सहरी विकास मन्त्री झाँक्री अस्पताल भर्ना, निमोनिया देखिएपछि वीर अस्पतालमा उपचार हुँदै


काठमाडौं — सहरी विकास मन्त्री रामकुमारी झाँक्री अस्वस्थ भएकी छिन् ।

विगत २ दिनदेखि ज्वरो आएर अस्वस्थ्य भएपछि मन्त्री झाँक्रीलाई अस्पताल भर्ना गरिएको पारिवारिक स्रोतले जनाएको छ ।

उनलाई वीर अस्पतालमा भर्ना गरिएको जनाइएको छ । उनको प्रारम्भिक परिक्षण गर्दा निमोनिया देखिएको अस्पताल स्रोतले जनाएको छ ।

स्रोतका अनुसार दौडधुप धेरै भएको र आरामसमेत गर्नु परेकाले उनी अस्पताल भर्ना भएकी हुन्।

प्रतिक्रिया