बतास समूहको होटल सञ्चालनमा कुनै अवरोध नगर्न अल्पकालीन अन्तरिम आदेश


काठमाडौं – उच्च अदालत पाटनले पुशपति धर्मशालामा बतास समूहले होटल आनन्द प्रालिको होटल सञ्चालनमा अवरोध नगर्न अल्पकालीन अन्तरिक आदेश जारी गरेको छ ।

संस्कृति तथा पर्यटनमन्त्री प्रेमबहादुर आलेले करार सम्झौता विपरीत धर्मशालामा होटलका संरचना निर्माण गरेको भन्दै बन्द गर्न निर्देशन दिएका थिए ।

तर न्यायधीस नरिश्वर भण्डारीको एकल इजालासले करार सम्झौता बमोजिम होटल आनन्द प्रालिको सञ्चालनमा कुनै बाधा, अवरोध सृजना नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

अदालतले पशुपति क्षेत्र विकास कोष र होटल आनन्द दुवै पक्षलाई फागुन ९ गते छलफलका लागि उपस्थित हुन भनेको छ ।

 

प्रतिक्रिया