बालुवाटारमा गृहमन्त्री बादलले भेटे प्रधानमन्त्री ओली


काठमाडौं– गृहमन्त्री रामबहादुर थापा बादलले प्रधानमन्त्री केपी शर्मा ओलीसँग बुधबार एक घन्टा छलफल गरेका छन्।

तटस्थ अवस्थामा रहेका बादलले नेकपा विवाद र अहिलेको परिस्थितिका विषयमा कुराकानी गरेका थिए। राजनीतिक रुपमा विभाजन भइसकेको तर घोषणा बाँकी रहेको सत्तारुढ दलको सचिवालय सदस्य समेत रहेका बादलले एकता जोगाउन सकिने विकल्पका विषयमा पनि कुराकानी गरेको बताइन्छ।

प्रतिक्रिया