मुख्यमन्त्री आचार्यले आज विश्वासको मतका लागि प्रस्ताव राख्दै


मोरङ – प्रदेश १ का मुख्यमन्त्री मुख्यमन्त्री भीमप्रसाद आचार्यले आज (शुक्रबार) को प्रदेशसभा बैठकमा विश्वासको मतका लागि प्रस्ताव राख्ने भएका छन् ।

सभामुख प्रदीपकुमार भण्डारीले प्रदेशसभाको नवौँ तथा हिउँदे अधिवेशनको तेस्रो बैठक आज दिउँसो १ बजे बोलाएका छन् ।

मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएको ३० दिनभित्र विश्वासको मतका लागि प्रदेशसभा समक्ष प्रस्ताव राख्नुपर्ने संवैधानिक व्यवस्था छ ।

निर्वाचन आयोगले एमालेका १० प्रदेश सांसद एकीकृत समाजवादीमा गएको निर्णय भदौ २५ मै गरेको थियो ।

उक्त निर्णयअनुसार मुख्यमन्त्री आचार्यले असोज २३ भित्रै विश्वासको प्रस्ताव राख्नुपर्ने थियो । तर मुख्यमन्त्री आचार्यले असोज २५ मा मात्रै विश्वासको मत लिने सूचना प्रदेशसभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीलाई दिएका थिए ।

सचिव पराजुलीले शुक्रबार बिहान १०ः३० बजे सभामुख भण्डारीले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएको जानकारी दिए ।

मुख्यमन्त्री आचार्यविरुद्ध काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले गठबन्धन बनाएका छन् ।

मुख्यमन्त्री आचार्यलाई विश्वासको मत प्राप्त गर्न ४६ सांसद आवश्यक हुन्छ । ९२ सदस्यीयमा एमालेका सभामुखसहित ४१, काँग्रेसका २१, माओवादी केन्द्रका १५, एकीकृत समाजवादीका १०, जनता समाजवादी पार्टीका ३, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र राप्रपाका १र१ जना सांसद छन् ।

आचार्य गत भदौ १० गते मुख्यमन्त्री नियुक्त भएका हुन्

प्रतिक्रिया