टिपरको ठक्करबाट प्यूठानमा २ को मृत्यु, चार घाइते


प्युठान – प्यूठानमा टिपरले अटो रिक्सालाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ । विजुवारबाट स्वर्गद्वारी मन्दिर दर्शनका लागि गएका प्यूठान नगरपालिका ३ घुर्चनेका ३५ वर्षीय अमृत थापा र उनका ६ वर्षीय छोरा सुशान्त थापाको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।

दुर्घटनामा चारजना घाइते भएका छन् । घाइतेहरुको प्यूठान अस्पतालमा उपचार भइरहेको छ। चकचकेबाट विजुवारतर्फ आइरहेको ना.८.ख ३९०३ नम्बरको टिपरले लु.१.ह ५७०७ नम्बरको अटोलाई ठक्कर दिएको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।

मृतकका आफन्त घटनाका दोषीलाई कारबाही तथा क्षतिपूर्तिको माग राख्दै शव उठाउन मानेका छैनन्। भालुबाङ–प्यूठान सडकखण्ड ४ घण्टादेखि अवरुद्ध छ ।

 

प्रतिक्रिया