नेपाली राजनीतिलाई एउटा ठूलो सन्देश दियो—त्याग र सहमतिको राजनीतिले नै लोकतन्त्रलाई बलियो बनाउँछ। इतिहासले उहाँलाई प्रधानमन्त्री नभएको कारणले होइन, लोकतन्त्रका सर्वोच्च सेनानीका रूपमा सम्झन्छ।
गिरिजाप्रसाद कोइरालाले देशलाई द्वन्द्वबाट शान्तिको बाटोमा ल्याउने ऐतिहासिक जिम्मेवारी निर्वाह गर्नुभयो। उहाँले राजनीतिक मतभेदलाई संवादमार्फत समाधान गर्ने संस्कृतिलाई प्राथमिकता दिनुभयो। संविधान निर्माण र शान्ति प्रक्रियामा उहाँको भूमिकाले देखायो कि ठूलो नेतृत्व त्यो हो, जसले आफ्नो पक्ष मात्र होइन, राष्ट्रको हितलाई प्राथमिकता दिन्छ।
सुशील कोइरालाले सरलता, इमानदारी र संस्थाप्रतिको प्रतिबद्धतालाई राजनीतिमा स्थापित गर्ने प्रयास गर्नुभयो। संविधान जारी गर्ने ऐतिहासिक प्रक्रियामा उहाँले खेलेको भूमिकाले देखायो कि व्यक्तिगत लोकप्रियताभन्दा संस्थागत सफलता ठूलो हुन्छ।
शेरबहादुर देउवा नेपालको लोकतान्त्रिक आन्दोलनका लामो समयदेखि सक्रिय पात्र हुनुहुन्छ। पञ्चायतविरुद्धको आन्दोलनदेखि संवैधानिक लोकतन्त्रको रक्षा, शान्ति प्रक्रिया र विभिन्न राजनीतिक संक्रमणका चरणमा उहाँले नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको छ। उहाँप्रति समर्थन र आलोचना दुवै हुन सक्छन्, तर नेपालको लोकतान्त्रिक यात्रामा उहाँको योगदानलाई अस्वीकार गर्न सकिँदैन।
यी सबै नेताहरूको राजनीतिक शैली फरक–फरक थियो। उनीहरूबीच मतभेद पनि थिए। तर एउटा साझा विशेषता थियो—लोकतन्त्रमाथि संकट आउँदा उनीहरूले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर पार्टी र देशलाई प्राथमिकता दिए। यही इतिहास आजको कांग्रेसका लागि सबैभन्दा ठूलो पाठ हो।
आज कांग्रेस नयाँ नेतृत्वको चरणमा छ। नेतृत्व परिवर्तनसँगै नयाँ ऊर्जा, नयाँ सोच र नयाँ शैली आउनु स्वाभाविक हो। तर नेतृत्वको मूल्यांकन भाषणले होइन, व्यवहारले हुन्छ। सभापतिको कुर्सी कुनै एउटा समूहको प्रतिनिधित्व गर्ने पद होइन; त्यो सम्पूर्ण कांग्रेसको अभिभावक बन्ने जिम्मेवारी हो।
सफल सभापति त्यो होइन जसले आफ्ना समर्थकलाई मात्र अवसर दिन्छ। सफल सभापति त्यो हो, जसले असहमतिलाई पनि सम्मान गर्छ, फरक मतलाई पनि सुन्छ र सबैलाई एउटै छातामुनि उभ्याउन सक्छ। पार्टी सञ्चालनमा विजयभन्दा विश्वास ठूलो हुन्छ।
आज कांग्रेसभित्र विभिन्न धाराहरू छन्। त्यो लोकतान्त्रिक दलका लागि अस्वाभाविक होइन। तर धारालाई विभाजनमा, प्रतिस्पर्धालाई प्रतिशोधमा र असहमतिलाई शत्रुतामा बदल्ने प्रवृत्ति लोकतान्त्रिक संस्कृतिका लागि घातक हुन्छ। कांग्रेसभित्र कुनै पनि नेता, कुनै पनि समूह वा कुनै पनि विचारधारालाई पूर्ण रूपमा अस्वीकार गरेर संगठन बलियो बन्दैन। कांग्रेसको शक्ति विविधताको सम्मानमा छ, एकरूपतामा होइन।
नेपाल अहिले जटिल राजनीतिक, आर्थिक र कूटनीतिक चुनौतीको सामना गरिरहेको छ। अन्तर्राष्ट्रिय शक्ति सन्तुलन परिवर्तन भइरहेको छ। आर्थिक सुस्तता, युवाको विदेश पलायन, सुशासनप्रतिको बढ्दो असन्तुष्टि र जनविश्वासको संकटले राजनीतिक दलहरूमाथि नयाँ जिम्मेवारी थपेको छ।
यस्तो समयमा प्रमुख प्रतिपक्षको भूमिका झन् महत्वपूर्ण हुन्छ। प्रतिपक्ष भनेको सरकारको विरोध मात्र गर्ने संस्था होइन; आवश्यक पर्दा सरकारलाई सही बाटो देखाउने, राष्ट्रिय हितका विषयमा साझा धारणा बनाउने र लोकतान्त्रिक संस्थाहरूको रक्षा गर्ने जिम्मेवार शक्ति पनि हो।
यदि प्रमुख प्रतिपक्ष आफ्नै आन्तरिक विवादमा अल्झिन्छ भने त्यसको प्रत्यक्ष असर संसदको प्रभावकारिता, लोकतान्त्रिक बहस र जनविश्वासमा पर्छ। त्यसैले कांग्रेसको आन्तरिक एकता केवल पार्टीको आवश्यकता होइन, लोकतन्त्रको आवश्यकता पनि हो।
कांग्रेसभित्र मतभेद रहन सक्छन्, तर मतभेद स्थायी बन्नु हुँदैन। प्रतिस्पर्धा हुन सक्छ, तर प्रतिशोध हुनु हुँदैन। नेतृत्व परिवर्तन हुन सक्छ, तर विचार र इतिहास परिवर्तन हुँदैन।
आजको सभापतिले सबैभन्दा पहिले आफूलाई कुनै गुटको नेता होइन, सम्पूर्ण कांग्रेसको अभिभावकका रूपमा स्थापित गर्नुपर्छ। संगठनलाई जित–हारको मनोविज्ञानबाट निकालेर सहकार्यको संस्कृतिमा लैजानुपर्छ। अनुभवी नेताहरूको अनुभव र नयाँ पुस्ताको ऊर्जा जोड्न सक्ने नेतृत्वले मात्र कांग्रेसलाई पुनः जनविश्वासको केन्द्र बनाउन सक्छ।
अन्ततः, देश बलियो भयो भने मात्र राजनीतिक दल बलिया हुन्छन्। लोकतन्त्र सुरक्षित भयो भने मात्र कांग्रेसको भविष्य सुरक्षित हुन्छ। त्यसैले आज कांग्रेसको पहिलो दायित्व सत्ता प्राप्ति होइन, लोकतान्त्रिक मूल्य, संस्थागत एकता र राष्ट्रिय हितको रक्षा हो। इतिहासले कांग्रेसलाई बारम्बार अवसर दिएको छ। अब त्यो इतिहासको गरिमा जोगाउने कि आन्तरिक विभाजनमा अल्झिने भन्ने निर्णय वर्तमान नेतृत्वले गर्नुपर्नेछ।
समयले आज कांग्रेससँग एउटै अपेक्षा गरेको छ—व्यक्तिभन्दा विचार, गुटभन्दा संगठन, संगठनभन्दा माथि राष्ट्र। यही बाटो कांग्रेसको इतिहासले देखाएको बाटो हो, र यही बाटो नेपालको लोकतन्त्रको भविष्य पनि हो ।
The post कांग्रेसको एकता: इतिहासको आवश्यकता, लोकतन्त्रको अपरिहार्यता appeared first on कागजपत्र.
