
बर्दियामा यात्रुबाहक बस दुर्घटना हुँदा ३५ जना घाइते, दुईको अवस्था गम्भीर
काठमाडौं – बर्दियाको बासगढी नगरपालिका ३ मा आज बिहान बस दुर्घटना हुँदा ३५ यात्रु घाइते भएका छन्। कालिकोटबाट महेन्द्रनगरका लागि छुटेको ना ५ ख ५३८२ नम्बरको बस आज बिहान सवा ३ बजे अनियन्त्रित भएर सडकदेखि १५ मिटर तल पल्टिएर दुर्घटना हुँदा बसमा सवार ३५ यात्रु घाइते भएका हुन् ।
घाइतेमध्ये कालिकोटको त्रिवेणी गाँउपालिका–६ की ११ वर्षीया शितला उपाध्याय र त्रिवेणी गाँउपालिका ७ की ६९ वर्षीया ओमना उपाध्यायको अवस्था गम्भिर रहेको छ। दुवैजनालाई उपचारका लागी कोहलपुर स्थित नेपालगंज मेडिकल कलेज पठाइएको इलाका प्रहरी कार्यालय मोतिपुरले जनाएको छ।
सामान्य घाइते भएका अन्य ३३ जनालाई उपचारका लागि स्थानीय कौशिल्या अस्पताल पठाइएको छ। उक्त बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।



कागजपत्र |
