

स्थानीय तह निर्वाचनको सुरक्षा तयारीबारे छलफल सुरु

काठमाडौं – गृह मन्त्रालयले स्थानीय तह निर्वाचनको आवश्यक तयारीबारे छलफल सुरु गरेको छ ।
मन्त्रालयले निर्वाचनअघिका सुरक्षा सरोकारका विषय र निर्वाचन सुरक्षाका लागि आवश्यक पर्ने स्रोत साधनको आकलन तथा व्यवस्थापनको विषयमा सरोकार निकायसँग छलफल थालेको हो ।
मन्त्रालयमा सोमबार गृहमन्त्री बालकृष्ण खाँणको संयोजकत्वमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठसहित सुरक्षा सरोकारवाला निकायका प्रमुखहरूबीच स्थानीय तहको निर्वाचनको सुरक्षा पूर्वतयारीबारे छलफल भएको मन्त्रालयका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।
उनका अनुसार बैठकमा आसन्न राष्ट्रियसभा सदस्यको निर्वाचन र आउँदै गरेको स्थानीय तहको निर्वाचनमा सुरक्षा व्यवस्थापनका लागि आवश्यक पर्ने स्रोत साधनको विषयमा छलफल भएको छ ।
बैठकमा स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन एकैपटक वा फरक-फरक मितिमा हुँदा गर्नुपर्ने सुरक्षा तयारीका विषयमासमेत छलफल भएको बताइएको छ ।
निर्वाचन आयोगले १२ माघमा राष्ट्रिय सभा निर्वाचन गर्ने तयारी बढाएको छ भने केही महिनाभित्रै स्थानीय तहको निर्वाचन गरिसक्नुपर्ने भन्दै छलफल अघि बइढाएको छ । तर, सरकारले स्थानीय तहको निर्वाचनबारे कुनै निर्णय गरेको छ ।

