चीनमा एमबीबीएस अध्‍ययन गरेर आएका विद्यार्थीहरुद्वारा मेडिकल काउन्सिलमा प्रदर्शन


काठमाडौं – चीनमा एमबीबीएस अध्‍ययन गरेर आएका विद्यार्थीहरुले नेपालमा इन्टर्नसीप गर्न पाउनुपर्ने माग राख्दै नेपाल मेडिकल काउन्सिलमा प्रदर्शन गरेका छन् ।

चिकित्साशास्त्र कोर्ष पूरा भएपनि इन्टर्नसीपको लागि कुनै सुनुवाइ नभएपछि प्रदर्शनमा उत्रिनु परेको उनीहरुले बताएका छन् । नेपाल मेडिकल काउन्सिलले २०१५ र १६ औं व्याजका चीनमा अध्ययन पूरा गरेका विद्यार्थीहरुलाई नेपालमा इन्टर्नसीप गर्नको लागि स्वीकृति दिएको छैन।

विद्यार्थीहरुको अन्तिम वर्षको सैद्घान्तिक कक्षा केही समय बाँकी रहेको र त्यो अनलाईन कक्षाबाट पूरा गरेकाले इन्टर्नसीप गर्न पाउनुपर्ने माग राख्दै आएका छन् ।

 

प्रतिक्रिया