चितवनमा बाघको आक्रमणबाट महिलाको मृत्यु


चितवन – बाघको आक्रमणबाट चितवनकी एक महिलाको मृत्यु भएको छ। चितवन राष्ट्रिय निकुञ्जभित्र घाँस काट्न गएकी भरतपुर-६ की ६० वर्षीया चिजा सार्कीलाई बाघले आक्रमण गरेको हो।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी नरहरि अधिकारीले भरतपुर-१३ को बेलसर क्षेत्रमा घाँस काट्न गएका तीन जनामध्ये सार्कीलाई मात्रै बाघले आक्रमण गरेको बताए। सँगै गएका भरतपुर-१३ की सीता दराई र हेमराज सापकोटा सकुशल रहेको उनले बताए।

बाघले आक्रमण गरेको खबर पाएलगत्तै प्रहरी र निकुञ्जको टोली हात्तीसहित पुग्दा सार्कीलाई बाघले खाइरहेको अवस्थामा भेटेको अधिकारीले बताए।

प्रतिक्रिया