

४९ सांसदको हस्ताक्षरसहित प्रदेश १ मुख्यमन्त्रीमा एकीकृत समाजवादीका राईको दाबी

काठमाडौं– नेकपा एकीकृत समाजवादी प्रदेश १ संसदीय दलका नेता राजेन्द्र राईले मुख्यमन्त्री पदका लागि सोमबार दाबी गरेका छन्।
४९ सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीसामु उनले दाबी पेस गरेका हुन्। मंगलबार उनलाई मुख्यमन्त्री नियुक्त गरिने भएको छ।
मुख्यमन्त्रीका लगि ४७ सांसदको आवश्यकता हुन्छ। राईलाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीका सांसदले दाबीका लागि हस्ताक्षर दिएका छन्।

