

अज्ञात २३ जनाको खोजीका लागि सेनाको हेलिकप्टर पुग्यो डिक्ला

बझाङ – बेपत्ता भएका २३ जनाको खोजीका लागि उद्धार टोली सहितको नेपाली सेनाको हेलिकप्टर थलारा गाउँपालिका- ४ डिक्लामा पुगेको छ ।
नेपाली सेनाको हेलिकप्टर माफर्त पहिरोमा परेकाहरुको उद्धार र खोजी कार्यको लागि आवश्यक राहात र औषधिको व्यवस्था गरेर रेस्क्यु टोली घटनास्थल गइसकेको प्रमुख जिल्ला अधिकारी मोहन अधिकारिले बताए ।
प्रहरी र स्थानीयले खोजी कार्य जारी राखे पनि बेपत्ताहरुको अवस्था अझै अज्ञात रहेको छ । पहिरोले तल्लो डिक्ला र माथिल्लो डिक्लाका १ सय ४८ परिवार विस्थापित भएका छन् भने ७ घर पुरिएका छन् । विस्थापित ७०० विद्यालयमा बसिरहेका छन् ।

