दलगत राजनीति गर्ने पत्रकारलाई महासंघले दियाे चेतावनी (विज्ञप्तीसहित)


काठमाडौं – नेपाल पत्रकार महासंघले पत्रकारहरु राजनीतिक दलका विभिन्न तहमा उम्मेदवार र प्रतिनिधि आवद्ध बनेकोप्रति गम्भिर ध्यानाकर्षण गराउँदै आपत्ति जनाएको छ ।

महासंघले आज एक विज्ञप्ती जारी गर्दै महासंघका पदाधिकारी, सदस्य तथा साधारण सदस्यहरु विभिन्न तहका समितिहरुमा धमाधम चुनाव हुने वा प्रतिनिधि चयन हुने क्रम जारी रहेको अवस्थामा समाजका विभिन्न क्षेत्रबाट भइरहेको आलोचनालाई केन्द्रीय समितिले गम्भीर रुपमा लिएको जनाएको छ ।

महासंघको कार्यकारी पदमा बहाल रहेको अवस्थामा कुनै राजनीतिक दलको चुनावमा उम्मेदवार हुने, प्रतिनिधि चयन हुने कुरा महासंघको विधान तथा पत्रकारिताको विश्वव्यापी मुल्य मान्यताको विरुद्ध हुने महासंघले उल्लेख गरेको छ ।

पत्रकार आचारसंहिता तथा स्वतन्त्र प्रेसको विश्वव्यापी मान्यतालाई ख्याल गर्दै कनै पनि भातृ संगठनको तहको विभाग वा समितिमा रही काम गरिरहेको अवस्थामा उच्च नैतिकता प्रदर्शन गर्न महासंघले विज्ञप्तीमार्फत आग्रह गरेको छ । कुनै पनि राजनीतिक दलको कार्यकारी पदमा बसेर स्वतन्त्र सन्तुलित पत्रकारिता नहुने कुरा पत्रकारिताको विश्वव्यापी मान्यता रहेको महासंघले स्मरण गराएको छ ।

 

प्रतिक्रिया