भीष्मराज आङ्देम्बे : नेता मात्र होइनन्, अब कांग्रेसका ‘राजनेता’ !
जनजाति समुदायबाट उदाएको राष्ट्रिय नेतृत्वको नयाँ सम्भावना – भीष्मराज आङ्देम्बे
नेपालको संसद् केवल कानून निर्माण गर्ने थलो मात्र होइन, राष्ट्रिय स्वाभिमान, लोकतान्त्रिक मूल्य र जनभावनाको प्रतिनिधित्व गर्ने सर्वोच्च राजनीतिक मञ्च पनि हो। यस्ता मञ्चमा कहिलेकाहीँ यस्ता आवाजहरू उठ्छन्, जसले तत्कालीन राजनीतिक बहसलाई मात्र होइन, भविष्यको राजनीतिक दिशालाई समेत प्रभाव पार्ने सामर्थ्य राख्छन्। प्रतिनिधिसभामा नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले हालै गरेको करिब ४० मिनेट लामो सम्बोधन यस्तै एउटा राजनीतिक हस्तक्षेपका रूपमा स्मरणीय बन्न पुगेको छ।
सत्तापक्षका १८२ सांसद र दुईतिहाइको सरकार सामु प्रतिपक्षको एउटा खम्बाजस्तै उभिएर उनले प्रस्तुत गरेको तर्क, तथ्य र राष्ट्रहितप्रतिको प्रतिबद्धताले संसद्को ध्यान मात्र तानेन, सत्ता पक्षलाई समेत गम्भीर आत्मसमीक्षा गर्न बाध्य बनाएको देखियो। विशेषगरी प्रधानमन्त्री बालेन साहले नेपालको सीमासम्बन्धी विषयमा दिएको अभिव्यक्तिपछि देशको राजनीतिक वृत्तमा अनेक प्रश्न उठिरहेका बेला नेपाली कांग्रेसले औपचारिक धारणा सार्वजनिक गर्न नसकेको अवस्थामा संसदीय दलको नेताको हैसियतबाट आङ्देम्बेले दिएको स्पष्ट सन्देशले कांग्रेसभित्रको नेतृत्व क्षमताको नयाँ बहस जन्माएको छ।
भीष्मराज आङ्देम्बेको राजनीतिक यात्रा पनि संघर्ष, संगठन र जनसम्पर्कमा आधारित छ। नेपाली कांग्रेसभित्र लामो समयदेखि सक्रिय रहँदै आएका उनले संगठन निर्माणदेखि संसद्को प्रभावकारी भूमिकासम्म आफ्नो क्षमता प्रमाणित गरेका छन्। उनी विवादभन्दा बढी संवादमा विश्वास गर्ने नेता मानिन्छन्। यही विशेषताले आज विभाजित मानसिकतामा अल्झिएको कांग्रेसलाई एकताबद्ध गर्न सक्ने सम्भावित व्यक्तित्वका रूपमा उनलाई अगाडि ल्याइरहेको छ।
नेपाली कांग्रेस अहिले वैचारिक अन्योल, गुटगत प्रतिस्पर्धा र नेतृत्वको संक्रमणकालबाट गुज्रिरहेको छ। पार्टीभित्र नयाँ पुस्ताको अपेक्षा र पुरानो पुस्ताको प्रभावबीच सन्तुलन खोज्ने प्रयास जारी छ। यस्तो अवस्थामा सबै पक्षलाई स्वीकार्य, तुलनात्मक रूपमा विवादरहित र संगठनात्मक अनुभव भएको नेतृत्वको आवश्यकता झन् बढेको छ। भीष्मराज आङ्देम्बे त्यस आवश्यकतासँग मेल खाने नाम बन्न थालेका छन्।
निश्चय नै यसको उत्तर समय, पार्टीको आन्तरिक लोकतन्त्र र राजनीतिक परिस्थितिले दिनेछ। तर यति भने स्पष्ट छ कि पछिल्लो समय उनले प्रदर्शन गरेको राजनीतिक परिपक्वता, संसदीय दक्षता र राष्ट्रिय मुद्दामा देखाएको अडानले उनको कदलाई उल्लेखनीय रूपमा उचो बनाएको छ।
विशेष गरी जनजाति समुदायबाट आएको नेतृत्वका रूपमा उनको उपस्थितिले कांग्रेसलाई समावेशी चरित्रलाई अझ बलियो बनाउने अवसर पनि दिन सक्छ। नेपाली कांग्रेसले सधैं लोकतन्त्र, समावेशिता र राष्ट्रिय एकताको पक्षमा आफूलाई उभ्याउँदै आएको छ। यदि पार्टीले भविष्यको नेतृत्व चयन गर्दा क्षमता, इमानदारी र राष्ट्रिय दृष्टिकोणलाई प्राथमिकता दिने हो भने आङ्देम्बे स्वाभाविक रूपमा चर्चाको केन्द्रमा आउनेछन्।
आज प्रश्न उठ्न थालेको छ—देशप्रेम बाहेक कुनै व्यक्तिगत स्वार्थ नदेखिने, संसद्मा प्रभावशाली भूमिका निर्वाह गरिरहेका, संगठनभित्र तुलनात्मक रूपमा स्वीकार्य र राष्ट्रिय मुद्दामा स्पष्ट धारणा राख्ने भीष्मराज आङ्देम्बेलाई नेपाली कांग्रेसको आगामी सभापतिको रूपमा किन नहेर्ने ? अझ, आगामी आम निर्वाचनका लागि प्रधानमन्त्रीको सम्भावित उम्मेदवारका रूपमा किन तयार नगर्ने ?
