एमाले महाधिवेशनमा नगएका प्रचण्ड र नेपाल राप्रपा महाधिवेशनमा


काठमाडौं — राजधानीमा आज (बुधबार) देखि सुरु हुन लागेको राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशनको उद्घाटन कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र माधव कुमार नेपाल पुगेका छन् ।

भृकुटीमण्डपमा बुधबार सुरू भएको महाधिवेशनमा शुभकामना मन्तव्य दिनका लागि राप्रपाको निम्तो मान्न उनीहरूसहित अन्य दलका नेताहरू पुगेका हुन्।

महाधिवेशनमा भाग लिन माधव नेपाल पछि प्रचण्ड पुगेका हुन्।

यसअघि मंगलबार चितवनमा सम्पन्न नेकपा एमालेको महाधिवेशनमा प्रचण्ड उपस्थित भएका थिएनन् । तर, एमालेले माधव नेपाललाई भने निम्तो नै दिएको थिएन ।

प्रतिक्रिया