

राष्ट्रपतिलाई मानवअधिकार आयोगले बुझायो वार्षिक प्रतिवेदन

काठमाडौं – मानवअधिकार आयोगले राष्ट्रपतिलाई आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन बुझाएको छ ।
आयोगका अध्यक्ष तपबहादुर मगरले बिहीबार आयोगको २०७७/७८ को वार्षिक प्रतिवेदन बुझाएका हुन् ।
आयोगले नेपालको संविधानको धारा २९४ बमोजिम प्रतिवेदन बुझाउने व्यवस्था छ ।