निश्चय नै यसको उत्तर समय, पार्टीको आन्तरिक लोकतन्त्र र राजनीतिक परिस्थितिले दिनेछ। तर यति भने स्पष्ट छ कि पछिल्लो समय उनले प्रदर्शन गरेको राजनीतिक परिपक्वता, संसदीय दक्षता र राष्ट्रिय मुद्दामा देखाएको अडानले उनको कदलाई उल्लेखनीय रूपमा उचो बनाएको छ।
नेता धेरै हुन्छन्, तर राजनेता कम जन्मिन्छन्। राजनेता त्यो हो, जसले पार्टीभन्दा माथि राष्ट्रलाई, लोकप्रियताभन्दा माथि जिम्मेवारीलाई र व्यक्तिगत महत्वाकांक्षाभन्दा माथि राष्ट्रिय हितलाई राख्छ। संसदमा भीष्मराज आङ्देम्बेले देखाएको भूमिकाले उनी त्यस दिशातर्फ अघि बढिरहेको संकेत दिएको छ।
त्यसैले कांग्रेसभित्र आज उठ्न थालेको एउटा प्रश्न अस्वाभाविक होइन—के आगामी महाधिवेशनले भीष्मराज आङ्देम्बेलाई पार्टी एकताको प्रतीक र भविष्यको सभापतिको रूपमा अगाडि ल्याउनेछ ? यदि कांग्रेसले एकता, समावेशिता र राष्ट्रिय जिम्मेवारीको नयाँ अध्याय खोजिरहेको छ भने त्यस बहसको केन्द्रमा भीष्मराज आङ्देम्बेको नाम रहने सम्भावना दिनप्रतिदिन बलियो बन्दै गएको छ।
The post भीष्मराज आङ्देम्बे : नेता मात्र होइनन्, अब कांग्रेसका ‘राजनेता’ ! appeared first on कागजपत्र.
प्राकृतिक, सांस्कृतिक, धार्मिक एवं पर्यटकीय गन्तव्यको संगम- बेथानचोक
बेथानचोक गाउँपालिका काभ्रेपलाञ्चोक जिल्लाको तत्कालीन पाँच गाउँ विकास समिति च्याम्राङबेँशी, ढुंखर्क, चलाल गणेशस्थान, च्यासिङखर्क र भुग्देउ महाँकाल समावेश भएर बनेको बेथानचोक गाउँपालिका १०१ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । संघिय राजधानी काठमाडौं देखि ४५ किलोमिटर दक्षिणमा रहेको यो गाउँपालिकामा ६ वटा वडा रहेका छन् । गाउँपालिकाको नामाकरण हालको वडा नं ३ स्थित समुद्री सतहबाट ३ हजार १८ मिटर उचाइमा रहेको बेथानचोक नारायण मन्दिरको नामबाट रहेको हो ।
साविकको च्याम्राङबेँशी गाविस हालको वडा नं १, ढुंखर्क गाविस वडा नं २ र ३, चलाल गणेस्थान गाविस वडा नं ४, च्यासिङखर्क गाविस वडा नं ५ र भुग्देउ महाँकाल गाविस वडा नं ६ हुन् । यो गाउँपालिकाको सिमाना पूर्वमा रोशी गाउँपालिका, पश्चिममा ललितपुरको माहाङ्काल र कोन्ज्योसोम गाउँपालिका र उत्तरमा पनौती र नमोबुद्ध नगर पालिका तथा दक्षिणमा काभ्रेकै खानीखोला गाउँपालिका रहेका छन् ।
प्रमुख पर्यटकिय गन्तब्य नारायणस्थान
किंवदन्ती अनुसार भक्तपुरका राजा भूपतिन्द्र मल्ललाई सपनामा चाँगुनारायणले दर्शन दिदैं भनेः तिम्रो क्षेत्रमा काटमार बढी हुन थालेकोले म बस्न सकिनँ । दक्षिणपट्टि महाभारतको अग्लो लेक छ त्यहीँ गएर बस्न थालेको छु । दर्शन गर्न मन लाग्छ भने त्यहीँ आऊनु । भोलिपल्ट बिहान राजा भूपतिन्द्र मल्लले आफ्ना ज्योतिषहरुलाई सपनाको वृत्तान्त सुनाए । ज्योतिषले जोखना हेरेर ठाउँ पत्ता लगाए ।
त्यसको केही दिन पछि ज्योतिषी र राजा भूपतिन्द्र मल्लको टोली दक्षिणतर्पmको महाभारतको लेकतर्फ लागे । त्यो भ्रमणमा जाँदा राजा घोडा चढेर गएको र घोडा हाल घोरबाँधे भन्ने ठाउँमा बाँधेर राजा र ज्योतिषी पहाडको टुप्पोमा पुगेर नारायणको पूजा गरेको किंवदन्ती छ । घोडा बाँधेर राखेकोे भएको हुनाले त्यस ठाउँलाई घोडाबाँधे भनिन थालियो र पछि अपभ्रँश भएर घोरबाँधे भन्न थालेको स्थानिय भनेर अग्रजहरु भन्नुहुन्छ ।
नारायणथानको धार्मिक महत्व
स्थानीय तामाङ समुदायले शिवजीको बासस्थानका रूपमा बेथानचोकको शिखरमा पूजाअर्चना गर्दै आएका छन् । त्यसैगरि वैष्णव सम्प्रदायका विद्वान आचार्य राघवेन्द्रको सक्रियतामा लक्ष्मीनारायणको मन्दिर निर्माण गरिएपछि बेथानचोकको महिमा तथा महत्व झन बढेको छ । यसबाट के पुष्टि हुन्छ भने शैव र वैष्णव दुवै सम्प्रदायको उत्तिकै आस्थाको केन्द्र हो बेथानचोक नारायणथान ।
फागु पूर्णिमाको दिन यो उच्च स्थानमा रहेको नारायणको मन्दिरमा होली खेल्न जाने युवा युवतीहरुको भिड नै लाग्ने गर्छ । केही वर्षयता विदाको दिन तथा चाडपर्वमा नारायणको दर्शन गर्न विभिन्न धर्ममा आस्था राख्ने तीर्थयात्रीहरूको आवागमन बढ्न थालेको छ ।
कसरी पुग्ने नारायणथान शिखरमा ?
