
सेनामार्फत हेलम्बुको चनौटेमा बेलिब्रिज निर्माण प्रक्रिया सुरु
मेलम्ची – हेलम्बुको चनौटेमा बेलिब्रिज निर्माण प्रक्रिया सुरु भएको छ । नेपाल सरकार अर्थ मन्त्रालयले बेलिव्रिज निर्माणका लागि भदौ २० गते बजेट निकासा गरेपछि नेपाली सेनामार्फत गत शुक्रवारबाट बेलिव्रिज निर्माण थालिएको हो ।
गत साउन १७ गतेको मेलम्ची बाढीले हेलम्बुको लाइफलाइनको रुपमा परिचित चनौटे स्थित रातोपुल बगाएपछि स्थानीयले सास्ती खेप्दै आएका छन् ।
पुल बगाएपछि हेलम्बु गाउँपालिकाभित्रको ६ वटा वडा, पाँचपोखरी थाङपाल गाउँपालिकाको २ वटा वडा र मेलम्ची नगरपालिकाको २ वटा वडा सडक सम्पर्कबाट टुटेको थियो ।
वेलिव्रिज निर्माणका लागि अर्थ मन्त्रालयले ९० लाख ५३ हजार रुपैयाँ निकासा गरेको थियो । पुल निर्माण भएपछि हेलम्बु गाउँपालिकाको केन्द्र किउल, तार्केध्याङ, सेर्माथाङ, पाल्चोक, नाकोते लगायतका सम्पूर्ण ठाउँका स्थानीयबासीलाई आवत जावतमा सहज हुनेछ ।
तस्बिर: दिनेश चौलागाईको फेसबुकवालबाट




कागजपत्र |
