संवैधानिक परिषदको बैठक बालुवाटारमा जारी


काठमाडौं–राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीसहित तीन जनाको उपस्थितिमा संवैधानिक परिषदको बैठक बस्न सक्ने गरी अध्यादेश जारी गरेपछि बालुवाटारमा संवैधानिक परिषदको बैठक बसिरहेको छ ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित प्रधानन्यायधिस चोलेन्द्र शमशेर जबरा र राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिनाको उपस्थिति छन् । बैठकमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र सभामुख अग्नि सापकोटा अनुपस्थित छन् ।

बैठकले विभिन्न संवैधानिक आयोगमा रिक्त पदमा नियुक्तिको सिफारिस गर्नेछ ।

प्रतिक्रिया