असुरक्षित बन्दै नेपालगञ्ज विमानस्थल, स्यालसँग ठोक्कियो बुद्ध एयरको जहाज


नेपालगञ्ज — नेपालगञ्ज विमानस्थलमा पटक–पटक सामान्य दुर्घटना हुने गरेका छन् । विमानस्थल नजिक जंगल रहेका कारण बेलाबेलामा जंगली जनावरहरु जहाजसँग ठोक्किने गरेका छन् । जसले गर्दा विमानस्थल प्रयोग गर्ने यात्रुले असुरक्षित महसुस गर्न थालेका छन् ।

बुद्ध एयरका अनुसार बुधबार काठमाडौंबाट नेपालगञ्जको उडान नं. ४०७, कल साईन जहाज अतवरण गर्ने क्रममा स्यालसँग ठोक्किन पुग्दा जहाजमा सामान्य क्षति पुगेको छ ।

उक्त दुर्घटना सामान्य रहेको जनाउँदै बुद्धएयरले चालक दलसहित सबै यात्रुहरु सुरक्षित भएको बताउँदै पटकपटक यस्ता घटना दोहोरिइरहेकोले सम्बन्धित निकायले ध्यान दिनुपर्ने बताएको छ ।

No photo description available.

बुधबार नेपालगञ्जमा रहेका यात्रुहरुलाई लिनका लागि काठमाडौंबाट खाली जहाज पठाएको पनि बुद्ध एयरले जनाएको छ ।

‘नेपालगञ्ज विमानस्थलमा यस किसिमको दुर्घटना पहिला पनि भएको र हाल बारम्बार देखिएको हुँदा सम्बन्धित सबै निकायहरुको गम्भिर ध्यानाकर्षण गराउन चाहन्छौं, भविष्यमा यस किसिमको दुर्घटना दोहरिन नदिन सबै उपायहरु अवलम्वनका लागि पनि अनुरोध गर्दछौं,’ बुद्ध एयरले भनेको छ ।

यसअघि गत कात्तिक १६ गते सोही विमानस्थलमा  हुम्लाको लागि उडान भर्दै गरेको सीता एयरको जहाज बँदेलसँग ठोक्किएर दुर्घटनामा थियो ।

उड्नुअघि धावनमार्गमा गुडिरहेको बेला अचानक धावनमार्गमा आएका तीन वटा बँदेलका पाठासँग जहाज ठोक्किएका थिए । जहाजसँग ठोक्किएका बँदेलका तीन वटै पाठा मरेका थिए ।

प्रतिक्रिया