पुर्व मुख्यमन्त्री राईले एमाले सचिवमा उम्मेदवारी दिने


काठमाडौं – नेकपा एमालेका नेता शेरधन राईले सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

नयाँ नेतृत्व चयनका लागि एमालेको दशौं महाधिवेशन भोलि (शुक्रबार)देखि चितवनमा शुरु हुँदैछ । एमाले पोलिटव्यूरो सदस्य एवं प्रदेश-१ का पूर्व मुख्यमन्त्री शेरधन राईले सचिव पदमा उम्मेदवारी दिने तयारी गरेका छन् ।

महाधिवेशनमा सहभागी हुन बिहीबार भरतपुर आइपुगेका राईले सचिवमा उम्मेदवारी दिनेगरी तयारी गरेको प्रतिक्रिया दिएका हुन् ।

उनी एमालेको ९औं राष्ट्रिय महाधिवेशनबाट पोलिटव्यूरो सदस्यमा निर्वाचित भएका थिए । यसपटक राष्ट्रिय महाधिवेशनमा आफूलाई सबैभन्दा कान्छो पदाधिकारीको रूपमा प्रस्तुत गर्ने निधो गरेको राईको भनाइ छ ।

प्रतिक्रिया