नेपाल प्रहरी र सशस्त्र प्रहरीको ऐन/नियम संशोधन गर्न समिति गठन!


काठमाडौं – नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालको ऐन/नियम संशोधनका लागि अध्ययन गर्न सह–सचिवको नेतृत्वमा समिति गठन भएको छ। समितिमा ७ जना सदस्य रहेका छन्।

गृह मन्त्रालयका प्रशासन महाशाखा प्रमुख सह–सचिव एवं मन्त्रालयका प्रवक्ता फणिन्द्रमणी पोखरेलको नेतृत्वमा समिति गठन भएको हो। गृहमन्त्रीस्तरीय निर्णयबाट समिति गठन भएको हो।

गृहमन्त्री बालकृष्ण खाँणले नेपाल प्रहरी र सशस्त्र प्रहरीभित्रको आवश्यकतालाई मध्यनजर गरेर ऐन/नियम संशोधन अध्ययनको लागि सह–सचिव पोखरेलको नेतृत्वमा समिति गठन गरेका हुन्।

पोखरेल नेतृत्वको समितिले ऐन÷नियम संशोधन अध्ययन गरेपछि गृहमन्त्री खाँणलाई प्रतिवेदन बुझाउनेछ।

पोखरेल नेतृत्वको समितिमा गृृह, अर्थ र कानुन मन्त्रालयका एक/एकजना उपसचिव तथा नेपाल प्रहरी र सशस्त्रका एक/एकजना प्रहरी नायब महानिरीक्षक (डिआईजी) सदस्य रहेका छन्।

नेपाल प्रहरीबाट डिआईजी ईश्वरबाबु कार्की र सशस्त्रबाट राजु अर्याल समितिमा सदस्य रहेका छन्।

प्रतिक्रिया