नारायणगढ-बुटवल सडक खण्डमा मालवाहक सवारी सञ्चालनमा रोक


परासी – बिहीबार साँझदेखि शुक्रबारसम्म बुटवल नारायणगढ सडक खण्डमा मालवाहक सवारी सञ्चालनमा प्रशासनले रोक लगाएको छ ।

नेकपा एमालेको १० औं महाधिवेशनमा जाने सवारी साधनलाई मध्यनजर गर्दे पूर्वी र पश्चिम नवलपरासीको सुरक्षा समितिको बैठकले बिहीबार साँझदेखि मालवाहक सवारी साधनलाई उक्त सडक खण्डमा रोक लगाएको हो ।

पश्चिमबाट आउने सवारी साधनलाई वैकल्पिक मार्ग खोज्न आग्रह गर्ने र बुटवलदेखि नारायणगढ सडक खण्डको मुख्य मार्गमा मालवाहक सवारी सञ्चालनमा रोक लगाएको पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले बताए ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत दाउन्नेमा दिनहुँ जस्तो हुने सवारी जाम र सडकको अवस्था जीर्ण भएकाले यस्तो व्यवस्था गरिएको हो । एमाले कायकर्ता सहजरुपमा कार्यक्रमस्थलमा पुग्न सकून भन्ने उद्देश्यले मालवाहक सवारी सञ्चालनमा रोक लगाइएको हो ।

पश्चिमबाट आउने सवारीलाई बुटवलमा रोकिने छ भने भारततर्फ बाट आउने सवारीलाई भैरहवामा होल्ड गरिने छ ।

 

प्रतिक्रिया