स्थानीय तह निर्वाचनबारे काँग्रेस नेताहरूबीच छलफल


काठमाडौं – आगामी जेठमा स्थानीय तहको निर्वाचन हुने भएपछि काँग्रेसका नेताहरूले त्यसबारे छलफल सुरु गरेका छन् । केन्द्रीय पदाधिकारीसहित केन्द्रीय सदस्यहरूले काँग्रेसले अपनाउनुपर्ने चुनावी रणनीतिबारे केन्द्रीय कार्यालयमा विज्ञहरूसँग छलफल गरेका हुन् ।

छलफलमा उपसभापति धनराज गुरुङ, महामन्त्री गगनकुमार थापा, सह महामन्त्रीहरू जीवन परियार र बद्री पाण्डे सहभागी थिए ।

त्यस्तै, केन्द्रीय सदस्यहरू सीता गुरुङ, गोविन्द भट्टराई, सुरेन्द्र पाण्डे, अजयबाबु शिवाकोटी, नैनसिंह महर, नानु बाँस्तोला, प्रदीप सुनुवार र मुख्यसचिव एवम् राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद पौडेल लगायत नेताहरू सहभागी थिए ।

केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले स्थानीय तहको निर्वाचनको मिति करिब(करिब टुङ्गो लागेकाले त्यसको रणनीतिक तयारी बनाउने सन्दर्भमा छलफल भएको बताए ।

‘गत निर्वाचनमा देशभर कुन पार्टीको अवस्था कस्तो थियो रु कुन दलले कति सिट जितेका थिए रु भन्नेबारे तथ्यांकीय विश्लेषण र छलफल भयो,’ केन्द्रीय सदस्य शिवाकोटीले भने, ‘त्यसबारे अझै विस्तृत तथ्यांकीय विश्लेषण गरेर पार्टीले चुनावी रणनीति बनाएर अघि बढ्नुपर्छ भन्ने हो ।’

 

प्रतिक्रिया