नारायणस्थान पुग्न तीनवटा बाटा छन् । पहिलो ढुंखर्क गेल्डुङबाट पूर्वतर्फ कामीडाँडा हुँदै माथि जाने बाटो छ भने दोस्रो दक्षिणबाट सोला (ग्वा) भञ्ज्याङ नाङ्गेचौर हुँदै जाने बाटो छ । गेल्डुङ बजारबाट ठूलाचौर घोरबाँधे हुँदै शिखर पुग्ने उकालो बाटोमा सिँढीहरू निर्माण गरिएकाले अन्य भन्दा यो बाटो बढी सहज छ । बढीमा चार घन्टाको पैदलयात्रामा नारायणस्थान पुग्न सकिन्छ ।
नारायणस्थान जान गेल्डुङबाट कच्ची सडक पनि निर्माण भएको छ । यो सडक हुँदै जाँदा एक घन्टा भन्दा कम पैदल यात्रा गरे हुन्छ । बेथानचोक ३ स्थित सोला भज्याङ्गबाट दुई घन्टाको पैदल यात्रामा नाङ्गेडाँडा हुँदै नारायणथान पुग्न सकिन्छ । कामीडाँडाबाट चार घन्टाको पैदल यात्रामा माथी पुगिन्छ ।
ललितपुरको फुल्चोकीदेखि पाट्ने भञ्ज्याङ हुँदै बेथानचोक नारायणथान सम्म पदयात्रा गर्न सकिने गरि व्यवस्थित र सुरक्षित पदमार्ग निर्माण सम्पन्न भइसकेको छ । शिखरमै रात बिताउने गरी जान पनि सकिन्छ । बस्नका लागि पाटी निर्माण गरिएको छ । तर खानेकुरा र ओढ्ने ओछ्याउने भने लैजानुपर्छ । शिखरमा रहेका पाटी पौवाहरूमा बिजुलीको व्यवस्था पनि गरिएको छ ।
हिउँद याममा तुवाँलो र गर्मी तथा वर्षायाममा बेलाबेला कुहिरो लाग्ने भएकाले दृश्यावलोकनका लागि जाने पर्यटकहरूले शरद ऋतु (असोज कात्तिक) रोज्नु उपयुक्त हुन्छ । हिमालको दृश्यावलोकन गर्न चाहनेहरूका लागि पुस र माघ महिना उपयुक्त हुन्छ । शिखरबाट तराइ मधेश पनि देख्न सकिन्छ ।
वेथानचोकका अन्य पर्यटकिय गन्तव्यहरु
झरनाको झंकार सुनिने च्याम्राङबेँसीः
च्याम्राङबेँसी बेथानचोक गाउँपालिकाको वडा नम्बर १ मा पर्छ । च्याम्राङबँेसीबाट मकवानपुरको फापरबारी पुग्न ३७ किलोमिटर मात्र छ । हिजोआज यहाँका नागरिकहरुले भक्तपुरबाट भन्दा फापरबारीबाट घर बनाउँने इँटा र गाई भैंसीका लागि पराल ल्याउने गर्दछन् ।
यस वडाको बाघेगाउँमा महाङ्काल मन्दिर, झिंगेमा भैरव मन्दिर, च्याम्राङबँेसीमा चक्रेश्वर महादेव मन्दिर र कलाङसिंमा बाघभैरवको मन्दिर प्रसिद्ध धार्मिक स्थलका रुपमा रहेका छन् ।
च्याम्राङबेँसी क्षेत्रमा चार वटा झरना छन् । तीन तले झरना १ सय २५ मिटरको उचाइबाट झरेको छ भने अर्को इन्द्रेणी झरना करिब १ सय मिटरको उचाइबाट तल आउँछ । इन्द्रेणीको रङजस्तो सातै वटा रङ देखिने भएकोले यो झरनाको नाम इन्द्रेणी राखिएको स्थानीयहरु बताउनुहुन्छ । त्यस्तै, करिब ८० मिटरको उचाइबाट पानी खसेको झरनालाई रतन झरना भनिन्छ  । यस खोलाको नाम नै रतन खोला हो । करिब १ सय ५० मिटरभन्दा अग्लोठाउँबाट झरेको छ्याङ्छ्याङ् छहरा काभ्रे जिल्लामै प्रसिद्ध छ ।
पनौतीबाट ढुंखर्क १३ किलोमिटर र ढुंखर्कबाट १२ किलोमिटर दूरी पार गरेपछि च्याम्राङ्बेँसी पुगिन्छ ।
प्रकृति र संस्कृतिको संगम ढुंखर्कः
राजधानी काठमाडौंबाट ४५ किलोमिटर दक्षिणपूर्वी कोणमा रहेको महाभारत पर्वत शृङ्खलाको काखको अत्यन्त रमणीय डाँडा, थुम्का र सानो लेकाली उपत्यकाको संगम हो ढुंखर्क । समग्र ढुंखर्क क्षेत्रमा अलग–अलग नामका करिब ३० गाउँ टोलहरु रहेका छन् । यो क्षेत्र बेथानचोक गाउँपालिकाको वडा नं २ र ३ मा पर्दछ ।
बेथानचोक २ ढुंखर्कमा मुक्तेश्वर महादेव र कृष्ण मन्दिर रहेका छन् । दुबै मन्दिरमा नियमित पुजा पाठका साथै बेलाबेलामा विभिन्न धार्मिक अनुष्ठानहरु हुने गरेको छ । वडा नं २ बागद्धारमा शिव पार्वतीको प्रसिद्ध गुफा पनि छ । वडा नं ३ मा बुढा थानि महाङ्काल, गैह्रिभन्ज्याङ्गमा बैष्णव सम्प्रदायको मन्दिर श्री लक्ष्मि नारायण मन्दिर र समग्र तिमल्सिना बन्धुको कुल देवता विन्धवासीनीको मन्दिर रहेका छन् । विन्धवासीनी मन्दिरमा वर्षेनी कुलायन पुजाको दिन तिमल्सिनाहरु भेला भएर पुजापाठ गर्छन ।
वडा न २ मुलडाँडामा तामाङ समुदायको धार्मिक स्थल च्योमतान्ते गुम्बा निर्माण गरिएको छ । बेथानचोक गाउँपालिकामा रहेका गुम्वाहरुमा यो सबभन्दा पछिल्लो गुम्वा हो । मुलडाँडा क्षेत्रका तामाङ समुदायको व्यक्तिको निधन हुँदा यहि गुम्वाको नजिक सालिमेथुम्का भन्ने स्थानमा दाहसंस्कार गरिन्छ ।
ऐतिहासिक किंवदन्ति अनुसार च्यासिङखर्क कामीडाँडामा अङ्ग्रेज र गोरखाली फौजबिच भएको युद्ध गोरखाली फौजले जिते पछि उनिहरु बेथानचोकको वडा नम्बर ३ मा गएर बसेका थिए । गोरखाली सेना बसेको कारण आज पनि त्यो ठाउँलाई गोरखाली गाउँ भनिन्छ ।
मन्दिर र गुम्वाको मिलन चलाल गणेस्थानः
बेथानचोक गाउँपालिकाको वडा नम्बर ४ मा पर्ने चलाल गणेस्थानको नामाकरण परापूर्व कालमा निर्माण भएको गणेशको मन्दिरबाट भएको मानिन्छ । डाँडा गाउँमा रहेको यो मन्दिरमा महादेव र पार्वतीको मूर्ति राखिएको छ । यहि वडाको सलान्दु बगर छत्रेको बासुकी स्थान, कालीदेवी मन्दिर घुम्ति र तिलेश्वर महादेव मन्दिर पाटिखर्क त्यतिकै प्रसिद्ध छन् ।
चलाल गणेशस्थानमा ३ वटा गुम्बाहरु रहेका छन् १) टासी गुम्बा २) स्याङ्ग्दो पाल्की छ्योईलिङ गुम्बा र ३) रियो बुध्द पाल्देन छ्योईलिङ गुम्बा । सबै गुम्बामा लामा गुरुबाट नियमित पूजा पाठ गरिन्छ ।
