ओखलढुङ्गामा जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु, १३ घाइते


ओखलढुङ्गा – ओखलढुङ्गामा जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । च्यानमबाट चम्पादेवी ककनी जाँदै गरेको जिप सोमबार बिहान दुर्घटना भएको हो ।

एकादशी मेला भर्न ककनी जाने तीर्थालु बोकेको प्रदेश नम्बर ३-०१०२२ च ९६९४ नम्बरको बोलेरो सुनकोशी गाउँपालिका-९ को सिकारीडाँडामा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा १३ जना घाइते भएका छन् ।

घाइतेमध्ये चारजनाको अवस्था गम्भीर रहेकाले उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं पठाउने तयारी भइरहेको जिल्ला प्रहरी प्रमुख गोविन्दराज काफ्लेले जानकारी दिए। ​दुर्घघटनाबारे थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया