

आन्तरिक हवाई यात्रामा गर्न अब खोप कार्ड देखाए पुग्ने

काठमाडौं – आन्तरिक हवाई यात्रामा यात्रुको एन्टिजेन परीक्षण अनिवार्य नगरिने भएको छ । आज (बुधबार) बसेको मन्त्रिपरिषद् बैठकले छोटो दूरीको हवाई यात्रामा यो अव्यवहारिक हुने भन्दै यस्तो प्रावधान अनिवार्य नगर्ने सहमति भएको हो ।
नयाँ निर्णय अनुसार यात्रुले दोब्बर माक्स लगाएको हुनुपर्ने छ । यस अवस्थामा फेस शिल्ड अनिवार्य गरिने छैन । यात्रा अवधिभर माक्स खोल्न पाइने छैन । यात्रुसँग खोप कार्ड हुनुपर्ने छ । कार्ड बोक्न नसक्दा मोबाइलमा फोटो देखाए पनि हुने व्यवस्था गरिएको छ ।
यात्रुको तापक्रम नाप्ने व्यवस्था भने वायुसेवा कम्पनीले मिलाउनु पर्नेछ । यात्रु चेक इन गर्ने समयमा उनीहरुलाई संक्रमक रोग सम्बन्धी लक्षण भए नभएकोबारे सोधपुछ गरिने छ ।

