एमसीसी पारित नगर्दा सरकार ढल्छ भने ढल्न दिनुपर्छ : नेता दुलाल


काठमाडौं – नेकपा (माओवादी केन्द्र) का युवा नेता युवराज दुलालले अमेरिकी सहायता परियोजना (एमसीसी) का कारण गठबन्धन टुट्छ भने टुट्न दिनु पर्ने बताएका छन् ।

गठबन्धन जोगाउने सर्तमा एमसीसी अनुमोदन हुन नहुने बताउदै एमसीसीकै कारण गठबन्धन टुट्ने भए टुट्न दिनुपर्ने बताएका हुन् ।

‘यदि एमसीसी संसदमा टेवल नगर्दा या अमेरिकाको इच्छा अनुसार पारित नगर्दा गठबन्धन टुट्छ या सरकार ढल्छ भने ढल्न दिनुपर्छ,’ प्रचण्डनिकट मानिएका युवा नेता दुलालले फेसवुकमा लेखेका छन्, ‘र, बुझ्नुपर्छ देश विदेशी उपनिवेशमा नै छ र त्यसबाट मुक्त हुन नयाँ पुस्ताले राष्ट्रिय स्वतन्त्रताको लडाइँ लड्नुपर्छ।’

प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी टेबल गरेमात्र स्थानीय तहको चुवाव समयमै गर्ने शर्त राखेको हो भने यो सम्पूर्ण रुपमा गलत हुने उनको तर्क छ।

प्रतिक्रिया