एक सातापछि केआई सिंह राजमार्ग सुचारू


डोटी – असोज ३१ गतेदेखि आएको अविरल बर्षाका कारण कात्तिक २ गतेदेखि अवरुद्ध भएको केआई सिंह राजमार्ग सोमबारदेखि सञ्चालनमा आएको छ ।

बेमौसमी बर्षासँगै रडुवा खोलामा आएको बाढी र सडकमाथिबाट आएको पहिरोका कारण डडेल्धुराको गन्यापधुरा गाउँपालिका-२ रडुवामा झण्डै द्द सय ५० मिटर सडक पूर्ण रुपमा क्षति भएको थियो।

लगातार तीन दिनको प्रयासपछि सोमबार दिउँसो सडक जोडिएको डिभिजन सडक कार्यालय कुलपाते डोटीका निमित्त प्रमुख, ईन्जिनियर योगेन्द्र अधिकारीले जानकारी दिए। कात्तिक ३ गतेदेखि बर्षा रोकिएपनि सडक काट्दा बस्ती जोखिममा पर्ने भन्दै स्थानीयबासीहरुले बिरोध गरेका कारण सडक खुलाउन ढिलाइ भएको थियो ।

स्थानीयबासीहरुसँगको समन्वय र छलफलपछि सडक खुलाउने काम सुचारु भएको डडेल्धुराका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिए । उक्त सडक खण्ड खुलेसँगै डोटी, अछाम र बाजुराबाट आउजाउ गर्ने सवारी साधनहरु सञ्चालनमा आएका छन् ।

प्रतिक्रिया