इतिहास र वर्तमानले चिनाएको च्यासिङखर्कः
महाभारत जङ्गलको काखमा रहेको च्यासिङखर्क बेथानचोक वडा नं ५ मा पर्दछ । च्यासिङखर्कको कामीडाँडामा गोरखाली फौज र अङ्ग्रेज फौजबिच लडाईँ भएको थियो भनेर इतिहासविद भन्छन् । गोरखाली फौजले अङ्ग्रेज फौजलाई हराए पछि अङ्ग्रेज सेनाको टाउको गिँडेर त्यो क्षेत्रमा गाडेको किंवदन्ति पाइन्छ । त्यो ठाउँलाई आज पनि घ्यागर ह्वाङ भनिन्छ । तामाङ भाषामा घ्यागर ह्वाङ भनेको कालो बर्णको विदेशीफौजलाई पुरेको खाल्डो भनेर बुझिन्छ ।
तत्कालिन नेपाल कम्युनिष्ट पार्टी माओवादी खुला राजनीतिमा आउनु भन्दा अगाडि यो दलको बैठकहरु च्यासिङखर्क कामीडाँडमा बस्ने गर्थे भनिन्छ । माओवादी लडाकु शिविर समेत कामीडाँडमा राखिएको कारण पनि यो क्षेत्र राष्ट्रिय र अन्तराष्ट्रिय रुपमा पनि परिचित छ ।
च्यासिङखर्कमा रहेको कालीदेवी र कपुर महाङ्काल मन्दिरका कारण धार्मिक रुपमा पनि यस क्षेत्रले प्रसिद्धि कमाएको छ । कपुर महाङ्कालको मन्दिर कामीडाँडाबाट एक किलोमिटर माथि अग्लो चुचुरोमा बनाइएको छ । यस डाँडाको चुचुरोमा तामाको निकै अग्लो पिलर गाडिएको छ ।
बेथानचोक वडा न ५ च्यासिङखर्कमा तामाङ समुदायको धार्मिक स्थल टालीसाङ्ग ज्याङ्छुुक र आइताटासी नामक २ वटा गुम्बाहरु रहेका छन् ।
सपना र विपनाले जुराएको नाम भुग्देउ महाँकालः
भुग्देउ महाँकाल बेथानचोक गाउँपालिकाको वडा नम्बर ६ मा पर्दछ । किंवदन्ती अनुसार भुग्देउको शिरमा रहेको फराकिलो चौरमा कपुर महाङ्काल एक रात बास बस्न आएको एक वृद्धाले सपना देखिन् । भोलिपल्ट उक्त स्थानलाई बारेर ढुङ्गाको प्रतिमा बनाई महाङ्कालको पूजा गर्न थालियो र पछि यही मन्दिरको नामबाट महाङ्कालचौर नाम रहन गयो ।
त्यो क्षेत्रलाई महाङ्कालचौरका साथै भुग्देउ पनि भनिन्छ । त्यहाँ रहेको नारायणको मन्दिरमा एकजना नेवार पुजारी थिए रे । उनी दैनिक पूजापछि थाली त्यहीँ छोड्ने र दिउँसो लिन जाने गर्थे रे । एक दिन थाली अचानक गायब भएछ । पुजारी तत्कालै नेवारी भाषामा भुं देऊ, भुं देऊ भन्दै कराउन थालेछन् । नेवारीमा भुं को अर्थ थाल हुन्छ । पछि अपभ्रंश भई यो ठाएँको नाम नै भुग्देउ भएको जनश्रुति छ ।
जडीबुटीको खानी महाभारत जङ्गल
जडीबुटीका लागि बेथानचोक क्षेत्र कति महत्वपूर्ण छ भन्ने कुरा एउटा किंवदन्तीले नै प्रस्ट पार्छ । किंवदन्ती अनुसार त्रेता युगमा बेथानचोकको शिखरमा समान उचाइका तीनवटा थुम्का थिए । रावण सँगको युद्धमा राम मुर्छा परेपछि जडीबुटी खोज्न हनुमान महाभारत लेकतर्फ आए ।
यी तीन वटा मध्ये एउटा थुम्कोमा बसेर हनुमानले भगवान नारायणको नाम जपे । अर्को थुम्कोमा चढेर गजराम भन्दै कुर्ले । त्यसपछि उनलाई थप अलौकिक शक्ति प्राप्त भयो, त्यही शक्तिले उनले बिचको थुम्कोलाई जुरुक्क उचालेर लङ्का पु¥याए । अहिले दुईवटा थुम्का मात्र छन् । एउटा थुम्कोलाई नारायणथान भनिन्छ, अर्को थुम्कोलाई गजराम । यी थुम्का नजिकै फराकिलो समथर जमिन छ ।  हनुमानले एउटा थुम्को उप्काएर लगेकोले उक्त जमिन समथर भएको हो भनिन्छ ।
किंवदन्ती सही पनि हुनसक्छ, गलत पनि हुन सक्छ तर नारायणथान र गजरामको थुम्को तथा आसपासमा पाइने जडीबुटीमध्ये दुई सयभन्दा बढीको पहिचान भइसकेको छ ।
बेथानचोक गाउँपालिका भित्र पाइने महत्वपूर्ण जडीबुटीहरूमा पाखनबेत, घोरथाप्रे, तिते पिडालु, ठुलो औषधी, सरो, सतुवा, कुखुरीकाँ, लोकता, पाँचऔंले, डुण्डु, साखुले, वन लसुन, बाँदरमुला, वन मुला, जिवन्ती, गाउँ जल, विसफायर, ठूलो ओखतो, कुकुर तरुल, जटामसी, ओखर, भलायो, टिम्बुर, बुकीफूल, गुच्ची च्याउ, रातो च्याउ, सल्लाको खोटो, अल्लो, सिस्नु, लोठसल्ला, ठिंग्रेसल्ला, अर्घौली, झ्याउ, मजिठो, सुगन्धवाल, कुरिलो, चिराइतो, तितेपाती, धसिँगरे, अँगेरी, काउलाको बोक्रा आदि हुन् ।
बेथाञ्चोकमा पाइने पशु–पन्छी
बेथानचोकको उच्च भाग महभारतको जङ्गलमा पाइने जनावरहरुमा घोरल, थार, मृग, भालु, चितुवा, बँदेल, खरायो लगायत हिजोआज बाँदर समेत देखा पर्न थालेका छन् । बाँदरले कृषीबाली नष्ट गर्ने गरेको यहाँका कृषकको गुनासो छ । पन्छीहरुमा डाँफे, मुनाल, च्याखुरा, कालिज, तित्रा, मयूर, प्यूरा, जुरेली, ढुकुर, धोविनी, रानी चरी, लाटोकोसेरो, कलचौडे, चाँचर, मैना–सुगा आदि आदि छन् ।
पर्यटन व्यवसायको संभावना र विकास
बेथानचोक गाउँपालिका काठमाडौं उपत्यकाबाट नजिकै रहेको पर्यटकिय स्थल हो । कम्तिमा दुइ दिन बेथानचोक बसेर यस क्षेत्रको धार्मिक, सांस्कृतिक र प्राकृतिक सौन्दर्यसँग रमाउन सकिन्छ। उपत्यकाबाट करिब अढाइ घण्टमा पुग्न सकिने छोटो दुरिको गन्तव्य भएकोले यहाँ रात बस्न नसक्दा पनि दिनभरिमा बेथानचोक नारायणको मन्दिर दर्शन गरेर काठमाडौं फर्कन सकिन्छ ।
