जेब्रा झोलाभित्र काटिएको अवस्थामा मानिसको टाउको र खुट्टा फेला


धरान – धरान-भेडेटार सडक खण्डमा पर्ने जंगलमा एक मानिसको टाउको र खुट्टा फेला परेको छ । धरान-भेडेटार खण्डको आपगाछी नजिकै जंगलमा जेब्रा झोलाभित्र मानिसको टाउको र खुट्टा फेला परेको प्रहरीले जनाएको छ ।

आपगाछी क्षेत्रको जंगलमा दाउरा खोज्न गएका स्थानीयले जेब्रा झोलाभित्र टाउको र खुट्टा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

पुरुषको जस्तो देखिने टाउकोको पहिचान नखुलेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

घटनाको इलाका प्रहरी कार्यालय धरानले अनुसन्धान गरिरहेको छ ।

 

प्रतिक्रिया