कैलालीमा ट्रक आगजनी गरेको आरोपमा काठमाडौंबाट एक युवक पक्राउ


काठमाडौं – कैलालीको लम्कीचुहा नगरपालिका–१ मा दुर्घटनापछि भएको प्रदर्शनमा ट्रकमा आगजनी गरेको आरोप लागेका युवकलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ ।

लम्की–१ घर भएका २२ वर्षीय विशाल बटलालाई सोमबार मैतीदेवीबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) दिनेशराज मैनालीले बताए ।

मंसिर ९ मा लम्कीचुहामा भाडाको ट्रकले ठक्कर दिँदा टिकापुर बस्ने गोमा थापाको घटनास्थलमा नै मृत्यु भएको थियो । त्यसबारे प्रदर्शन हुँदा विशालले सो ट्रकलाई पेट्रोल छर्केर आगजनी गरेको आरोप छ । आगजनीबाट ट्रकको सामान पनि जलेको थियो ।

प्रतिक्रिया