पर्यटकका लागि नारायणस्थान र गजरामको थुम्को, बतासेडाँडा, कामीडाँडा, घोरबाँधे, तिनतले झरना आदि उपयुक्त स्थान हुुन । पूर्वदेखि पश्चिम तेर्सिएको महाभारत पर्वत शृङ्खलाको अवलोकन साँच्चै मन बहलाउने किसिमको छ । यहाँका विभिन्न थुम्काको उचाइ चुम्दा, जङ्गल घुम्दा, पद मार्गमा पैदल हिँड्दा र संघर्ष गरेर गुफामा छिर्दाको आनन्द अन्य कुनै घुमफिरले दिँदैन भन्ने लाग्छ ।
जस्तै ३ हजार १८ मिटर उचाइको बेथानचोक नारायणको शिर, ३ हजार १२ मिटर उचाइमा रहेको गजराम थुम्को र २ हजार ३ सय ११ मिटर उचाइको चौवास डाँडामा पुग्दा जो कसैलाई पनि पृथ्वीको सिरमा पुगेका आभाष हुन्छ भने शिव पार्वतीको गुफा छिर्दा पृथ्वी भित्र पसेको अनुभूति हुन्छ ।
महाभारत लेकको सबभन्दा उच्च स्थानमा रहेको बेथानचोक नारायणको मन्दिर धार्मिक पर्यटकको लागि पुग्नै पर्ने गन्तव्य स्थल हो । साथै बेथानचोक गाउँपालिकका सबै वडाहरुमा विभिन्न मठ, मन्दिर र गुम्बाहरु रहेकोले धर्म र संस्कृतिप्रति आस्थावान धार्मिक पर्यटकका लागि सबै वडाहरु त्यतिकै महत्वपूर्ण छन् । यस गाउँपालिका भित्र ६ वटा गुुम्बाहरु समेत रहेका कारण बौद्ध मार्गिका लागि पनि बेथानचोक अत्यन्तै पवित्र स्थल हो ।
शिक्षा र स्वास्थ्यमा पनि बेथानचोक गाउँपालिका अगाडि नै रहेको छ । यो गाउँपालिकामा नमुना माध्यमिक विद्यालय देखि प्राविधिक धारको शिक्षा समेत संचालनमा छ । साथै दुई वटा सामुदायीक सिकाइ केन्द्र, विभिन्न शैक्षिक वाल समूह, जुनियर रेडक्रस, स्काउट आदि समेत नमुना स्तरमा संचालनमा रहेकोले अन्य क्षेत्रका शिक्षक विद्यार्थी नयाँ अनुभव र ज्ञानका लागि बेथानचोक भ्रमण गर्नु उपयुक्त हुन्छ ।
बेथानचोकमै रात बस्नको लागि खानेबस्ने राम्रो सुविधा सहितका होटेल र रिसोर्टहरु सञ्चालनमा छन् । यसका अतिरिक्त कतिपय व्यक्तिले सुविधा सम्पन्न होमस्टे पनि सञ्चालन गरेका छन् । रात बस्ने पर्यटकले स्थानीय खाना घट्टमा पिँधेको मकैको पिठोको ढिँडोसँग सिस्नो, कर्कलो वा सिमसाग जस्ता प्राकृतिक तरकारी खान पाउँछन् ।
बेथानथोकमा विषादि रहित तरकारी उत्पादन गरिन्छ । खुवा, पनिर र घिउ यहाँका प्रमुख दुग्ध जन्य पदार्थ हुन् । दाउराको आगोमा पकाइएको खुवा साँच्चै स्वादिलो छ ।
समग्रमा बेथानचोक धार्मिक, सांस्कृतिक र प्राकृतिक दृष्टिकोणले अत्यन्तै धनी गाउँपालिका हो । बेथानचोक बासीको अतिथि सत्कार गर्ने संस्कृति पनि लोभ लाग्दो छ । लामो समय घर, परिवार र कार्यालयको काम छोडेर आन्तरिक पर्यटकको रुपमा टाढा जान नभ्याउनेहरुका लागि यो स्थल साँच्चै मनमोहक, रमणिय र सौन्दर्यपूर्ण छ । कुनै महिनाको शनिवार र आइतवार बेथानचोकलाई छुट्याउँ ।एक पटक त्यस क्षेत्रको भ्रमण गरि प्राकृतिक छटाहरु संग रमाऔं। अस्तु ।
The post प्राकृतिक, सांस्कृतिक, धार्मिक एवं पर्यटकीय गन्तव्यको संगम- बेथानचोक appeared first on कागजपत्र.
संकटमा संगठन बचाउने नेतृत्वमाथि किन प्रहार ?
काठमाडाैं – नेपाल प्रहरीका वर्तमान आईजीपी दानबहादुर कार्कीमाथि पछिल्लो समय सामाजिक सञ्जाल, राजनीतिक वृत्त तथा केही मानवअधिकारवादी समूहबाट भइरहेको निरन्तर आक्रमणलाई धेरै सुरक्षा विश्लेषकहरूले सुनियोजित मनोवैज्ञानिक दबाबको रूपमा लिन थालेका छन् । देश नै अस्थिरता, हिंसा र अराजकतामा धकेलिएको संवेदनशील समयमा संगठन सम्हाल्न अगाडि आएका व्यक्तिमाथि अहिले सम्पूर्ण दोष थोपरेर ‘बलिको बोका’ बनाउन खोजिनु न्याय होइन, प्रतिशोधको राजनीति भएको प्रहरी वृत्तको बुझाइ छ ।
सुरक्षा स्रोतहरूका अनुसार जेनजेड आन्दोलन उत्कर्षमा पुगेको २३ गतेको घटनामा तत्कालीन एआईजी कार्की उपत्यका प्रहरी कार्यालयको प्रत्यक्ष कमाण्डमा थिएनन् । उनी २४ भदौमा मात्रै तत्कालीन प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङको मौखिक निर्देशनपछि परिचालित भएका थिए । त्यतिबेला देशभर तनाव, आगजनी, सरकारी संरचनामाथि हमला र प्रहरीमाथि हिंसात्मक आक्रमण भइरहेको अवस्था थियो । धेरै उच्च अधिकारीहरू संवेदनशील कमाण्ड लिन हिच्किचाइरहेका बेला कार्कीले आदेश मान्दै अग्रपंक्तिमा पुगेर जिम्मेवारी सम्हालेका थिए ।
तर अहिले विडम्बना के देखिएको छ भने — आन्दोलनका बेला प्रहरीमाथि ढुंगा, आगो र आक्रमण हुँदा चुप लाग्ने केही तथाकथित मानवअधिकारवादीहरू अहिले एकतर्फी रूपमा प्रहरी संगठनलाई मात्रै दोषी देखाउन उद्यत छन् । प्रहरीका जवान घाइते हुँदा, प्रहरी बिट जलाइँदा, हतियार खोस्ने प्रयास हुँदा र राज्य संयन्त्र ध्वस्त पार्ने प्रयास हुँदा उनीहरू कहाँ थिए भन्ने प्रश्न अहिले प्रहरी वृत्तभित्र तीव्र रूपमा उठ्न थालेको छ ।
आन्दोलनपछि नेपाल प्रहरी संगठन गम्भीर मनोवैज्ञानिक संकटमा पुगेको थियो । प्रहरी संरचना जलाइएको, जवानहरूको मनोबल खस्किएको, संगठनमाथि अविश्वास बढाइएको तथा राजनीतिक रूपमा प्रहरीलाई कमजोर देखाउने प्रयास तीव्र भएको अवस्थामा कार्कीले संगठन पुनः उभ्याउने अभियान सुरु गरेका थिए । प्रहरीभित्र अनुशासन, मनोबल र एकता फर्काउने प्रयाससँगै उनले “सेवा नै धर्म” भन्ने भावनालाई पुनर्जीवित गराउन जोड दिएका थिए ।
त्यतिबेलाको परिस्थितिमा कार्कीले प्रहरीलाई “अनावश्यक बल प्रयोग नगर्न, आन्दोलनकारीलाई मार्ने वा मर्ने अवस्थाबाट टाढा रहन, आफ्ना संरचना र हतियार सुरक्षित राख्न” निर्देशन दिएका विषय सार्वजनिक बहसमै आइसकेका छन् । यदि त्यतिबेला प्रहरीले पूर्ण आक्रामक शैली अपनाएको भए देश अझ ठूलो रक्तपातमा जान सक्ने सुरक्षा अधिकारीहरूको तर्क छ । तर अहिले त्यही संयमित रणनीतिलाई समेत तोडमोड गरेर प्रस्तुत गर्ने प्रयास भइरहेको देखिन्छ ।
आन्दोलनपछि नेपाल प्रहरी संगठन गम्भीर मनोवैज्ञानिक संकटमा पुगेको थियो । प्रहरी संरचना जलाइएको, जवानहरूको मनोबल खस्किएको, संगठनमाथि अविश्वास बढाइएको तथा राजनीतिक रूपमा प्रहरीलाई कमजोर देखाउने प्रयास तीव्र भएको अवस्थामा कार्कीले संगठन पुनः उभ्याउने अभियान सुरु गरेका थिए । प्रहरीभित्र अनुशासन, मनोबल र एकता फर्काउने प्रयाससँगै उनले “सेवा नै धर्म” भन्ने भावनालाई पुनर्जीवित गराउन जोड दिएका थिए ।
प्रहरी संगठनभित्र अहिले एउटा गम्भीर प्रश्न उठ्न थालेको छ — राज्यले संकटमा प्रहरीलाई प्रयोग गर्ने, तर परिस्थिति सामान्य भएपछि त्यही प्रहरीलाई एक्लै दोषी बनाएर मानवअधिकारको नाममा कठघरामा उभ्याउने परम्परा कहिलेसम्म चलिरहने ?
विश्लेषकहरूका अनुसार कुनै पनि घटनाको निष्पक्ष अनुसन्धान हुनुपर्छ, दोषी भए कानुनी कारबाही पनि हुनुपर्छ । तर कमाण्ड संरचना, तत्कालीन परिस्थिति, राजनीतिक आदेश र भीड हिंसाको वास्तविकता बेवास्ता गरेर वर्तमान नेतृत्वमाथि मात्रै सम्पूर्ण दोष थोपर्न खोजिनु संस्थामाथिको अन्याय हुन सक्छ ।
यसबीच २०८२ फागुन २१ गते सम्पन्न निर्वाचनलाई धेरैले नेपालको इतिहासकै तुलनात्मक रूपमा सबैभन्दा व्यवस्थित र शान्तिपूर्ण निर्वाचनमध्ये एक मानेका छन् । २०७९ सालको निर्वाचनमा भएका हिंसा, मृत्यु, मतदान स्थगन र पुनः मतदानका घटनाको तुलनामा २०८२ मा त्यस्तो अवस्था सिर्जना भएन । सुरक्षा निकायबीचको समन्वय, सुधारिएको रणनीति र नेपाल प्रहरीको अनुशासित परिचालनले निर्वाचन शान्तिपूर्ण बनाउन महत्वपूर्ण भूमिका खेलेको सुरक्षा विश्लेषकहरूको भनाइ छ ।
तर दुर्भाग्य, संगठनलाई संकटबाट बाहिर निकाल्ने, प्रहरीको मनोबल पुनर्जीवित गर्ने र देशलाई तुलनात्मक रूपमा शान्तिपूर्ण वातावरण दिने नेतृत्वमाथि अहिले निरन्तर प्रहार भइरहेको छ । प्रहरी वृत्तमा यसलाई केवल व्यक्तिमाथिको हमला नभई राज्यको सुरक्षात्मक संरचनामाथिको योजनाबद्ध दबाबको रूपमा समेत हेरिन थालेको छ ।
The post संकटमा संगठन बचाउने नेतृत्वमाथि किन प्रहार ? appeared first on कागजपत्र.
भाषणमा एकता, व्यवहारमा समाप्त पार्ने रणनीति !
काठमाडाैं – विशेष अधिवेशनमार्फत सभापतिको जिम्मेवारीमा पुगेपछि गगन थापाले नेपाली कांग्रेसलाई एकढिक्का बनाउने, पुस्ताबीच समन्वय गर्ने र सबै धारलाई समेट्ने प्रतिबद्धता बारम्बार सार्वजनिक रूपमा व्यक्त गरिरहेका छन् । उनका भाषणहरू सुन्दा पार्टीभित्र नयाँ आशा, नयाँ ऊर्जा र सहमतिमूलक नेतृत्वको आभास हुन्छ । तर व्यवहारमा भने उनले चालेका कदमहरूले बिल्कुलै फरक चित्र देखाइरहेका छन् ।
पछिल्लो समय राष्ट्रियसभामा कांग्रेस संसदीय दलको नेता चयनको घटनाले गगन थापाको वास्तविक राजनीतिक चरित्र झन् स्पष्ट पारेको छ । कृष्णप्रसाद सिटौला जस्तो नेता, जसले दशकौँदेखि नेपाली कांग्रेस, लोकतान्त्रिक आन्दोलन र राष्ट्रिय राजनीतिमा निर्णायक भूमिका निर्वाह गरेका छन्, त्यस्ता व्यक्तित्वलाई अपमानजनक ढंगले पाखा लगाएर राष्ट्रियसभाको नेताबाट हटाइनु सामान्य घटना होइन । यो केवल एउटा पदको फेरबदल मात्र होइन, योगदान, अनुभव र राजनीतिक इतिहासमाथिको अपमान हो । उनले राष्ट्रियसभामा कांग्रेस संसदीय दलको नेता परिवर्तन मात्र होइन सिटौलाको एक किसिमले ‘बर्खास्त’  गरेका हुन् ।
कमला पन्त नेपाली कांग्रेसकी सामान्य नेतृ हुन् । उनको आफ्नै ठाउँमा सम्मान होला, तर नेता सिटौलाको राजनीतिक उचाइ, योगदान र प्रभावसँग उनको कुनै तुलना हुन सक्दैन । कांग्रेसभित्र सिटौलाले निर्माण गरेको राजनीतिक विरासत र राष्ट्रिय राजनीतिमा खेलेको भूमिकालाई मेटेर सामान्य गुटीय सन्तुलनको नाममा गरिएको यो निर्णयले पार्टीभित्र गम्भीर असन्तोष जन्माएको छ ।
यो निर्णय पार्टी एकता, सहमति र सम्मानका आधारमा गरिएको होइन भन्ने कुरा अहिले कांग्रेस वृत्तमै खुला रूपमा चर्चा हुन थालेको छ । बिशेष अधिवेशनको समयमा बनेका समीकरण, निकट समूहको दबाब र आफूलाई सहयोग गर्नेहरूलाई पुरस्कृत गर्ने मानसिकताले यस्तो अवस्था सिर्जना भएको आरोप लागिरहेको छ ।
यसले एउटा गम्भीर प्रश्न उठाएको छ — गगन थापा साँच्चै पार्टी मिलाउने अभियानमा छन् कि आफ्नो वरिपरि मात्रै शक्ति केन्द्र निर्माण गरेर फरक विचार र प्रभावशाली नेताहरूलाई क्रमशः समाप्त पार्ने रणनीतिमा ?
यदि साँच्चै पार्टीलाई एक बनाउने चाहना भएको भए, योगदान दिएका नेताहरूलाई अपमानित गरिने थिएन । फरक धारलाई समाप्त पार्ने होइन, सम्मानजनक स्थान दिइने थियो । तर अहिले देखिएको प्रवृत्तिले भने कांग्रेसभित्र एकताको नाममा नयाँ प्रकारको एकाधिकारवादी राजनीति संस्थागत गर्न खोजिएको संकेत गरिरहेको छ ।
The post भाषणमा एकता, व्यवहारमा समाप्त पार्ने रणनीति ! appeared first on कागजपत्र.
किन जोगिएन गगनको गरिमा ?
राजिनामाको यो नाटकले गगनको गरिमा जोगाउन सकेन- बरु झन् नाङ्गो बनायो। फागुन २१ को हारपछि नैतिकताको नाममा दिइएको राजीनामा, अनि त्यसलाई केन्द्रीय कार्यसमितिले एक स्वरमा अस्वीकार गर्ने खेल-यो केबल नाटक होइन भने के हो ? कार्यकर्ताले हारेको पीडा बिर्सिएका छैनन् तर नेताहरूले आफ्नै कुर्सी जोगाउने अभिनय मात्र गरे।
आजको केन्द्रीय कार्यसमिति निर्णय गर्ने हैसियतको छैन । भृकुटीमण्डपको तालीबाट बनेको नेतृत्वले सिद्धान्त होइन, सुविधा हेर्छ। त्यहाँ विचार छैन, त्यहाँ इमान छैन- त्यहाँ केबल अवसरको भोक छ। यही भीडले गगनलाई उचाल्यो, यही भीडले आज उनलाई घेरेर कमजोर बनायो। त्यसैले आजको कांग्रेस, नेपाली कांग्रेस कम, ‘गगन कांग्रेस’ बढी देखिन्छ- र यो अवस्था खतरनाक छ। यदि नैतिकता हुँदो हो भने सिंगो कार्य समितिले राजिनामा बुझाउँथ्यो किनकी हारको जिम्मेवार उनीहरू पनि हुन् । कांग्रेसको हारबाट कोही अछुतो छैन ।
सत्य कुरा के हो भने, विशेष महाधिवेशनको हल्ला गरेर केही हुँदैन। समस्या व्यक्ति मात्र होइन, संरचना हो, जुन सडेको छ। टाउको फेरेर शरीर निको हुँदैन। वडादेखि केन्द्रसम्म सफाइ नगरी चुनावमा जानु भनेको फेरि हारको निम्तो हो। यो कुरा नेतृत्वले बुझ्नै खोजेन/चाहेन ।
जनता नाममा होइन, विश्वासमा भोट दिन्छन्। बालेन शाहको नाम चलेको होइन, उनले बनाएको भरोसा चलेको हो। यही कुरा कांग्रेसले बुझेन भने, इतिहासले फेरि सजाय दिन्छ। तर सम्भावना मरेको छैन-भोलि फेरि गगनकै नाममा लहर आउन सक्छ। तर त्यो लहर नाटकले होइन, नैतिकता र इमानले मात्र आउँछ।
अब ढाकछोपको राजनीति बन्द गरौं। हिजोको गल्तीलाई सेतो रंग लगाएर बचाउन खोज्ने दिन सकियो। अब स्पष्ट भनौं- कांग्रेस कमजोर भएको हो, नेतृत्व चुकेको हो, र गगन पनि त्यो कमजोरीबाट मुक्त रहेनन् । गगन विकल्प हुन्, तर अधुरो विकल्प। पहिले गगन आफैं बदलिनु पर्छ । आफ्नो शैली, आफ्नो घेरा, आफ्नो निर्णय। सुधार त्यहाँबाट सुरु हुनुपर्छ।
राष्ट्रिय स्वतन्त्र पार्टीको सफलताले एउटा कठोर सन्देश दिएको छ – जनता नाममा होइन, विश्वासमा भोट दिन्छन्। बालेन शाहको नाम चलेको होइन, उनले बनाएको भरोसा चलेको हो। यही कुरा कांग्रेसले बुझेन भने, इतिहासले फेरि सजाय दिन्छ। तर सम्भावना मरेको छैन-भोलि फेरि गगनकै नाममा लहर आउन सक्छ। तर त्यो लहर नाटकले होइन, नैतिकता र इमानले मात्र आउँछ।
अब निर्णय गर्नुपर्छ- स्पष्ट र कठोर। देउबा कमिटी होस् वा गगन कमिटी, दुबै भंग हुनुपर्छ। गुटको राजनीतिले कांग्रेसलाई थला पारेको छ। देउवा, शेखर, गगन- यी नाम होइन, समस्या बनेका छन्। समाधान एउटै हो- गुटरहित महाधिवेशन। तत्काल मिति घोषणा गरौं, नयाँ नेतृत्व छानौं, नयाँ सुरुवात गरौं।
टिकट अब चाकडीका आधारमा होइन, संघर्षका आधारमा बाँडिनुपर्छ। सचिवालयका मान्छे, घरका नजिकका, पैसाका खेलाडी होइन, जनताको बीचमा पसिना बगाएका कार्यकर्ताले टिकट पाउनुपर्छ। यही परिवर्तन नगरेसम्म परिणाम बदलिँदैन।
र एउटा कुरा, नेतालाई जयजयकार गर्नेहरू मात्रै कार्यकर्ता होइनन्। प्रश्न गर्नेहरू, असहमति राख्नेहरू, आँखा जुधाएर सत्य बोल्नेहरू—तिनीहरू नै पार्टीका असली शक्ति हुन्। तिनलाई दबाउने होइन, सुन्ने हो। किनकि भोलि कांग्रेसलाई जिउँदो राख्ने लासजस्तो मौन भीड होइन, यिनै जिउँदा कार्यकर्ता हुन्।
अब पनि नबुझ्ने हो भने, कांग्रेस बिस्तारै इतिहासको पानामा सीमित हुनेछ। त्यसैले आजै निर्णय गरौं-देउवा कांग्रेस, शेखर कांग्रेस, गगन कांग्रेस होइन‘ अब केवल एउटा कांग्रेस- नेपाली कांग्रेस।
The post किन जोगिएन गगनको गरिमा ? appeared first on कागजपत्र.